Home Blog Page 53

वीरगञ्जका नगर प्रमुख सिंहको पहलमा वीरगञ्जमै मृगौला प्रत्यारोपण सुरु हुँदै

0

वीरगञ्ज, १२ असार /
वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको पहलमा नारायणी अस्पतालमै मृगौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ ।
मृगौला प्रत्यारोपण सेवा सुरु गर्ने विषयमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक वरिष्ठ मृगौला तथा लिभर प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठसहितको टोलीसँग छलफल गर्दै नारायणी अस्पतालमै यस्तो सेवा सुरु गर्ने तयारी गरिएको हो ।
मंगलबार वीरगञ्ज महानगरपालिका कार्यालयमा भएको छलफलमा नगर प्रमुख राजेशमान सिंहले मृगौला प्रत्यारोपण सेवा सुरु गर्न सबै प्रकारको भौतिक संरचना सहितको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । वीरगञ्ज सहित मधेस प्रदेशको मृगौला बिग्रिएको र डायलासिसमा रहेको बिरामीलाई प्रत्यारोपण गराउन हरसम्भव सहयोग गर्ने प्रमुख सिंहले बताउनु भएको छ ।
नारायणी अस्पतालमा इन्फेक्सन नहुने गरि अपरेसन थियटर बन्न सुरु भएपछि यहाँ आवश्यक जनशक्तिलाई सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा तालीम दिने र राष्ट्रिय प्रत्यारोपण केन्द्रको चिकित्सक सहितको समुहले मृगौलाको प्रत्यारोपण सुरु गर्ने सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा. श्रेष्ठले बताउनु भयो । नारायणी अस्पतालको निरीक्षण आफूले गरेको र सबै मिलेर लागे केही महिना भित्रमा नै मृगौला प्रत्यारोपण हुन सक्ने निर्देशक डा.श्रेष्ठले बताउनु भयो ।
नारायणी अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट डा.चित्तरन्जन साहले मृगौला प्रत्यारोपण केन्द्रको सहकार्यमा चाडै मृगौला प्रत्यारोपण सेवा सुरु गराउन आफूहरुले तयारी गरेको बताउनुभयो ।
वरिष्ठ उद्योगपती तथा समाजसेवी अशोक बैद्यले नारायणी अस्पतालको भौतिक संरचना र सेवामा स्थानीय उद्योगी व्यवसायीले सहयोग गर्दै आएको र मृगौला प्रत्यारोपणको लागि पनि सहयोग गर्ने बताउनुभयो । छलफलमा स्वास्थ विटको जानकार वरिष्ठ पत्रकार अतुल मिश्र, महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, हेल्थ टुडेका सम्पादक पदम राज जोशी, महानगरका प्रेस सल्लाहकार महेश दास, मृगौला प्रत्यारोपण केन्द्रका चिकित्सक र स्वास्थकर्मीहरुको उपस्थिति रहेको थियो ।

