पर्सा, १६ साउन (रासस) ः रोपाइँको गीत गञ्जिने बेला पर्साका खेतमा जताततै दमकल भेटिन्छन् । साउनको दोस्रो साता बित्दासमेत पानी नपरेपछि रोपाइँका लागि दमकलको घर पर्नुपरेको हो ।
किसानले खेतमा पानी लगाउन दमकलको चर्को मूल्य तिर्न बाध्य छन् । रोपिएको धान पनि हुन्छ की हँुदैन भनेर किसान चिन्तित छन् । डिजलबाट चल्ने दमकलको भाडा प्रतिघण्टा रु चार सय तथा बिजुलीबाट चल्नेको मूल्य प्रति घण्टा रु तीन तिर्नु परिरहेको पोखरिया–४ का सन्तोषप्रसाद चौहानले जानकारी दिनुभयो ।
गण्डक नहरमा पानी छैन । स्थानिय तहले कुलो सफा नगर्दा किसान मारमा छन् । उनीहरू दमकलको भरमा खेतमा पानी हाल्न बाध्य छन् । “आकासे पानी अभावमा रोपाइँ गर्न ढिला हुँदा यसवर्ष बाली उत्पादन घट्ने अवस्था छ”, पर्साको जगतपुरका सुरेशप्रसाद पटेलले भन्नुभयो । गत वर्ष पानीको सुविधा भए पनि मल उपलब्ध नगराउँदा समस्या भएको थियो । यसवर्ष सरकारले बेलैमा मल उपलब्ध गराए पनि वर्षा नहँुदा किसानलाई समस्या भएको छ ।
पर्सामा साउनको दोस्रो साता वित्दा समेत ५० प्रशित मात्र धान रोपाइँ भएको कृषि ज्ञानकेन्द्रका बाली विकास अधिकृत सुरेशप्रसाद चौरसियाले जानकारी दिनुभयो । ग्रामीण भेगमा आकासे पानी नपरेकाले रोपाइँ गर्न ढिला भएको र उत्पादनमा कमी आउने उहाँले बताउनुभयो ।
धान रोपाइँ गर्न दमकल प्रयोग
गण्डकी प्रदेश सरकारले अनुत्पादक क्षेत्रमा लगानी गर्दैन ः मुख्यमन्त्री पाण्डे
गोरखा, १६ साउन (रासस) ः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले अनुत्पादक क्षेत्रमा लगानी नगर्ने बताउनुभएको छ । गोरखा नगरपालिका न्यायिक समितिको आयोजनामा आज सदरमुकाममा आयोजित कार्यक्रममा उहाँले प्रदेशले प्राथमिकताका आधारमा मात्र विकास निर्माणमा लगानी गर्ने उल्लेख गर्नुभयो ।
“अनुत्पादक क्षेत्रमा बढी लगानी भयो, प्रदेशको अनुत्पादक क्षेत्रमा लगानी गर्ने नीति छैन”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “जथाभावी लगानी गरे त्यसले कहिल्यै नतिजा दिन सक्दैन ।” स्थानीय तहका जनप्रतिनिधिले योजना छनोट र प्रस्ताव गर्दा बढीभन्दा बढीले लाभ लिनसक्ने क्षेत्रमा प्राथमिकता दिएर योजना निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
मुख्यमन्त्री पाण्डेले भोट बैंक सुरक्षित गरेर तथा व्यक्तिगत स्वार्थमा केन्द्रित रहेर बजेट छुट्याउने परम्पराको गण्डकीले अन्त्य गरेको उल्लेख गर्नुभयो । “एउटै खोलामा एक किलोमिटरको फरकमा पक्की पुल चाहियो भन्दै बजेट माग्ने गरेको पाइयो”, उहाँले भन्नुभयो, “नेताहरूले पनि आफ्नो फाइदा हुने ठाउँमा मात्र पुल बनाउनु पर्छ भन्दै दबाब दिने गरेका छन्, स्थानीय जनप्रतिनिधिले वास्तविक आवश्यकताको पहिचान गरेरमात्र योजना निर्माण गर्नुपर्छ ।”
मुख्यमन्त्री पाण्डेले सिँचाइ, खानेपानीलगायत कार्यालयबाट विनियोजित बजेटभन्दा बढी खर्च गरेर भुक्तानी लिने गरेको पाइएको जिकिर गर्दै त्यसको अन्त्य गरिने बताउनुभयो । “निश्चित बजेट विनियोेजन भएको ठाउँमा आफूखुसी खर्च गर्ने काम बन्द गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
