Home Blog Page 51

साल्ट ट्रेडिङ काभ्रेमा रासायनिक मलको दुरुपयोग, रङ्गे हात समातियो एक सहकारी

0

काठमाडौं, २५ असार /
साल्ट ट्रेडिङ काभ्रेले बितरण गर्ने रासायनिक मलमा दुरुपयोग भएको भेटिएको छ । सोमबार विशेष निगरानी मार्फत रासायनिक मलको दुरुपयोग हुने पुष्टि भएको हो ।

जिल्लामा मल बितरणमा कालोबजारी बढेको र किसानले रासायनिक मल नपाएको गुनासो बढेपछि युवा संघ नेपाल काभ्रेले विशेष निगरानी मार्फत मलको दुरुपयोग पत्ता लगाउन जुटेको थियो ।

त्यहीँ शिलशिलामा साल्ट ट्रेडिङ बनेपाबाट धुलिखेल नगरपालिका वडा नम्बर ७ मा रहेको सरस्वती कृषि सहकारीलाई दिइएको ३० बोरा डिएपी मलमा दुरुपयोग भएको पाइएको युवा संघ नेपालका केन्द्रीय सचिव भेषराज शाहले बताए ।

सरस्वती कृषि सहकारीका अध्यक्ष जेके श्रेष्ठले धुलिखेलका किसानका लागि भनेर साल्ट ट्रेडिङबाट ३० बोरा रासायनिक मल लगेका थिए । तर उक्त मल धुलिखेल नभएर पाँचखाल लैजादै गर्दा बाटोमै जफत गरिएको छ । अध्यक्ष श्रेष्ठले प्रति बोरा ३ हजार पाउने गरी पाँचखाल बेच्न पठाएको युवा संघका सचिव शाहले बताए ।

एक गाडी मार्फत लगिएको उक्त मललाई बाटोमै युवा संघले नियन्त्रणमा लिएको थियो । कमिसन खाएर मल दिइएको सूचना पाएपछि युवा संघ विशेष निगरानीमा लागेको र मल लगेको प्रमाण माग्दा दुरुपयोग भेटिएको उनले बताए ।

पाँचखालमा प्रति बोरा ३ हजारमा पठाएर सहकारीले ६ सय ३० कमिसन खाएको भेटिएको छ । पाँचखालबाट व्यापारीले ३ हजार ५ सयसम्ममा किसानलाई मल बेच्ने गरेको जनाइएको छ ।

साल्ट ट्रेडिङले सरस्वती सहकारीलाई छुट्टाएको कोटा ३ सय १० हो । तर यो सहकारीलाई साल्टले १ हजार ३ सय ७ बोरा मल दिएको पाइएको छ ।

चालु आवमा साल्ट ट्रेडिङले बितरण गर्ने मलको रिपोर्ट माग्दा उक्त प्रमाण भेटिएको छ ।

साल्टले कोटा भन्दा कयौं गुणा बढी मल सहकारीलाई किन दिएको यस बिषयमा थप अनुसन्धान हुने जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले बताए । यस बिषयमा साल्टको कार्यालय बनेपा पुगेका जिसस प्रमुख गौतमले आफूले यस बिषयलाई मसिनो गरी अनुसन्धान गर्ने र दोषी माथि कारबाहीको प्रक्रिया अगाडि बढाउने जानकारी दिए ।

यता रासायनिक मलको दुरुपयोग भएको बिषयलाई कृषि तथा पशुपन्छी बिकास मन्त्रालयमा जानकारी दिइएको छ । मन्त्रालयले आवश्यक अनुसन्धान गर्ने जनाएको छ । अनुदानको मल बितरणको जिम्मेवारी पाएको साल्ट ट्रेडिङबाट किन यस्तो भएको हो यसको छानबिन हुने मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय रासायनिक मलको दुरुपयोग हुन थालेको सूचना पाएपछि कृषि तथा पशुपन्छी बिकास मन्त्री डा. बेदुराम भुसालले मातहतका निकायलाई नियमनको लागि निर्देशन दिएका छन् । रासायनिक मलको अभाव नभएको बेलामा किसानले मल नपाउने स्थिति आउनु दु:खद भएको भन्दै मल बितरण प्रणालीमा मन्त्री भुसालले चासो राख्दै आएका छन् । यहीँ बेला काभ्रेमा अनियमितता भेटिएको हो ।

