Home Blog Page 40

पर्साका चर्चित नेता अनिल रुङ्टा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनीत

0

 

बिरगंज,पर्सा/
अनिल रुङ्टा नेपाली कांग्रेस केन्द्रीय समिति सदस्यमा मनोनीत भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले रुङ्टा लाई कांग्रेस केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका हुन् ।

सविधानसभा सदस्य रहिसकेका अनिल रुङ्टा नेपाली कांग्रेसको पर्सा जिल्लाबाट प्रतिनिधित्व गर्ने गरेका छन।। उनको फाउन्डेसन मार्फत गरिब असाहायले धेरै सहयोग पाइरहेको छ।

सभापति देउवाले बिहीबार गुल्मीका चन्द्र भण्डारी, अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, पर्वतका अर्जुनप्रसाद जोशी, काभ्रेका शिवप्रसाद हुमागाईं, बागलुङका किरणराज शर्मा पौडेल, रूपन्देहीका भरतकुमार शाह, कास्कीका शारदा पौडेल र पर्सा बाट अनिलकुमार रूंगटालाई केन्द्रीय सदस्य मनोनीत गरेका हुन्।

०७८ मा भएको १४ औं महाधिवेशनबाट सभापतिमा देउवा निर्वाचित भएका थिए। विधानअनुसार महाधिवेशन भएको छ महिनाभित्र ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्नुपर्ने हो। तर सभापति देउवाले १९ महिनापछि केन्द्रीय सदस्य मनोनीत गरेका हुन् ।

कांग्रेस विधानको दफा २१ (१०) अनुसार कम्तीमा दस वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधि मध्ये बाट केन्द्रीय सभापतिले कार्य समितिमा एक तिहाई सदस्य महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपाङ्गता भएका वा अल्पसंख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी तेत्तीस जना सदस्य मनोनीत गर्ने व्यवस्था छ ।

रा.प्र.पा.नेपाल पर्सा ले २०७२ को संविधान विरुद्ध कालो दिन भन्दै बिरोध गर्दे गरे मसाल जुलुस प्रर्दशन

0

 

बिरगंज / रा.प्र.पा.नेपाल पर्सा ले २०७२ को संविधान विरुद्ध कालो दिन भन्दै संविधानको विरोध गर्दै मसाल जुलुस प्रर्दशन गरेकोछ।

रा.प्र.पा.नेपाल पर्सा को पार्टी कार्यालय श्रीपुरबाट निस्केको बिरोध र्यालीमा २०७२ सालको संविधानको विरुद्धमा कालो दिन भन्दै,२०७२ सालको संविधान खारिज गर, गणतन्त्र मुद्दाबाद, संघियता खारेज गर,भन्दै नारा लगाउँदै बिरोध र्याली गर्दै घण्टाघर चोकमा सम्मापन गरेको थियो।

त्यसपछी वीरगंज स्थित पानगलीबाट निस्केको मसाल जुलुस घण्टाघर चोकमा आइ प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को पुत्ला दहन गरेको थियो‌।

उक्त विरोध प्रदर्शन तथा मसाल जुलुस कार्यक्रम रा.प्र.पा.नेपाल पर्साका जिल्ला अध्यक्ष नरेस साह को अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका सह महामन्त्री अजय पौडेल, केन्द्रिय सदस्य शम्भु प्रसाद चौरसिया, पुनदेव यादव, केदार गौली, पार्टी का जिल्ला उपाध्यक्ष रोसन यादव,पार्टीका जिल्ला सचिव पवन प्रसाद साह, दिलिप गुप्ता, कोषाध्यक्ष उदित सहनी, सदस्यहरूमा दिपनरायण यादव, बिजय पासवान, महमद मिया,तुलसि यादव,राजेश चौहान, शम्भु घिमिरे,मेहदिहसन,मनोज यादव, हरिनारायण प्रसाद,भिमबहादुर चौरसिया, बिनोद गिरी लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो

भ्रष्टाचार गर्नकै लागि पूर्व स्टोर प्रमुख यादव र लेखापाल माझी पुनः नारायणी अस्पतालमै आउने तरखरमा, खरिदार अधिकारी भए मालामाल

0

 

वीरगंज ०३ असोज ।
नारायणी अस्पताल वीरगंजमा कार्यरत्त भ्रष्टाचार गर्नमा माहिर मानिएका तत्कालिन स्टोर प्रमुख नायब सुब्बा सुशिल यादव, लेखापाल सुदिप माझी र हाल नारायणी अस्पताल मै कार्यरत्त सहायक स्टोर प्रमुख खरीदार दामोदर अधिकारीले अस्पतालको लाखौंको सामान चोरी गरेर विक्रि गरेको रहस्योदघाटन भएको छ ।
अस्पतालको पश्चिमतर्फ जिर्ण अवस्थामा रहेको दुई वटा दुईतले भवन केही महिना पहिला भत्काउँदा त्यसमा रहेको पुरानो सामग्रीहरु तीनै जना मिलेर बेंची सोबाट आएको अबैध रकमबाट भागबण्डा लगाएको समाचार स्रोतले जनाएको छ ।
दुई तले रहेको एउटा भवनमा ८ वटा कोठाहरु र अर्को भवनमा ६ वटा कोठाहरु रहेको थियो । अस्पतालका सहायक स्टोर प्रमुख खरीदार दामोदर अधिकारीले सबै सामग्रीहरु अस्पतालमै रहेको दाबी गरे पश्चात सञ्चारकर्मीहरुको एक टोली सोमबार स्थलगत रुपमा रिपोर्टिङ्ग गर्दा सो भवनबाट निस्केको काम नलाग्ने पुरानो सामग्रीहरु केही मात्रामा रहे पनि बाकी सबै काम लाग्ने सामग्रीहरु गायब रहेको पाईयो ।
पर्सा जिल्लाको एक जना प्रदेशसभा सदस्य मेरो आफ्न्त रहेको धाक लगाउदै खरीदार अधिकारीले आफुभन्दा सिनियर कर्मचारीहरुलाई नटेरी अस्पतालमा चुईफुई गर्ने गरेको कर्मचारीहरुले नै गुनासो गरेका छन् ।
सो भवनबाट निस्केको झ्याल, ढोका, कुर्सी, सोफा, फर्निचर लगायत हार्डवेरका अधिकांश समानहरु गायब पारी विक्रि गरिएको अस्पतालकै एक कर्मचारीले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए ।
अस्पतालबाट निस्केका पुरानो समानहरु विक्रि गर्नु पर्दा निलामी प्रक्रियामा जानु पर्ने प्रावधान रहे पनि बिना निलामी ठिक (काम लाग्ने) अवस्थामा रहेका लाखौंको सामानहरु विक्रि गरिएको समाचार स्रोतले जनाएको छ ।
अस्पतालका तत्कालिन स्टोर प्रमुख यादव, लेखापाल माझी र हाल कार्यरत्त सहायक स्टोर प्रमुख अधिकारीले एक आपसमा तालमेल गरी आफ्नो व्यक्तिगत लाभको लागि असपतालका पुरानो समानहरु बिक्री गरि लाखौं रकम भ्रष्टाचार गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार पुर्व लेखापाल माझी, नायब सुब्बा यादव र वर्तमान खरीदार अधिकारीले आपसी तालमेल गरेरै कैयो पटक नियम विपरीत पुरानो समान बिक्री गरेर, नक्कली बिलबिजक समेत पेस गरेर अस्पतालको बजेटबाट लाखौं रकम हिनामीना गरेको स्रोतले जनाएको छ ।
