दलिय शक्तिलाई सुदृढ गर्न नयाँ गठबन्धनको घोषणा गर्ने तयारी गरिएको दलसम्बद्ध नेताहरुले बताएका छन् । ‘सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चा’ नामक यस गठबंधनमा अशोक राई नेतृत्वको जनता समाजबादी पार्टी सामेल नहुने भएपछि मधेस केन्द्रित ७ दलहरु उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, डा. सीके राउत नेतृत्वको जनमत पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, रेसम लाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र वृशेषचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीको सहभागिता रहने जनाइएको छ ।
मोर्चाको गठन प्रक्रियाको साथै सबै दलहरुको बिचमा सहमति समेत भैसकेको छ भने औपचारिक घोषणा भोलि बिहीबार हुने भएको छ ।
नवगठित मोर्चाको नेतृत्व पालैपालो गर्ने र पहिलो चरणमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई नेतृत्व गर्ने दिइने जनाईएको छ । यस मोर्चाले मधेस आन्दोलनको मर्म बमोजिम अघि बढ्ने र मधेशी जनताको हक अधिकारका लागि ईमानदारि साथ काम गर्ने नेताहरुको दाबी रहेको छ ।












