Home Blog Page 52

अधिकृत राज कुशवाहाले कमिशनको कुरा गरेर मात्रै कार्यादेश दिने गरेको आरोप

0

 

वीरगंज १८ असार /
पर्सा जिल्लाको पकहाँ मैनपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा र आफ्ना एक सहयोगी मार्फत असार मसान्त भन्दै खुल्लेयाम ठेक्केदार एवं एनजिओहरु सँग कमिशन मागी रहेको समाचार प्राप्त भएको छ ।
भ्रष्ट अधिकृत कुशवाहाले भौतिक पूर्वाधारको कार्यमा २० प्रतिशत र सामाजिक विकासको कार्यमा ३० प्रतिशत अनिवार्य कमिशन लिएर मात्रै कार्यादेश दिने गरेको जनाईएको छ । असार मसान्तको अन्तिम बेलामा एनजिओ र क्लबहरुलाई विभिन्न तालिम, शिविर चलाउन कार्यदेश दिंदाकै बखत भ्रष्ट अधिकृत कुशवाहाले कमिशनको मोलमलाई गरी दिने गरेको र कमिशनको कुरा नमिलेका एनजिओहरुलाई अर्को आर्थिक वर्षमा दिने भन्दै झारोटार्ने काम गरिरहेको एक एनजिओका अध्यक्षले बताए ।
आर्थिक वर्ष सकिन लाग्दा लक्षित वर्ग एवं सामाजिक विकासका कार्यक्रमहरु धमाधम कमिशन लिएर कार्यकारी अधिकृत कुशवाहाले विक्रि गरी करोडौं करोड भ्रष्टाचार गरिरहेको समाचार स्रोतले जनाएको छ ।
त्यसैगरी गाउँपालिकाको वडा नम्बर ४ खेश्राहा चौक देखि लहावरथकरी जगसालासम्म जाने सडकखण्डमा भ्रष्ट अधिकृत कुशवाहाले मोटै कमिशन लिएर ग्रेवल गर्न ठेक्का दिएका थिए । १.५ किलोमिटर लम्बाइ रहेको सो बाटो ग्रेवल गरेको एक हप्ता नबित्दै उप्किएको छ । राम्ररी रोलर नै नगरीकन ग्रेवल गर्ने ठाउँमा माटो बालुवा प्रयोग गरिएका कारण ग्रेवल उप्किएको स्थानीयले बताएका छन् ।
ठेक्केदारले पनि के गरोस ? ठेक्का सकार गर्ने बेलामै पालिका अध्यक्ष सुरेश मेहता र कार्यकारी अधिकृत कुशवाहाले आफ्नो कमिशन लिएपछि ठेक्केदारले पनि कमसल सामग्री प्रयोग गरी जेनतेन बाटो ग्रेवल गरेको ठेक्केदार निकट एक कर्मचारीले बताए ।
अधिकृत कुशवाहाले वीरगंजको एक पत्रिकामा गोप्य रुपमा टेण्डर प्रकाशित गराई कमिशनको भरमा ठेक्केदारलाई १ करोड ५० लाख बराबरको टेण्डर दिन सफल भएको बताईएको छ ।
बाटो ग्रेवल गर्ने बेलामा वडा नम्बर ४ का वडाध्यक्ष ढेडी प्रसाद यादवले ढुंगा, गिटी, बालुवा राखेर रोलर चलाउनु पर्नेमा त्यसो नगरी माटो बालुवा मात्र पूरी रहेको देखेपछि पालिका अध्यक्ष मेहता र अधिकृत कुशवाहालाई बारम्बार भन्दा पनि वेवास्ता गरेको बताए । अधिकृत कुशवाहाले इन्जिनियरलाई बोलाई सबै काम ठिकठाक हुंदैछ भनि लेख्न लगाई जबरजस्ती कमसल सामग्री प्रयोग गरे पनि पास गराए ।
अहिले सो सडक पहिलाको जस्तै भएको स्थानियहरुले बताएका छन् । जनताले तिरेको करबाट उठेको राजस्वमा पालिकाका अधिकृत कुशवाहाले रजाई गरिरहेको स्थानियहरुले आरोप लगाएका छन् । अहिले पालिका अन्तर्गतको अधिंकाश कार्यमा कमसल सामग्री प्रयोग गरी निर्माण कार्य गर्न लागिएको एक स्थानीयले बताए । यो पालिकाको विकास नभएर विनाश तर्फ उन्मुख भएको उनको जिकिर छ । सो बाटोको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने तयारी समेत भएको स्थानियहरुको भनाई रहेको छ ।
यस विषयमा गाउँपालिका अध्यक्ष सुरेश मेहता संग बुझदा त्यहाँ ग्रेवल नै गरिएको हो भनेर दाबी गरे । ग्रेवल गरी सकेपछि स्थानियबासीहरुको अनुसार माटो पुरिएको भनि हास्यास्पद प्रतिक्रिया दिए । प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहालाई सम्पर्क गर्दा उनि सम्पर्कमा आउन चाहेनन् ।

