Home Blog Page 41

मलङ्गवामा कफ्र्यू हट्यो, निषेधाज्ञा जारी

0

 

मलङ्गवा (सर्लाही), २४ भदौ ः सर्लाही सदरमुकाम मलङ्गवामा शनिबारदेखि लगाइएको कफ्र्यू आज आइतबार बिहान ८ बजेदेखि हटाइएको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कफ्र्यु हटाइए पनि निषेधाज्ञा भने जारी रहने जानकारी दिनुभयो ।
कफ्र्यू हटाइएपछि मलङ्गवाको जनजीवन सामान्य बन्दै गएको छ । बजार, पसल खुल्न थालेका छन् भने यातायातका साधन चलन सुरु भएका छन् । सर्वसाधारणहरु आ–आफ्नो दिनचर्यामा व्यस्त हुन थालेका छन् । मलङ्गवाका विभिन्न स्थानमा अहिले पनि व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
व्यक्तिहरुले हिँडडुल गर्न पाउने, बजार पसल खोल्न पाउने तर बिरोध जुलुस, धर्ना, आमसभा लगायतका कार्यक्रम गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
मलङ्गवामा दुई पक्षबीच ढुङ्गा हानाहान तथा झडप हुन थालेपछि स्थानीय प्रशासनले हिजो शनिबार साँझ ५ बजेदेखि आज आईतवार बिहान ८ बजेसम्मका लागि कफ्र्य आदेश जारी गरेको थियो । अस्ती शुक्रबार साँझ कृष्ण जन्माष्टमीका मूर्ति सेलाएर फर्किने क्रममा झडप भएको थियो । त्यसै विषयलाई लिएर शनिवार पनि प्रदर्शन तथा झडप हुन थालेपछि स्थानीय प्रशासनले कफ्र्यु आदेश गरेको थियो । रासस

बालिका मृत्यु प्रकरणका दोषीमाथि कारबाही हुन्छ ः मन्त्री बस्नेत

0
काठमाडौँ, २४ भदौ ः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत इजिप्टमा आयोजित कार्यक्रममा सहभागी भएर आइतबार स्वदेश फर्किनु भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीह

 

काठमाडौँ, २४ भदौ ः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा एक बालिका मृत्यु प्रकरणमा जानाजान कसैले गल्ती गरेको भए दोषीमाथि कारबाही हुने स्पष्ट पार्नुभएको छ ।
इजिप्टको राजधानी कायरोमा आयोजित जनसङ्ख्या स्वास्थ्य तथा विकास सम्मेलनमा भाग लिएर आज स्वदेश फर्किनुभएका मन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै केही दिन पहिले कान्ति बाल अस्पतालमा पाँच वर्षीय बालिका रेजिशा गोपालीको समयमा उपचार नपाउँदा मृत्यु भएको घटनाका दोषीमाथि कारबाही हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “उक्त घटना भएको समय म बाहिर भए पनि चासोका साथ हेरेको छु । मैले इजिप्टबाट नै सचिवज्यूलाई फोन गरेर छानबिन समिति बनाउन निर्देशन दिएको थिएँ । जानाजान केही गल्ती भएको छ भने कारबाही हुन्छ ।”
मन्त्री बस्नेतले इजिप्टको कायरोमा सम्पन्न सम्मेलनमा जनसङख्या बसाइँसराइँ र अव्यवस्थित बसोबासका कारण स्वास्थ्य क्षेत्रमा परिरहेको समस्या र ती समस्या समाधानका उपायहरुका विषयमा वृहत छलफल भएको समेत जानकारी दिनुभयो ।
जनसङ्ख्या र स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्दै एकैसाथ अघि बढाउन सकिए अन्य क्षेत्रको पनि विकास हुने उहाँको भनाइ छ । इजिप्टका स्वास्थ्य मन्त्रीले यसको आवश्यकतालाई ध्यानमा राखेर अर्को वर्ष पनि यो कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाएको जानकारी दिनुभयो ।
सम्मेलनमा सहभागी हुन आउनुभएका विभिन्न देशका स्वास्थ्य मन्त्रीहरु, दातृ निकायका प्रतिनिधि र राजनीतिक नेतृत्वहरुसँग आफूले भेटघाट गरेर रणनीतिक विषयमा छलफल भएको मन्त्री उहाँले जानकारी दिनुभयो । आगामी महिना हुने विश्व स्वास्थ्य सङगठन (डब्लूएचओ) को दक्षिण पूर्वि एशिया क्षेत्रका लागि क्षेत्रीय निर्देशकको उम्मेदवार बन्नुभएका नेपालका जनस्वास्थ्य विज्ञ डा शम्भु आचार्यका पक्षमा नेपाल सरकारको प्रतिनिधिका रुपमा र स्वास्थ्य मन्त्रीका हैसियलले सरोकारवाला देशका स्वास्थ्य मन्त्रीहरुसँग लबिङ गरेको उहाँले जानकारी दिनुभयो ।
इजिप्टको राजधानी कायरोमा यही भदौ १९ देखि २२ गतेसम्म जनसङख्या तथा विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन मन्त्री बस्नेत गत सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । रासस