अधिकृत राज कुशवाहा कमिशनमा लिप्त, महिनौ देखि सिसिटिभी क्यामरा बन्द

0

वीरगंज १२ असार /
पर्सा जिल्लाको पकाहाँमैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहता र प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाको कमिशनखोरीका कारण महिनौ देखि पालिकाको सिसिटिभी क्यामरा बिग्रेको अवस्थामा रहेको छ ।
रोचक कुरो के छ भने सिसिटिभी क्यामरा बन्द रहेको कुरा पालिकाका अधिकांश जनप्रतिनिधि र कर्मचारीहरुलाई जानकारी नै नरहेको बताईएको छ । घटना बिहीबार पकाहाँमैनपुर गाउँपालिकाको कार्यालयमा काम विशेषले गएका वडा नं १ का वडा अध्यक्ष विनोद मेहताको ना ६० प १८५८ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल चोरी भए पश्चात मोटरसाईकल चोरको खोजी गर्ने क्रममा सिसिटिभी क्यामराको फुटेज हेर्न भनिए पछि सिसिटिभी क्यामरा खराब रहेको सबैलाई जानकारी भयो ।
पाठकवृन्द, पालिकाको कम्पाउन्ड भित्र रहेको मोटरसाईकल चोरी भयो, अब भन्नुस गाउँपालिकाको कार्यालय कति सुरक्षित छ ? पालिकामा करोडौं करोडको सामग्री र कागजातहरु छ त्यो सामग्री चोरी भयो भने त्यसको जिम्मेवार को ? पालिका स्रोतका अनुसार सिसिटिभी क्यामरा नबनाउन खोखिएको हैन, तर पालिकाका प्रशासकीय अधिकृत कुशवाहा सँग कमिशनको सेटिङ्ग नमिलेकै कारण क्यामरा जडान हुन नसकेको बताईएको छ ।
सिसिटिभी क्यामरा बनाउनका लागि÷खरिद गर्न बारम्बार आन्तरिक रुपमा तयारी गरिए पनि ३० प्रतिशत कमिशन मागिएकोमा सप्लार्यसले त्यति दिन नमिल्ने बताए पछि कार्य अधुरै छोडिएको स्रोतको कथन रहेको छ । भ्रष्ट अधिकृत कुशवाहाले यस भन्दा पहिला पनि विन्दवासिनी लगायत विभिन्न पालिकामा करोडौं करोड भ्रष्टाचार गरेको थाहा पाएपछि पकहाँ मैनपुरका केही जनप्रतिनिधिहरु हाजिर गर्न दिएका थिएनन्, तर पछि भ्रष्टाचार नगर्ने, पालिकाको हितमा काम गर्ने प्रतिबद्धता जनाए पछि हाजिर गराईएको एक वडाध्यक्षले बताए ।
पालिकाको कार्यालय अगाडिबाट मोटरसाइकल चोरी हुनु भनेको कुनै सामान्य कुरा होइन ? यस्तो पालिकाको जनप्रतिनिधि नै सुरक्षित छैन भन्ने पालिका बसीहरुलाई के सुरक्षा दिन सकिएला भन्ने पिडित वडाध्यक्ष विनोद मेहताले बताए ।
पालिकामा सिसिटिभी नहुनु भनेको पालिकाको दुर्भाग्य हो । जहाँ करोडौं करोडौंको कारोबार, कागजात लगायत कैयौ ठूला ठूला सरसामान, गाडिहरु लगायत रहेको कार्यालयमा सिसिटिभी जडान नहुनुको मतलब यहाँ जे पनि हुन सक्ने सम्भावना रहेको उनको भनाई छ । भोलिको दिनमा यसै कार्यालयका कर्मचारी तथा अन्य व्यक्तिहरू मिलेर जे पनि गर्न सक्ने सम्भावना बलियो रहेको भन्दै तत्काल सिसिटिभी जडान हुनु पर्ने उनले बताए ।
यस सन्दर्भमा पालिका अध्यक्ष सुरेश मेहता सँग बुझ्दा निवर्तमान अध्यक्ष बिजय चौरसियाकै पालादेखि सिसिटिभी क्यामरा खराब रहेको छ । त्यसमा हामीले ध्यान नदिएको भनि गैरजिम्मेवारीपूर्ण जवाफ दिए । तर निवर्तमान अध्यक्ष चौरसिया सँग बुझ्दा आफ्नो पालामा सबै सिसिटिभी क्यामरा चालु अवस्थामा रहेको बताए । यस सन्दर्भमा प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहालाई मोबाईलमा बारम्बार फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

१० महिनामा वाणिज्य बैंकहरूको नाफा सवा ५७ अर्ब, नबिल पहिलो नम्बरमा

0

facebook sharing button
messenger sharing button
whatsapp sharing buttontwitter sharing button
sharethis sharing button

काठमाडौं । चालू आर्थिक वर्षको १० महिने अवधिमा वाणिज्य बैंकहरुले ५७ अर्ब १६ करोड खुद नाफा कमाएको राष्ट्र बैंकले विवरण सार्वजनिक गरेको छ। गत चैतसम्म ४८ अर्ब ७० करोड नाफा कमाएका बैंकले वैशाखमा ८ अर्ब ४५ करोड नाफा थपेका हुन्।

गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकहरुको नाफा २ प्रतिशत घटेको छ। गत वर्षको वैशाखसम्म वाणिज्य बैंकले ५८ अर्ब ३३ करोड खुद नाफा आर्जन गरेका थिए।

