Home Blog Page 3

काठमाडौ बाट ५ प्रदर्शनकारी पक्राउ

0

संजय गुप्ता // वीरगञ्ज, भाद्र २१//

सामाजिक सञ्जाल बन्द गर्ने भनी नेपाल सरकारले गरेको निर्णयको विरुद्धमा प्रदर्शनमा उत्रेका ५ जनालाई काठमाडौबाट आज शनिबार  प्रहरीले पक्राउ गरेको छ ।

 

 ‘युथ कंग्रेस नेपाल’ नामक संस्थाको आयोजनामा नयाँ बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि प्रदर्शन गरिरहेका संस्थाका महामन्त्रीसहित पाँच जना पक्राउ परेका हुन् ।

प्रदर्शनकारीहरु मुखमा मास्क र त्यसको माथि बाट कालो टेप लगाएर सांकेतिक रूपमा  विरोध प्रदर्शन गरिरहेका थिए । लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने उदेश्यले आन्दोलनमा उत्रेको प्रदर्शनकारी हरुले दाबी गरेका छन् ।

प्रदर्सनका क्रममा आयोजक संस्थाका महामन्त्री प्रभात ठाकुर, कोषाध्यक्ष विराज अर्याल, केन्द्रीय सदस्यहरू सुजन राज गिरी, धिरज सञ्जेल र आशिष शर्मा पक्राउ परेका छन् ।

यता आयोजक संस्थाले पक्राउ परेका प्रदर्शनकारीहरु लाई बिना शर्त रिहाईको माग गरेको छ । संस्थाले भविस्यमा शान्तिपूर्ण आन्दोलनलाई गैरलोकतान्त्रिक शैलिमा रोक्ने प्रयास नगर्न एक विज्ञप्ति मार्फत चेतावनी समेत दिएको छ ।

 

भिपिएन प्रयोग नगर्न साईबर ब्यूरोको आग्रह

0

मनोज गुप्ता// वीरगञ्ज, भाद्र २१//

नेपाल प्रहरी साईबर ब्यूरोले भिपिएन प्रयोगमा रोक लगाएको छ ।

नेपाल सरकारले सूचीकृत नभएका फेसबुक लगायतका सामाजिक सञ्जालमा रोक लगाउने तयारीमा रहेको र सामाजिक सञ्जालमा रोक लगाए पछि भिपिएनको प्रयोग हुनसक्ने सम्भावित समस्यालाई मध्य नजर गर्दै साईबर ब्यूरोले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय भन्दा अघि नै गत बुधबार सूचना निकालेर भिपिएन प्रयोग नगर्न आग्रह गरेको हो ।

भिपिएनको प्रयोगबाट बैंकिङ्ग एपहरु ह्याक हुनसक्ने, व्यक्तिगत गोपनियता भङ्ग हुनसक्ने भाईरस लाग्न सक्ने जस्ता समस्याहरु उत्पन्न हुने भएकोले यसप्रती सचेत हुन साईबर ब्यूरोले आग्रह गरेको हो ।

सरकारले समाजिक सञ्जाल बन्द गरेको अवस्थामा नेपाल बाहिरको लोकेसन प्रयोग गरि गैरकानुनी रूपमा प्रयोगकर्ताहरु सकृय हुनसक्ने सम्भावना देखेपछि साईबर ब्यूरोले आमनागरिकलाई सतर्कताका लागि आग्रह गरेको हो ।

अपराध नियन्त्रणमा प्रदेश प्रहरीले समन्वय गर्ने : एस एस पि कोईराला

0

संजय गुप्ता// वीरगञ्ज, भाद्र २०//

वीरगञ्जमा नव स्थापित मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाले मधेस प्रदेशमा शान्ति, सुरक्षा र अपराध नियन्त्रण लगायतका लागि प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट समन्वयकारी भूमिका निर्वाह गर्ने आश्वासन दिएका छन् ।

स्थानीय पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै शुक्रबार उनले यस्तो आश्वासन दिएका हुन । कोइरालाले मधेस प्रदेशमा प्रमुख चुनौतीको रूपमा रहेको सामाजिक अपराधलाई नियन्त्रणमा सबैले सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । एसएसपी कोइरालाले अपराध रोकथाम र अनुसन्धानमा सरोकारवाला  सबै निकायहरूबिच सहकार्य अपरिहार्य भएको बताए ।

कोइरालाले मधेस प्रदेश प्रहरी कार्यालयको स्थापना, वीरगञ्जमा यसको आगमन तथा यसको कार्यहरु बारे सञ्चारकर्मी हरुलाई बताए  ।

सूचिकरण नभएका फेसबूक लगायतका सामाजिक सञ्जालहरु नेपालमा नचल्ने

0
मनोज गुप्ता// वीरगञ्ज, भाद्र १९//
 सूचीकरण नभएका सामाजिक सञ्जाललाई निष्क्रिय पार्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।
सरकारले सूचीकरणका लागि दिएको एक साताको समयावधि हिजो बुधबार  सकिएसँगै आज बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जालहरुलाई बन्द गर्ने निर्णय गरेको हो ।