नेताहरूसँग प्रधानमन्त्रीको अन्तक्र्रिया ः चीन भ्रमण फलदायी र प्रभावकारी हुनेछ

0
sf7df8f}F, @$ ebf}M ;j{bnLo a}7s k|wfgdGqL k'iksdn bfxfn …k|r08Úsf] cf;Gg rLg e|d0faf/] k"j{k|wfgdGqLx?, ;+;bdf k|ltlglwTj ug]{ bnsf g]tf Pj+ k"j{ k//fi6«dGqLx?sf] l;+xb/af/df cfOtaf/ laxfg a;]sf] ;j{bnLo a}7s . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौँ, २४ भदौ ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न संयुक्त राष्ट्रसङ्घको महासभा र चीन भ्रमणका विषयमा उच्च राजनीतिक दलमा छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार आज आयोजित छलफलमा प्रधानमन्त्री प्रचण्डले भ्रमणबारेमा जानकारी गराउँदै संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता र पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्नुभएको हो ।
बैठकमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता, पूर्वपरराष्ट्रमन्त्रीलगायतका राजनीतिक नेताहरू हुनुहुन्थ्यो । छलफलमा नेताहरूले छिमेकीसँग सन्तुलित कूटनीतिक सम्बन्ध कायम गर्न विशेष जोड गर्नुपर्ने, विगतका सम्झौता कार्यान्वयनको अवस्थाबारे समीक्षा जरूरी रहेको, दुवै देशले एकअर्काको सुरक्षालगायत दुईपक्षीय चासोका विषयमा ध्यान दिनुपर्ने, नेपालको असंलग्न परराष्ट्र नीतिबारे छिमेकीलाई विश्वासमा लिनुपर्ने, नेपालले लाभ लिन सकिने विषयमा राम्रो गृहकार्य गरेर भ्रमणमा जानुपर्नेलगायतका विषयमा ध्यान दिनुपर्ने सुझाव राख्नुभएको थियो ।
छलफलमा प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमण फलदायी र प्रभावकारी हुनेमा जोड दिँदै त्यसका लागि आवश्यक गृहकार्य गरिएको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यो छलफल आसन्न चीन भ्रमणलाई बढीभन्दा बढी फलदायी र प्रभावकारी कसरी बनाउने भन्ने उद्देश्यका साथ बोलाइएको हो । यहाँ तपाईंले जुन सुझाव दिनुभएको छ । प्राप्त सुझाव महत्वपूर्ण छन् । यसले मेरो भ्रमणलाई प्रभावकारी बनाउन सहयोग पुग्नेछ । भ्रमण फलदायी बनाउन सकेसम्म प्रयास गरिएको छ । भ्रमण फलदायी र प्रभावकारी हुन्छ ।”
सरकारले दुवै छिमेकीका साथै विश्वसमुदायमा सन्तुलित सम्बन्ध कायम राख्ने प्रष्ट्याउँदै प्रधानमन्त्रीले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको बताउनुभयो । संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालले गरिरहेको विकास प्रयास, जलवायु परिवर्तन र त्यसले नेपालजस्ता मुलुकलाई पारेको असर, शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन नेपालले खेलिरहेको भूमिकाबारे लगायतका विषयमा जानकारी गराउने र संयुक्त प्रयासका निम्ति अपिल गर्ने प्रधानमन्त्रीले जानकारी दिनुभयो ।
कूटनीतिक तहमा राम्रो छलफल गरेर नै संयुक्त राष्ट्रसङ्घको महासभाबाट सिधै चीन भ्रमणमा जाने कार्यतालिका निर्धारण गरिएको बताउँदै भ्रमणका क्रममा नेपाल–चीन सम्बन्ध र दुईदेशीय हितका विषयमा केन्द्रित रहेर छलफल हुने जानकारी दिनुभयो ।
छलफलमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा(एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सहभागी हुनुहुन्थ्यो ।
यस्तै, परराष्ट्रमन्त्री एनपी साउद, नेताहरू महन्थ ठाकुर, सिके राउत, चित्रबहादुर केसी, प्रेम सुवाल, पूर्वपरराष्ट्रमन्त्रीहरू रमेशनाथ पाण्डे, डा प्रकाशचन्द्र लोहनी, प्रदीपकुमार ज्ञवाली, डा विमला पौडेल राई, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, सुरक्षा सल्लाहकार शङ्करदास वैरागी, मुख्यसचिव डा वैकुण्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौड्याललगायत सहभागी हुनुहुन्थ्यो ।रासस

जी-२० सम्मेलन : नयाँदिल्ली लिडर्स घोषणापत्र जारी गर्न सहमत

0

    नयाँदिल्ली । भारतको नयाँदिल्लीमा आयोजित जी-२० सम्मेलनमा सहभागीहरु नयाँदिल्ली लिडर्स घोषणापत्रमा सहमत भएका छन् । सम्मेलनले भारत-मध्यपूर्व-युरोप आर्थिक करिडोर घोषणासमेत गरेको छ । यसले चीनको बीआरआई परियोजनालाई चुनौती दिने ठानिएको छ ।