गोरखामा मात्र प्रदेश सरकारबाट चालु आर्थिक वर्ष २०८०÷८१ मा झन्डै रु दुई अर्ब बराबरको बजेट विनियोजन भएको र त्यसबाट एक हजारभन्दा बढी योजना छनोटमा परेको मुख्यमन्त्री पाण्डेले जानकारी दिनुभयो । “प्रदेशका ८५ वटै स्थानीय तहमा न्यायिक समितिमार्फत हुने न्याय सम्पादनमा सयोग पु¥याउन कानुनी सहायक राख्ने गरी छलफल चलाएका छौँ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो । प्रदेश सरकारबाट छुट्याइएको बजेटबाट भएका विकास निर्माणका कामको स्थानीय तहले अनुगमन नगर्दा समस्या हुँदै आएको जिकिर गर्दै उहाँले प्रदेश सरकारले स्थानीय तहसँगको सहकार्यमा अनुगमनको प्रभावकारी व्यवस्था मिलाउन लागेको जानकारी दिनुभयो ।
प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न विश्वविद्यालय लाग्नुपर्छः प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ, १६ साउन (रासस) ः प्रधानमन्त्री एवम् सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित सुदूरपश्चिम विश्वविद्यालयको ११औँ सिनेट बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले राज्यको सीमित स्रोत र साधनका बाबजुद विश्वविद्यालयको आफ्नै बलबुतामा आन्तरिक सुधारको काम अगाडि बढाउन निर्देशित गर्नुभयो ।
‘‘राज्यको साधन स्रोतको सीमितता, विश्वबजारको प्रभावका बाबजुद पनि विश्वविद्यालयको आफ्नै बलबुता र मेहनतमा शैक्षिक गुणस्तर, प्रशासनिक सुधार र कार्यशैलीका दृष्टिले धेरैहदसम्म सुधार गर्नसकिने शैक्षिक जगतमा प्रशस्त दृष्टान्त छन्”, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयका पदाधिकारीले आफ्नो सापेक्षतामा उच्चशिक्षाको गुणस्तर अभिवृद्धि, संस्थागत र संरचनागत सुधारका क्षेत्रमा के–कस्ता काम गर्न सकिन्छ, सोको गहिरो अध्ययन गरी सुदूरपश्चिम विश्वविद्यालयलाई देशकै उत्कृष्ट र नमुना विश्वविद्यालयका रूपमा स्थापित गर्न निर्देशन दिनुभयो ।
विश्वविद्यालयले स्थापनाको छोटो अवधिमै नेपालको उच्चशिक्षाको विकासमा प्रशंसनीय भूमिका निर्वाह गरिरहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्रीले उच्चशिक्षालाई समयसापेक्ष, बजारमुखी र विश्वबजारमा प्रतिस्पर्धी बनाउनेतर्फ समयसापेक्ष रूपमा अगाडि बढ्नुपर्ने बताउनुभयो । सेमेस्टर प्रणालीमा आधारित स्नातक र स्नातकोत्तर तहका कार्यक्रमलाई सुव्यवस्थित बनाउँदै दर्शनाचार्य तथा विद्यावारिधि कार्यक्रम सञ्चालन गरी अनुसन्धानमूलक गतिविधिलाई प्राथमिकता दिइनु आफैमा महत्वपूर्ण र प्रशंसनीय रहेको उहाँको भनाइ छ ।
विश्वविद्यालयले आफूलाई नेपालको उच्चशिक्षाको थलोको रूपमा स्थापित गरी देशको आर्थिक, सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै जानुपर्ने उहाँको भनाइ छ । अनुसन्धान कार्यलाई आर्थिक तथा सामाजिक विकाससँग जोडी विज्ञान तथा प्रविधिका विषयलाई उच्च प्राथमिकतामा राखेर दक्षजनशक्ति उत्पादन गरी देशको बेरोजगारी र गरीबी न्यूनीकरण गर्नेतर्फ पनि विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा प्रधानमन्त्रीको जोड थियो ।