सनलाईट मा.बिले यहि शैक्षिक सत्र देखि +२ व्यावस्थापन संकाय संचालन गर्ने

0

वीरगंज १६ असार /
वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवामा सञ्चालित सनलाईट माध्यामिक विद्यालयले यहि शैक्षिक सत्रदेखि +२ मा व्यावस्थापन संकायको पठनपाठन सुरु गर्ने जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिाले आज विद्यालय परिसरमै पत्रकार सम्मेलन गरेर यहि शैक्षिक सत्रदेखि कक्षा ११ मा व्यावस्थापन संकायको अध्यापन सुरु गर्न लागेको बताएको छ ।
बिगत लामो समय देखि कक्षा १० सम्मको मात्रै पठनपाठन हुदै आएको सनलाइट माविमा अब यहि शैक्षिक सत्रदेखि सनलाईट इएसएस प्लस टु म्यानेजमेण्टको पठनपाठन सुरु गर्न लागिएको पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक आलोक चौरसियाले जानकारी दिए । विद्यालयले वैज्ञानिक र व्यावहारिक शिक्षा प्रणाली अनुसार कक्षा ११ को अध्यापन गराउने योजनाका साथ कक्षा सुरु गर्न लागेको बताए ।
उनले कक्षा ११ मा सरकारले लिएको “पढ्दै जाऊ, कमाईदै जाऔं”को नीति अनुसारको रोजगारमुखी शिक्षा प्रदान गरिने चौरसियाले बताए । कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीहरुको रुची र चाहाना अनुसार कुन शिक्षा लिन चाहेको हो ? उनीहरुको रुची, सीपको पहिचान गरेर त्यही अनुसारको शिक्षा प्रदान गरिने विद्यालयका स्किल म्यानेजर मनिष चालिसेले बताए ।
त्यस्तै एसईईमा जिल्लामा उत्कृष्ट र प्रवेश परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पूर्ण छात्रवृत्ति, प्रवेश परीक्षामा दशजना उत्कृष्ट, सरकारले निर्धारण गरेको १० प्रतिशत गरिब, विपन्न, असहाय र अन्य पिछडिएको समुदायकाहरुका लागि १० प्रतिशत तथा छात्राहरुको लागि विशेष सुविधाको प्रदान गरिने प्रअ चौरसियाले बताए ।
विद्यालयका शिवम साहले सहजिकरण गरेको पत्रकार सम्मेलनमा विद्यालयल सञ्चालक समितिका निर्देशकहरु बिजय चौरसिया, उमेश साह, दिनेश साह, धनञ्जय चौरसिया लगायत शिक्षक शिक्षिकाहरुको सहभागीता रहेको थियो ।

बिन्दवासिनी गाउँपालिकाले बहुअर्वा भाठ्ठामा चलायो डोजर

0

वीरगंज १६ असार / पर्साको बिन्दबासिनी गाउँपालिकाले बहुअर्वा भाठ्ठामा सडक चौडा पार्न सडक क्षेत्र भित्र पर्ने संरचना हटाउन थालेको छ ।