    बीबीसीका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत, मध्यपूर्व र युरोपलाई जोड्ने आर्थिक करिडोरको काम छिट्टै सुरु हुने बताएका छन् । यसअन्तर्गत सञ्चार र भौतिक पूर्वाधारका काम हुने छन् ।

    अमेरिकी राष्ट्रपति जो बाइडन, साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमान र युरोपियन कमिसनका प्रमुख उर्सला वान डेर लियेनको उपस्थितिमा आर्थिक करिडोर घोषणा गर्दै मोदीले भनेका छन्, ‘यसले पूरै विश्वलाई कनेक्टिभिटी र विकासको लागि दिगो बाटो देखाउने छ । बलियो सञ्चार र भौतिक पूर्वाधार मानव सभ्यताको विकासको मूल आधार हो ।’ यसअन्तर्गत निर्माण हुने रेलवे मार्गबाट भारत र युरोपबीचको व्यापार सहज र छिटो हुने अपेक्षा छ ।

    रुस र चीनका राष्ट्रप्रमुख सहभागी नभएको यो सम्मेलनले नयाँदिल्ली लिडर्स घोषणा पत्रसमेत जारी गरेको छ । यस्तो घोषणा जारी गर्नेमा शंका व्यक्त भइरहेको थियो । सम्मेलनमा रुसी विदेशमन्त्री र चिनियाँ प्रधानमन्त्री सहभागी थिए ।

    उनीहरुलाई नचिढ्याउने गरी रुस-स्युक्रेन युद्धबारे नरम भाषा प्रयोग गरी घोषणा पत्रमा सबै देशलाई सहमत गराउन भारत सफल भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैले नयाँदिल्ली लिडर्स घोषणा पत्रमा सहमति भएको र यसबाट इतिहास रचेको जानकारी दिए । उनले भनेका छन्, ‘हाम्रो टिमको कडा परिश्रम र तपाईंहरु सबैको सहयोगबाट नयाँदिल्ली जी-२० लिडर्स घोषणा पत्रमा सहमती जुटेको छ । यो सहमतिसँगै नयाँ इतिहास रचिएको छ ।’

    उनले सामाजिक सन्जाल एक्स (साविकको ट्वीटर)मा थप लेखेका छन्, ‘सर्वसम्मति र मानोभावनाका साथ हामी एकजुट भएर राम्रो, अधिक समृद्ध र समन्वय भविष्यका लागि सहयोगका साथ काम गर्ने संकल्प गर्दछौं ।’ यसअघि युरोपेली मुलक र अमेरिकाले युक्रेनविरुद्ध आक्रमण गरेको भन्दै रुसको कडा आलोचना गर्नुपर्ने लबिइङ गरेका थिए । त्यसो हुँदा सम्मेलनमा सहभागी रुस चिढिने र यही कारण संयुक्त घोषणा पत्र जारी नहुने खतरा थियो । यही जोखिमका कारण मध्यमार्गी बाटो पहिल्याएको र घोषणापत्र स्वीकार गर्न बैठकमा गरिएको प्रस्तावलाई सहभागी सबै सदस्य राष्ट्रहरुले समर्थन गरेको बताइएको छ ।

    बीबीसीका अनुुसार घोषणापत्रमा युक्रेन युद्धको सम्बन्धमा बालीमा भएको चर्चालाई दोहोर्‍याइएको छ । साथै रुसको नाम नलिई कुनै देशविरुद्ध परमाणु हतियारको धम्की वा त्यसको प्रयोग अस्वीकार्य हुने घोषणापत्रमा उल्लेख छ । घोषणापत्रमा लेखिएको छ, ‘कुनै देशको क्षेत्रीय अखण्डता, सम्प्रभूता या राजनीतिक स्वतन्त्रताविरुद्ध बल उपयोगबाट जोगिनु पर्ने र परमाणु हतियारको प्रयोग वा प्रयोग गर्ने धम्की अस्वीकार्य छ ।’ अहिलेको युग युद्धको नभएको भन्दै संयुक्त राष्ट्र संघको बडापत्रको सिद्धान्त अनुरुप काम गर्ने समेत घोषणापत्रमा उल्लेख छ ।

    अफ्रिकन युनियन पनि सदस्य
    जी-२० मा विश्वका शक्तिशाली अर्थतन्त्र भएका देशहरुको समूह हो । नयाँदिल्ली सम्मेलनबाट अफ्रिकन युनियनलेसमेत यसको स्थायी सदस्यता पाएको छ । यसअघि जी-२० मा १९ देश र एक युरोपेली युनियन सदस्य थिए । अफ्रिकन युनियनसमेत थपिएपछि अब जी-२० मा १९ देश र दुई युनियन सदस्य बनेका छन् ।

