Home Blog Page 37

बागमतीमा डूबेर एक बालकको मृत्यु

0

 

 

भोला यादव रौतहट, कार्तिक ५

बागमती नदीमा नुहाउन जाँदा रौतहटमा एक बालकके मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको राजदेवी नगरपालिका वडा नं. ९ निवासी बिरेन्द्र दासका ११ वर्षीय छोरा गौतम दास रहेका छन् ।आईतवार दिउँसो १२ बजे तिर घर नजिकैको रहेको बागमती नदीको कालीमन्दिर घाटमा एक्लै नुहाउने क्रममा पानीमा डूब्न लागेको देख्ने वितिकै स्थानियबासीहरुको सहयोगमा उद्धार गरी उपचारको लागि गौर अस्पतालमा पठाईएको तर प्रादेशिक अस्पतालको ईमरजेन्सी कक्षमा उपचारकै क्रममा बालकलाई मृत घोषणा गरिएको अभिभावकहरुले बताएका छन् ।

बडादशैंको आज अष्टमी तिथी, विभिन्न शक्तिपिठहरुमा बलि चढाइँयो

0

 

वीरगञ्ज, कार्तिक ५
बडादशैंको आज अष्टमी तिथी देशैभरीका विभिन्न शक्तिपिठहरुमा बलि चढाइँएको छ । विभिन्न मनोकामना राखी भाकल गरेका श्रद्धालुहरुको मनोकामना पूर्ण भएपश्चात बलि चढाउने परम्परा अनुकुल आज वीरगञ्जको गहवामाई मन्दिरमा पनि हजारौ श्रद्धालुहरुले खसि, बोका, हाँस, कुखुरा तथा परेवाको बलि चढाएका छन् ।
आज अष्टमीका दिन वीरगञ्जको गहवामाई मन्दिर, राधेमाई मन्दिरमा बलि चढाइँदै छ भने भोली नवमीको दिन विन्दवासनीमाई मन्दिर, सिमावर्ती रक्सौल स्थित मनसामाई मन्दिर लगायतका शक्तिपिठहरुमा बलि दिने परम्परा रहेको छ ।

आज बडादशैंकोसप्तमी तिथी शक्तिपिठहरुमा फुलापाती भित्र्याइँदै

0

वीरगञ्ज// कार्तिक ०४
आज बडादशैंकोसप्तमी तिथी अर्थात फुलापाति विधिपुर्वक सबै शक्तिपिठहरुमा फुलापाती भित्र्याइएको छ । त्यसै अनुरुप आज पर्साको वीरगञ्ज स्थित प्रसिद्ध गहवामाई मन्दिर, विन्दवासनीमाई मन्दिर, राधेमाई मन्दिर, विरञ्चीबर्वा स्थित कालीकामाई मन्दिर लगायतका शक्तिपिठहरुमा विधिपुर्वक फुलापाती भित्र्याइएको छ ।
साथै आज फुलापातीका दिन विभिन्न शक्तिपिठहरुमा मेलाभर्ने दर्शनार्थीहरुको भिडभाड बढेको छ । आज वीरगञ्ज स्थित गहवामाई मन्दिरमा पनि दर्शनार्थीहरुको व्यापक भिड लागेको छ । मेला भर्न गाउँ गाउँबाट हजारौको सँख्यामा दर्शनार्थीहरुको उपस्थिती देखिएको छ । मेलामा आफ्नो व्यवसाय बढाउने उदेश्यले नेपाल तथा सिमावर्ती भारतीय बजारहरुबाट व्यापारीहरुको पनि सँख्यामा बृद्धि भएको छ ।


यता मेलालाई मध्यनजर गर्दै पर्सा प्रहरीले सुरक्षा सतर्कता समेत बढाएको छ । मेलामा हुनसक्ने उत्श्रृङ्खल गतिविधीलाई मध्यनजर गर्दै सशस्त्र, जनपथ तथा सिभिल ड्रेसका प्रहरीहरु समेत परिचालन गरिएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कोमल साहले बताउनुभयो ।