सरकारी खाता रोक्का

0
काठमाडौँ, २५ असाढ (रासस) ः देशभरका सरकारी खाता रोक्का गरिएको छ । महालेखा नियन्त्रकको कार्यालयले गए राति १२ बजेदेखि सङ्घ, प्रदेश र स्थानीय तहको खाता रोक्का गरेको हो । 
महालेखाको यही असाढ १० गते जारी सूचनाअनुसार गएराति १२ बजेदेखि प्रदेश र स्थानीय तहको यो आर्थिक वर्षको कारोबार बन्द भईल महालेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी गायत्रीरमण खनालले जानकारी दिनुभयो । 
उहाँका अनुसार गए रातिदेखि कुनै पनि रकम भुक्तानी लिन पाइने छैन । प्रदेश र स्थानीय तहको प्रणालीबाट एक सातासम्म नयाँ रकम भुक्तानी हुने छैन । 
राति १२ बजेसम्म प्रणालीमा खर्च देखाएर जारी भएका चेक आज पनि साटिन सक्नेछन् । तर कानुनअनुसार सोमबारबाट नयाँ चेक जारी गर्न भने नपाइने सूचना अधिकारी खनालले बताउनुभयो । 
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० ले आर्थिक वर्ष समाप्त हुनुभन्दा एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था गरेको छ ।

भ्रष्टाचारविरुद्ध श्रम संस्कृतिको विकास गर्न स्रष्टाको भूमिका महत्वपूर्ण ः प्रधानमन्त्री दाहाल

0
sf7df8f}+F, @% c;f/M ;flxTo tyf ;+:s[ttkm{ sf]O/fnf k'/:s[t k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú ;+:s[t,ko{6g tyf gful/s p88og dGqfno4f/f ;f]daf/ afn'jf6f/df cfof]lht k'iknfn /fli6«o k'/:sf/ @)&( ;dk{0f ;df/f]xdf ;flxTo tyf ;+:s[ttkm{af6 sdnk|;fb sf]O/fnfnfO{ k'/:s[t ug'{x'Fb} . ;fydf k'iknfn :d[lt k|lti7fgsf cWoIf Pj+ k"j{k|wfgdGqL dfwjs'df/ g]kfn / ;+:s[t,ko{6g tyf gful/s p88ogdGqL ;'bg ls/ftL . ;f] k'/:sf/sf] /flz ? Ps nfv /x]sf] 5 . tl:a/M k|bLk/fh jGt÷/f;;

 

काठमाडौँ, २५ असार (रासस) ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरूद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न स्रष्टाको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित ‘पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७९’ समर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले स्रष्टाको सिर्जना समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री दाहालले साहित्य र सिर्जनाले जनताको भावना बोल्न सक्नुपर्ने बताउनुभयो । “जनताको ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादोन्मुख राज्य निर्माणको सङ्कल्प गरिसकेका कारण हाम्रा सिर्जनासमेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्छ”, उहाँले भन्नुभयो । मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थासम्म ल्याई पु¥याउन पुष्पलाल श्रेष्ठले अनुसरण गर्नुभएको सिद्धान्त, विचार, नीति र देखाउनुभएको मार्गनिर्देशनले ठूलो अर्थ राख्ने उल्लेख गर्दै उहाँले नेपालको कम्युनिस्ट आन्दोलनमा मात्र नभएर सिङ्गो राजनीतिक आन्दोलनमा पुष्पलालको योगदान विशिष्ट रहेको बताउनभयो ।
“सही र वैज्ञानिक विचारधारात्मक कार्यदिशासहित कम्युनिस्ट आन्दोलनको नेतृत्व, जनवादी क्रान्तिको विकास, कम्युनिष्ट आन्दोलनको एकता, कम्युनिष्ट मूल्यमान्यता र संस्कृति निर्माणका निम्ति विचार तथा व्यवहारमा उहाँको नेतृत्व हामी सबैका निम्ति अनुकरणीय रहँदै आएको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।
पुष्पलालका शिक्षालाई जीवन व्यवहारमा लागू गर्ने सङ्कल्प गरेर मात्र उहाँप्रति सच्चा सम्मान हुने उहाँले उल्लेख गर्नुभयो । राजनीतिक, इतिहास, साहित्य, संस्कृति र विज्ञानका क्षेत्रमा भएको सिर्जनशीलताले देशको सर्वोपरि विकास, समृद्धि र समुन्नत समाज निर्माणमा मद्दत पुग्ने उहाँको विश्वास छ ।
पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पुष्पलाल नेपाली राजनीतिको शिखर व्यक्तित्वका रुपमा रहनुभएको बताउनुभयो । “नेपाल कम्युनिष्ट पार्टीको संस्थापक मात्र नभएर उहाँ नेपालको लोकतान्त्रिक आन्दोलनको उच्च व्यक्तित्व हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो । पुष्पलालले नेपाली कांग्रेस र कम्युनिष्ट नमिलेसम्म निरङ्कुश सत्ता फाल्न नसकिने निष्कर्ष निकाल्नुभएको सुनाउँदै पूर्वप्रधानमन्त्री नेपालले कांग्रेस र कम्युनिष्टले हातेमालो गरेपछि मात्रै निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य भएको बताउनुभयो । “पुष्पलाल दूरदर्शी नेता हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनको शिखर व्यक्तित्वका रुपमा रहनुभएको र उहाँका सपना पूरा गर्न लाग्नुपर्ने बताउनुभयो । “निरङ्कुश राजतन्त्रको अन्त्य, नौलो जनवाद स्थापना, समाजवादको स्थापना र नेपाली समाजको इतिहासको गहन अध्ययन गर्ने पुष्पलालका चार सपनामध्ये केही पूरा भएका छन्”, उहाँले भन्नुभयो, “समाजवादोन्मुख संविधान जारी गरेर समाजवाद स्थापनाको थालनी भएको छ, नेपाली समाजको अध्ययन गर्ने उहाँको सपना बाँकी नै छ, यसलाई हामीले पूरा गर्नुपर्छ ।” पुष्पलालको सपनाका रुपमा रहेको नेपाललाई समाजवादमा पु¥याउने कार्यभार पूरा गर्न वर्तमान सरकारले काम थालनी गरेको मन्त्री किरातीको भनाइ थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले नेपालको राजनीतिक परिवर्तनमा उल्लेख्य योगदान दिनुभएका पुष्पलालको सम्मानमा पुरस्कारको व्यवस्था गरिएको बताउनुभयो ।
मन्त्रालयका सचिव सुरेश अधिकारीले राष्ट्रको विकास, समृद्धि र सम्वद्र्धनमा योगदान पु¥याउने विशिष्ट व्यक्तित्वलाई सरकारले सम्मान गर्दै आएको बताउनुभयो । सम्मानित व्यक्तित्व कमलप्रसाद कोइरालाले सानो उमेरदेखि नै पुष्पलालसँग राजनीतिक सम्बन्ध रहेको स्मरण गर्नुभयो ।
सरकारले नेपालको इतिहास, प्रगतिशील साहित्य सिर्जना र सांस्कृति पक्ष तथा राजनीतिशास्त्र, दर्शनशास्त्र, समाजशास्त्र, अर्थशास्त्र विषयमा खोज, अनुसन्धान र लेखनमार्फत नेपाली समाजको परिवर्तनका निम्ति गरिएका योगदानको सम्मानस्वरुप प्रत्येक वर्ष तीन जनालाई पुष्पलाल राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ ।