यस अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंकले अगाडि छ। बैंकले यस अवधिमा ६ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। दोस्रोमा ग्लोबल आईएमई बैंक ५ अर्ब ३४ करोड र तेस्रोमा एनआईसी एसिया बैंकले ४ अर्ब ३९ करोड खुदा नाफा आर्जन गरेको छ।

तथ्यांकअनुसार राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ५ करोड, नेपाल इन्भेष्टमेन्ट मेघाले करिब ३ अर्ब ९० करोड, एनमबीले करिब २ अर्ब ९८ करोड, प्राइम कर्मियसलले करिब २ अर्ब ८० करोड, स्ट्यान्डर्ड चार्टर्डले करिब २ अर्ब ७९ करोड, हिमालयनले २ अर्ब ६४ करोड, प्रभुले २ अर्ब ३१ करोड, नेपाल एसबिआईले २ अर्ब खुद नाफा कमाएका छन्।

यस्तै, कुमारी बैंकले १ अर्ब ८१ करोड, माछापुच्छ्ररेले १ अर्ब ५६ करोड, लक्ष्मीले १ अर्ब ४६ करोड, सिटिजन्सले १ अर्ब ४३ करोड र सन्राइज बैंकले १ अर्ब ३७ करोड मुनाफा गरेका छन्। यस अवधिमा सबैभन्दा कम कृषि विकास बैंकले १ अर्ब २२ करोड मात्रै कमाएको छ।नेपाल समय

जिराभवानी गाँउपालिकाको १२ औं गाउँ सभा सम्पन्न

0

 

बिरगंज १० असार /पर्साको जिराभवानी गाँउपालिकाको १२ औं गाउँ सभाबाट पारित आ.व. २०८०/०८१ काे नीति, कार्यक्रम तथा बजेट आइतबार सार्वजनिक गरिएकाे छ । गाउँपालिका वडा नं. ३ स्थित बरात भवनमा भएकाे कार्यक्रममा गाँउपालिका अध्यक्ष अनोज चौधरीले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३४ करोड ८० लाख रुपैयाको बजेट प्रस्तुत गरेका थिए ।

गाउँपालिका अध्यक्ष अनोज चौधरीले राजनितिकर्मीको निति लिएर बिकास कार्यक्रम गर्नुभन्दा समाजसेवी भएर बिकासको बाटोमा लाग्नु आवश्यक रहेको बताए । उनले बिकास कार्यमा बाधा अवरोध नगर्न अनुरोध गर्दै एकता बनाएर बिकासको बाटोमा लागे समृद्ध गाउँपालिका बनाउन सकिने बताए ।

अगामी आर्थिक बर्षकाे निति तथा कार्यक्रम गाउँपालिकाकी उपाध्यक्ष रेखा चौधरीले प्रस्तुत गरेका थिइन । आगामी आर्थिक बर्षकाे नीति तथा कार्यक्रममा जिराभवानी गाँउपालिकाले शिक्षा, कृषि, स्वास्थ्यलाई मूख्य प्राथमिकतामा राखिएकाे जनाएकाे छ ।

गाउँपालिकाले एक वडा एक माध्यमिक बिद्यालयको अवधारणा ल्याई हरेक, जाती, धर्म तथा समूदायका बालबालिकाहरुलाई शिक्षामा अनिवार्य पहुच गराउने निति ल्याएकाे प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरीले वताए । बिद्यालयमा रहेका बिद्यार्थीहरुको अनुपातमा शिक्षक दरबन्दी मिलान गरी गुणस्तर शिक्षा प्रदान गरिने निति यस बर्ष रहेकाे उनले जनाए ।

यसका साथै पर्यटन भित्रियाउन संभावित स्थान जिराभवानी मन्दिर, लाटोमाई, सुगिभार मन्दिर परिसरलाई बिकास गर्ने निति तथा कार्यक्रममा समेटिएकाे छ । साथै संभावित स्थानको मूल्याकंन गरी भ्यू टावरको निर्माण समेत गरिने याेजना रहेकाे छ ।