शनिबारदेखि बिन्दबासिनी गाउँपालिकाले वडा नम्बर २ बहुवर्वा भाठ्ठामा सन्तु मियाँको घर देखि औध चौहानको घरसम्मको सडक छेउका संरचना हटाउन डोजर लगाइएको गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले जानकारी दिनुभयो ।

शनिबार बहुवर्वा भाठ्ठामा सडक पेटी र सडक छेउमा निर्माण गरिएको भवनमा पालिकाले डोजर लगाएको हो । बिन्दबासिनी गाउँपाकिलाले हाल सञ्चालनमा रहेको सडकलाई २७ फिट चौडा बनाउने भन्दै सो क्षेत्रमा पर्ने संरचना हटाउन घरधनीलाई पहिला ७ दिने सूचना आह्वान गरी जानकारी गराएको थियो त्यसपछि पालिकाले डोजर लाग्दा सम्पूर्ण गाउँबासीहरुको सहमती गरी १५ दिनको समय लिएका थिए हिजो १५ दिने समय बित्ना साथ आज पालिकाले डोजर चलाएको हो ।

तर हालसम्म ७० प्रतिशत व्यक्तिहरूले सडकको क्षेत्राधिकारभित्र पर्ने संरचना हटाएपछि मात्र बाँकी रहेको ३० प्रतिशत घरमा पालिकाले डोजर प्रयोग गरी आफैं सरचना हटाउन सुरु गरेको अध्यक्ष तिवारीले बताउनु भयो ।

पहिलो चरणमा लगभग २ किलोमिटर लामो दूरीमा परेको घरहरूमा डोजर लगाई बाटो खाली गरिएको उहाँले बताउनु भयो ।

माउन्ट हर्मन स्कुलमा म्यानेजमेन्ट र एजुकेशन फैकल्टी पढाई हुने

0

 

वीरगंज १६ असार /
वीरगंज २३ प्रसौनी बिर्तामा रहेको माउन्ट हर्मन स्कुलले + २ (प्लस टु) संचालन गर्ने भएको छ । स्कुलले आज पत्रकार सम्मेलनको आयोजना गरि यहि शैक्षिक सत्र देखि आफनै निजि भवनमा म्यानेजमेन्ट र एजुकेशन फेकल्टीमा + २ संचालन गर्ने जनाएको हो ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै स्कुलका प्रधानाध्यापक संतोष साहले गाँउमै बिद्यार्थीहरु उच्च शिक्षा हासिल गरुन भन्ने उद्देश्यले + २ संचालन गर्न लागिएको जानकारी दिए । उनले गाँउघरका चेलीबेटीको शैक्षिक स्तर वृद्धि गर्न कलेजले बिशेष ध्यान दिने बताउनुभयो । साहले गाँउमै + २सम्मको स्तरीय शिक्षा प्रदान हुन थालेपछि अभिभावक र बिद्यार्थीहरुलाई सजिलो हुने बताए । जाडोयाममा हुने परेसानीबाट अब बिद्यार्थीहरुलाई राहत मिल्ने समेत प्र.अ साहको दावी थियो । उनले कलेज संचालन गर्नु आफनो ठुलो सपना रहेकोले भाषण भन्दा पनि काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे । कलेजले बिद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप संगै समाजिक र व्यवहारिक शिक्षामा पनि बिशेष जोड दिने बताउनुभयो ।

यसैगरी प्रमुख अतिथी अवधकिसोर कुशवाहाले कलेज संचालनको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा पत्रकार जगत राई अभिभावक मुस्तिक अंसारी लगायतकाले शुभकामाना मन्तव्य व्यक्त गरेका थिए । पत्रकार सम्मेलनमा वडा सदस्य लालबाबु यादव, कान्ति देवी महतो, वडा सचिव राजेन्द्र यादव,अभिभाव लगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार राकेश साहले गरेका थिए ।