विश्वविद्यालय विकासको प्रारम्भिक अवस्थामै रहेकाले जनशक्ति, भौतिक संरचनाको अभावसँगै स्रोत साधनसम्बन्धी प्रशस्त समस्या रहेकामा आफू जानकार रहेको उल्लेख गर्दै उहाँले समस्या पहिचान गरी समाधान गर्न गम्भीर प्रयत्न गर्नुपर्ने बताउनुभयो । विद्यमान समस्या समाधान गर्न सम्बन्धित सबै पक्षको सहकार्य आवश्यक हुने भएकाले विश्वविद्यालयका पदाधिकारी, शिक्षक र कर्मचारी तथा समुदायसँग छलफल गरी यस शैक्षिक संस्थाको उन्नति, विकास र सहयोगका लागि सरकार सदैव गम्भीर रहेको प्रधानमन्त्रीको भनाइ छ ।
सुदूरपश्चिम प्रदेशभित्रका १५ वटा क्याम्पसलाई आङ्गिक क्याम्पसका रूपमा विश्वविद्यालमा समायोजन गर्ने कार्यलाई पूर्णता दिन गर्नुपर्ने आवश्यक प्रक्रिया पूरा गरी थप ११ वटा क्याम्पसलाई पनि समायोजन गर्नका लागि सरकारका तर्फबाट गर्नुपर्ने काम अगाडि बढाइने प्रधानमन्त्री प्रचण्डले उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “दक्ष र अर्धदक्ष जनशक्ति रोजगारीको खोजीमा विदेशिनुपर्ने अवस्था रहेको कटु यथार्थ हाम्रो सामू छ । अब हाम्रो शिक्षा नीति र विश्वविद्यालयहरूले रोजगारीका लागि विदेशिनुपर्ने यस अवस्थाको अन्त्य गर्ने योजनाहरू अगाडि बढाउनुपर्दछ । यसरी युवा विदेशिनुको मुख्य कारण शिक्षाको कमजोर गुणस्तर र गरिबी नै हुन् ।”
उहाँले शिक्षाको गुणस्तरमाथि उकास्न सके र देशभित्र रोजगारीको अवसर सिर्जना भए युवा विदेशिने क्रमलाई रोक्न सकिने प्रधानमन्त्रीको भनाइ छ । विश्वविद्यालयमा पढ्दै र कमाउँदै कार्यक्रम लागू गर्न सकिए बीचमै विश्वविद्यालयको पढाइ छोडेर विद्यार्थी विदेशिने समस्या एक हदसम्म समाधान हुने सम्भावना आफूले देखेको उहाँको भनाइ छ ।
“कुन क्षेत्रमा कुन किसिमको कति जनशक्ति आवश्यक पर्दछ भन्ने कुरा अध्ययन गरी त्यसैअनुसार सम्बन्धित विषयमा कोटा निर्धारण गरी विश्वविद्यालयले विद्यार्थी भर्ना लिने र उत्पादित जनशक्तिले प्राप्त गरेको ज्ञान र सीपअनुसार देशभित्र काम पाउने वातावरण निर्माण गर्न सकिए शैक्षिक बेरोजगारीको समस्या व्यवस्थापन गर्न सकिन्छ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो “विश्वविद्यालयले देशलाई कुन किसिमको जनशक्तिको आवश्यकता छ त्यसैअनुसार जनशक्ति उत्पादन गर्ने कार्यक्रम सञ्चालन गर्नतिर ध्यन दिनुपर्ने देखिन्छ ।”
शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिएर आधुनिक र मर्यादित तुल्याउन सकिए मात्र २१औँ शताब्दीको आजको विश्वमा प्रतिस्पर्धा गर्न योग्य एवं समाज र राष्ट्रका निम्ति कर्मठ र लगनशील नागरिक उत्पादन गर्न सकिने प्रधानमन्त्रीको भनाइ छ । उच्चशिक्षालाई किताबी ज्ञानमा मात्र सीमित नराखी अनुसन्धानमा आधारित बनाउनुपर्ने स्पष्ट पार्दै प्रधानमन्त्रीले त्यस्ता अनुसन्धान देशको सर्वाङ्गीण विकासमा केन्द्रीत हुनुपर्ने बताउनुभयो । कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, विश्वविद्यालयका पदाधिकारीको सहभागिता थियो ।