संतोष सर्राफको अध्यक्षतामा सितेरियो कराँते संघ पर्सा गठन

0

वीरगंज, २५ असार ।
सितेरियो कराँते संघ पर्सा गठन भएको छ । सन्तोष सर्राफको अध्यक्षतामा सात सदस्यीय जिल्ला कार्य समिति गठन भएको हो । जिल्ला खेलकूद विकास समिति, पर्साको घडीअर्वास्थित कबर्ड हलमा बसेको बैठकले संघको कार्यसमिति गठन भएको संघका सह–सचिव प्रेम बहादुर गुरुङ्गले जानकारी दिनु भयो ।
कार्य समितिमा उपाध्यक्ष सुभाष श्रेष्ठ, सचिव उदय नारायण गिरी, सहसचिव प्रेमबहादुर गुरुङ, कोषाध्यक्ष प्रमोद सिंह र सदस्यद्वयमा शम्भु महतो र राजु साह सोनार चयन भएका छन् । संघको सल्लाहकारमा राम सर्राफ, अजय गुप्ता, विकास साह चयन भएका छन् ।
कार्यक्रममा नेपाल कराँते प्रदेश समितिका विकास साह, दिलीप पटेल, नेपाल कराँते संघ, पर्साका अध्यक्ष राजु सा हलगायतको सहभागिता रहेको थियो ।

ओलीले प्रचण्ड सचिवालयको ‘प्रेस नोट’ पढेपछि भाँडियो सहमति

0

२४ असार, काठमाडौं । प्रधानमन्त्रीले आफ्नो विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण दिने र प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदको अवरोध हटाउने सहमति भाँडिएको छ । त्यहीकारण आइतबार संसद बैठक समेत सूचना टाँसेर स्थगित गरिएको छ ।

संसद बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।

१८ असारमा एक पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ‘आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरै पटक दिल्ली गएको’ भनेकोमा आपत्ति जनाउँदै एमालेले संसद अवरुद्ध गर्दै आएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री आफ्नो अभिव्यक्ति सच्याउन तयार भएपछि एमाले अध्यक्ष ओली पनि राजीनामाको माग छाड्न सहमत भए ।