लेखापाल माझी हाल आन्तरीक राजस्व कार्यालाय वीरगंजमा कार्यरत्त रहे पनि भ्रष्टाचार गर्नकै लागि उनी रकमको बलमा पुनः नारायणी अस्पतालमै आउने तरखरमा रहेको उनका निकटवर्तीहरुले बताएका छन् ।
त्यसैगरी भ्रष्ट प्रवृतिका नायब सुब्बा यादव सहरी सघंन कार्यालयमा कार्यरत रहे पनि दुई दिन पहिला भ्रष्टाचार गर्नकै लागि पुनः नारायणी अस्पतालमै सरुवा गराएकोमा आज, भोलीमै हाजिर हुने अस्पतालकै एक उच्च पदस्त अधिकारीले बताए ।
अस्पतालको सामग्रीहरु चोरी भएको विषयमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साह सँग फोन सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा उनले अस्पतालको चारै तिरबाट कम्पाउण्डवाल र गार्ड नभएको कारण सामनहरु चोरी हुदै आएको बताए । अस्पतालको पूर्वपट्टी रहेको भवनमा मात्र चार वटा गार्ड रहेको बताउदै पश्चिमपट्टीको भवनमा गार्डहरु नभएकै कारण चोरी हुदै आएको र अस्पतालका केही छिमेकी र अस्पतालकै केही कर्मचारीहरुले नै चोरी गरेको आफुले पनि सुन्ने गरेको बताए । आफ्नो पालामा पुरानो भवन नभत्केकोले सो बारे आफुलाई खासै जानकारी नभएको र पछि जानकारी लिदै जाँदा अस्पतालका कर्मचारीहरुकै मिलोमतोमा चोरी भएको प्रतिक्रिया दिए ।
हाल अस्पताल सञ्चालनका लागि विभिन्न कमीकमजोरी र समस्या रहेको स्विकार गर्दै सो समस्याहरुलाई समाधान गर्न हरेक हप्ता काठमाडौं धाउदा पनि न मन्त्रालयले न त विभागले नै कुनै वास्ता गरेको बताए । आफु आए देखि अस्पतालमा सकेजति सुधार गरेको डा. साहले दाबी समेत गरे ।
त्यसैगरी खरीदार दाममोदर अधिकारी संग अस्पतालमै पुगी प्रतिक्रिया लिन खोजदा उनले सो बारेमा आफुले केही बोल्न नसक्ने प्रतिक्रिया दिए । अस्पतालको बेतिथि र सामानहरु गायब भएको समाचार बाहिर आउँदा समेत अस्पताल प्रशासन वा नियमनकारीले छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउँदा सचेत नागरिकहरु आश्चर्यमा परेका छन् ।