घुडा दुख्ने समस्या (आस्टियो अर्थराइटीस आफ नी) के हो, यसको लक्षण र उपचार कसरी गर्ने :- डा. सबरी साह
यो समान्यतया ४० वर्ष पछि महिला र पुरुष दुबै मा देखिने समान्य रोग हो ।यसको शुरुआत विस्तारै हुन्छ र क्रमशः विस्तारै वढदै जान्छ। अर्थात हामी ले के बुझनु परयो भन्ने वढदो उमेर को कारण रोग पनि वढदै जान्छ र यसको शुरुआत भइसके पछि जडै देखि निर्मूल गर्न कढिन हुन्छ।वृद्ध- बृद्धाहरू यस वाट सब भन्दा बढी र नियमित रूप मा पीड़ित हुन्छ।यो समस्या पुरुष को तुलना मा महिलाहरू मा
वढी हुन्छ साथै मोटो मानिस यस वाट वढी प्रभावित हुन्छ। वर्तमान समय मा गाऊघर र शहर बजार दुबै ठाउ का मानिसहरू यो रोगले पीड़ित छन। यो रोगको शुरुआत घुडामा एक चोटी भई सके पछि जड़ै देखि ठीक गर्न कठिन छ र रोगी एक पछि अर्को अस्पताल तथा डाक्टर को क्लीनिक जान बाध्य हुन्छ तर समस्या यथावत रहिरहनछ । यसले दैनिक कामकाज लाई पनि प्रभावित गरछ।
कारण :-
यसको मुख्य कारण हाड़,जोर्नी, मांसपेशि तथा संयोजी तन्तु उमेर को प्रभाव को कारण कमजोर हुदै जानु हो
लक्षण:-
१. यसको शुरुआत प्रायः एऊटा घुडा बाट हुन्छ र धेरै मा दुबै घुडा बाट हुन्छ।
२. शुरू मा हल्का दुख्छ र दुखाई क्रमशः विस्तारै विस्तारै वढदै जान्छ।
३. हिडडुल गर्दा वा भर्र्याङ् ऊकलिदा दुख्छ र आराम गर्ने बेलामा कम हुन्छ।
४. विस्तारै विस्तारै खुट्टा वङिन थल्छ।
उपचार:-
१ आयुर्वेदले भनेको खानपान, जीवनशैली तथा दैनिकीलाई व्यवस्थित गर्न सकियो भने रोग को प्रभाव लाई न्यूनीकरण गर्न सकिन्छ। अन्यथा यसले असहनीय पीड़ा वचुन्जेल दिन्छ र अन्त मा केही सिप न लागे पछि जोर्नी फेर्ने अवस्था सिर्जना हुन्छ। त्यसैले यसको उपचार अयुर्वेद पद्धति वाट कुशल तथा अनुभवी चिकित्सक को निगरानी मा गर्दा उत्तम हुन्छ।
२. यसको उपचार रोगी को आयु रोग को लक्षण तथा विभिन्न किसिम को जाच गर्दा देखिने समस्या को आधार मा गर्नु उपयुक्त हुन्छ।
त्यही भएर मेरो अनुरोध सधै सजग रही जोर्नी स्वस्थ्य रख्नु होला ।धन्यवाद ।
किसान हरु को सुख -दुख को सह यात्री बन्दै वडा अध्यक्ष यादव
बाराको देवताल गाउँपालिका वार्ड नं ४ मा १६ मिटरको टावर लाईट पोखरीको डिलमा विधिवत् रुपमा समुद्घाटन ।
भएको छ उक्त लाइट पिप्राढी चौक भन्ने ठाउँमा लगाइएको छ त्यहाँ श्री ने. रा. मा. वि. पिप्राढी, महादेव मन्दिर, वार्ड नं ४ र ५ को वडा कार्यालय लगायत गाउँपालिका कार्यालय ।
देवताल प्रहरी चौकी,बरह्मबाबा, सातो मईयाको मन्दिर , दुर्गाजीको मंदिर र छठि माताको घाटलाई उज्यालो गर्नको लागी अध्यक्ष ललन कुमार यादवले ध्यानमा राखी देवताल गाउँपालिकामा ।
पहिलो चोटी टावर लाइट जडान गरिएको छ उक्त बजेट वार्ड नं ४ को बिकाश कोष बाट गरिएको छ र विकास प्रेमी नेता यादब ले केही दिन अगाडी वर्षात नभईरहेको हुनाले किसानको अवस्था धेरै नै दैनिय रहेकोले अध्यक्ष यादवले ।