यसका अलावा पालिका भित्र रहेका मुख्य सडकलाई तीस फिट चौडा बनाईने, सडकको दाया बाया रहेका एलानी जग्गामा बृक्षारोपण गरिने जनाइएकाे छ । अगामी बर्षमा जिल्लाकै ठूलो खेल परसवा गोल्डकप आयोजना गरिने गाउँपालिकाले जनाएकाे छ ।

गाउँपालिका अध्यक्ष अनोज चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष रामशरण ख्वास, महादेव महतो थारु, सुरज राय, दारा सिंह राउत थारु, कार्यपालिका सदस्य सरोज चौरसिया, रुना माझी मुस्हर, बसन्ती देवी, लेखा प्रमुख मुकेश मिश्रा लगायतकाे उपस्थिति रहेको थियाे ।

 

पकहाँमैनपुरको गाउँसभा उदघाटनमै सिमित

0

वीरगंज ११ असार/
पर्साको पकाहा मैनपुर गाउँपालिकाका जनप्रतिनिधिहरु बिच कुरा नमिलेपछि गाउँसभा स्थगित गरिएको छ ।
अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरु बीच कुरा नमिल्दा पकाहा मैनपुर गाउँपालिकाको १० औं गाँउ सभा आ.व. २०८०÷०८१ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुतीकरण कार्यक्रमको उदघाटन मात्र गरि स्थगित गरिएको र चाडै सबै प्रतिनिधिहरु बिच छलफल गरी सभालाई पूर्णता दिने अध्यक्ष  सुरेश मेहताले बताए ।
केही दिन पहिला जनप्रतिनिधिहरु बिच बसेको बैठकले सबै सहमति भए पनि अध्यक्ष मेहताले सभाको दिन २ करोड कृषि, २ करोड पकहाँ स्कूल र साढे ३ करोड मेयर आफैले पहिला नै चलाएकोले सो बजेट छुटयाई बजेट बाँडफाँट गर्नु पर्ने अडान लिएपछि वडाध्यक्ष लगायत अन्य पालिका सदस्यहरुले बिरोध गरेपछि गाउँसभा उदघाटन मै सिमित भएको एक वडाध्यक्षले बताए ।
२÷३ दिन पहिला बसेको बैठकबाट डेढ करोड अध्यक्ष, एक करोड उपाध्यक्ष, ९०÷९० लाख सबै वडाध्यक्ष एवं सदस्यलाई दिने सहमति भए पनि अध्यक्ष मेहताले आफुले पहिले गरेको कार्यको भुत्तानी गर्न अडान लिएपछि कार्यक्रम स्थगित गरी आउदो बुधबार पुनः सभा गर्ने सो वडाध्यक्षले बताए ।
सो सम्बन्धमा अध्यक्ष मेहता सँग सम्पर्क गर्दा निति तथा कार्यक्रम र बजेटमा वडाध्यक्ष एवं सदस्यहरु सँग कुरा नमिलेपछि उदघाटन मात्रै गरिएको बताए ।
अध्यक्ष मेहताको अध्यक्षतामा भएको कार्यक्रममा गाउँसभाको उदघाटन शत्रमा प्रमुख प्रसाशकिय अधिकृत राज कुशवाहा, पुर्व गाबिस अध्यक्ष नसुरलाह मियाँ, वडाअध्यक्षहरु बलिराम चौरसिया, ढेरी प्रसाद यादव, संजय चौहान, मुकुट चौहान, बिनोद मेहता, कार्यपालिका सदस्य नेकमहम्द मियाँ, रामबहादुर सोनार, स्थानिय राजनितिकर्मी लक्ष्मण पटेल, हरी चौहान, राकेश कुशवाहा लगायतको सहभागीता रहेको थियो ।

देवताल गाउँपालिकाको १० औं गाउँ सभा सम्पन्न

0

देवताल गाउँपालिकाको १० गाउँ सभा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष उदय प्रसाद यादवले नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन । गाउँ सभाले आव २०८०/०८१ का लागि ३१ करोड ७ लाख ४३ हजारको बजेट प्रस्तुत गरेको हो ।

