मनोज गुप्ता// वीरगञ्ज, मंसिर १
वडा दशैंको चौथो दिन बुधवार देवी कुष्माण्डाको पुजा गरी मनाईदै छ । हिन्दु धर्मावलम्बीहरुको प्रमुख चाडहरु मध्येको एक महान चाडको रुपमा मनाईने वडा दशैंमा आदिशक्ति दुर्गामाताको नववटा रुपलाई प्रत्येक दिन एउटा एउटा रुपमा पुजा गरिने चलन रहेको छ । वडा दशैंको आज चौथो दिनपनि श्रद्धालु भक्तजनहरु वैदिक विधि अनुसार माता कुष्माण्डाको पुजा आराधना गरेका छन् ।
वडा दशैं पर्व अन्तर्गत अधिकांश हिन्दु धर्मावलम्बीहरुले आ–आफ्ना घर घरमा जमरा राख्ने, नवरात्री गर्ने तथा नवदुर्गाको पूजापाठ गर्नुका साथै पछिल्लो समय प्रत्येक गाउँ तथा टोल टोलमा माताको प्रतिमा बनाई वैदिक विधि अनुसार कलश यात्रा निकाली नवदिनसम्म सामुहिक रुपमा नवरात्री गर्ने र अन्तिम दिन सामुहिकरुपमै कन्याहरुलाई छप्पनभोग ग्रहण गराई नगद समेत दानगरी ब्रत पूरा गर्ने चलन पनि बढिरहेको छ ।

त्यसै अनुरुप बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ४ बलिरामपुर स्थित सातोमाई पूजा समितीको अगुवाईमा विगत १० वर्षदेखि विधिवत नविराईकन प्रत्येक वर्ष सामुहिक रुपमा नवरात्री हुँदै आएको र यस वर्ष पनि पूर्व वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्षका भावि उम्मेदवार मदन यादवको विशेष सहयोगमा सामुहिक नवरात्री पूजा भईरहेको सर्वसाधारण भक्तजनहरुले बताएका छन् ।
यता विरगञ्ज महानगरपालिका वडा नं.९ रानीघाट स्थित दुर्गा पूजा समिती रानीघाटले विगत करिब २०औं वर्षदेखि प्रत्येक वर्ष नविराईकन सामुहिक रुपमा नवरात्री पूजाको आयोजना गर्दै अएको भक्तजनहरुले बताएका छन् ।











हटको कटहरियामा सोमबारबाट मेयर कप शुरु भएको छ । सोमबार एक कार्यक्रमकाबीच कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवाल र उपप्रमुख रितादेवीले संयुक्त रुपमा खेलको उद्घाटन गर्नु भएको छ । टि २० नकाउट क्रिकेट प्रतियोगीताको उद्घाटन गर्नु हुदै जयसवालले खेलको माध्यामले आफ्नो देशका खेलाडीहरु अर्न्तराष्ट्रिय स्तरमा नेपाललाई नाम चिनाउन सफल भएको बताउनु हुदै खेलाडीहरुलाई प्रोत्साहन गर्न र खेल प्रतिको आकर्षण बढाउन स्थानिय निकाय र जनप्रतिनिधीहरुले खेलमा लगानी गर्नु पर्ने आवश्यकता देखिएको बताउनु भयो । नगर प्रमुख तथा उपप्रमुख द्धयले रिवन काटेर सो प्रतियोगीताको उद्घाटन गर्नु भयो ।
शैको दोश्रो दिन आज ब्रहमचारीणी देवीको पूजा गरिदै छ । नव दिन सम्म दुर्गा को नव वटा रूपमा पूजा गरिने परम्परा अनुसार आज वारा, पसा, रौतहट लगायत छिमेकी मूलुक भारतका शक्तिपिठहरुमा माता ब्रहमचारिणी को विधिपूर्वक पूजा अनुष्ठान सम्पन्न भएको छ ।

वीरगञ्ज, असोज २८