२ लाख तिरेपछि खुल्यो नेशनलको ताला

0

 

राजु चौरसिया // कलैया बारा कार्तिक ०४
पानीको बोतलमा माकुरा भेटिएपछि सिल भएको बाराको नेशनल पानी उद्योगको ताला रु.२ लाख जरिवाना तिरेपछि खुलेको छ ।बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ३ स्थित नेशनल पानी उधोगले उपभोक्तालाई विक्री गर्न पठाएको प्रशोधित पानीको बोतलमा माकुरा भेटिएपछि गत असोज १६ गते उद्योगमा शिलबन्दी गरिएको थियो।
अब उप्रान्त उद्योगले आफ्नो गुणस्तरमा सुधार गरी उत्पादन तथा अन्य व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको र उपभोक्ताको स्वास्थ्य प्रति गरेको लापारवाहीको दण्ड स्वरुप गरिएको रु.२ लाख जरिवाना भुक्तानी गरेपछि मात्र सो उद्योगमा भएको शिलबन्दी खोलिएको सम्बन्धित निकायले जनाएको छ । साथै पानीमा अखाद्य पदार्थ भेटिएको घट्ना सँगै नेशनल पानीको लोकप्रियतामा साह्रै ह्रास आएको आमउपभोक्ताहरुले बताएका छन् ।

 

बाराको सुवर्ण गाउँपालिकामा चरम विवाद, कार्यपालिकाको बैठक ३ महिनादेखि अन्यौलमा

0

 

राजु चौरसिया // कलैया बारा कार्तिक ०४
बाराको सुवर्ण गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष लगायत कार्यसमितीका सदस्यहरु बीचको चरम विवादका कारण कार्यपालिकाको बैठक विगत ३ महिनादेखि अन्यौलमा रहेको छ ।
गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादवले आफ्नो मनोपोली पालिकालाई चलाईरहेको तथा राजश्व परामर्श समितीको सँयोजक आफु रहेको तर आजसम्म कुनै पनि बैठक आफ्नो अध्यक्षतामा नगरको उपाध्यक्ष पुनम देवीकोआरोप रहेको छ । कार्यसमितीका अन्य सदस्यहरुलाई पनि अध्यक्षले कुनै वास्ता नगरेको आरोप उपाध्यक्ष पुनम देविले लगाउनुभयो । गाउँपालिकाका गतिविधीहरुको बारेमा लिखित रुपमै सुचना माँग गर्दा समेत अध्यक्ष यादवले सुचना दिनमा रोक लगाई आफूखुशी गाउँपालिकाको बजेट तथा अन्य गतिविधी सञ्चालन गरेको आरोप उपाध्यक्षको रहेको छ ।
साथै विगत ३ महिनादेखि बस्न नसकेको कार्यपालिको बैठक दशैंलाई लक्षित गरी बस्ने भनेर पालिका अध्यक्ष यादवकै निर्देशनमा प्रमुख प्रशासकिय अधिकृत वकिल पालले सम्पुर्ण सदस्यहरुलाई म्यासेज गरेको तर उपाध्यक्ष सहित ९ जना कार्यपालिका सदस्य हरु बैठकस्थलमा आउँदा अध्यक्ष यादव बैठकस्थलमा नै नआईकन मिटिङ्ग स्थगित गरी मोबाईलको स्वीच अफ गरेको जानकारी पाएपछि आफुहरु पत्रकार सम्मेलन गर्न बाध्य भएको वडा नम्बर ७ का वडाध्यक्ष जितेन्द्र यादवले बताए ।
यता गाउँपालिका अध्यक्ष यादवले हरेक बैठकमा उपाध्यक्ष को श्रीमान नै सहभागि हुने गरेको र उनकै सहमति अनुसार सबै निर्णयहुने गरेको तथा रजिष्टरमा पुनम देवीले हस्ताक्षर मात्र गर्ने गरेको बताउनुभयो । साथै बैठकको पत्र उपाध्यक्ष लगायत अधिकांश कार्यपालिका सदस्यहरुले नबुझेको र कार्यसमिती सदस्यहरुबीच ठूलो विवाद रहेकाले यस अवस्थामा बैठक बस्दा चाडपर्वको बेला ठूलै विवाद वा लफडा हुनसक्ने प्रबल सम्भावनाको आँकलन गरी बैठक स्थगितको सुचना सबै सदस्याहरु लगायत बाराका प्रमुख जिल्ला अधिकारी लाई समेत जानकारी गराईसकेको र आफ्नो मोबाईल कहिलेपनि अफ नरहेको स्पष्टोक्ति दिएका छन् ।