गाउँपालिका अध्यक्ष यादवले ले गाउपालिकाको उन्नति र प्रगतिका लागि आफुहरु एक जुट रहेको बताए । यादवले आफुहरु बिच स-साना कमि कमजोरी रहेको छ त्यसलाई मिलेर पहिचान गर्दै समाधान गरेर नमुना गाउँपालिका बनाउने बताए । ईमान्दार भएर गाउँपालिकाको चौतर्फि बिकासका लागि अगाडी बढ्ने बताए । यादवले आउदो आ.व. देखि एक विधालय एक नर्श कार्यक्रमलाई बढाउने बताए ।

गाउँपालिका अध्यक्ष यादवले गाउँपालिकालाई आवश्यक हरेक किसिमको गौरबको योजनालाई प्राथमिकतामा राखेको बताएका छन । यादवले बस्ती स्तरको योजनालाई आफुले पहिलो प्राथमिकता दिएको बताएका छन । यादवले शिक्षा, स्वास्थ्य, खानेपानीमा मुख्य रुपमा ध्यान पुर्याईएको बताए ।
जनतालाई घातक रोग लागेमा आर्थिक सहयोग स्वरुप बढीमा ५० हजार सम्म दिने बताए । प्याथोलोजी ल्याब सन्चालन गराईने, खानेपानीको लागि एक घर एक चापाकल योजना अन्तर्गत सबै घरमा चापाकल दिइनेछ बताए । खेलकुद क्षेत्रको लागि विभिन्न प्रतियोगिता सन्चालन गरिने यादवले बताए । गाउँपालिका अध्यक्ष रोजगार कार्यक्रम अन्तर्गत रोजगारी सृजना गरिनेछ । हरित गाउँपालिका बनाउन सबै तिर बृक्षारोपण गरिने यादवले बताए ।गाउँपालिका अध्यक्ष यादवको अध्यक्षतामा सम्पन्न गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष सितापती यादव,सातै वडाका वडा अध्यक्षहरु क्रमशः अरुण कुमार सिंह, मनरोदिन मिया ठकुराई, रामकिशोर प्रसाद कुश्वाहा, ललन प्रसाद यादव, सुरेश प्रसाद साह, सन्जय पटेल, सतेन्द्र यादव, कार्यपालिका सदस्यहरु कान्ति देबि, ललिता देबि, किशुनदेव ठाकुर, रामपुजन पण्डित, सरस्वती देबि, प्रभा देबि धोबी, गाउ सभा सदस्यहरु, सम्पुर्ण शाखा प्रमुखहरु, सन्चारकर्मी एवम पार्टी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।गाउँपालिकाका प्रमुख प्रशासकिय नवीन कुमार श्रीवास्तवले सुभकामना मन्तव्य राखेको र कार्यक्रम सन्चालन प्रशासन शाखा प्रमुख राजिव यादवले गरेका थिए ।

जगरनाथपुर गाउँपालिकाकाे ९ औं गाउँ सभा सम्पन्न

0

वीरगंज १० असार /

पर्साकाे जगरनाथपुर गाउँपालिकाकाे ९ औं गाउँ सभा आइतबार सम्पन्न भएको छ।

गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवकाे अध्यक्षमा सम्पन्न गाउँ सभामा अगामी आर्थिक बर्ष २०८०/०८१ काे लागि ४१ कराेड ८८ लाख बराबरकाे नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएकाे छ ।

शिक्षा तर्फ २ कराेड ३५ लाख, २० हजार, स्वास्थ्य तर्फ १ कराेड १३ लाख, कृषि तर्फ ८५ लाख ५५हजार खानेपानी तथा चपाकल जडानमा ४६लाख ५० हजार  खेल कुद १२ लाख, सामाजिक समावेशीकरणमा १ लाख, वन तथा विपद व्यवस्थापनमा ४ लाख ७५ हजार,सोलार सौर्य बत्ती बिजुली जडानमा ४ लाख ३० हजार,मठ मन्दिर तथा मस्जिद सास्कृतिक सम्पदानमा १ करोड ४३ लाख, कार्यालय संचालन तथा प्रसासनिक खर्च तथा कर्मचारी को तलब भत्ता ८ करोड ७९ लाख ९ हजार एक सय एक, नेपाल सरकारलको सशर्त चालु १६ करोड २६ लाख,नेपाल सरकारलको पुजिगत खर्च ८६ लाख, नेपाल सरकारको समपुरक अनुदान ५० लाख, नेपाल सरकारको विशेष अनुदान ८० लाख , प्रदेश सरकारको सम्पुरक अनुदान २० लाख, प्रदेश सरकारको विशेष अनुदान ३० लाख गरि जम्मा बजेट ४१ करोड ८८ लाख एक हजार एक सय एक रुपैयाँ को विनियाेजन गरिएकाे छ।