मन्त्रीस्तरमा भएको  निर्णयलगत्तै मन्त्रालयले सूचीकरण नभएका सामाजिक सञ्जाललाई निष्क्रिय बनाउन प्राधिकरणलाई आजै निर्देशन समेत दिएको छ ।

प्राधिकरणले सूचीकरण नभएका फेसबूक लगायतका  सामाजिक सञ्जाल बन्द भएपछि नेपालमा सूचीकरण भएका सामाजिक सञ्जालहरु टिकटक, भाइबर, विटक, निम्बज र पोपो लाइभ लगायतका चल्नेछन् भनि जानकारी प्राप्त भएको छ । यता निरन्तर रूपमा सञ्चालन हुने उदेश्यले  टेलिग्राम र ग्लोबल डायरीले पनि सञ्चार मन्त्रालयमा बिधिवत रूपमा सूचीकरणका लागि आवेदन बुझाइसकेका छन् ।

पौने १० किलो सुन र सावाँ ४ करोड नगद सहित गोरखाका श्रेष्ठ काठमाडौ बाट पक्राउ

0


manavgat escort

संजय गुप्ता // वीरगञ्ज, भाद्र १८//
आफ्नै घरमा लुकाएर राखेको सावाँ ४ करोड नगद र करिब पौने १० किलोग्राम सुन तथा करिब सावाँ ३ किलोग्राम चाँदी सहित गोरखाका विनोद श्रेष्ठलाई काठमाडौ प्रहरीले हिरासतमा लिएको छ ।
ठूलो मात्रामा अबैध रकम लुकाएर राखेको भनी प्रहरीलाई  प्राप्त गोप्य सूचनाका आधारमा उपत्यका प्रहरी कार्यालयबाट गएको प्रहरी टोलिले गोरखाका गोरखा बजार निवासी श्रेष्ठलाई काठमाडौ गोङ्गबु स्थित उनको आफ्नै घरबाट हिजो मङ्गलवार साझ छापामारी पक्राउ गरेको हो ।
पक्राउ परेका श्रेष्ठको घरबाट ४ करोड २५ लाख रुपैयाँ नगद, ९ किलो ८३७ ग्राम सुनका विभिन्न गरगहना र ३ किलो २ सय १८ ग्राम चान्दिका गरगहना हरु बरामद भएको छ ।
पक्राउ परेका श्रेष्ठ मिटर ब्याजी रहेको र उनले सुनका गहनाहरु धित्तो राखी मिटर ब्याजमा पैसा लगानी गर्ने गरेको प्रहरीले दाबी गरेको छ । श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौ बाट कारवाही प्रक्रिया अगाडि बढाई अनुसन्धान भैरहेको काठमाडौ प्रहरीले जनाएको छ ।

सामुदायिक प्रहरी मुर्ली द्वारा झूल बितरण

0

मनोज गुप्ता// वीरगञ्ज, भाद्र १७//

सामुदायिक प्रहरी केन्द्र मुर्लिले आज स्थानीयहरुलाई झूल बितरण गरेको छ ।

डेङगु तथा जापानी ईन्सेफेलाईटिसबाट बच्नका लागि सहयोग पुर्याउने उदेश्यले लायन्स क्लब अफ वीरगञ्जको सहयोगमा करिब ३०० परिवारलाई झूल बितरण गरिएको हो ।

सामुदायिक प्रहरी मुर्लिका अध्यक्ष राम सरराफको अध्यक्षता मा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले यो कार्यक्रमले सर्वसाधारण जनतामा साकारात्मक सन्देश जाने तथा आम जनताको स्वास्थयमा यसबाट केही हद सम्म भएपनी राम्रो प्रभाव पार्नेमा जोड दिनुभयो ।

आई टी फोकल शिक्षकहरुका लागि क्षमता विकास तालिम गोरखाको धार्चेमा सुरु

0

संजय गुप्ता// वीरगञ्ज, असार ०२//

गोरखाको धार्चे  गाउँपालिकामा आईटी फोकल शिक्षकहरुको क्षमता विकास सम्बन्धि ३ दिने तालीम आज सोमबारदेखि सुरु भएको छ ।

धार्चे गाउपालिका शिक्षा, यूवा तथा खेलकुद शाखा द्वारा स्थनिय होटल हिल्ट्पमा आयोजित तालिमको गाउँपालिकाकि उपाध्यक्ष सुनिला गुरुङले आज बिहान १० बजे मउदघाट्न गरेकि छन ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत काजिमान सुनारको अध्यक्षतामा सप्पन्न उदघाट्न सत्रमा शिक्षा शाखा प्रमुख पुष्पराज जोशी लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो भने कार्यक्रम सञ्चालन पालिकाका प्राविधिक सहायक श्याम कुमार मण्डलले गरेका छन् ।

स्थानीय पालिकाका १९ जना आईटी फोकल शिक्षकहरुको सहभागिता रहेको ३ दिने तालिममा सहजकर्ता डा. रबिन्द्र कडेलले सहजीकरण गर्ने जनाइएको छ ।