‘प्रधानमन्त्रीले आफूले दिएको एउटा अभिव्यक्ति विवादास्पद भएको उल्लेख गर्दै आत्मालोचना गर्ने बताउनुभयो’ एमालेका एक सांसद भन्छन्, ‘आत्मालोचना गर्न तयार हो भने ठीक छ भनेर हाम्रो अध्यक्षले पनि समर्थन जनाउनुभयो ।’

त्यसपछि नेताहरु छुट्टिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट बाहिरिने क्रममा पत्रकारहरुलाई ‘भरे हेर्नुहोला’ भन्दै एमाले अध्यक्ष संसदीय दलको कार्यालयमा पुगे । ओलीले ‘प्रधानमन्त्रीले आत्मालोचना गर्छु, माफी माग्छु भनेपछि त्यो सुन्ने कुरा भएको छ’ भन्दै संसदको अवरोध हटाउन निर्देशन दिए । लगत्तै एमाले प्रमुख सचेतक पदम गिरीले भनेका थिए, ‘प्रधानमन्त्रीले आत्मालोचना सहित संसदलाई आश्वस्त पार्नुभयो भने सदन खुल्छ ।’

संसद बैठकको समय भएपछि एमाले अध्यक्ष ओली संसद भवन, बानेश्वरतर्फ गए । एमाले सांसद सुनिता बराल पनि उनकै गाडीमा थिइन् । स्रोतका अनुसार बानेश्वर जाने क्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको गाडी ओलीको गाडीलाई उछिनेर अगाडि बढ्यो ।

त्यही क्रममा एमाले सांसद बरालले अध्यक्ष ओलीलाई उपप्रधानमन्त्री श्रेष्ठले २१ असारमा गरेको ट्वीटको प्रसंग सुनाइन् । श्रेष्ठले संसद अवरुद्ध हुँदा मिटरब्याज पीडितहरुको पक्षमा ल्याएको अध्यादेश रोकिएको भन्दै लेखेका थिए, ‘यसबाट को पीडित जनताको पक्षमा छ र को विपक्षमा छ भन्ने प्रष्ट भएको छ ।’

ओलीले यसबारे अनभिज्ञता प्रकट गरेपछि प्रधानमन्त्रीको निजी सचिवालयले जारी गरेको ‘प्रेस नोट’बारे कुरा भयो । ‘उहाँले त्यो शृंखला याद गर्नुभएको रहेनछ’ ओलीको निजी सचिवालयका एक अधिकारीले भने, ‘सुरुमा त उहाँले बोलेको मात्र होला, लेखेकै छ र भन्नुभयो । हामीले देखाएपछि आफैं पढ्नुभयो ।’

नयाँबानेश्वर पुगेपछि उनले प्रधानमन्त्री प्रचण्डलाई फोन गरे । उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठको ट्वीटसँगै प्रधानमन्त्रीको निजी सचिवालयको विज्ञप्तिप्रति असन्तुष्टि जनाए । एमालेमाथि गम्भीर आरोप लगाइएको भन्दै उनले आत्मालोचना गरेर यसलाई पनि फिर्ता लिनुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले भने निजी सचिवालयले निकालेको वक्तव्यबारे अनभिज्ञता प्रकट गरे ।

त्यसपछि ओलीले ‘नारायणकाजीको विषयमा कुरा पछि गरौंला । वक्तव्य तपाईंको सचिवालयबाट आएको हो । तपाईंलाई थाहै छैन भने निकाल्नेलाई कारबाही गर्नुस् नभए आरोप पुष्टि गर्नुस्’ भनेका थिए । प्रधानमन्त्रीले वक्तव्यको जिम्मा नलिएपछि ओलीले ‘संसद खोल्ने सहमति छैन है’ भन्दै फोन राखेका थिए ।

यससँगै संसदको अवरोध हटाउने सहमति उल्टियो । सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको अनौपचारिक बैठकमा एमाले प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीको जवाफ सुनेपछि मात्र अवरोध हट्ने नहट्ने प्रष्ट हुने बताए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ‘उधारो सम्झौता’ नहुने जवाफ दिए । ‘शीर्ष नेताका बीचमा स्पष्टीकरण सुनेर सदनको अवरोध खुलाउने सहमति भएको हो । स्पष्टीकरण सुनेपछि पनि अवरोध गर्ने जस्तो उधारो कुरा गरेर हुँदैन’ उनले भने ।

माओवादी केन्द्र मुख्य सचेतक हितराज पाण्डेले शीर्ष तहमा भएको सहमति जे हो त्यही कार्यान्वयन गर्नुपर्ने बताए । ‘शीर्ष तहमा एउटा कुरा सदनमा अर्को कुरा गर्दा शीर्ष तहको छलफलको औचित्यमाथि नै प्रश्न उठ्छ’, उनले भने ।