    जी-२० मा अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटली, जापान, दक्षिण कोरिया, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, टर्की, बेलायत र अमेरिका सदस्य छन् । यद्यपि सम्मेलनमा ३० भन्दा धेरै राष्ट्राध्यक्ष, शीर्ष नेताहरु र १४ अन्तर्राष्ट्रिय संगठनका प्रमुखहरु समेत सहभागी थिए । उनीहरु आजबाट स्वदेश फर्किने क्रम सुरु भएको छ । साभार : फरकपत्र

    पकहाँ मैनपुरको चोरीको घटनामा संलग्न कर्मचारीहरु पदमुक्त, छानबिन समिति गठन

    0

    sharethis sharing button

    वीरगंज / शनिवार यस अनलाईनले “पकहाँ मैनपुरका जिन्सी प्रमुख महतोको निर्देशनमा कार्यालयबाट राति सामानहरु निकालेको कार्यालय सहयोगी कुर्मीको भनाई, अधिकृत कुशवाहा सम्पर्क विहिन” शिर्षकको समाचार प्रकाशन गरे पछि आईतवार सो गाउँपालिकाले एक समिति गठन गरेको छ ।
    पर्सा जिल्लाको पकहाँ मैनपुर गाउँपालिकाको जिन्सी शाखाबाट कर्मचारीहरुले नै रातिको समयमा समानहरु चोरी गरिरहेको घटना सार्वजनिक भएपछि अधिकृत राज कुशवाहाले आईतवार एक प्रेस विज्ञप्ती निकाली जिन्सी शाखाको सम्पूर्ण कर्मचारीहरुलाई पदमुक्त गरेको जनाएका छन् ।

    सो विज्ञप्तीमा न्यायिक समितिका संयोजकको अध्यक्षतामा समिति गठन गरी सात दिन भित्र प्रतिवेदन पेश गर्न भनिएको छ । समितिमा को–को छन्, सदस्यहरुको नाम खुलाईएको छैन् । घटनालाई ढाकछोप गर्न देखावटी समिति बनेको हो कि ? यथार्थमा दोषीलाई कारवाही हुने हो ? स्थानिय जनता प्रतिक्षामा रहेका छन् ।

    जिन्सी शाखा प्रमुख हरि मोहन महतोको निर्देशनमा कार्यालय सहयोगी मुना राउत कुर्मी र वडाका सहायक कम्प्यूटर अपरेटर धनन्जयले पालिकाबाट रातिको समयमा ब्याग, रैनकोट लगायतका सामग्रीहरु चोरी गरि घर लगिरहेको अवस्थामा स्थानिय युवाहरुले पक्राउ गरि सामान फिर्ता राख्न लगाएका थिए ।
    घटना भदौ २१ गते राति करिब ८ः३० बजेको हो । पालिकाका कार्यालय सहयोगी कुर्मी र सहायक कम्प्यूटर अपरेट धनन्जयले पालिकाको जिन्सी शाखा खोली शाखामा रहेको व्याग र रैनकोट निकाल्न लाग्दा स्थानिय युवाहरुले देखेपछि हो–हल्ला गरेका थिए । हल्ला भएपश्चात केही सामान्य बिवाद समेत भए पनि कार्यालय सहयोगीले सो सामान कार्यालयमै फिर्ता राखी भागेको सामाजिक सञ्जालमा भाईरल भएको भिडियोमा प्रष्ट देखिन्छ ।
    यो घटना भने पहिलो होईन, यस भन्दा अगाडि पनि रातिकै समयमा कार्यालय खोली जिन्सी शाखा प्रमुख महतो र कार्यालय सहयोगी मुनाले विभिन्न सामग्रीहरु निकालेर घर लगेको स्थानियहरुले बताएका छन् ।
    चोरीको घटना सार्वजनिक भए पछि २१ गते देखि नै प्रमुख प्रशासकीय अधिकृत कुशवाहाले सम्पर्क विहिन भएका थिए ।साभार : पर्दाफास डेलि

    पकहाँ मैनपुरका जिन्सी प्रमुख महतोको निर्देशनमा कार्यालयबाट राति सामानहरु निकालेको कार्यालय सहयोगी कुर्मीको भनाई, अधिकृत कुशवाहा सम्पर्क विहिन

