वीरगञ्ज, पौष ७//
अन्धाधुन्ध तिब्र गतिमा कार चलाउदा जर्मनीको माग्डबर्गमा ५ जनाको मृत्यु भएको छ भने ६८ जना घाइते भएका छन् ।
शहरको क्रीसमस बजारको भिडमा गुडेको कार घट्नास्थल भन्दा ४ सय मिटरको दुरिमा पुगेपछि मात्रै रोकिएको थियो ।
अनहल्टका राज्यप्रमुखका अनुसार साउदी अरबका एकजना चिकित्सक घट्नाको प्रमुख आक्रमणकारी रहेको बिबिसीले जनाएको छ ।
घट्ना नियतबस गराइएको हुनसक्ने आशन्कामा १८ वर्ष देखि जर्मनीमै बसिरहेका ती चिकित्सकलाई प्रहरीले आफ्नो हिरासतमा लिएको छ । घट्नाको विशेष अनुसन्धान भैरहेको छ ।
दुर्घटना पछि आसपासको क्षेत्रमा समेत त्रासमय वातावरण बनेको छ ।