गण्डक नहरको पानी किसानको खेत सम्म पुर्याउनको लागि नारायणी सिचाइ ब्यवस्थापन कर्यालय बिरगंजको हाकिम र ईन्जिनियर संग बिशेष छलफल गरी किसानको खेत सम्म पानी पुर्याउनु भयो ।
र बिगत देवताल गाउँपालिका वार्ड नं ४ पिप्राढीमा ०७७/०७८मा काम समपन्न भएको डिप वेल बोरिङको बिधुत जडानमा केही समस्या रहेकोले त्यो बोरिङ निरिक्षन गरि अध्यक्ष यादवले समस्याको समाधानको लागि बिधुत प्राधिकरनको प्रमुख संग बिशेस गहन छलफल गरी तीन दिनमा बोरिङ स्टार्ट गराउनु भएकोे छ।
बिन्दवासिनीमा नेपाली काङ्ग्रेसको गाउँपालिका सम्मेलन सम्पन्न
बिरगंज १३ श्रावण /
पर्साको बिन्दवासिनी गाउँपालिकामा नेपाली काङ्ग्रेसले गाउँपालिका सम्मेलन सम्पन्न गरेको छ ।
श्री राधाकृष्ण चौरसिया माध्यमिक विधालय बहुअर्वा भाठ्ठाको प्राङ्गणमा आयोजित सम्मेलनको प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले बृक्षारोपन गरि कार्यक्रमको उदघाटन गरेका थिए ।
कार्यक्रम लाई सम्बोधन गर्दै विभिन्न वक्ताहरुले पार्टी भित्र रहेका गुटबन्धी,मनमुटाव लाई सबै नेता तथा कार्यकर्ताहरु मिलि अन्त्य गर्नु पर्छ । किनकि जबसम्म हामीले एक डिक्का भएर अगाडि बडदैनौ तबसम्म नेपाली काङ्ग्रेस बलियो र प्रभावकारी हुदैन ।बिगतका दिनहरूमा भएका तिथामिठाहरुलाई बिर्सेर यदि सबै काङ्ग्रेसीहरु एकजुट भई ईमानदारी पुर्बक अगाडि बढ्यो भने आउने चुनावहरुमा जित सुनिश्चित हुनुका साथै पार्टी बलियो हुनेछ भन्नेमा विशेष जोड दिएका थिए ।
गाउँ कार्य समितिका अध्यक्ष बिवेक कुमार चौरसियाको अध्यक्षतामा भएको गाउँपालिका सम्मेलनमा नेका.महिला संघ जिल्ला सह-सचीव कोपिला चौरसियाले स्वागत मन्तव्य दिएकी थिइन् ।
उक्त सम्मेलनमा बिशिस्ट अतिथि लुम्बिनी प्रदेश सभापति एवं पुर्व मन्त्री अमरसिंह पुन,पर्सा जिल्ला सभापति एवं प्रदेश सांसद जनार्दन सिंह क्षेत्री,प्रदेश सांसद श्याम पटेल अतिथिहरु अशोक गुप्ता,दिनेश चौधरी,किरण सरकार,प्रेमचन्द्र चौरसिया,अनोज चौरसिया,जयप्रकाश चौरसिया,राजेश्वर चौरसिया,सन्तोष चौरसिया,सतेन्द्र ओझा,प्रभु चौहान,रामबिलास चौरसिया,सुकदेव यादव,मुखती पटेल,शम्भु चौरसिया,दिपेन्द्र चौरसिया,उपनेश कुमार चौरसिया,मुनिलाल दास,छठु चौरसिया,पारस चौरसिया,सुधान्शु कुमार चौरसिया तथा नेताकार्यकर्ता,बुद्धिजीवी लगाएत पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण नेपाली काङ्ग्रेसको गाउँपालिका सचीव मुकेश गुप्ताले गरेका थिए ।
मसुरो उत्पादन बृद्धिबारे नार्क र यूएसएडका प्रतिनिधिबीच छलफल
काठमाडौं ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र यूएसएड अन्तर्गत नेपालमा मुसुरो बाली प्रवद्र्धन कार्यक्रमका प्रतिनिधि बीच मसुरोको उत्पादन बृद्धि र व्यावसायीकरण बारे छलफल भएको छ ।
ललितपुरको खुमलटार स्थित नार्कको केन्द्ीय कार्यालयमा आज नार्कका कार्यकारी निर्देशक डा.ध्रुवराज भट्टराई र यूएसएडको नेपालमा मसुरो बाली प्रवद्र्धन कार्यक्रमको परियोजनाका उपनिर्देशक जोन मेडेनलोपको नेतृत्वमा रहेको टोलीका बीचमा मसुरो उत्पादन बृद्धिको बारेमा छलफल भएको हो ।