    0

    वीरगंज । पर्सा जिल्लाको पकहाँ मैनपुर गाउँपालिकाको जिन्सी शाखाबाट कर्मचारीहरुले नै रातिको समयमा समानहरु चोरी गरिरहेको घटना सार्वजनिक भएको छ ।
    जिन्सी शाखा प्रमुख हरि मोहन महतोको निर्देशनमा कार्यालय सहयोगी मुना राउत कुर्मी र वडाका सहायक कम्प्यूटर अपरेटर धनन्जयले पालिकाबाट रातिको समयमा ब्याग, रैनकोट लगायतका सामग्रीहरु चोरी गरि घर लगिरहेको अवस्थामा स्थानिय युवाहरुले पक्राउ गरि सामान फिर्ता राख्न लगाएको बताईएको छ ।
    घटना भदौ २१ गते राति करिब ८ः३० बजेको हो । पालिकाका कार्यालय सहयोगी कुर्मी र सहायक कम्प्यूटर अपरेट धनन्जयले पालिकाको जिन्सी शाखा खोली शाखामा रहेको व्याग र रैनकोट निकाल्न लाग्दा स्थानिय युवाहरुले देखेपछि हो–हल्ला गरेका थिए । हल्ला भएपश्चात केही सामान्य बिवाद समेत भए पनि कार्यालय सहयोगीले सो सामान कार्यालयमै फिर्ता राखी भागेको सामाजिक सञ्जालमा भाईरल भएको भिडियोमा प्रष्ट देखिन्छ ।
    यो घटना भने पहिलो होईन, यस भन्दा अगाडि पनि रातिकै समयमा कार्यालय खोली जिन्सी शाखा प्रमुख महतो र कार्यालय सहयोगी मुनाले विभिन्न सामग्रीहरु निकालेर घर लगेको समाचार स्रोतले जनाएको छ ।
    पालिकाले जनताको लागि खरिद गरिएको सामग्रीहरु कर्मचारीहरुले नै चोरेर आफ्नो घर लग्दा न प्रमुख प्रशासकीय अधिकृत राज कुशावाहा न त पालिका अध्यक्ष सुरेश मेहतालाई नै मतलब छ । यसरी चोरीको घटना बाहिर आउँदा समेत पालिका अध्यक्ष मेहताले चोरीमा संलग्न कर्मचारीहरुलाई कुनै किसिमको कारवाही प्रक्रिया अगाडि नबढाउदां उनीमाथि पनि स्थानियहरु शंका गर्न थालेका छन् ।
    सो विषयमा कार्यालय सहयोगी मुना सँग फोन सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा आफुलाई जिन्सी शाखा प्रमुख हरि सरले कार्यालयको सामग्री मिलाउन भने पछि रातिको समयमा कार्यालयमा गएको बताए । साथै पालिकाले सम्पूर्ण कर्मचारीहरुलाई एक÷एक थान व्याग र रैनकोट वितरण गरेको र आफ्नो बाकी रहेकोले रातिको समयमा सो सामग्री लिन गएको स्वीकार गरे ।
    सो सम्बन्धमा जिन्सी शाखा प्रमुख हरि मोहन महतो सँग फोन सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा उनले खरिद गरेको बल्ब र तारहरु किनेर मगाएकोमा कर्मचारीहरुले नास्ता गर्दा ढिलो भए पछि रातिको समयमा राख्न पठाएको बताए । कार्यालयमा रहेको वाईफाई बन्द गरेपछि स्थानियहरुले बिरोध जनाएको भनि चोरीको घटनालाई ढाकछोप गर्दै आफ्नो चोरीको कालाकर्तुतहरु लुकाउन खोजेका थिए ।
    सो सम्बन्धमा पालिका अध्यक्ष सुरेश मेहता सँग फोन सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा खरिद गरेको बल्ब र तारहरु राख्न गएको भनि प्रतिक्रिया दिए । फेरी तर कार्यालय सहयोगी सँग सोध्दा उनले व्याग र रैनकोट लिन गएको भनि स्वीकार गरेका छन् भनि सोध्दा पालिका अध्यक्ष मेहताले केही नबोली मोबाईल फोन काटेर कुरा गर्न चाहेनन् ।
    भदौ २१ गते चोरीको घटना स्थानियहरुले हो–हल्ला गरी सार्वजनिक गरेपछि भ्रष्ट प्रवृतिका कार्यकारी अधिकृत राज कुशवाहाले मोबाईल फोन अफ गरी सम्पर्क विहिन भएको स्थानियहरुले जनाएका छन् ।

    निजामती सेवा सम्बन्धी विधेयक यथाशक्य छिटो संसद द्वारा पारित हुन्छ ः प्रधानमन्त्री

    0
    k|wfgdGqL …k|r08Ú–;Daf]wg sf7df8f}F, M …Jofj;flos / l;h{gzLn k|zf;g M ljsf;, ;d[l4 / ;'zf;gÚ eGg] gf/f;lxt lghfdtL lbj;–@)*) sf] cj;/df z'qmaf/ laxfg l;+xb/af/df cfof]lht sfo{qmdnfO{ k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú ;Daf]wg ug'{x'Fb} . tl:a/ M k|bLk/fh jGt÷/f;;

     