कलैया म्यानेजमेन्ट कलेजको उदघाटन सम्पन्न

0

बारा १४ असार ।
बारा जिल्लाको सदरमुकाम कलैयालाई शिक्षाको हब बनाउने उदेश्यका साथ होस्टेमा हैसे गर्नका लागि बिहिवार कलैया म्यानेजमेन्ट कलेजको उदघाटन सम्पन्न भएको छ ।
कलैया उपमहानगरपालिका वडा नं. ६ मदर्साटोलमा रहेको मेरिगोल्ड सेकेन्ड्रि स्कूलको भवनमै एक भव्य सहारोहका बीच कलैया उपमहानगरपालिकाका निवर्तमान मेयर राजेश राय यादवले रिबन काटेर उदघाटन गरेका हुन् । उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि निवर्तमान मेयर यादवले कलैयालाई शिक्षाको हब बनाउनका लागि निजि तथा सरकारी विद्यालयहरुलाई व्यवस्थापन गर्न अति आवश्यक रहेको बताए । नयाँ सञ्चालनमा आउन लागेको यस कलैया म्यानेजमेन्ट कलेज सञ्चालक टिमलाई हार्दिक बधाई दिदै उत्तरोतर प्रगतिको कामना गर्दै आफुबाट हुन सक्ने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
त्यसैगरी अन्य वक्ताहरुले बारा जिल्लाबाट एसईई दिएका प्रत्येक वर्ष करिब ६० प्रतिशत विद्यार्थीहरु बाहिर अध्ययनको लागि जाने भएकोले त्यसलाई रोक्न यो कलेज सफल होस भनि कामना गरेका थिए । खासगरी एसईई दिएपछि छात्राहरु बाहिर पढन नजाने, आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुको लागि यो कलेज उत्तम रहेकोमा जोड दिदै वक्ताहरुले शिक्षा नै विकासको जड हो, शिक्षा बिना व्यक्ति, समाज र राष्ट्रको विकास हुन नसक्ने बताएका थिए ।
छात्राहरुलाई व्यवस्थापन शंकाय प्रति बढी अभिरुची राख्ने हुँदा छात्राहरुलाई सुरक्षित, सहज वातावरण दिन सुझाव दिदै विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा दिन समेत सुझाएका थिए ।
कलेज व्यवस्थापन समितिका नरेश प्रसाद यादवको सभापतित्वमा भएको कार्यक्रममा व्यवस्थापन समितिका दिनेश प्रसाद जैसवाल, कलेजका प्रधानाध्यापक उमेश प्रसाद यादव, प्रधानाध्यापक एवं शिक्षकहरु नथुनी यादव, तेजीलाल साह, बृजकिशोर महतो, निरज कर्ण, राधाकृष्ण लगायतकाले शुभकामना मनतव्य व्यक्त गरेका थिए । शिक्षक सन्त ठाकुरले सहजीकरण गरेको कार्यक्रममा कलेजका शिक्षक, शिक्षिका लगायत बारा जिल्लाका विभिन्न सरकारी तथा प्राईभेट स्कूलका प्रधानाध्यापकहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।

समाज परिवर्तन नेपाल द्वारा  शैक्षिक सामग्री वितरण

0

बिरगंज १४ असार/समाज परिवर्तन नेपालको आयोजना वीरगञ्ज महानगरपालिका वडा २४ रामगढवाको आर्थिक सहयोगमा श्री राम सुरत सिंह नेपाल राष्ट्रिय आधारभुत बिधालयका विधार्थी लाई व्याग तथा शैक्षिक सामग्री वितरण गरिएको छ।

सो कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगरपालिका वडा नं २४ का वडा अध्यक्ष विजय प्रसाद कुर्मी विधार्थीहरुको शिक्षामा पहुँचको लागि व्याग तथा शैक्षिक सामग्री वितरण गरिएको प्रमुख अतिथि कुर्मीले बताए।

