Home Blog Page 2

लुटपाटमा संलग्न ४ जना बालाजु बाट पक्राउ, हालसम्म ७३ नाल हतियार बरामद

0

मनोज गुप्ता // वीरगञ्ज, भाद्र २५//

लुटपाट कार्यमा संलग्न ४ जनालाई आज बुधबार नेपाली सेनाले महराजगञ्ज ईलाका बाट पक्राउ गरेको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयको अनुसार पक्राउ परेका उनीहरुको साथबाट ७ नाल हतियार, म्याग्जिन, व्युनेट लगायतका एसेसरिज हरु पनि बरामद भएकोछ । त्यस्तै विशेष सुराकीको आधारमा आजै नै बालाजु ईलाका बाट थप एक नाल हतियार सेनाले बरामद गरेको छ ।

नेपाली सेनाले देशका विभिन्न ठाउँमा गरि हालसम्म ७३ नाल हतियार बरामद गरेको जनाएको छ ।

सेना द्वारा ३१ थान हतियार बरामद, आफू सङ्ग भएको हतियार बुझाईदिन नेपाली सेनाको आग्रह

0
संजय गुप्ता// वीरगञ्ज, भाद्र २५//
नेपाली सेनाले काठमाडौ र पोखराबाट प्रहरी सङ्ग खोसिएका ३१ थान हतियार, म्याग्जिन र गोलिगठ्ठा बरामद गरेको छ ।
काठमाडौका विभिन्न स्थानहरुबाट २३ नाल र पोखराबाट ८ नाल विभिन्न किसिमका हतियारहरु बरामद गरिएको सेनाले आज बुधबार सूचना मार्फत जानकारी दिएको छ ।
यता आन्दोलनका क्रममा कहि कोहिले कुनै प्रकारको हतियार फेला पारेमा नजिकको प्रहरी वा सेनालाई बुझाईदिनका लागि नेपाली सेनाले आग्रह गरेको छ ।
नेपाली सेनाले आज बुधबार विज्ञप्ति जारी गर्दै कोहिले कतै कुनै किसिमको हतियार देखेमा वा कसै सङ्ग हतियार भएको थाहा पाए नजिकको प्रहरीलाई सूचना दिनलाई अनुरोध गरेको छ । साथै यो सूचनालाई अटेर गरि कसैले हतियार राखेको फेलापरेमा कानून बमोजिम कारवाही हुने चेतावनी समेत सोही बिज्ञप्तिबाट दिईएको छ ।

देश र जनताको सुरक्षाको जिम्मा सुरक्षा निकायहरुको हातमा

0

मनोज गुप्ता // वीरगञ्ज, भाद्र २४//

जेन जि यूवा समूहले गरेको आन्दोलनले विकराल रुप लिएपछि नेतृत्व विहीन हुन पुगेको देशको बागडोर अहिले मङ्गल्वार राती १० बजे देखि सुरक्षा निकायले सम्हाल्ने नेपाली सेनाले जनाएको छ ।

जेन-जि समूहको आन्दोलनमा सरकारले गरेको गल्तिका कारण मुलुकले ठूलो मूल्य चुकाउन परेको छ । आजको आन्दोलन लाई अराजकता तर्फ धकेल्ने प्रयास भैरहेको र देशमा ठूलो भौतिक क्षती भएको देखिएको छ ।

पच्छिलो समय आन्दोलनकै आडमा विभिन्न अपराधीक तथा गैरकानुनी कार्यहरु समेत भएको र हुनसक्ने संभावना समेत रहेकोले देश र जनताको जिउधनको सुरक्षाको जिम्मा नेपाली सुरक्षा निकायले लिने नेपाली सेना जनसम्पर्क निर्देशनालयले जनाएको छ । आन्दोलनको आडमा अब त्यस्तो कुनै पनि अपराधीक गतिविधि गर्न छुट नहुने समेत देखिएको छ ।

९० लाख बराबरको मालसामान सहित २ ट्रक बारा प्रहरीको नियन्त्रणमा

0

मनोज गुप्ता // वीरगञ्ज, भाद्र २३//

बारा प्रहरीले आज सोमबार ९० लाख मूल्य बराबरको विभिन्न समान सहिन २ वटा ट्रक पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा बाराको जितपुर सिमरा -१, पथलैया चौकमा चेकजाँच गर्ने क्रममा आज सोमबार दिउँसो ३:४० बजे  ना३ख ७९८४ नम्बरको ट्रकमा बिलबिजक नभएको दाना, जुता, हार्डवेयर लगायतका रु. ३० लाख मूल्य बराबरको अबैध सामग्री हरु तथा प्र ०३-००२ ख१२१२ नम्बरको ट्रकमा मोबिल, चाउचाउ, सुट्केस, मेडिसिन लगायतका रु.६० लाख मूल्य बराबरको सामग्री सहित पक्राउ गरेको बारा प्रहरीले जनाएको छ ।