विश्रामपुरका समाजसेवी मदन यादवद्धारा शुभकामना आदान प्रदान

0

वीरगञ्ज, कार्तिक ३
बाराको विश्रामपुर निवासी समाजसेवी मदन यादवले पालिकाका विभिन्न वडाहरुमा श्रद्धालुहरुलाई पत्यक्ष भेटघाट गरी शुभकामना आदान प्रदान र सहयोग गर्नुभएको छ ।
वडा दशैंमा माता दुर्गाको नव वटा रुपलाई प्रत्येक दिन अलग अलग रुपमा पूजा तथा अनुष्ठान गरि श्रद्धा पूर्वक मनाईने नवरात्री पर्वमा श्रद्धालुहरुले नव दिनसम्म अन्न ग्रहण नगरी फलाहार गरेर भोकै पेट वस्ने र माताको विधिपुर्वक पूजा गरिने परम्परा रहेको छ । यसरी नवरात्र गरिरहेका श्रद्धालुहरुको घरमै पुगी समाजसेवी यादवले पुजा सम्बन्धी आफुबाट हुनसक्ने सामाजिक तथा आर्थिक सहयोग गर्ने तत्परता देखाएको सर्वसाधारणहरुले बताएका छन् ।


भेटघाटका क्रममा उनले बाराको विश्रामपुर वडा नं. २ कान्तिपुर स्थित सातोमाई मन्दिर, वडा नं. १ को कल्याणपुर स्थित सातोमाई मन्दिर, छतवा चौकीटोल त्यस्तै धानुखटोला स्थित शिवमन्दिरको धर्मशाला लागायतका ठाउँमा भईरहेको नवरात्री पूजामा प्रत्यक्ष रुपमा सहभागि भई आफना विचार आदान प्रदान गर्नुका साथै सक्दो सहयोग गर्नुभयो । समाजसेवी यादव निवर्तमान वडा अध्यक्ष तथा गाउँपालिका प्रमुखका उम्मेदवार समेत हुन ।

 

आर्थिक मन्दीले वीरगञ्ज बेहाल, दशैंले पनि टार्न सकेन व्यापारीहरुको दशा

0

वीरगञ्ज, कार्तिक ३
आर्थिक मन्दीका कारण यस पालिको दशैंमा पनि साचिकै दशैं आएको जस्तो आफुहरुलाई महसुस हुन नसकेको वीरगञ्जका व्यापारीहरु बताउँछन् ।
आर्थिक राजधानीको रुपमा चिनिने वीरगञ्जमा विगतका दशैंहरुमा आफुहरुलाई भ्याइँ नभ्याइँ हुने ति दिनहरु यस वर्ष त कल्पनामा मात्रै सिमित हुने अनुभव वीरगञ्जका खुद्रा कपडा व्यापारी सँतोष साहले बताए ।
विगतमा दशैंका समयमा वीरगञ्जका सडक तथा बजारहरु एकाविहानै देखि भरिभराउ देखिने गरेको र खुद्रा एवम् थोक व्यापारीहरुलाई पसलमा भ्याइँ नभ्याइँ हुने गरेको तर यस पालि विरगञ्जका मुख्य सडक तथा बजारहरुमा समेत सेवाग्राहीहरुको खासै उपस्थिती देखिएको छैन । दैनिक व्यवसायिक कारोवार पनि सँतुष्टीजनक नरहेको व्यापारीहरु बताउँछन् ।