नार्क मार्फत् उक्त कार्यक्रम लागू भएपछि मुसुरो बालीमा गहन अनुसन्धान गरी उत्पादनशील जातहरुको विकास, श्रोत बीउ उत्पादन तथा कृषक र प्राविधिकहरुको क्षमता अभिवृद्धिमा काम गर्ने जानकारी राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले दिए । यस कार्यक्रम अन्तर्गत मसुरो उत्पादनका उन्नत प्रविधिहरुको कृषक स्तरमा परीक्षण र विस्तारको काम समेत हुने बताइएको छ ।
राट्रिय कोसेबाली अनुसन्धान कार्यक्रम खजुरा बाँकेका संयोजक डा.राजेन्द्र दराईका अनुसार नेपालमा बार्षिक २ लाख मेट्रिक टन मसुरो उत्पादन हुने गरेको छ । तर नेपाललाई तीन लाख ६ हजार मेट्रिकटन मसुरो चाहिने उनले बताए । यद्यपि नेपालमा मसुरोको उत्पादनको सम्भावना त्यो भन्दा निकै नै बढी रहेकाले मसुरोको अन्तर्राष्ट्रिय व्यापार बृद्धि गरी निर्यात बढाउन सकिने कुरा डा. दराईले जनाएका छन् ।
नेपालको तराई क्षेत्रमा मसुरोको उत्पादन हुदै आएको छ । नेपालमा मसुरो वाली प्रबद्र्धन कार्यक्रम लागु भएपछि मधेस प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशको तराई क्षेत्रमा अझै मसुरो उत्पादन बृद्धि हुने र अन्तर्राष्ट्रिय व्यापार बढ्ने विश्वास लिइएको छ ।
सो छलफलमा नार्कका कार्यकारी निर्देशक भट्टराईका साथै नार्कका बाली तथा बागवानी निर्देशक डा.कृष्णकुमार मिश्र, राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा.कालिकाप्रसाद उपाध्याय लगायतको सहभागिता रहेको थियो ।
यसैबीच आजै नार्क र जपानको हकेन कम्पनीका प्रतिनिधि बीच नेपालमा सीताके च्याउको उत्पादन बृद्धि र व्यवसायीकरणको बारेमा पनि छलफल भएको छ । नार्कका कार्यकारी निर्देशक डा.ध्रुवराज भट्टराई र हकेन कम्पनीका उपप्रमुख सुमजो आइयूसावाका बीचमा सीताके च्याउँ उत्पादन बृद्धि र व्यवसायीकरणको बारेमा छलफल भएको हो ।
कम्पनीले सीताके च्याउका नयाँ जातहरु राष्ट्रिय बालीरोग अनुसन्धान केन्द्र मार्फत् परीक्षण गरी उपयुक्त जातहरुको व्यवसायीकरणमा सहयोग गर्ने, सीताके च्याउका उच्च तापक्रम सहन सक्ने जातहरु छनौट गरी तराईमा समेत विस्तार गरिने बताइएको छ ।
राष्ट्रिय बाली रोग अनुसन्धान केन्द्रका प्रमुख सुरज बैद्यका अनुसार सीताके च्याउ काठको मुढोमा उत्पादन गर्दा श्रम र काठ धेरै खर्च हुने, वनको काठ नकोतरिने गरि ल्याउनु पर्ने र काठ काट्न कतिपय अवस्थामा वन संरक्षणका कारण नमिल्ने तर यो प्रविधिमा काठको धुलो प्रयोग गरी उत्पादन गर्दा लागत खर्च कम र सजिलैसंग उत्पादन सिताके च्याउ उत्पादन हुनेछ ।
माट्रिका आई फाउन्डेसन द्वारा कुमुदिनी एकेडेमीमा नि:शुल्क आँखा परिक्षण
बिरगंज १२ श्रावण / पर्साको बिरगंज महानगरपालिका ११ श्रीपुरमा रहेको कुमुदिनी एकेडेमीमा माट्रिका आई फाउन्डेसनले नि:शुल्क आँखा परिक्षण सम्पन्न गरेको छ ।
लामो समय देखि पानी नपरेको कारण धेरैनै गर्मी बढे संगै विभिन्न किसिमका रोगहरु देखा परेका छन् । गर्मीका कारण आँखा पाक्ने रोग एउटा जटिल समस्याको रूपमा देखा परेको छ । उक्त रोग बिशेष गरि बालबालिकाहरुमा तीब्र रूपमा शरिरहेको डाक्टरले बताए ।