आज देवादिदेव महादेवको पूजा आराधना गरी तीज पर्व मनाइँदै

0

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ ।

वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् ।पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् ।

यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतियको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई वटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।साभार : मधेस खबर

नारायणी अस्पतालको पुरानो भवनबाट निस्केको लाखौंको सामग्री कर्मचारीकै मिलोमतोमा गायब

0

वीरगंज २९ भदौ ।
नारायणी अस्पताल वीरगंजमा तत्कालिन स्टोर प्रमुख नायब सुब्बा सुशिल यादव, लेखापाल सुदिप माझी र हाल नारायणी अस्पताल मै कार्यरत्त सहायक स्टोर प्रमुख खरीदार दामोदर अधिकारीको मिलोमतोमा लाखौंको सामान विक्रि गरेको स्थानियहरुले आरोप लगाएका छन् ।
अस्पतालको पश्चिमतर्फ जिर्ण अवस्थामा रहेको भवन केही महिना पहिला भत्काएर त्यहाँ नयाँ भवन निर्माण भईरहेको छ । सो पुरानो भवनबाट निस्केको झ्याल, ढोका, कुर्सी, सोफा, फर्निचर लगायत हार्डवेरका अधिकांश समानहरु गायब पारी विक्रि गरिएको अस्पतालकै एक कर्मचारीले नाम नछाप्ने शर्तमा यस दैनिकलाई बताए ।
अस्पतालबाट निस्केका पुरानो समानहरु विक्रि गर्नु पर्दा निलामी प्रक्रियामा जानु पर्ने प्रावधान रहे पनि बिना निलामी ठिक (काम लाग्ने) अवस्थामा रहेका सामानहरु विक्रि गरिएको समाचार स्रोतले जनाएको छ ।
अस्पतालका तत्कालिन स्टोर प्रमुख यादव, लेखापाल माझी र हाल कार्यरत्त सहायक स्टोर प्रमुख अधिकारीले एक आपसमा तालमेल गरी आफ्नो व्यक्तिगत लाभको लागि असपतालका पुरानो समानहरु बिक्री गरि लाखौं रकम हिनामिना गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार पुर्व लेखापाल माझी, नायब सुब्बा यादव र वर्तमान खरीदार अधिकारीले आपसी तालमेल गरेर कैयो पटक नियम विपरीत पुरानो समान बिक्री गरेर, नक्कली बिलबिजक समेत पेस गरेर अस्पतालको बजेटबाट लाखौं रकम हिनामीना गरेको स्रोतको दावी रहेको छ ।
लेखापाल माझी हाल आन्तरीक राजस्व कार्यालाय वीरगंजमा, नायब सुब्बा यादव सहरी सघंन कार्यालयमा कार्यरत रहेका छन ।
यस बिषयमा सुब्बा सुशिल यादव संग सम्पर्क गरी प्रतिक्रिया लिन खोजदा आफुले कुनै सामानहरु विक्रि नगरेको र आफ्नो पालामा भवनबाट निस्केको सम्पूर्ण सामग्रीहरु त्यहि रहेको दाबी गरे ।
त्यसैगरी लेखापाल सुदिप माझीलाई सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा उनको फोन उठेन ।
त्यसैगरी खरीदार दाममोदर अधिकारी संग फोन गरी प्रतिक्रिया लिन खोजदा उनले अस्पतालको पुरानो भवनबाट निस्केको एउटा पनि सामान कहीं कतै नगएको र आफुहरुले विक्रि पनि नरेको बताए । पुरानो सबै सामानहरु अस्पतालमै रहेको दाबी गरे ।
यसैगरी नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंह सँग बुझदा अस्पतालको मेसु बस्ने भवन छेउको वाल भत्केको र सोमा पहिला गेट पनि नरहेको कारण रातीको समयमा केही सामग्रीहरु चोरी भएको बताए । भवनबाट निस्केको सामग्रीहरु काम नलाग्ने अवस्थामो रहेको थियो । अस्पतालले आधिकारीक रुपमा कुनै सामानको निलामी नगरेको समेत प्रतिक्रिया दिए ।

पत्रकार दुबेलाई मातृ शोक

0

 

वीरगंज २९ भादो,
जन गुनासो डेलीका सञ्चालक तथा ग्लोबल टेलिभिजन बारा, पर्सा, रौतहट प्रमुख पत्रकार उमेश दुबेलाई मातृ शोक परेको छ ।
बाराको फेटा गाउँपालिका वडा नं. ७ गम्हरिया निवासी उनकी ममतामयी आमा लक्ष्मी देवीको शुक्रवार राती निधन भएको हो ।
मधुमेह र मुटु रोगबाट ग्रसित आमा लक्ष्मी देवीको ६७ बर्षको उमेरमा काठमाडौंको शाहीद गङ्गालाल अस्पतालमा लामो समय देखि उपचार गराईरहेकोमा शुक्रवार राती करिब १० बजे निधन भएको हो ।
लक्ष्मी देवीको पार्थिव शरिर शुक्रवार राती नै निजी निवास गम्हरिया ल्याई शनिवार हिन्दू परम्परा अनुसार दाहसंस्कार गरिने उनको पारिवारिक श्रोतले जनाएको छ ।