आज शुक्रवार वडा दशैंको छैठौं दिन सम्म आईपुग्दा समेत वीरगञ्ज मेलामा खासै विक्री हुन नसकेको मेलालाई लक्षित गरी पसल थापेका साना व्यापारी समेत गुनासो गरेका छन् । केही मात्रामा किनमेल गर्न आउने गरेका सेवाग्राहीहरु समेत आर्थिक अस्तव्यस्तताका कारण छिमेकी भारतीय बजार रक्सौलमै गएर दैनिक उपभोगका सामग्रीहरु तथा अति आवश्यकिय सामग्रीहरु किनमेल गर्ने गरेको देखिएको छ ।
यता दिनभरी पसल थापेर घाममा बसिरहँदा समेत व्यापार नचलेका कारण दिउँसोको घाममा सडकमा पसल थापेका पोके व्यसायीहरु प्लाष्टिक तथा कपडाले पसल छोपेर दिनभरी सुतेर दिन विताईरहेको दुखेसो व्यक्त गरेका छन् ।

 

सिम्रौनगढ्को नगर परिषद रजिष्टरमै सिमित, कार्यपालिकामा खैलाबैला, विवाद पुनः उग्र हुँदै

0

राजु चौरसिया // बारा, कार्तिक- ३
बारा सिम्रौनगढको नगर परिषद रजिष्टरमै सिमित हुँदा कार्यसमितीमा खैलाबैला मच्चेको छ । यस अघि नगर परिषदको लागि भएको बैठक दोहोरो झड्पमा परिणत भएपछि परिषद हुन सकेको थिएन । बिथोलिएको नगर परिषद पुनः सम्पन्न गर्नको लागि कार्तिक ३ गते शुक्रवार विहान ७ बजे गर्ने भनेर समय तोकिएको तथा परिषदका लागि करिब ४०० को सँख्यामा सुरक्षाकर्मी परिचालन गरी कार्यक्रमको सम्पूर्ण तयारी पूरा भई सम्बन्धित सबै व्यक्तिहरु विहान ७ बजे देखि नै कार्यक्रमस्थलमा पतिक्षा गरिरहँदा नगर अध्यक्षले साढे सात बजे अज्ञातस्थलबाट अचानक विज्ञप्ति जारी गरी नगर परिषद सम्पन्न भईसकेको जानकारी गराउँदा नगर कार्यसमितीमा खैलाबैला मचेको छ ।

परिषद विधिवतरुपमा सम्पन्न नगरी रजिष्टरमा माईनट तयार पारी आर्थिक प्रलोभनका आधारमा एकएक गरेर कार्यसमिती सदस्यहरु सँग हस्ताक्षर गराएकोले यो परिषद कदापी मान्य नहुने र आफूहरु न्यायपालिकामा उजुरी गर्ने नगर उप प्रमुखले बताउनुभएको छ ।


साथै नगर अध्यक्षको आर्थिक प्रालोभनमा परी हस्ताक्षर गर्ने कार्यसमिति सदस्यहरुमाथि आज पुनः सर्वसाधारणले हातपात गरेका छन् । भने नगर प्रमुखको सुरक्षाका लागि बासस्थान वरपर बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

विश्वकप क्रीकेटमा भारतको लगातार चौथो जित, कोहलिले पूरा गरे करियरको ४८ औ शतक

0

वीरगन्ज, कार्तिक  २ // एकदिवसीय क्रीकेट विश्वकप टुर्नामेन्ट्मा भारतले बङ्लादेशलाइ  ७ विकेटले पराजित गरेको छ । भारतको लागि घरेलु मैदान पुनेमा आज भएको प्रतियोगितामा बाङ्लादेशले भारतलाई २५७ रनको लक्ष्य दिएको थियो ।जवाफी ब्याटिङ गरेको भारतले ४१ ओभरमा ३ विकेट मात्रै खर्चेर जित हासिल गर्न सफल भएको छ । आजको खेलमा भारतका किङ्ग कोहलिको नामले चिनिने बिराट कोहलिले अविजित १०३ रनको शानदार पारी खेलेर टिमलाई जित मात्रै दिलाएनन कि आफ्नो क्यारिअरको ४८ औ शतक पूरा गर्दै सन्सारमै सबै भन्दा बढी एकदिवसीय शतकको रेकर्ड आफ्नो नाममा दर्ज गराएका सचिन तेन्दुलकर भन्दा एक शतक मात्रै पछि रहेका छन ।

दशैंको मध्यमा कालीकामाई ठप्प, कर्मचारी र जनप्रतिनिधी बीच विरगञ्जमा भागबण्डा हुँदै, सेवाग्राहीको पिडा बुझिदिने कसले ?