उक्त आँखा शिविरमा स्कूलका विद्यार्थी, शिक्षक शिक्षिकाहरुलाई लक्षित गरि आँखा पाक्ने रोग, आँखा कमजोर भएको, आँखा चिलाउने जस्ता रोगको चेकजाँच सहित औषधि वितरण गरेको छ । माट्रिका आँखा फाउण्डेसनका डाक्टर मनोरञ्जन यादवको टिमले आँखा जाँच गरेको थियो ।
उक्त शिविरमा करिब २०० जना विद्यार्थीहरुको आँखा चेक जाच गरिएको एकेडमीका प्रिन्सिपल एस एम जहाँगस्तले बताए ।कार्यक्रममा बिधालयका प्रबन्ध निर्देशक श्रीरामजी गिरी,शिक्षक शिक्षिका तथा पत्रकारहरुको उपस्थिति रहेको थियोे ।
अन्तरदेशीय रेलमार्गको काम दशकदेखि अलपत्र
काठमाडौँ । नेपाल–भारत सीमानाकामा अन्तरदेशीय रेलमार्ग निर्माणका लागि समझदारी भएको १३ वर्ष बित्दा पनि तीन वटा नाकामा निर्माणको अझै कुनै सुरसार छैन । अहिलेसम्म विस्तृत अध्ययनको कामसमेत थालिएको छैन । निर्माण थालेको मोरङको कटहरी–बथनाहा रेलमार्ग पनि अझै पूरा हुन सकेको छैन । १८.६ किलोमिटरमध्ये ७ किमि खण्डको मात्र निर्माण पूरा भएको छ ।
१२ वर्षअघि निर्माण थालिएको उक्त रेलमार्गको कटहरी खण्डमा स्थानीयले मुआब्जाको कुरा उठाउँदै काम गर्न नदिएपछि आयोजना सम्पन्न हुन नसकेको रेल विभागले जनाएको छ । जसले गर्दा अन्य तीन वटा नाकामा तत्काल काम अघि बढाइहाल्न भारत तयार नदेखिएको रेल विभागका महानिर्देशक रोहित बिसुरालले बताए ।
‘कटहरी खण्डको १.२ किमि खण्डमा स्थानीयका कारण वर्षौंदेखि काम अघि बढ्न सकेको छैन,’ महानिर्देशक बिसुरालले भने, ‘जसको प्रभाव अन्य नाकामा पनि परेको छ ।’ अन्य तीन वटा नाका ४६ किमि दूरीको काँकडभिट्टा–न्यु जलपाइगुडी, १५ किमिको भैरहवा–नौतनवा र १२ किमि दूरीको नेपालगन्ज– नेपालगन्जरोडको काम अघि नबढेको हो । उक्त खण्डमा रेल निर्माणका लागि प्रारम्भिक अध्ययनको काम मात्र भएको छ । अन्य थप प्रगति केही नभएको महानिर्देशक बिसुरालले जनाए । नेपाल र भारत सरकारबीच सन् २०१० मा पाँच नाकामा रेलवे पूर्वाधार निर्माण गर्ने भन्दै समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको थियो ।
सबै नाकामा भारतको अनुदानमा रेल पूर्वाधार निर्माण गरिने समझदारी पत्रमा उल्लेख छ । त्यहीअनुसार कटहरी–बथनाहा र जयनगर–बिजलपुरा खण्डको निर्माण गरिएको हो । भारतको सरकारी कम्पनी इरकन इन्टरनेशनल लिमिटेडले निर्माणको काम गरिरहेको छ । भारत सरकारले डिजाइन तयार गरिसकेपछि आवश्यक जग्गा रेलमार्ग निर्माणका लागि नेपाल सरकारले उपलब्ध गराउनुपर्छ ।
रेल निर्माणका लागि आवश्यक पर्ने जग्गा नेपाल सरकारले उपलब्ध गराएपछि पूर्वाधार निर्माणको काम भारतले गर्ने रेल विभागले जनाएको छ । चार वटा नाकामा कार्गो रेल सञ्चालनका लागि पूर्वाधार निर्माण गर्न लागिएको हो । जयनगर–जनकपुर–बिजलपुरा खण्डमा सञ्चालनमा आएको ५२ किमि दूरीमा चल्ने रेल भने यात्रुवाहक हो । कार्गो रेल व्यापारिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले जतिसक्दो चाँडो निर्माण गर्नुपर्ने महानिर्देशक बिसुरालले बताए । बर्दिबाससम्म जोड्ने गरी थप १७ किमि खण्डमा काम भइरहेको छ ।