    काठमाडौँ, २२ भदौ ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजामती सेवासम्बन्धी विधेयक यथाशक्य छिटो संसद्बाट पारित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
    बीसौँ निजामती सेवा दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बिहीबारमात्र मन्त्रिपरिषद्ले विधेयक संसद्मा पठाउने निर्णय गरेको बताउँदै राजनीतिक दलहरूको सहमतिबाट संसद्ले उक्त विधेयक यथाशक्य छिटो पारित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
    उहाँले मुलुकको सिङ्गो प्रशासन संयन्त्रलाई उत्प्रेरित र उच्च मनोबलयुक्त, निष्पक्ष, पारदर्शी, परिणाममुखी, जवाफदेही, स्वच्छ, सक्षम र प्रविधिमैत्री बनाई निजामती प्रशासनलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
    प्रधानमन्त्री दाहालले भन्नुभयो, “देशका ठूला राजनीतिक परिवर्तनमा तपाईं निजामती कर्मचारीहरूको पनि महत्वपूर्ण भूमिका रहिआएको छ, देशको विषम परिस्थितिमा राज्य सञ्चालनदेखि विकास निर्माण सेवा प्रवाह र सङ्क्रमणकालीन व्यवस्थापनमा निजामती प्रशासनले पुर्याएको योगदान महत्वपूर्ण छ, त्यसका निम्ति तपाईंहरू सबै प्रशंसाको पात्र हुनुहुन्छ ।”
    उहाँले राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै सामाजिक न्याय, सुशासन, र समृद्धिका एजेन्डामा लैजाने सरकारको अहिलेको मुख्य कार्यभार रहेको बताउँदै राजनीतिक परिवर्तनका निम्ति सङ्घर्ष गरेका जनतालाई शासन व्यवस्थामा आएको परिवर्तनको लाभांश दिनुपर्ने जिम्मेवारी र चुनौती दुवै रहेको बताउनुभयो । “यसो हुन सके मात्रै लोकतन्त्र बलियो हुन्छ, राज्यप्रति नागरिकको भरोसा र विश्वासमा पनि अभिवृद्धि हुँदै जान्छ, सामाजिक न्याय सुशासन र समृद्धिको दीर्घकालीन लक्ष्य हासिल गर्न निजामती प्रशासनले राजनीतिक मार्गदर्शनमा रही काम गर्नु पर्दछ र गर्दै आएको पनि छ”, उहाँले भन्नुभयो ।
    उहाँले गठबन्धन दलहरूको साझा न्यूनतम कार्यक्रम, नेपाल सरकारको नीति तथा कार्यक्रम साथै चालु आर्थिक वर्षको बजेटलाई केन्द्रमा राखेर काम गर्नु सबैको मुख्य जिम्मेवारी रहेको प्रस्ट पार्नुभयो । संविधानको मूल मर्म र भावनालाई आत्मसात् गरी सङ्घीयताको प्रभावकारी कार्यान्वयन, शासकीय संरचना र कार्यशैली, सार्वजनिक सेवा प्रवाहमा सुधार साथै भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई केन्द्रमा राखी सरकार अगाडि बढिरहेको उहाँको भनाइ थियो ।
    प्रधानमन्त्री प्रचण्डले जनतामा भएको निराशा चिर्दै आशाको नयाँ रक्तसञ्चारसहित राष्ट्रको मुहार फेर्ने अभियानमा निजामती कर्मचारीको मन, बचन र कर्मले दृढतापूर्वक क्रियाशील रहने विश्वास व्यक्त गर्नुभयो । राजनीतिक परिवर्तनसँगै निजामती प्रशासनलाई रुपान्तरण गर्न विसं २०१३ भदौ २२ मा जारी भएको निजामती सेवा ऐनको भूमिकालाई समेत आत्मसात् गरी अहिलेको राजनीतिक परिवर्तन र संविधानको व्यवस्थाअनुरुप निजामती प्रशासनमा गुणात्मक परिवर्तन आवश्यक रहेको उहाँको भनाइ थियो ।
    “त्यसका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्णरूपमा प्रतिबद्ध, राजनीतिकरूपमा तटस्थ, पेसागतरूपमा दक्ष र उच्च मनोबलयुक्त सेवामूलक उत्तरीदायी व्यावसायिक निजामती प्रशासनको विकासका लागि नीतिगत, कानुनी, संस्थागत, संरचनागत र व्यवहारिक प्रबन्ध गर्नु पर्दछ”, उहाँले भन्नुभयो ।
    उहाँले लामो समयदेखि प्रतीक्षारत सङ्घीय, प्रदेश र स्थानीय तहबीचको प्रशासनिक अन्तरसम्बन्ध कायम गर्न, तीन तहबीच प्रशासनको कार्यात्मक अन्तरसम्बन्धलाई मजबुत बनाई प्रशासनिक सङ्घीयतालाई संस्थागत गर्न, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र कार्यान्वयनमा सङ्घीय निजामती सेवा ऐन कोशेढुङ्गा हुने बताउनुभयो ।
    भविष्यमा दण्ड र पुरस्कारको व्यवस्थालाई ठोसरूपमा अगाडि बढाई राष्ट्र र जनताको हित र सेवामा समर्पित भई कार्यक्षेत्रमा खट्ने असल, सक्षम र कर्तव्यनिष्ट कर्मचारीलाई थप उत्प्रेरित गरिने उहाँको भनाइ छ ।रासस

    जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गरिनेछ ः अर्थमन्त्री डा महत