पक्राउ गरिएको मालसामान सहितको ट्रक आवश्यक कामकारबाहीका लागि आन्तरिक राजस्व कार्यालय पथलैयामा बुझाईएको जिल्ला प्रहरी कार्यालाय बाराले जनाएको छ ।

जेनजी समूहको प्रदर्शनबाट देशै अस्तव्यस्त, ठाँउ ठाउँ मा कर्फ्यु

0

संजय गुप्ता// वीरगञ्ज, भाद्र २३//

जेनजी समूहको प्रदर्शन बाट आज सोमबार राजधानी लगायत देशका अधिकान्स सहरहरु अस्तव्यस्त बनेका छन् ।

देशमा बढेको चरम भ्रष्टाचार र पछिल्लो समयमा सरकारले सामाजिक सञ्जाल बन्द गर्ने भनी गरेको निर्णयविरुद्ध आक्रोसित जेनजी(२९ वर्ष मूनिका) यूवाहरुको समूहले देशैभरी विरोध प्रदर्शन गरेको छ ।

आज सोमबार दिउँसो नयाँ बानेश्वर स्थित सान्सद भवनको सुरक्षा वयवस्था लाई तोड्दै ठूलो संख्यामा आएका यूवाहरुले ताण्ड्व मचाएका छन् । आक्रोशित प्रदर्शनकारीहरुले सान्सद भवनको भौतिक संरचना तोडफोड र आगजनी समेत गरेका छ्न ।

प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्दा दुबै पक्षबीच दोहोरो भिडन्त हुँदा १९ जनाको मृत्यु भएको छ भने सयौ जना घाईते भएका छन् ।

त्य्स्तै जेनजी समूहको प्रदर्शनका कारण पोखरा, बुटवल, चितवन, वीरगञ्ज लगायतका देशैभरिका मुख्य शहरहरु आज दिनभरी अस्तब्यस्त देखिएका छ्न । प्रदर्सन बाट बढेको तनावग्रस्त अवस्थालाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले काठमाडौ, पोखरा र वीरगञ्जमा कर्फ्यु आदेश समेत गरेको छ ।

यसै बिच आजको घट्नाको नैतिक जिम्मेवारी लिदै गृहमन्त्री रमेश लेखकले राजिनामा दिएका छन् ।

गृहमन्त्री लेखक द्वारा राजीनामा

0

मनोज गुप्ता//वीरगञ्ज, भाद्र २३//

नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन ।

सामाजिक सञ्जाल बन्द तथा भ्रष्टाचारको कारण देखाउदै आज सोमबार विरोधमा  उत्रेका जेनजी यूवाहरुको प्रदर्शनमा प्रहरीले चलाएको गोलि लागि १९ जनाको मृत्यु भएको घट्नाको नैतिकताको आधारमा आफूले जिम्मा लिनुपर्ने भन्दै लेखकले राजीनामा गरेका हुन ।

आज सोमबार साझ बसेको मन्त्री परिषद बैठकमा गृहमन्त्री लेखकले प्रधानमन्त्री केपि शर्मा ओलिलाई राजीनामा पत्र बुझाएका हुन । बैठक अगाडि पनि उनले आफू सम्बद्ध दल नेपाली काङ्ग्रेसको पार्टी बैठकमा पनि आफू नैतिकताको आधारमा पदमा नबस्ने बताएका थिए ।

लेखकको राजिनामालाई सर्वसाधारणले साकारात्मक रुपमा लिएका छ्न । नैतिकताको खडेरी रहेको नेपाली नेताहरुको बीचमा नैतिकताको उदाहरणको रूपमा प्रस्तुत हुनुभएका मन्त्री लेखकको राजीनामाले ढिलो भएपनी साकारात्मक संदेश दिएको बुझिएको छ ।

बाघको आक्रमणबाट सिमरामा १ को मृत्यु

0

मनोज गुप्ता // वीरगञ्ज, भाद्र २३//

बाघको आक्रमण बाट हिजो आइतबार बाराको सिमरामा १ जनको मृत्यु भएको छ ।

आईतवार विहान प्रगतिशील सामुदायिक वन क्षेत्रमा च्याउ टिप्न गएका बारा जितपुर सिमरा उप-महानगरपालिका-१ का छेवाङ्ग लामालाई बाघले आक्रमण गरि ज्यान लिएको हो ।

घाँस काट्न सो क्षेत्रमा गएका स्थानीयहरुले लामाको शव छतविछत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । भने प्रहरी तत्काल घट्नास्थल पुगेर शवलाई प्रादेशिक अस्पताल कलैयामा पोष्टमार्टमका लागि पठाएको बारा प्रहरीले जनाएको छ ।

केही दिन पहिले पनि बाघको आक्रमण बाट बाराको अमलेखगञ्ज क्षेत्रमा ३ जनाले ज्यन गुमाएका थिए । पच्छिलो समय यस क्षेत्रमा बाघ आक्रमणको घट्नाले सर्वसाधारण त्रसित बनेका छन । साथै यी घटनाहरुलाई मध्यनजर गर्दै सरोकारवालाहरु बाघ नियन्त्रणमा अग्रसरता देखाएका छन् ।