अहिले रक्सौल हुँदै वीरगन्जसम्म रेलमार्गबाट सामान ल्याउन सजिलो भएको छ । यसरी सीमा नाकामा बन्ने रेलमार्गलाई पछि पूर्वपश्चिम विद्युतीय रेलमार्गसँग जोडिने विभागको भनाइ छ । ‘भारतसँग सीमा जोडिएका सहरहरू छानेर रेलमार्ग निर्माण गर्न लागिएको हो,’ महानिर्देशक बिसुरालले भने, ‘सबै नाकामा रेलमार्ग निर्माणपछि सिधै सामान ल्याउन र व्यापारिक दृष्टिकोणले सस्तो पर्ने छ ।’ उनका अनुसार अन्य नाकामा काम थाल्नुअघि कटहरी खण्डमा निर्माणको काम अघि बढाउन आवश्यक छ । निर्माणको जिम्मा लिएको इरकनले एक महिनाभित्र उक्त खण्डको साइट क्लिएर नगरे काम नगर्ने चेतावनी दिइसकेको छ । यही कम्पनीले अन्य नाकामा पनि रेलमार्ग निर्माण गर्ने भएकाले पहिला कटहरी खण्डको साइट क्लिएर गरेर काम अघि बढाउनुको विकल्प नभएको उनले बताए ।
‘कटहरी खण्डमा अहिलेसम्म काम भएको भए अन्यत्र काम अघि बढाउन समस्या हुने थिएन,’ उनले भने, ‘यही खण्डमा काम गर्न नपाएपछि अन्य नाकामा इरकनलाई काम गरिदेऊ भन्न सकिएको छैन ।’ जसले गर्दा कहिलेबाट निर्माणको काम अघि बढ्छ भन्ने कुरामा आफूहरू नै अन्योलमा रहेको उनको भनाइ छ । ‘जयनगर–जनकपुरदेखि बर्दिबास खण्ड ६९ किमि रेलमार्ग निर्माण हुनेछ, यो खण्डको १७ किमि खण्डमा मुआब्जा टुंग्याएर निर्माणको काम गरिँदै छ,’ महानिर्देशक बिसुरालले भने, ‘अन्यत्र भने काम थालेको दशक बित्दा पनि प्रगति हुन सकेन, स्थानीयले काम गर्न दिएको भए अहिलेसम्म कटहरी खण्डमा रेल सञ्चालनमा आइसक्थ्यो ।’ इकान्तिपुर
पोखरियामा मन्त्री रिजाललाई स्वागत तथा सम्मान
बिरगंज ११ साउन / पर्सा जिल्लाको दोश्रो सदरमुकामको रुपमा चिनिने पोखरिया नगरपालिकाले बिहिवार एक कार्यक्रमका बीच पर्सा क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद् एवं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई स्वागत तथा सम्मान गरेको छ ।
पोखरिया नगरपालिकाका नगर प्रमुख प्रद्युमन प्रसाद चौहानको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथि मन्त्री रमेश रिजालले पर्सामा औद्योगित क्षेत्रको विकास र पोखरियामा जिल्ला स्थित कार्यालयहरुको शाखा स्थापनामा आफ्नो महत्वपूर्ण भुमिका रहने बताए । उनले आफु यसै जिल्लाको भएको हुनाले पर्सा जिल्लाको हरेक कामलाई गम्भीरतापूर्वक लिई अगाडि बढने दाबी गरे ।
सो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटा, वडा अध्यक्षहरु प्रमोद गिरी, केदार महतो चाई, रामप्रवेश महतो चाई, लक्ष्मण साह कानु, महेन्द्र महतो चाई, सियानन्द प्रसाद चौहान, प्रमानंद प्रसाद पटेल, नौसाद आलम, कार्यपालिका सदस्य राधा साह कानु, रामबचन महतो, जगरनाथपुर गाउंपालिका अध्यक्ष श्रीकान्त यादव, नेपाली कांग्रेसका जिल्ला सह–सचिव नविन सिंह, नेता वशिष्टनारायण पटेल लगायतको सहभागीता रहेको थियो भने सो कार्यक्रमको सहजीकरण प्रसासन शाखा प्रमुख अजय श्रीवास्तवले गरेका थिए ।