तर एमालेले संसदको अवरोध हटाउने प्रष्ट जवाफ नदिएपछि प्रधानमन्त्री प्रचण्डले सभामुख देवराज घिमिरेलाई फोन गरेर ‘शीर्ष तहमा भएको सहमति कार्यान्वयनमा केही बुझाइ फरक पर्न गएको’, जानकारी गराएका थिए । जवाफमा सभामुख घिमिरेले ‘अवरोधका बीच सदन चलाउने आफ्नो चाहना नरहेको’ बताए । यही संवादका आधारमा सभामुखको निर्देशनमा आइतबार दिउँसो ३ बजेका लागि तय भएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी सोमबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।

बैठक स्थगित भएपछि संसद भवनबाट बाहिरिने क्रममा एमाले अध्यक्ष ओलीले एमालेप्रति लगाइएको आरोपहरु फिर्ता लिनुपर्ने आफूहरुको माग रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डकै कारण संसद चल्न नसकेको भदै उनले भने, ‘उहाँ (प्रधानमन्त्री) ले हामीमाथि गम्भीर आरोप लगाउनुभएको छ । त्यो फिर्ता लिनुभएको छैन । त्यो गम्भीर आरोप कायम राखेर हामीले सहमति गर्ने कुरा भएन ।’

के थियो आरोप भन्ने पत्रकारहरुकाे प्रश्नमा ओलीले ‘२१ गतेको स्टेटमेन्ट पढ्न’ सुझाए ।

प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्दै एमालेले संसद अवरुद्ध गरेपछि असार २१ गते प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रेस नोट जारी गरेका थिए, जसमा प्रचण्डले सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेर राजनीतिक अभीष्ट पूरा गर्न खोजिएको दाबी गरिएको छ ।

संसदमा प्रष्टीकरणको मौका समेत नदिई प्रधानमन्त्रीको भनाइको एकपक्षीय ढंगले प्रचारप्रसार गरिएको उल्लेख गर्दै प्रेस नाेटमा लेखिएको छ, ‘…प्रधानमन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार र जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय रहेको कुरा स्पष्ट नै छ ।’

एमालेले नियोजित रुपमा संसद अवरोध गर्दा मिटरब्याजीहरूलाई कारबाही गर्न ल्याइएको विधेयक संसदबाट पारित नभई निष्क्रिय भएको र मिटरब्याज पीडित किसानहरूको न्यायप्राप्तिको अपेक्षामा गम्भीर आघात पुगेको बताएका थिए । अनलाइन खबर

बिन्दवासिनीमा ओझालाई स्वागत र साहलाई बिदाई समारोह सम्पन्न

0

बिन्दबासिनी २१ असार / पर्साको बिन्दबासिनी गाउँपालिकाका तत्कालिन अधिकृत राजु साहले हाजिर हुन आएका प्रमुख प्रशासकिय अधिकृत राकेश ओझालाई पद हस्तान्तरण गरेका छन । बिन्दबासिनी गाउँपालिकाको सभाहलमा भएको फेरी भेटौला कार्यक्रमामा अधिकृत साहले अधिकृत ओझालाई पद हस्तान्तरण कार्यक्रम सम्पन्न गर्नु भएको हो ।

IMG-20230706-WA00061688652279.jpg
अधिकृत राकेश ओझलाई पद हस्तान्तरण गराउदै तत्कालीन अधिकृत राजु साह 

पद हस्तान्तरण गर्दै अधिकृत साहले आफ्नो एक वर्षे ७ महिनाको कार्यकालमा गरेका महत्त्वपूणर् कामका बारेमा जानकारी गराउँदै आफनो अवधिमा बिन्दबासिनी गाउँपालिकाले गरेको विकास निर्माण लगायतका कामहरु सम्पन्न गरेको उद्घोष गरे । अधिकृत साहले पद हस्तान्तरण गर्दै नयाँ अधिकृत ओझालाई आफ्नो कार्यकालमा भन्दा अझ उत्कृष्ट काम गर्न शुभकामना समेत दिए ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले अधिकृत साहले पालिकाले गरेको विकास निर्माण लगायत सम्पूणर् कार्यमा अग्रपंक्तिमा रहेको काम गरेको बताउँदैे आज पर्सा जिल्ला कै सम्पूणर् पालिका मध्ये विकसित पालिकाको रुपमा पहिचान बनाउन अधिकृत साहको उच्च योगदान रहेको बताए । अधिकृत साहले स्थानीयसँग हातेमालो गरेर सामाजिक कार्यमा आफ्नो छवि सधैं उच्च राखेको पनि उल्लेख गरे ।