    0
    sf7df8f}F, @@ ebf} M nufgL af]8{sf] jflif{sf]T;j sfo{qmddf dGqL 8f dxt cy{dGqL 8f k|sfzz/0f dxt l;+xb/af/df z'qmaf/ nufgL af]8{sf] !@cf}F jflif{sf]T;j sfo{qmdnfO{ ;Daf]wg ug'{x'Fb} . tl:a/M k|bLk/fh jGt÷/f;;

    जनकपुरधाम, २२ भदौ ः अर्थमन्त्री डा प्रकाशशरण महतले तेस्रो मुलुकसँग व्यापारिक सम्बन्ध विस्तार गर्न महोत्तरीको जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गर्न आफू सकारात्मक रहेको बताउनुभएको छ ।
    काठमाडौँमा आज जनकपुरधाम उद्योग वाणिज्य सङ्घको ध्यानाकर्षण पत्र बुझ्नुहुँदै अर्थमन्त्री डा महतले तेस्रो मुलुकमा सामान आयात निर्यात गर्न गर्नुपर्ने तयारी र अहिलेको अवस्थाका बारेमा थप जानकारी लिएर सोसम्बन्धी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जाहेर गर्नुभएको सङ्घका अध्यक्ष जीतेन्द्रकुमार महासेठले जानकारी दिनुभयो ।
    जलेश्वर भन्सार कार्यालयलाई अविलम्ब मुख्य भन्सार कार्यालयमा स्तरोन्नति गर्न नेपाल–भारत दुवैतर्फ आवश्यक पूर्वाधार तयार रहेका बारेमा अर्थमन्त्रीलाई जानकारी गराइएको र जवाफमा सम्बद्ध निकायसँग थप छलफल गरी आवश्यक काम गर्ने प्रतिबद्धता जाहेर भएको अर्थमन्त्रीलाई उद्धृत गर्दै महासेठले राससलाई जानकारी दिनुभयो ।
    “अर्थमन्त्रीज्यूसँग जलेश्वर भन्सार नाकाको स्तरोन्नति, मधेसका व्यापारी व्यवसायीका समस्या, प्रदेश राजधानी जनकपुरमा चलिरहेको रेलबाट लिन सकिने व्यापारिक लाभका विषयमा समेत कुराकानी भएको छ”, महासेठले भन्नुभयो, “यस विषयमा फेरि दुवै पक्ष छलफलमा जुट्ने समझदारी छ । आशा छ उहाँले निजी क्षेत्रका चिन्ता, चासो र मधसमा व्यापारिक गतिविधि बढाउन आवश्यक कार्य गर्न सहयोग गर्नुहुनेछ ।”
    सङ्घका महासचिव मनोजकुमार सिंहले हाल तेस्रो मुलकबाट आउने मालसामान मधेसका लागि वीरगञ्जमार्फत आउने भए पनि यातायातको दूरी बढी भएका कारण ढुवानी लागत बढ्न गई मालसामानको मूल्यसमेत बढ्न गएकाले जलेश्वर उत्तम विकल्प भएका बारेमा जानकारी गराएको बताउनुभयो ।
    “हाल भारतस्थित पश्चिम बङ्गालको हलदिया बन्दरगाहबाट वीरगञ्ज हुँदै काठमाडौँसम्म मालसामान लैजाँदा एक हजार एक सय १९ किमी दूरी पार गर्नुपर्नेमा जलेश्वरबाट आउँदा झण्डै दुई सय ५० किमी दूरी कम हुनेछ”, महासचिव साहले भन्नुभयो, “यसले यातायातको दूरी कम भई मूल्यमा पनि प्रभाव पर्ने विषयमा अर्थमन्त्रीज्यूलाई लिखतरुपमै जानकारी गराएका छौँ । आशा छ सकारात्मक निर्णय हुनेछ ।”
    भारतस्थित पश्चिम बङ्गालको हलदिया बन्दरगाहबाट बरौनी, सम्सतीपुर साहरघाट हुँदै भिठामोड, जलेश्वर भन्सार कार्यालयबाट बर्दिबास, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँसम्मको दूरी आठ सय ८१ किमी हुँदा दुई सय ३८ किमी दूरी छोटिने सङ्घको भनाइ छ ।
    सङ्घले बुझाएको ध्यानाकर्षणपत्रमा भनिएको छ, “जलेश्वर भन्सार नाकाबाट रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, गाईघाट, उदयपुर, रामेछाप, दोलखा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, ललितपुर, काठमाडौँसम्म मालसामान पठाउँदा मूल्यमा अत्यधिक कमी आउनेसक्ने हुनाले महोत्तरीको जलेश्वर भन्सार कार्यालयलाई तेस्रो मुलुकबाट आउने मालसामान आयातनिर्यात गर्ने मुख्य नाकाका रूपमा स्थापित गरिदिन अनुरोध छ ।”
    यसका साथै मधेस प्रदेशको राजधानी जनकपुरधाममा रेल्वसेवा सञ्चालन भइरहेकाले त्यसबाट अधिकतम लाभ लिनेगरी जनकपुर भन्सार कार्यालय तथा जटही भन्सार कार्यालयको स्तरोन्नतिका लागि ध्यानाकर्षण गराइएको सङ्घका अध्यक्ष महासेठले जानकारी दिनुभयो ।
    यसअघि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्यमा जलेश्वरमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने घोषणा गर्नुभएका विषयमा सङ्घको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा महतको ध्यानाकर्षण गराएको थियो । जलेश्वर भन्सार कार्यालय विसं २०१३ मा स्थापना भएको थियो ।रासस