रुपेश द्धारा पत्रकार राहुल गुप्तालाई मार्ने धम्की

0

वीरगंज । समाचार लेखेको भन्दै परवानीपुर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष रामेश्वर कलवारको छोरा जयप्रकाश भन्ने रुपेश गुप्ताले प्रहार डेलि डटकमका सञ्चालक पत्रकार राहुल गुप्तालाई मार्ने धम्की तथा नानाथरिका गाली गलौज गरेको पत्रकार गुप्ताले बताएका छन् ।
पत्रकार गुप्ताले २०८० साल भदौ २४ गते बाराको परवानीपुर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष रामेश्वर कलवारले स्थानिय माथि हातपात तथा दुव्र्यवहार गरेको समाचार प्रकाशन गरेका थिए ।
सोही समाचारको निहु बनाएर जय प्रकाश भन्ने रुपेश गुप्ताले मेरो बुवाको बारेमा समाचार किन लेखेको हो भन्दै मेरो फेसबुकको मैसेन्जर र मोबाइल नं ९८५५०३२९३९ बाट फोन गरि नानाथरिका गालि गलौज गर्दै धम्की दिएको पत्रकार गुप्ताले जनाएका छन् । गाली गलौजको सम्पूर्ण प्रमाण आफु सँग सुरक्षित रहेको पत्रकार गुप्ताको भनाई रहेको छ ।
कानुनी राज्यमा समाचारमा चित नबुझे नियमनकारी निकायमा उजुरी गर्नु पर्ने ठाउँमा पत्रकारलाई रुपेशले गाली गरेर अनावश्यक मानसिक यातना दिई कानुनी राज्यको खिल्ली उडाएको सचेत नागरिकहरुले टिप्पणी गरेका छन् । साभार : पर्दाफास डेलि

यातायातका प्राविधिक प्रमुख ईन्जिनियर यादवका कारण सेवाग्राहीहरु आतंकित

0

 

बिरगंज २६ भदौ/
यातायात व्यवस्था कार्यालय वीरगंजका भ्रष्ट प्रवृतिका प्राविधिक प्रमुख ईन्जिनियर नितेश्वर यादवका कारण सेवाग्रहीहरु आतंकित बन्न पुगेका छन् ।
सो कार्यालयमा सेवा लिन आएका सेवाग्रहीहरु सँग ईन्जिनियर यादवले काम गर्नु भन्दा पहिला आफ्ना बिचौलिया मार्फत मोलमोलाई गरी बिचौलियाले रकम लिईसके पछि मात्र काम अगाडि बढाउने गरेको भुक्तभोगीहरु बताउदंछन् ।
भ्रष्टाचारको मामिलामा गन्हाईसकेका ईन्जिनियर यादव घुसको रकमको भरमा गाडी जाँच्ने गर्ने गरेको बताईन्छ । रकमको भरमा गाडी जाँची काम नलाग्ने गाडीलाई पनि राम्रो छ भनि ईन्जिनियर यादवले सही गर्ने गरेको स्रोतले जनाएको छ ।
काम नलाग्ने ठुला गाडीहरु कबाडमा परिसकेकोले सम्बन्धित सवारी धनीहरु कर तिर्न नपरोस भन्दै लगत कट्टा गराउन प्राविधिक फाँटमा जाँदा ईन्जिनियर यादवले कबाडमा रहेको गाडीको ईन्जिन र चेचिस नम्बर काटन मगाई पुनः सवारी धनीलाई जसरी जे हालतमा गाडी छ, मगाउनै पर्छ भनि अनावश्यक झमेला खडा गरी २० हजार देखि ५० हजार सम्म असुल्ने गर्ने गरेको एक सवारी धनीले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए ।
घुसको मामिलामा दिनदहाडै आतंक मच्चाउदै आएका ईन्जिनियर यादवको व्यवहारले सेवाग्रहीहरु दुःखित बन्न पुगेका छन् ।
सो प्राविधिक फाँटमा ईन्जिनियर यादवले सेवाग्रहीहरु सँग आफु घुसको रकम नलिई सोही फाँटमा बेतल्बीमा रहेका एक बिचौलिया आशिस दाहाल मार्फत लिने गरेको बताईन्छ । सो बिचौलिया कुनै किसिमको कर्मचारी नभए तापनि उनी कर्मचारीको हैसियतमा ईन्जिनियर यादवको निर्देशनमा कुरो छिनोफानो गरी रकम असुलीसके पछि मात्र ईन्जिनियर यादवले सही गर्ने गरेको बताईन्छ ।
भ्रष्ट प्रवृतिका ईन्जिनियर यादवले कतिपय अवस्थामा गाडीहरु नआए पनि घुसको रकमको बलमा गाडी सही भएको अवस्थामा छ भन्दै सही गर्ने गरेको बताईन्छ । गाडी नआएकोमा सवारी धनीहरु सँग ५ हजार देखि २५ हजार सम्म असुली गर्ने गरेको स्रोतको कथन रहेको छ ।
कुनै पनि गाडीको नविकरण वा नामसारी गर्नु परेमा कार्यालयमा गाडी ल्याउनु पर्ने अनिवार्य व्यवस्था रहे ता पनि ईन्जिनियर यादवले निश्चित रकम लिई गाडी दुरुस्त रहेको भनि प्रमाणित गर्ने गरेको भुक्तभोगीहरु बताउदंछन् ।