प्रमुख अतिथि गाउँपालिका अध्यक्ष तिवारीले नयाँ अधिकृत ओझाको कार्य सफलताको शुभकामना दिँदै स्थानीयसँग हातेमालो गरी काम गर्ने प्रतिबद्धता जाहेर गरे । गाउँपालिका नागरिकहरुमा लागेको प्रत्येक चोटमा े अधिकृत साहले मलम लगाएको स्मरण गर्दै आगामी दिनमा पनि यस्तै सहकार्य गरेर जानुपर्ने नयाँ अधिकृत ओझालाई सुझाव दिए ।

पदभार ग्रहण गर्दै अधिकृत ओर्झाले आगामी कार्ययोजनाको बारेमा जानकारी गराउँदै अब मेरो कार्यकालमा पनि झन विकास निमाणर्को कामले तिब्र गति लिने र पालिका बासिको चाहना अनुसार काम गर्ने बताए साथै गाउँवासीको हितमा काम गर्ने प्रतिबदता ब्यतm गरे ।

कार्यक्रममा वडा अध्यक्ष अछेलाल महतो , मोहन यादव , लेखा अधिकृत मिथलेश कुशवाहा , शिक्षा प्रमुख कपिल लामिछाने लगायत पालिका सम्पूणर् कर्मचारी स्थानिय समाजसेविहरुले शुभकामना दिएका थिए । कार्यक्रममा बिदाई हुनु भएका अधिकृत साहलाई मायाको चिनोले सम्मान गरिएको थियो ।

मधेश प्रदेशको ३२ वटै सिट जित्ने लक्ष्य रहेको छ : एमाले सचिव भट्टराई

0

sharethis sharing button

वीरगंज । नेकपा एमालेका सचिव एवं मधेश प्रदेशका इन्चार्ज योगेश भट्टराईले आउने २०८४ को निर्वाचनमा मधेश प्रदेशको ३२ वटै निर्वाचन क्षेत्र एमालेले जित्ने लक्ष्यसहित अगाडी बढिरहेको दाबी गरेका छन् ।

विगतका दिनमा मधेश प्रदेशमा नेकपा एमालेलाई कमजोर बनाउन अनेक खालका प्रयत्न भए पनि यहाँ पहिलो दल बनेको एमालेले आउने २०८४ को निर्वाचनमा मधेश प्रदेशको ३२ वटै सिट जित्ने लक्ष्यसहित आगडी बढिरहेको बताए ।

प्रेस चौतारी नेपाल पर्सा शाखाले बुधबार वीरगंजको होटेल कन्ट्री इनमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता भट्टराईले संविधान निर्माणपछि मधेशबाट एमाले लखेट्न अभियान नै चलेको थियो, तर ती सबै परिस्थितिको सामना गर्दै एमाले अगाडी आएको बताए ।

‘‘मधेशको आम समस्याको बारेमा सबैभन्दा प्रष्ट नेकपा एमालेले नै बुझ्दै बोल्दै आएको छ,’ इन्चार्ज भट्टराईले भने, ‘मधेश, पहाड र हिमालको एकता नै राष्ट्रिय एकता हो भन्नेमा एमाले स्पष्ट रहेको छ, तर केही त्यस्ता तत्वहरुले भड्काउन खोजेपनि एमाले बलियो शक्ति भएको छ ।’’

पार्टीमा आन्तरिक समस्याकै कारण र उम्मेदवार छनौटमा समस्या भएकोले अपेक्षकृत नतिजा ल्याउन सकिएन तर एक बर्ष भित्रमा अन्तरविरोध हल गर्ने र एकताबद्ध रहेको पार्टीलाई अझ सुदृढीकरण गर्दै बलियो शक्तिामा रुपान्तरण गरिने भट्टराईले बताए ।

अहिलेको सरकारले ल्याएको बजेटले आर्थिक संकट नटर्ने बताए । बजेटले आमजनतामा उत्साह नल्याएको भन्दै मुलुकमा पुँजीगत खर्च गर्न नसक्दा आर्थिक संकट भोग्नु परेको एमाले मधेश प्रदेश इन्चार्ज भट्टराईको धारणा थियो ।
नेकपा एमालले जनताको चासोको विषयलाई सडक र संसदबाट सशक्त रूपमा उठाउने बताउदै अहिले सरकारले किसानको समस्यालाई वास्ता नगरेको आरोप लगाए ।

‘‘कृषिको भण्डार मधेश प्रदेशमा पनि बजेटले उत्साह दिएको छैन । तराई मधेशमा सिँचाईको समस्या, मलखादको समस्याको बारेमा सरकार बेखबर छ,’ भट्टराईले भने ।’’ उनले किसानले उत्पादन गरेको कृषिउपजको मूल्य नपाएको भन्दै सरकारले कृषि उत्पादन खरिद सम्झौता (एपीपीए) को व्यावस्था गर्नुपर्ने सुझाए ।