    दूरदराजका वस्तीसम्म सेवा उपलब्ध गराउन औषधी व्यवसायीलाई उपराष्ट्रपति यादवको आग्रह

    0

     

    वीरगन्ज,२२ भदौं : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले देशका दूरदराजका वस्तीसम्म अझ प्रभावकारी सेवा उपलब्ध गराउन औषधी व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

    शुक्रबार वीरगन्जमा नेपाल औषधी व्यवसायी संघको १४ औं अधिवेशन तथा स्वर्ण जयन्ति महोत्सवलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले यस्तो आग्रह गरेका हुन् ।उनले भने,‘ अहिलेपनि शहरदेखि गाँउसम्म औषधी व्यवसायीहरुले सेवा दिइरहेका छन् । अबका दिनमा दूरराजका वस्तीसम्मपनि औषधीको सेवा अझ प्रभावकारी रुपमा उपलब्ध गराउन आग्रह गर्छु ।

    कोभिड महामारीका बेला सबै जना घरभित्रै बसेका बेलापनि नागरिक ज्यान जोगाउन औषधी व्यवसायीहरुले २४ सै घण्टा पसल खोलेर सेवा दिएकोमा त्यसको प्रशंसा गर्दै उपराष्ट्रपति यादवले भने,‘ आगामी दिनमापनिन औषधी व्यवसायीहरुले यो जिम्मेवारीलाई निरन्तरता दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।

    औषधी व्यवसायी संघमा देशभरका ३२ हजार भन्दा बढी व्यवसायी आबद्ध रहेको र उनिहरुले नागरिकलाई सहजरुपमा औषधी उपलब्ध गराउनुका साथै हजारौंलाई रोजगारीपनि दिएकोमा उनले प्रशंसा गरे ।

    उपराष्ट्रपति यादवले देशको अर्थतन्त्रमा औषधी कारोबारीको महत्वपूर्ण भूमीका रहेको पनि बताए । मुलुकलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन आर्थिक विकासको आवश्यकता रहेको भन्दै उनले भने,‘ यसमा औषधी व्यवसायी र उनिहरु आबद्ध संघले अझ थप योगदान दिने अपेक्षा गरेको छु ।

    औषधी व्यवसायी र उनिहरु आबद्ध संघका विद्यमान समस्यालाई गम्भरिताका साथ लिएर समाधानका लागि स्वास्थ्य मन्त्रालय र औषधी व्यवस्था विभागको ध्यानाकर्षणपनि उनले गराए ।

    संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठको अध्यक्षता तथा उपराष्ट्रपति यादवको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमलाई औषधी व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकाल , मधेस प्रदेशका वनमन्त्री रमेश कुर्मी , उर्जामन्त्री सिंहासन साह कलवार , उद्योग, वाणिज्इ तथा पर्यटन राज्यमन्त्री रहबर अन्सारी , प्रदेशसभा सदस्यद्वय श्याम पटेल र प्रमोद जयसवाल लगायतलेपनि सम्बोधन गरे ।साभार: मधेस खबर

     

    मधेसको शिक्षा प्रणाली जर्जर अवस्थामा छ : शिक्षामन्त्री यादव

    0

    वीरगन्ज : मधेस प्रदेशका शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादवले मधेस प्रदेशको शिक्षा प्रणाली जर्जर अवस्थामा पुगेको बताएका छन्।

    शुक्रबार वीरगन्जस्थित मधेस विश्वविद्यालयको प्रथम वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले मधेस प्रदेशको शिक्षा प्रणाली अहिले जर्जर अवस्थामा रहेको बताएका हुन्।

    मधेस विश्वविद्यालयको सहकुलपतिसमेत रहेका यादवले मधेसको शिक्षा प्रणालीलाई सुधार गर्दै माथि उकास्न मधेस विश्वविद्यालयको महत्वपूर्ण भूमिका हुने विश्वास लिएको बताए।

    उनले शिक्षा नै समाज निर्माणको मेरुदण्ड भएकाले शिक्षाको विकासलाई मधेस सरकारले  मुख्य प्राथमिकता दिएको पनि जनाए। मधेस प्रदेश सरकारसँग सीमित श्रोत साधन भए पनि सीमित श्रोत साधनकै भरपुर उपयोग गरेर छोटो अवधिमै मधेस विश्वविद्यालय यो अवस्थामा आइपुग्नु गौरवको विषय भएको बताए।

    मधेस विश्वविद्यालयलाई संघीय सरकारको र वैदेशिक दाताको सहयोगको आवश्यकता रहेको उनको भनाइ थियो। साभार : अन्नपूर्ण