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन

0

    काठमाडौँ । संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १ः३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको उनका स्वकीय सचिव कृष्णप्रसाद काफलेले जानकारी दिए ।

    उनी जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल, पार्टी अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना लगायत पार्टी नेता अस्पताल पुगेका थिए । नेम्वाङको पार्थिव शरीर अहिले केहीबेरमा ललितपुरका च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् ।

    सामाजिक सञ्जालमार्फत् उनले दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उनको पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका छन् । त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहालले नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको बताउँदै दिवंगत नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।

    विसं २००९ फागुन २८ गते जन्मिएका नेम्वाङ नेपाली राजनीतिमा शालीन र सबैलाई मिलाएर जान सक्ने नेताकोरुपमा छवी बनाएका थिए । स्नातक अध्ययनका क्रममा विसं २०२८र २०२९ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गरेका नेम्वाङ इलाम बहुमुखी क्याम्पसको स्ववियुसभापति समेत भएका थिए ।

    विसं २०३३ सालमा राजकाज मुद्दामा केन्द्रिय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोअर्डीनेसन केन्द्र मालेमा सङ्गठित उनी एमाले केन्द्रिय न्यायिक समिति सदस्यहुँदै एमालेको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए । विसं २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेता र पार्टी उपाध्यक्षको जिम्मेवारीमा थिए ।

    नेम्वाङ विसं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाका सभामुख, विसं २०६४ व्यवस्थापिका संसद्को सभामुख, विसं २०६५ एवं २०७० सालमा संविधानसभाका अध्यक्ष रहेका थिए ।

    विसं २०३२ देखि २०६३ सम्म मुलुकमा भएको राजनीतिक आन्दोलनमा पटकपटक गरी सात महिना थुनामा रहेका नेम्वाङ २०५१ सालमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सामान्य प्रशासनमन्त्री, सार्वजनिक लेखासमितिको सभापतिको जिम्मेवारी सम्हालेका थिए । त्यसैगरी वि.सं २०३५ देखि २०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गरेका स्वं नेम्वाङ वरिष्ठ अधिवक्तासमेत रहेका थिए ।

    डिआईजी मैनाली र एसएसपी पाण्डे छिमेकी भएको हुनाले कसैले केही गर्न नसक्ने ढिडौला पिटदै हुण्डीमा संलग्न राज साह तेली