प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष श्याम बञ्जाराको अध्यक्षतामा भएको सो कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य एंव पर्सा इन्चार्ज अच्युत मैनाली, केन्द्रिय सदस्य एंव सांसद राजकुमार गुप्ता, केन्द्रिय सदस्य एकवाल मियाँ, पर्सा अध्यक्ष डाक्टर विश्वम्भर शर्मा, मधेस प्रदेश कमिटीका सदस्यहरु जयप्रकाश थारु, विचारी यादव, शम्भु गुप्ता, अमर यादव लगायतको उपस्थिति रहेको थियो भने सो कार्यक्रमको सहजीकरण उपाध्यक्ष तुलसी भण्डारीले गरेका थिए ।सभार:पर्दाफास डेलि

पर्सामा १० जना मिटरब्याजी प्रहरी थुनामा

0

 

वीरगन्ज ,२०असार/ जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटर ब्याज) गरेको आरोपमा १० जनालाई थुनामा राखेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार जिल्ला प्रशासन कार्यालय पर्सामा दर्ता भएका उजुरीको सम्बन्धमा छानबिन गर्दा १० जना मिटरब्याजीलाई थुनामा राखेर कारबाही अघि बढाइएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्सामा गत आइतबारसम्म मिटरब्याजीविरुद्ध १ हजार ३ सय २१ उजुरी दर्ता भएको र ती उजुरीको सम्बन्धमा क्रमैसँग आवश्यक छानबिन भइरहेको बताइएको छ । ‘हालसम्म २ सय ३१ उजुरीको सम्बन्धमा छलफल भइसकेको छ,’ उनले भने, ‘तीमध्ये ८० उजुरीमा पीडितको पक्षमा फर्छ्योट भइसकेको छ ।’ त्यसैगरी ८० वटा उजुरीमा दुबै पक्षले मिलापत्र गरेका छन् भने २ वटामा मुद्दा दर्ता भएका छन् ।

मिटरब्याजीविरुद्ध अनलाइन उजुरी दर्ता गरिँदै छ । उजुरी आउने क्रम जारी रहेकाले नयाँ उजुरी दर्तासँगै पुराना उजुरीको सम्बन्धमा क्रमशः छानबिन पनि जारी रहेको उनले बताए । कार्यालयमा वैशाख १७ देखि उजुरी दर्ता गर्न थालिएको हो ।

जिल्लाभरका १४ वटै स्थानीय तहबाट मिटरब्याजीविरुद्ध उजुरी दर्ता भएको उनले बताए । विशेषगरी लेनदेन र जग्गा जमिन सम्बन्धी मिटर ब्याज पीडितहरुको उजुरी बढी दर्ता भएका छन् ।

पौडेलले सामान्यतया मिटरब्याजीहरुले कसैलाई थोरै रकम दिएर त्यस वापतको कपाली तमसुक र दोब्बर देखि तेब्बरसम्म बढीको बैंक चेक धितो वापत राख्ने प्रवृत्ति रहेको बताए । यसरी एकै व्यक्तिलाई धितो वापत सापट दिएको रकमको दोब्बर तेब्बरभन्दा पनि बढी रकम लेखेर कपाली तमसुक गराउने र बैंकको चेकसमेत लिएर हदैसम्म अन्याय गर्ने प्रवृत्ति रहेको पाइएको उनले बताए ।

उजुरीको छानबिनको क्रममा दुबै पक्ष मात्र नभई कपाली वा अन्य कागजात लेख्ने लेखापढी वा कानुन व्यवसायीलाई पनि कार्यालयमा बोलाएर आवश्यक सोधपुछ तथा बयान लिने काम भइरहेको उनले बताए । कतिपय उजुरीको सम्बन्धमा दुबै पक्षलाई कार्यालयमा छलफलका लागि बोलाउँदा आरोपित पक्ष नआउने गरेको समेत पाइएको उनले बताए ।

छानबिनको क्रममा लेनदेन गर्नेहरुको कागजमा उल्लेख रहेको रकम लेनदेन गर्ने हैसियत तथा आवश्यकता रहे नरहेकोबारे सुक्ष्म अनुसन्धान गर्ने गरिएको उनले बताए ।

‘लेनदेनको कागजमा उल्लेख भएको लेनदेन रकम दिने हैसियत साहुको छ कि छैन भनी अनुसन्धान गरी रहेका छौं,’ उनले भने, ‘असामीले पनि के कति आवश्यकता परेर त्यति रकम लिएको हो र रकम लिएपछि कुनै विशेष उद्देश्य वा प्रयोजनमा खर्च गरेको छन् कि छैनन् भनी अनुसन्धान गर्ने गरेका छौं ।’ साभार:इकान्तिपुर