बाघ नियन्त्रणका लागि पर्सा राष्ट्रिय निकुञ्ज, डिभिजन बन बारा,  राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्र, नेपाली सेना, नेपाल प्रहरी लगायतका सरोकारवालाहरुले निगरानि बढाएको जनाईएको छ ।

जेन-z प्रदर्शन देशैभरि चर्चामा

0

संजय गुप्ता // वीरगञ्ज, भाद्र २३//

आज सेप्टेम्बर ८ अर्थात भाद्र २३ गते जेन- z को विरोध  प्रदर्शनको खबर देशैभरी चर्चाको विषय बनेको छ ।

जेनेरेशन जेड अर्थात जेनजी नामले प्रसिद्ध यो सन १९९७ देखि २०१० सम्म जन्मेका यूवाहरुको समूह हो ।यी यूवाहरु नेपालमा देखिएको चरम राजनीतिक असन्तुष्टि र भ्रष्टाचारले गर्दा एकजुट भएका छ्न ।

ईन्डोनेसियामा पच्छिलो समय भएको नयाँ पुष्ताको आन्दोलनबाट हौसिएका नेपाली जेनजी समूह पनि आज सोमबार काठमाडौ स्थित सान्सद भवन अगाडि प्रदर्शनका लागि ठूलो संख्यामा सहभागी हुन सामाजिक सञ्जाल बाट आव्हान गरेका छ्न ।

नेपाली नेताहरुको भ्रष्टाचार, मनोपोलितन्त्र तथा सामाजिक सञ्जालमा लगाईएको बन्देजको विरोधमा प्रदर्शन गर्ने भनेको यस समूहको अगुवाका रुपमा आधिकारिक रूपमा कोहि नदेखिएको भए पनि नेपालका चर्चित नेताहरु तथा स्वतन्त्र यूवाहरुको ठूलो  जमात जेनजी समूहको समर्थनमा रहेको देखिएको छ ।

जेनजी समूहको प्रदर्शनलाई मध्यनजर गर्दै राजधानीमा उच्च सुरक्षा सतर्कता अपनाईएको छ । काठमाडौका प्रत्येक चौक चौकमा प्रहरिको उपस्थितिमा आईतवार देखि नै वृद्धि गरिएको देखिएको छ ।

आक्रोशित यूवाहरुको यो प्रदर्शन अराजक पनि हुनसक्ने सर्वसाधारणले अनुमान गरेका छ्न । स्थितिलाई नियन्त्रणमा लिन सरकारले कडा एक्सन लिनुपर्ने भनेर केही सरकार सम्बद्ध दलका नेताहरुको भनाई रहेको छ भने सरकार बाहिरका अधिकान्स नेताहरु प्रदर्शनको समर्थनमा सामाजिक सञ्जालका माध्यमले आफ्ना अभिव्यक्तिहरु दिएका छन् ।

२०८२ को पहिलो चन्द्रग्रहण आज लाग्दै

0

मनोज गुप्ता// वीरगञ्ज, भाद्र २२//

आज भाद्र २२ गते आइतबार अर्थात भाद्र शुक्ल पूर्णिमा, आज खग्रास चन्द्र ग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

नेपालमा करिब साढे ३ घण्टा सम्म देखिने चन्द्र ग्रहण आज राती १०:११ बजे स्पर्ष हुने एवम् मध्य अवस्था राती ११:५६ बजे तथा राती १:४१ बजे ग्रहण समाप्त हुने समितिले जनाएको छ ।

शास्त्रीय मान्यता अनुसार ग्रहण सुरुहुनु भन्दा ९ घण्टा अघि देखि नै सुतक काल प्रारम्भ हुने भएकोले बालबालिका, बृद्ध तथा दिर्घरोगिहरु बाहेक लाई अन्न ग्रहण तथा शयन निषेध गरेको छ ।

२०८२ सालमा नेपाल बाट देखिने यो पहिलो चन्द्र ग्रहण हो । यो खग्रास चन्द्रग्रहण भएकोले चन्द्रमाको पूरै भाग रातो रङ्गको देखिने छ । यस्तो रातो देखिने अवस्थामा चन्द्रमालाई ब्लड मून पनि भन्ने गरिन्छ । चन्द्रमा माथी पर्ने निलो प्रकाशलाई पृथ्वीको वायूमण्डलले तितरबितर पारिदिने हुनाले चन्द्रमा रातो देखिने हुन्छ ।

चन्द्रमा पूरै ढाकिने गरि लाग्ने ग्रहण भएकोले यसलाई खग्रास चन्द्र ग्रहण भनिएको हो । अगामी फागुन शुक्ल पूर्णिमाको दिन पनि चन्द्र ग्रहण लाग्ने छ तर त्यो खण्डग्रास चन्द्रग्रहण हुने समितिले जनाएको छ ।

एमाले महाधिवेशन : प्रतिवेदनमा छ्लफल गर्न १० वटा समूह

0