सो कार्यक्रममा विधालयका प्रध्यानाध्यापक निरन्जन न्यौपाने, महिला वडा सदस्य सिता देवी बैठा,हिरा देवी समाजसेवी ,हबिब मियाँ, लालबाबु कुर्मी लगायत स्थानीयवासी सहभागिता रहेको थियो भने कार्यक्रमको अध्यक्षता समाज परिवर्तन नेपालका सचिव राहुल साहले गरेका थिए।

बाँच्नकै लागि कतिपयलाई यौनकर्मी बन्नुपर्ने बाध्यता

0

वीरगन्ज, १३ असार : समाजले नस्वीकारकै कारण बाध्य भएर यौनपेशमा लाग्नु परेको तेश्रोलिंगीहरुले दुखेसो पोखेकेका छन् । यौनपेशामा लाग्दा प्राणघातक विभिन्न रोगको सिकारपनि बन्ने गरेको गुनासो उनिहरुको छ ।

यौनिक तथा लैंगीक अल्पसंख्यकको क्षेत्रमा काम गर्ने गैर सरकारी संस्था सहयात्री समाज नेपालका अनुसार , पर्सामा समाजमा खुलेर आएका तेश्रोलिंगीको संख्या ५ सय भन्दा बढी छ ।समाजमा खुलेर नआउनेहरुको संख्या भने अझ त्यो भन्दा बढि नै रहेको सहयात्री समाज नेपाल पर्साका कार्यक्रम संयोजक सुरज लिम्बु बताउछन् । ती मध्ये व्यवसायिक रुपमै यौनपेशामा करिब २ सयको हाराहारीमा संलग्न छ । तर हाल आफु यौनपेशामा रहेको खुलेरै बताउनेहरुको संख्या भने १०/१२ जना मात्रै रहेको लिम्बु बताउछन् ।

समाज र घरपरिवारले समेत पहिचान नस्वीकारेकाले तेश्रोलिंगीहरु जिवन गु्जारा गर्नैका लागि काम वा जागीर माग्न जाँदा तेश्रो लिंगी भएकै कारण जागीर नपाएपछि बाध्य भएर कतिपय तेश्रो लिंगीहरु यौनकर्मी बन्न बाध्य हुने गरेको तेश्रो लिंगी महिला सन्जु बताउछिन् ।उनि भन्छिन् ,‘ अझैपनि हामीलाई एक त आफनै घरपरिवारले नै स्वीकार्दैन , समाजमा पनि छक्का हिजडाँ भनेर हेला गर्छन् , बाँच्नका लागि काम गर्नुपर्ने नै हुन्छ तर जागीर माग्न जाँदा तेश्रोलिंगी भन्दै काम दिदैनन् अनि कतिपय साथीहरु बाँच्नकै लागि गलत भएपनि बाध्यर भएर यौन पेशा अगाँल्छन् ।

अर्की तेश्रो लिंगी महिला दिपिका भन्छिन् ,‘ ठूला आलीशान होटलमा हुने गोष्ठी–सेमिनारमा जसले यौन पेशा गलत हो , यसले समाज बदनाम हुन्छ , यौन पेशा छोड्नुस् , अरु काम वा जागीर गर्नुस् भनेर भाषण गर्छन् , ती भाषण गर्ने व्याक्तिकै संस्था वा फार्ममा काम माग्न जादाँ तेश्रो लिंगी भनेर जागीर नै दिदैनन् ।

सहयात्री समाजमा कार्यरत समेत रहेकी दिपिका यौन पेशामा लागेका तेश्रो लिंगीहरुलाई उक्त पेशा छाडेर अरु कुनै काम गर्न आफुहरुले निरन्तर काउन्सिलिङ गर्दै आएको बताउछिन् । ‘तर उनिहरुले कि त हामीलाई अरु कुनै काम वा जागीर खोजी देउ होइन भने बाँच्नका लागि कुनै आधार देउ भन्छन् , हामी रहरले होइन बाध्यताले यौनकर्मी बन्नु परेको पनि बताउछन्, दिपिकाले भनिन् ।