गाउँपालिका अध्यक्ष यादवले अगामी आर्थिक बर्षकाे नीती तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यालयहरुमा विद्यार्थीहरुलाई ल्याउ, टिकाउ र सिकाउ अभियान संचालन गरिने वताए । उनले विद्यालयलाई आपंगता तथा बालमैत्री बनाइने वताए ।
उनले भने “कक्षा १० का विद्यार्थीहरुकाे लागि अतिरिक्त कक्षा संचालन गरिने छ।  एसईईमा उत्कृष्ट अंक ल्याएर उतिर्ण हुने छात्र/छात्राहरुलाई प्राेत्साहनसहित छात्रवृति प्रदान गरिने छ ।”
अध्यक्ष यादवले गाउँपालिकाबाट प्रवाह हुने सेवा मुस्कानसहित प्रदान गरिने वताए ।

उनले संठिमा रहेको माध्यमिक विद्यालयलाई अझ राम्रो बनाउने तर्फ गाउँपालिकाले लागेको बताए। साथै A/C को ब्यवस्था गरि सबै मौसममा कक्षा संचालन गरिने बताए ।  प्रत्येक वडाकाे स्वास्थ्य चाैकीमा एमबिबिएस डाक्टरकाे व्यवस्था गरिने र गाउँपालिकामा १५ बेडकाे अस्पताल संचालनकाे लागि संघ र प्रदेश सरकार संग पहल गरिने वताए । एमबिबिएस मा नाम निकालने बिद्यार्थी हरुको लागि आर्थिक सहयोग सहित सम्मान गरिने बताए ।
उनले जगरनाथपुुर गाउँपालिकालाई समृद्ध र सुखी बनाउने दिर्घकालीन उद्देश्य अनुरुप आर्थिक सामाजिक विकासको मौलिक ढाँचामा गाउँपालिका अगाडि बढि रहेको वताए ।

जगरनाथपुरमा गाउँपालिकाको सन्ठी मा.बि औराहामा ९ औ गाउँ सभा को उदघाटन नेपाली कांग्रेस पर्सा का प्रदेस सभा सदस्य शंकर प्रसाद चौधरी , गा.पा प्रमुख श्रीकान्त यादव ,गा.पा उप प्रमुख बबिता सिंह,गा.पा प्रमुख प्रशासकिय अधिकृत कृष्ण नन्दन राय ले संयुक्त रुपमा दिप प्रज्वलन गरी उदघाटन गरेका थिए ।

गाउँ सभा उद्घाटन सत्र जगरनाथपुर गाउँपालिका का प्रमुख श्रीकान्त यादवको अध्यक्षता तथा नेपाली कांग्रेसका नेता तथा प्रदेश सभा सदस्य शंकर प्रसाद चौधरी विशिष्ट अतिथि नबिन सिंह, सहरुम राउत गदि, महम्द अफताब आलम,नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का क्षेत्रिय सचिव बलिष्टर अहमद, प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन राय, वडाध्यक्षहरु लक्ष्मी साह तेली, नेपाली प्रसाद कुशवाहा, सुभाष कुमार यादव, प्रभुनाथ प्रसाद नुनिया, बिहारी महताे नुनिया, अयाेध्या प्रसाद कुर्मी , कर्मचारी,शिक्षक, बुद्धिजिवीहरुको उपस्थिति रहेकाे थियाे ।हाम्रो नेपाल दैनिक