    0

    वीरगंज । सर्लाही जिल्ला निवासी वीरगंजमा स्थायी बसोबास गरिरहेका राज साह तेली र पर्सामा प्रहरी प्रमुखको जिम्मा पाएका हाल बरिष्ठ प्रहरी उपरिक्षक बेल बहादुर पाण्डे बीचको हुण्डी कारोबार सन्दर्भमा अडिओ रेकर्ड सञ्चारमाध्यमहरुमा सार्वजनिक भए पछि प्रहरी प्रधान कार्यालयले डिआईजी सुरेन्द्र मैनालीको नेतृत्वमा छानबिन समिति गठन गरेको सर्वविदितै नै छ ।
    सो छानबिन समितिलाई प्रभावित पारिसकेको भन्दै हुण्डीमा संलग्न राज साह तेलीले ठाउं–ठाउंमा ठोकुवा गर्दै छाती चौडा गर्दै हिडिरहेको तेलीको निकटवर्तीहरु बताउदंछन् ।
    तेलीले छानबिनको कमाण्डर सुरेन्द्र मैनाली रहेको र उनी एसएसपी पाण्डेको छिमेकी भएको हुनाले कसैले केही गर्न नसक्ने भन्दै ढिडौला पिटदै हिडेको उनको भनाईलाई उदृत गर्दै स्रोतले जनाएको छ ।
    एसएसपी पाण्डे र पाण्डेमाथि छानबिन गर्न गठित समितिका संयोजक डीआईजी मैनालीको काठमाडौंको सुकेधारामा संगै घर रहेको बताईएको छ । आफनै छिमेकी रहेका पाण्डे माथि मैनालीले गर्ने छानबिन निष्पक्ष हुनेमा प्रहरी प्रधान कार्यालयकै अधिकारीको शंका रहेको स्रोतको भनाई रहेको छ ।
    हुण्डीको कार्यले करोडौं करोड कमाउन सफल भएका राज साह तेली उनी आफ्न्तहरुको नाममा अकुत सम्पत्ति जोडेको निकटवर्तीहरुको भनाई रहेको छ । पर्सा र बारा जिल्लामा हुण्डी भरियाहरुलाई ठाउं–ठाउंबाट प्रहरीले समात्दा उनी भरियाहरुलाई छोडाउने दलालको रुपमा कार्य गर्ने गरेको स्रोतले जनाएको छ ।
    बरिष्ठ प्रहरी उपरिक्षक पाण्डेले पर्सामा प्रहरी उपरिक्षक हुंदा “आफूनिकट” विभिन्न व्यक्तिको बैंक खाता दिएर हुन्डी कारोबारीलाई पैसा जम्मा गर्न लगाएको पुष्टि हुने अडिओ प्रमाण सहित समाचार प्रकाशित भएपछि प्रहरी प्रधान कार्यालयले छानबिन समिति बनाएको हो । तर सो समिति पाण्डे र तेली माथि अनुसन्धान गर्नु भन्दा पनि उनलाई “चोख्याउन”का लागि बनेको पछिल्ला केही ढिलासुस्तीले देखाएको अनुमान गरिदै छ ।
    अडिओ रेकर्ड प्रमाणमा पाण्डेले पर्साका हुन्डी कारोबारी राज साह संग दिनेश नाम गरेका व्यक्तिको खातामा रकम जम्मा गर्न लगाएको सुनिन्छ । राज साहले “पांचको चेक” डिपोजिट गरिसकेको र “चालिसको चेक भोलि डिपोजिट” गर्ने भनेको अडिओमा प्रस्ट सुनिन्छ ।
    देशको अर्थतन्त्र तहसनहस हुनुमा मुख्य कारण मध्ये एक मानिएको हुण्डी कारोबार पनि हो । हुन्डी कारोबारलाई अवैध विदेशी विनिमयका रुपमा लिइन्छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ ले अवैध विदेशी विनिमयलाई दण्डनीय मानेको छ ।
    अवैध विदेशी विनिमय (हुण्डी) कारोबार गर्नेलाई बिगो जफत गरी बिगोको ३ गुणासम्म जरिवाना वा ३ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार हुण्डी कारोबारी विरुद्धको मुद्दा सरकारीवादी मुद्दा हो ।
    हुन्डी कारोबार विरुद्धको अनुसन्धान पनि अरु फौजदारी कसुरमा जसरी नै हुनुपर्छ । साभार : पर्दाफास डेलि