तेश्रो लिंगी महिलाहरु रहरले नभइ जिवन गुजारा गर्न अन्य विकल्प नपाएर नै यौनकर्मी बन्ने गरेको सहयात्री समाज नेपाल पर्साका संयोजक लिम्बु पनि स्वीकार्छन् । नेपालमै काठमाडौंपछि पर्सामा सबै भन्दा बढी तेश्रोलिंगीको संख्या रहेको पनि उनि सुनाउछन् ।
अधिकांश तेश्रोलिंगीहरु विभिन्न विहे, भोजभेतर जस्ता उत्सव र समारोेहमा हुने आर्केष्टा (नाँचगान) समुहमा काम गरेर जिवन गुजारा गरिरहेको लिम्बु बताउछन् । उनि भन्छन्,‘ पर्सामा समाजमा खुलेर आएका ५ सय भन्दा बढि तेश्रो लिङगी छन् , उनिहरु मध्ये ६ जनाले मात्रै सहयात्री समाजमा जागीर पाएका छन् , अरु सबै जना काम वा जागीर नपाएकाले कि त आर्केष्टामा नाँचेर जिवन गुजारा चलाइरहेका छन् , कि त बाध्य भएर कतिपय यौनकर्मी बनेका छन् ।

तेश्रो लिंगी ममता कहिलेकाँही प्रहरीबाट पनि आफुहरु दुव्र्यवहारमा पर्ने गरेको दुखेसो सुनाउछिन् । उनि भन्छिन्,‘ म यौनकर्मी होइन तर विहे भोजभतेरमा हुने आर्केष्टा नाँचेर अबेरराति घर वा डेरामा फर्किदा बाटोमा भेटिने प्रहरीले यौनकर्मी होस् भनेर गाली गर्ने , नराम्रो वचन लगाउने गर्छन् । कहिलेकाही त पक्रेर रातभर थुनेर भोलिपल्ट बिहान मात्रै छोडिदिन्छन् ।

नेपालमा तेश्रो लिंगीहरुको जिवन यापनका लागि सरकारले आजसम्म केहि नगरेको गुनासो ममताको छ । उनि भन्छिन्,‘ अहिलेसम्म् जेजति कााम भएको छ त्यो सबै विदेशी दाताले गरेका हुन् , तर नेपाल सरकारबाट हाम्रो लागि केहिपनि भएको छैन ।

समाजबाट बहिष्कृत तेश्रो लिंगीहरुलाई स्वरोजगार बनाउने उदेश्यले सहयात्री समाज नेपालले गत बैशाखमा पर्साका १४ वटै पालिकामा पुगेर सिपमुलक तालिमका लागि ज्ञापनपत्र बुझाएको जानकारी लिम्बुले दिए । उनले भने,‘ तर पालिकाहरुबाट अहिलेसम्म त्यसको कुनै जवाफ आएको छैन ।सिपमुलक तालिम पाएमा तेश्रोलिंगीहरु काम वा जागीरका लागि अन्यत्र धाउनु पर्ने वा गलत पेशामा लाग्नु पर्ने बाध्यताको अन्त्य हुने विश्वास आफुहरुले लिएको लिम्बु बताउछन् ।

यौनपेशामा लाग्दा तेश्रोलिंगीहरु प्राणघातक विभिन्न रोगको सिकारपनि भइरहेको लिम्बु बताउछन् ।उनका अनुसा, पर्सा जिल्लामा एचआइभी एड्सबाट संक्रमित भइ नियमित औषधी सेवन गर्नेको संख्या ६ सय भन्दा बढि छ , ती मध्ये तेश्रो लिंगीको संख्या मात्रै १ सय छ । उनका अनुसार, पर्सामा यौनकर्मी पुरुषको संख्या ५० जना रहेको छ ।

कालिकामाईमा अधिकृत यादवलाई पालिका अध्यक्षले गरे स्वागत

0

 

