मनोज गुप्ता // वीरगञ्ज, वैशाख ०७//
प्रहरी चौकी मुसहर्वाले आज आईतवार महिला हिंसा विरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
प्रहरी चौकी मुसहर्वा बाराका प्रहरी सहायक निरीक्षक रामजन्म प्रसाद यादवको अगुवाइमा सामुदायिक प्रहरी साझेदारी महिला हिंसा विरुद्ध को कार्यक्रम आज बाराको विश्रामपुर गाउँपालिका -५ बलिरामपुरमा सम्पन्न भएको हो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी, महिला अधिकारकर्मी, सरोकारवाला तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

