मनोज गुप्ता // वीरगञ्ज, वैशाख २९//
भारत र पाकिस्तान बीच चार दिनसम्म चलेको विकराल सैन्य संघर्ष र हवाई आक्रमण पश्चात् आज दिउँसो १२:०० बजे देखि दुवै देशबिच बार्ता हुने भएको भएको छ ।
संघर्षविराम लागू हुँदा समेत पाकिस्तानि सेनाले गोलाबारी लगायतका गतिविधि गरेको भनिएको छ । दुई देशवीचको तनाव पूर्णरूपमा अन्त्य गर्ने प्रयास स्वरुप दुई देशका प्रतिनिधिहरु वीच आजको वार्ता हुन लागेको बुझिएको छ ।

गत अप्रिल २२ मा कश्मिरको पाहलगाममा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जना मारिएको घट्ना पश्चात् दुई देशबिच दूरी बढ्दै गएको थियो ।
बढ्दो असन्तुष्टि र तनावका कारण दुवै देशद्वारा सीमा क्षेत्रमा हवाई आक्रमण र गोलीबारी सहितको सैन्य आक्रमण भएको थियो । सैन्य कारवाहीका कारण दुवै देशमा ठूलो धन जनको क्षति भएको छ ।