बिरगंज १३ असार / पर्साको कालिकामाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नमोनाथ प्रसाद यादवलाई गाउँपालिका अध्यक्ष बशिष्ट कुमारले स्वागत गरेका हुन ।कालिकामाईमा सरुवा भई आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत यादवलाई पालिकामा आयोजित एक कार्यक्रममा अध्यक्ष बशिस्ठ कुमारले फुलमाला तथा अबिर लगाई स्वागत गरेका थिए । अधिकृत यादवले आफ्नोे कार्यभार सम्हाल्दै कर्मचारी र जन प्रतिनिधिहरु बीच परिच्यात्मक कार्यक्रम सम्पन्न भएको थियो ।अधिकृत यादवले पालिकाको काम कार्वाही नियम संगत हुने तथा बिकासको काम छिट्टै गति लिनेे बिश्वास समेत दिलाएका थिए । कार्यक्रममा जनप्रतिनिधि,कार्यपालिका सदस्य तथा कर्मचारी समेतको सहभागिता रहेको थियोे ।

बारागढी गा.पा.मा भ्रष्टाचारको रासलिला, लेखा अधिकृत चौधरी र पालिका अध्यक्ष जैसवाल भए मालामाल

0

 

वीरगंज १३ असार । बारा जिल्लाको बारागढी गाउँपालिकाका लेखा अधिकृत अजय चौधरी र गाउँपालिका अध्यक्ष अशोक जैसवालको भागबण्डाको बिषयमा समाचार उजागर हुनासाथ अध्यक्ष लगायत लेखा अधिकृत बहुलाए झै प्रतिकृया दिए पश्चात चौतर्फी आलोचना हुन थालिएको छ । असार १० गते बिभिन्न संचार माध्यमबाट बारागढी गाउँपालिकाका अध्यक्ष जैसवाल र लेखा अधिकृत चौधरीको भागबन्डा बारे समाचार उजागर भए पश्चात मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै बहुलाए झै प्रतिकृया दिएका हु्न ।
केहि तेलको लोभ देखाउदै समाचार खन्डन गर्न बोलाइएका पत्रकारहरुको टोली अगाडी बारागढी गाउँपालिकाका अध्यक्ष आफ्नो पदको दम्भ बताउदै महिला पत्रकार कै अगाडी अश्लिल शब्द प्रयोग गरेको भिडियो नै सार्वजनिक भएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष अशोक जैसवालले अण्डकोष चाट्ने शब्द प्रयोग गर्दै नियम कानुन र आफ्नो मर्यादा बिर्सिदै बहुलाए झै प्रतिकृया दिएको बारे भिडियो क्लिपबाटै प्रष्ट हुन्छ । अध्यक्ष जैसवालको भिडियो क्लिप समाजिक संजालमा उजागर हुनासाथ चौतर्फी आलोचना समेत भएको देखिन्छ । तर खन्डन गर्ने उदेश्यले तेलको लोभमा बारागढी गाउँपालिका पुगेका पत्रकारहरुको आँखामा लाज समेत नलागि यथावत नै रहि खन्डन गर्नेतर्फ उन्मुख नै भएको प्रष्ट हुन्छ ।
समाचार लेखेका सम्बन्धीत पत्रकारको उपस्थिती बिना नै पत्रकार सम्मेलन गरिएको कारण सम्पुर्ण पत्रकारको भावनामा चोट पुरयाउदै इज्जत माथी पनि खेलवाड गरेको स्पष्ट बुझन सकिन्छ । गाउँपालिका भित्र गरेको कतुर्त लुकाउन लेखा अधिकृत अजय चौधरी र गाउपालिका अध्यक्ष अशोक जैसवालले पत्रकार सम्मेलन गरेको बारे यहाँ स्पष्ट बुझन सकिन्छ ।
त्यस्तै बारा जिल्लामा “क” बर्गका पत्र पत्रिका हुँदा हुदै पनि कमिशनको लोभमा बाहिरका पत्रिकालाई बिज्ञापनहरु दिइएका कारण पनि त्यस पालिकाका जनप्रतिनिधि लगायत कर्मचारीहरु घुसखोर तथा भ्रष्ट रहेको बारे प्रमाणित गर्दछ । बारागढी गाउँपालिकामा भएको भ्रष्टाचार बारे अख्तियार दुरुपयोग अनुसन्धान लगायत जिल्ला प्रशासन कार्यालय बारामा समेत उजुर परेपनि हालसम्म बिचाराधिन रहेको देखिन्छ ।
यसरी कुर्सीको बलमा देशका कानुन, संबिधान र प्रशासनलाई लत्याउँदै सरकारसंग अनुमती लिई दर्ता गरिएका पत्र पत्रिका तथा श्रमजिवी पत्रकारलाई अपहेलना गर्ने जनप्रतिधि देशमा राज गर्ने हो भने निमुखा जनताहरु शंकटमा पर्ने देखिन्छ । त्यहाँका जनप्रतिनिधि र कर्मचारीले पत्रकारको अगाडी गरिएको व्यबहारलाई देख्दा सोझा साझा जनता संग कस्तो व्यबहार गरिन्छ होला सहजै अनुमान लगाउन सकिन्छ ।

