वीरगञ्ज, फागुन १४//
आज फागुन कृष्ण त्रयोदशि देशैभरी धुमधामका साथ महाशिवरात्री पर्व मनाईदै छ ।
हिन्दु धर्मावलम्बीहरुको विभिन्न चाडहरुमध्येको एक महाशिवरात्री पर्वको अवसरमा आज देशभरिकै शिवालयहरुमा भक्तजनको व्यापक घूइचो देखिएको छ ।
आज राजधानि स्थित पशुपतिनाथ मन्दिरमा नेपाल र भारत लगायत अन्य मूलूकबाट समेत हजारौंको संख्यामा भक्तजनको भिड लागेको छ ।
महाशिवरात्रीको अवसरमा आज वीरगञ्ज स्थित अलखिया मठ, पशुपतिनाथ मन्दिर, माइस्थान, अजगैबी महादेव, जिविसको मन्दिर, बिन्दवासनी मन्दिर त्यस्तै ग्रामीण क्षेत्रमा रहेको महुवनको पारस नाथ मन्दिर, भाठा मन्दिर, पोखरियाको पोखरेश्वर मन्दिर, जिराभवानी मन्दिर लगायतका मन्दिरहरुमा आज बिहानै देखि श्रद्धालुहरुको ठूलो भिड देखिएको छ ।