महागढिमाई नगरपालिकाको ७ औ नगर सभा सम्पन्न

0

बारा, ०८ असाढ /
बारा जिल्लाको महागढिमाई नगरपालिकाको सातौ नगर सभाको उदघाटन भएको छ। महागढिमाई नगरपालिकाको प्राङ्गण बरियारपुरमा एक कार्यक्रमका बिच नगर प्रमुख उपेन्द्र प्रसाद यादवले पानसमा बति बालेर उदघाटन गरेका छन । नगर प्रमुख यादवले आव २०८०/०८१ का लागि नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै आउदो आव का लागी रु ६६ करोड ७४ लाख १९ हजार को बजेट सार्वजनिक गरेका छन ।

नगर प्रमुख यादवले नीति तथा कार्यक्रम कार्यान्वयनमा सहयोग पुर्याउन नेपाल सरकार,प्रदेश सरकार,जनप्रतिनिधि,बिकास साझेदारहरु,निजि छेत्र अन्तरास्ट्रिय दातृ निकाय कर्मचारी,मतदाता,र सम्पुर्ण बुद्दिजिवी एवम प्रबुद्द बर्गमा धन्यवाद दिदै अझ सहयोगको अपिल गरेका छन ।यादवले कृषि तर्फको कार्यक्रम तथा शीत भणडारण निर्माण समेतको लागि २ करोड १० लाख बिनियोजन गरेको बताएका छन । पशु स्वास्थ कार्यक्रम सन्चालन गर्न २० लाख बिनियोजन गरेको यादव ले बताए ।

भवन नक्सा पास लाई बिशेष रुपमा अगाडी बढाउने बताए । लछित कार्यक्रम तर्फ ३५ लाख बिनियोजन गरिएको बताए । युवा तथा खेलकुद बिकासका लागि १० लाख छुट्याईएको छ । नगर प्रमुख यादवले बिपद ब्यवस्थापनको कार्यक्रम गर्न ३५ लाख छुट्याएको बताएका छन । लैङ्िगक समानता तथा समाजिक समावेशिकरण कार्यक्रमका लागि २५ लाख छुट्याईएको छ ।

खानेपानि तथा सरसफाइ कार्यक्रम का लागि २५ लाख, किसानको खेती योग्य जग्गामा सिचाईको ब्यवस्था मिलाउन १ करोड बिनियोजन गरेको यादवले बताका छन ।  मेला जात्राको ब्यवस्थापनको लागि ३५ लाख बिनियोजन गरेको बताए । स्वास्थ तर्फ १ करोड २५ लाख,शिक्षा मा २ करोड ६० लाख बिनियोजन गरेका छन ।

परवानीपुर गाउँपालिकाको १२ औं गाउँ सभा एवं निति तथा कार्यक्रम सम्पन्न

0

बारा,८असार /

बाराको परवानीपुर गाउँपालिकाको १२ औं गाउँ सभा तथा आ.व २०८०÷०८१ को प्रथम गाउँसभा सम्पन्न भएको छ । कृषि अनुसन्धान निर्देशनालय परवानीपुर बाराको सभाहलमा सम्पन्न गाउँ सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष रामक्षत्रि प्रसाद कुर्मिले आफु जनताका कृषि,शिक्षा,स्वास्थ इत्यादि सेवामा सहज प्रदानका लागि अहोरात्र लागेको कुरा सम्पुर्ण जनताहरुमा जगजाहेर रहेको बताएका छन । बिशेष गाउँ सभालाई सम्बोधन गर्दै, अध्यक्ष कुर्मीले आफुले बोल्नु भन्दा बढि काम गर्नुपर्ने र जनताको चाहनालाई प्राथमिकता दिनुपर्ने बिचारलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको बताए ।
अध्यक्ष कुर्मिले बिधिको शासनमा परवानीपुर गाउँपालिका नमुना भएको स्मरण गराउदै सबै समयमा आफुहरुले सभा र बिशेष सभा गराउन सफल भएको बताउदै आफ्नो गाउँपालिकाको उप–प्रमुख सम्पुर्ण वडा अध्यक्ष तथा सदस्य लगायत सबै कर्मचारीलाई समेत धन्यवाद दिए ।
गाउँपालिकाका प्रमुुख प्रशासकीय अधिकृत मुन्ना रौनियारका अनुुसार गाउँ सभाले गाउँपालिकाका लागि आवश्यक ऐन, कानुन पारित गर्न सफल भएको छ ।
यस्ता गाउँपालिकाका लागि आवश्यक ऐन कानुन, नियम, नियमावली, कार्यविधि र निर्देशिका पारित भएको र अब राजपत्रमा प्रकाशन गरेर कार्यान्वयनमा ल्याउने बाटो गाउँपालिकालाई खुलेको समेत उनले बताए । गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको अध्यक्षतामा भएको गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियारले गाउँपालिकाको कार्य प्रगति बारे स्पष्ट पारेका थिए। सभाको प्रमुख अतिथि समेत रहेकी पुर्ब मन्त्री बारा कि सांसद ज्वाला साहले कृषि तथा खानेपानीमा विशेष जोड दिन गाउँपालिकालाई सुझाव समेत दिएकी थिइनँ ।
परवानीपुर गाउँपालिकाले आफ्नो १२ औं गाउँ सभा बाट ३५ करोड ७७ लाख ४४ हजार बजेट पारित गरेको छ । उक्त गाउँ सभामा वडा अध्यक्षहरु, गाउँ सभा सदस्य,विभिन्न पार्टीका नेताकार्यकर्ता,बुद्धिजीवी लगाएत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्रीसंग सांसद चौरसियाको प्रश्न : मुलुकको कूल राजश्व संकलनमा ७० प्रतिशत योगदान गर्ने बिरगंज नेपाल सरकारको बजेटको प्राथमिकतामा किन परेन ?