आफैले बुन्देको जालमा परे मेयर जैसवाल, मेयर बिरुद्ध चौतर्फी आलोचना

0

बारा, ११ असार / बारागढी गाउँपालिकाका अध्यक्ष अशोक जैसवालले पत्रकार सम्मेलनको आयोजना गरेर महिला पत्रकार कै अगाडी अश्लिल शब्द प्रयोग गरेको छ । जैसवालले असार १२ गते मंगलबारको दिन पत्रकार सम्मेलन गरेर अण्डकोष चाट्ने शब्द प्रयोग गरेका छन् ।

पालिकाको बिषयमा समाचार प्रकाशन भएपछि उक्त समाचारको खण्डनका लागि गरिएको पत्रकार सम्मेलनमा आफ्ना कुर्सीको बल देखाउँदै घमण्डले मात्तेर त्यस्तो शब्दको प्रयोग गरेको बाराका युवा अभियन्ता राजेश रौनियारले बताए । समाजिक संजालमा ब्यापक रुपमा फैलिएको त्यो भिडियोलाई हेर्दै त्यस पालिकाका स्थानिय जनताले अनपढ गवाँरलाई जिताए पछि यस्तो दिन देख्नु परेको लयागतका कमेन्टहरु गरेका छन् ।

दर्जनौको संख्यामा उपस्थित भएका ठुला ठुला मिडियाका पत्रकारहरुको अगाडी आफ्ना भ्रष्ट कर्मचारी राखेर अपशब्द प्रयोग गर्नु र समाचार लेखेका सम्बन्धीत पत्रकारको उपस्थिती बिना नै पत्रकार सम्मेलन गरिएको कारण सम्पुर्ण पत्रकारको भावनामा चोट पुर्याउँदै इज्जत माथी पनि खेलवाड गरेको छ । त्यस्तै सो जिल्लामा क बर्गका पत्र पत्रिका हुँदा हुँदै पनि कमिशनको लोभमा बाहिरका पत्रिकालाई बिज्ञापनहरु दिइएका कारण पनि त्यस पालिकाका जनप्रतिनिधि लगायत कर्मचारीहरु घुस खोर तथा भ्रष्ट रहेको प्रमाणित भएको देखिन्छ ।

यसरी कुर्सीको बलमा देशका कानुन, संबिधान र प्रशासनलाई लत्याउँदै सरकारसंग अनुमती लिई दर्ता गरिएका पत्र पत्रिका तथा श्रमजिवी पत्रकारलाई अपहेलना गर्ने जनप्रतिधि देशमा राज गर्ने हो भने निमुखा जनताहरु शंकटमा पर्ने देखिन्छ । त्यहाँका जनप्रतिनिधि र कर्मचारीले पत्रकारको अगाडी गरिएको व्यबहारलाई देख्दा सोझा साझा जनता संग कस्तो व्यबहार गरिन्छ होला सहजै अनुमान लगाउन सकिन्छ ।