संजय गुप्ता // वीरगञ्ज, जेठ ०९//
वैदेशिक रोजगार विभागले गैरकानुनी रूपमा विदेश पठाएको पाएमा कारवाही गर्ने चेतावनी दिएको छ ।
सर्वसाधारण जनतालाई गैरकानुनी रूपमा विदेशमा पठाउने गरिएको भनी गुनासाहरु आईरहेकोले त्यसो गर्नेलाई कानून बमोजिमको कारवाही गर्ने भनी विभागले आज शुक्रबार एक सूचना मार्फत चेतावनी दिएको छ ।

विभागले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्नका लागि ऐन बमोजिम दर्ता भएको संस्थाले मात्र अनुमति पाएको प्रष्ट गर्दै अनुमती नपाएको संस्थाले विदेश पठाए कारवाहीमा पर्ने चेतावनी दिएको हो ।
नागरिकको बढ्दो गुनासो पश्चात् अख्तियारको टोलिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छापा हान्दै अनुसन्धान गर्नथालेको देखेर बेथिति रोक्न विभागले यस्तो चेतावनी दिएको छ ।
विभागले अन्य प्रायोजनका लागि दर्ता भएका कतिपय शैक्षिक परामर्श केन्द्रहरु, ट्राभल एजेन्सीहरु, तालिम प्रदायक संस्थाहरु लगायतकाले पनि श्रमिक विदेश पठाईदिने सूचनाहरु पनि जारी गर्ने गरेको समेत पाईएको बिभागले जनाउदै अब यस तर्फ सचेत हुन आग्रह गरेको छ ।