0

 

वीरगन्ज, ८ असार / पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य (सांसद) अजय चौरसियाले संघीय सरकारले ल्याएको बजेटमा वीरगन्जलाई उपेक्षा गरिएको बताएका छन् ।

प्रतिनिधिसभामा शुक्रबार भएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा सांसद चौरसियाले मुलुकको कूल राजश्व संकलनमा ७० प्रतिशत योगदान गर्ने वीरगन्जलाई बजेटमा उपेक्षा र विभेद गरिएको बताएका हुन् ।चौरसियाले प्रधानमन्त्रीसंग प्रश्न गर्दै भने,‘ बजेटमा वीरुगन्ज प्राथमिकतामा किन परेन ? बजेटामा वीरगन्जको विकासका लागि योजना के छ ? ’

चौरसियाले वीरगन्जको नारायणी रंगशाला , नारायणी अस्पताल , ठाकुरराम बहुमुखी क्याम्पसको स्तरोन्नत्ती र पूर्वाधार विकासका लागि कति कति बजेट विनियोजन गगरिएको छ ? भन्ने प्रश्नपनि प्रधानमन्त्रीसंग गरे । उनले वीरगन्जका लागि मात्र नभइ मधेसमा नै कम बजेट दिएको आरोपपनि लगाए ।

सांसद चौरसियाले गरेको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेस प्रदेशमा कम बजेट विनियोजन भएको भन्ने सत्य नभएको बताए । उनले संघीयताको मर्मअनुरुप वित्तीय हस्तान्तरणमा १५ प्रतिशतभन्दा बढी रकम सोझै मधेशलाई दिइएको स्पष्ट पारे ।प्रधानमन्त्री प्रचण्डले संघीय सरकारकै मातहतमा मधेश प्रदेशमा थुप्रै विकास आयोजनाहरू सञ्चालन भइरहेको बताए ।

उनले भने,‘ संघीय सरकारले पूर्व–पश्चिम राजमार्ग, पथलैया–वीरगञ्ज कोरिडोर, हुलाकी राजमार्ग, बागमती–कमला–चन्द्र नहरलगायत ठूला विकास आयोजनाहरू काम गर्दै आएको छ,आयोजनाहरूको कार्यप्रगति र आवश्यकताका आधारमा बजेट विनियोजन हुने भएकाले त्यहीअनुसार बजेट विनियोजन हुँदै आएको छ ।’

प्रधानमन्त्री प्रचण्डले वीरगन्ज सहरको विकास सरकारको प्राथमिकतामा रहेको र नारायणी अस्पताल, ठाकुरराम बहुमुखी क्याम्पस लगायत त्यहाँको पुर्वाधार विकासमा समेत सरकारले बजेटको प्रबन्ध गरेको बताए ।