0

वीरगञ्ज, कार्तिक २//

कालीकामाईका कर्मचारी तथा पदाधिकारीहरु आफ्नो पदिय दायित्वलाई लत्याउँदै स्वार्थमा लिप्त भएको देखिएको छ ।
दशैंको मध्य अवधिमा अर्थात बडा दशैंको पाँचौ दिन विहिवार आज पालिका सँग सम्बन्धित सप्पूर्ण कारोवारको लागि अति नै महत्वपुर्ण दिन भएको थाहा हुँदाहुँदै पनि पर्सा जिल्लाको कालीकामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नमो नाथ प्रसाद यादव लगायत सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधीहरु दर्ता चलानीका एक जना कर्मचारीको जिम्मामा कार्यालय छोडी आ–आफ्नो रकमी भागबण्डाको लागि विरगञ्जमा बैठक गरिरहेको भेटिएको छ ।
वडा दशैंको अवसर गरेर यही शुक्रवार भोली देखि कार्यालयमा हुने लामो सार्वजनिक विदालाई मध्यनजर गर्दै सवै जिम्मेवार पालिकाका जन प्रतिनिधी तथा कर्मचारीहरु आ–आफ्ना पदिय दायित्व निर्वाह गर्ने हतारमा रहेको र कतिपय पालिकाका कर्मचारी र प्रतिनिधीहरुलाई विहान देखि बेलुकी कार्यालय समय पछि पनि खटेर काम सकाउन चटारो रहेको यस अवधिमा पर्साको कालिकामाई गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधहरुले जनता र कार्यालयको काम भन्दापनि सम्बन्धित पालिकामा हुनुपर्ने बैठक वीरगञ्जको होटलमा बसी आ आफ्नो पदीय महत्वकाँक्षाका आधारमा सकेसम्म बढी रकम हिस्सा लिने कार्यलाई बढी महत्व दिएको देखिएको छ ।


कर्मचारी तथा जनप्रतिनिधी आफ्नो कमिसन र भागबण्डाको रकमका लागि मरिहते गरेर महिनैपिच्छे आफ्नो भागको रकम लिँदै आएको तर आफ्नो श्रीमति स्तन क्यान्सर बाट पिडित भई नेपाल सरकारबाट पाउँदै आएको राहत वापतको रकम विगत सात महिना देखि दिनहुँ कार्यालयमा धाउँदा समेत हालसम्म नपाएको र आज आउँदा समेत कार्यालयको सबै फाँटमा ताल्चा लागेको हुँदा सो विषयमा कुनै सुनुवाई नभएको दुखेसो कालीकामाई गाउँपालिका वडा नम्बर १ मुड्लीका महेन्द्र मुखिया बिनले पोखेका छन् ।

पछिल्लो केही समय देखि कालीकामाई गाउँपालिकाका प्रमुख, उप–प्रमुख र प्रशासकिय अधिकृत विचको आपसी तनावले सिँगो पालिकाकै कारोवार नराम्ररी प्रभावित भएको त्यस गाउँपालिकाका सर्वसाधारणहरुले बताएका छन् । तसर्थ यस्ता भ्रष्ट कर्मचारी र जनप्रतिनिधीबाट पालिकाकै भविष्य अन्धकारतिर उन्मुख हुँदै गएकोले समयमा नै यसको विकल्पको बारेमा गम्भीर हुन सम्बन्धित निकायसँग आफुहरुको आग्रह रहेको सेवाग्राहीहरुले बताएका छन् ।