
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोश्रो विधान महाधिवेशनमा प्रतिवेदनमाथि छ्लफलका लागि १० वटा समूहहरु विभाजन गरिएको छ ।
महाधिवेशनको दोस्रो दिन बन्दसत्रमा प्रतिवेदन पेश गर्ने कार्य सकिनासाथ १० समूहहरुको घोषणा भएको हो ।
समूहहरु अन्तर्गत ७ वटा प्रदेशका, उपत्यका विशेष, जनसङ्ग्ठन र सम्पर्क समन्वय एवम प्रवास तथा केन्द्रिय निकाय त्यस्तै आयोजक समूह गरि दस वटा समूह बिभाजन गरिएको हो ।
यी समूहहरूले महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि गर्ने गहन छलफल र सो बाट प्राप्त निष्कर्षले पार्टीलाई साकारात्मक उर्जा मिल्ने बिश्वास गरिएको छ । महाधिवेशन हिजो देखि ललितपुरको गोदावरीमा जारी छ ।