यस तालिमले सहभागी शिक्षकहरुको शिक्षण सिपमा आधुनिक सूचना तथा सञ्चार प्रविधिको अधिकतम उपयोग गर्नमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

अपहरणको आरोपमा काठमाडौबाट ३ जना पक्राउ

0
 मनोज गुप्ता// वीरगञ्ज, भाद्र १७//
मानिसलाई अपहरण गरि बन्धक बनाएको आरोपमा काठमाडौ बाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
belek escort
 

पक्राउ पर्नेहरुमा तारकेश्वर नगरपालिका–१ का  विराज सिंह, सोही ठाउँका  राज लवट खत्री र काठमाडौ फुटुङ निवासी सन्तोष महर्जन रहेकाछन् । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

हिजो १६ भदौ दिउँसो साढे ३ बजेतिर फुटुङस्थित पदम चन्द्र स्कुल नजिक एक अपरिचि मानिसले एकजना व्यक्तिलाई लिएर गएको भन्ने सूचनाका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान गर्दै गरिएको प्रहरी कार्वाहीका क्रममा तारकेश्वर–१ स्थित एक घरबाट मोबाइल समेत अफ गरि ती व्यक्तिलाई बन्धक बनाएर राखेको अवस्थामा उद्दार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ परेका तिनैजना अभियुक्तहरु विरुद्ध अपहरण तथा शरीर बन्धकको कसुरमा काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।

 

फीजियो थेरापी क्षेत्रको नयाँ अध्याय सुरु गर्दै काठमाडौ नेसनल मेडिकल कलेज

0

वीरगञ्ज, श्रावण ०९//

फीजियो थेरापी क्षेत्रको नयाँ अध्याय हुन्छ काठमाण्डौ नेशनल मेडिकल कले

सामान्य जीवनयापन कोे क्रममा गरिने दैनिकीले समेत हाम्रो स्वास्थमा दिर्घकालिन समस्या ल्याउन सक्छ। हिँड्ने, बस्ने, खाने र सुत्ने क्रममा थाहा नभएका कतिपय कुरा हरुले हाम्राे स्वास्थमा नकारात्मक असर पारिरहेको हामी मध्ये धेरैलाई थाहा नहुन सक्छ।
आउने शुक्रबार देखि सञ्चालनमा आउन लागेको काठमाडौं नेशनल मेडिकल कलेजमा भारत बाट स्नाकोत्तर अध्ययन गरेकी डा अञ्जली चौधरी ले त्यस्ता उपचार सामान्य फिजीयो थेरापी विधिबाट गर्ने भएकी छिन्। जटिल समस्याको लागी औषधि खानु परेपनि सामान्य समस्याको लागी सामान्य विधि र प्रकिया बाट रोगको निदान गर्न सकिने चौधरीको विश्वास छ। भारतमा उपचार गर्दा कहिले सामान्य अवस्थामा फर्किनै (आँखा समेत झिमकाउन असमर्थ) नसक्ने भनी त्यहाँका डाक्टरले पठाएका बिरामीलाई हाल सामान्य जीवनमा ल्याई पुर्याउने अञ्जली लाई बिरामी ले भगवान भनेर नै पुज्छन्। उमेर ले ३० पुगेकी अञ्जली विभिन्न खेलाडी, नायक, नायिका समेत की व्यक्तिगत स्वस्थ सल्लाहकार हुन। सरकारी दर सरहको मूल्यमा अमूल्य सुविधा दिने वाचा सहित आएको काठमाण्डौ नेशनल मेडिकल कलेज ले स्वास्थको क्षेत्रमा भएको बेतिथि हटाउने मात्र होइन रोगको नाममा चर्को शुल्क लिने अस्पताल हरुको लागि एउटा ठूलै टाउको दुखाई कोे विषय हुने सो कलेजका प्रबंध निदेशक बस्रुद्दिन अन्सारी कोे दाबी छ।

नदिमा ट्रीपर खस्दा ३ बेपत्ता

0

संजय गुप्ता // वीरगञ्ज, श्रावण ०७//

 भेरी नदिमा हिजो मङ्गलवार राती ट्रीपर खस्दा चालक सहित ३ जना बेपत्ता भएका छन् ।

जाजरकोटको नलगाढ नगरपालिका बाट रिम्नातर्फ जाँदै गरेको यति विल्डर्सको रा१क १५०१ नम्बरको ट्रीपर रुकुम पश्चिम आठबिसकोट पिपलचौर नीर भेरी नदिमा खसेर दुर्घटना भएको हो ।

ट्रीपरमा चालक सहित ३ जना सवार रहेको र सबैको अवस्था अज्ञात रहेको स्थानीय प्रहरीले जनाएको छ । नदिमा पानीको बहाव अत्यधिक बढेकोले खोजी कार्य गर्नमा भैरहेको कठिनाइका बावजुद पनि खोजी कार्य जारी रहेको तथा घट्नाको विशेष अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।