सिम्रौनगढ नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित ४ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

0

२० असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानुसहित नगरपालिकाका ४ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

साहसहितका ४ कर्मचारीले विभिन्न तीनवटा योजनामा उपभोक्ता समितिले काम गरेको भन्दा बढी रकम भुक्तानी गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत साह, लेखा अधिकृत समेन्द्रप्रसाद चौधरी, इन्जिनियर सुरेशकुमार यादव र सब इन्जिनियर उपेन्द्र कुशवाहले सिम्रौनगढ नगरपालिका–२ को रानीबास संग्रहालय भवन निर्माण र अन्य दुई योजनामा काम भएको भन्दा करिब ६ लाख रुपैयाँ बढी भुक्तानी दिएको अख्तियारको आरोप छ ।

रानीबास संग्रहालय भवन निर्माणमा ४ लाख २ हजार ९८० रुपैयाँ २० पैसा बढी भुक्तानी दिएको भन्दै अख्तियारले उपभोक्ता समितिका अध्यक्ष निरञ्जनप्रसाद कुशवाह, सचिव रामपाल दास र कोषाध्यक्ष सन्ध्या देवीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

त्यस्तै सिम्रौनगढ नगरपालिका–८ रामदिनेशको घरदेखि कचोर्वा बजारसम्मको सडक ढलानमा ८१ हजार ९६३ रुपैयाँ ४५ पैसा बढी भुक्तानी दिएको अख्तियारको दाबी छ । यसमा उपभोक्ता समितका अध्यक्ष सञ्जय यादव, सचिव दिपेन्द्र चौधरी र कोषाध्यक्ष विजुृली देवी विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सिम्रौनगढ नगरपालिका–२ स्थित रानीबास खेल मैदान निर्माणमा १ लाख ५६८ रुपैयाँ ७५ पैसा बढी भुक्तानी दिएको आरोप छ ।
उपभोक्ता समितकिा अध्यक्ष सोनालालप्रसाद यादव, सचिव नन्दकिशोर साह कानुन र कोषाध्यक्ष गीताकुमारी साहविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अनलाइन खबर

स्वास्थ्यकर्मी जनमत संघ पर्सा गठन

0

 

वीरगञ्ज १८ असार/
अन्तर्राष्ट्रिय चिकित्सक दिवस पारेर जनमत पार्टीले अफ्नो भातृसंगठन , स्वास्थ्यकर्मी जनमत संघ को घोषणा गरेको छ। प्रमुख अतिथि जनमत पार्टी का केन्द्रीय सदस्य डा. अजय यादव को उपस्थितिमा तत्काल यस ४१ सदस्यीय स्वास्थ्यकर्मी संघ को अध्यक्षता जिल्ला इन्चार्ज श्री माधव सिँह ले गरेका थिए ।

कार्यक्रम मा बोल्दै जनमत पार्टी ,पर्साका संयोजक ओमप्रकाश सर्राफले नारायणी अस्पतालमा भैरहेको अनियमितता र भ्रष्टाचार विरुद्ध स्वास्थ्यकर्मी संघले सशक्त कदम चाल्ने र जनतालाई राहत दिने कार्य गर्नेछ भन्ने मा विश्वस्त भएको बताए।

कार्यक्रम मा जनमत पार्टी पर्सा सल्लाहकार समितिका नेतागण प्रह्लाद गिरी, शशी कपूर मिया,सिपु तिवारी लगायत युवा नेता मुकेश द्विवेदी, कन्हैया झा, राजु गिरीले आआफ्नो मन्तव्य राख्दै संघलाई समर्थन को साथै सुभेच्छा दिएका छन्।

प्रमुख अतिथि डा. अजय यादवले भने स्वास्थ्य सेवा जनता को मौलिक अधिकार भएको बताए, यसमा कुनै किसिमको को बेतिथि, जनतालाई मार्ने काम कुनै पनि स्वास्थ्य संस्था बाट र खासगरी सरकारी स्वास्थ्य संस्था बाट हुनुहुँदैन, भएको खण्ड मा स्वास्थ्यकर्मी जनमत संघले कडा भन्दा कडा कारवाही गर्न पनि पछि नहट्ने भनी भ्रष्टाचार मा जनमत पार्टीको शून्य सहनशीलताको बारेमा विचार राखे।

डा. यादव ले जनकपुरमा भ्रष्टाचारीलाई गरेको कारवाही नबिर्सन पनि भन्दै जनताको विरोधमा जाने जो सुकैलाई पनि कारवाही को दायरा ल्याउने प्रतिबद्धता व्यक्त गरे।