Home Blog Page 9

शिक्षकहरुलाई वार्ताका लागि सरकार द्वारा पुनः आव्हान, शिक्षा विधेयक उपसमितिले सकायो २७ वटा दफाको दफावार छलफल

0

वीरगञ्ज, चैत २६//

काठमाडौ केन्द्रित आन्दोलनलाई अझै सशक्त बनाउन लागिपरेका शिक्षकहरुलाई सरकारले पुन: वार्तामा आउन आग्रह गरेको छ ।

विद्यालय शिक्षा सम्बन्धी विधेयक प्रतिनिधिसभामा पेश भइसकेको कुरा अवगत गराउदै आन्दोलनरत शिक्षकहरुलाई शिक्षा मन्त्रालयले पुनः वार्ताका लागि बोलाएको हो ।

यस अघि पनि दुई दुई पटक सरकारको तर्फबाट शिक्षकहरुलाई वार्तामा आउन आग्रह गरिए पनि सरकारले विगतका दिनमा शिक्षकहरु सङ्ग पटक पटक गरेका सम्झौता कार्यान्वयनमा इमान्दार नदेखिएकोले सरकार माथि विश्वास गर्न नसकिने भन्दै वार्तामा आफूहरु नजाने तथा विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोकिने नेपाल शिक्षक महासङ्घको एकसुत्रीय अडान रहेको छ ।

 

यता विद्यालय शिक्षा विधेयकको २७ वटा दफामा दफावार छलफल सकिएको छ। प्रतिनिधि सभाको शिक्षा, स्वस्थ्य तथा प्रविधि समितिको उपसमितिले २७ वटा दफामा छलफल सकिएको जनाएको छ ।

छलफललाई ३५ दिनभित्र सकाउने गरि कार्य भैरहेको उपसमितिले जनाएको छ ।

उपसमितिले सहमति जुटाएका विषय भने सार्वजनिक गरेको छैन।  प्रतिवेदन तयार पारेर फुल समितिमा पेस गरेपछि सार्वजनिक गर्नेगरी उपसमितिले काम गरेको छ ।

२०८० भदौ २७ मा संसदमा दर्ता भएको विधेयकमा रहेको १६३ वटा दफामा १७५८ बूँदा संसोधन परेको छ ।

 

मिश्र सहित २० जनालाई १५ दिन अझै हिरासतमा राख्न अदालतको आदेश

0

वीरगञ्ज, चैत २६//

सङ्गठित अपराध तथा राज्य विरुद्धको कसुर मुद्धामा अनुसन्धानका लागि पक्राउ परेका राप्रपा उपाध्यक्ष रविन्द्र मिश्र सहित २० जनालाई अदालतले थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमती दिएको छ ।

जिल्ला अदालत काठमाडौका न्यायाधीश विष्णु उपाध्यायले आज मङ्गलवार उनिहरुलाई थप १५ दिन थुनामा राख्ने अनुमती दिएका हुन ।

उनीहरू सबैलाई अहिले भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ । मिश्र सहित बिसैजनालाई यस अघि पनि ५ दिन र ६ दिन गरि दुई पटक म्याद थपिएको थियो

भारतीय दूतावास द्वारा योगजनचेतना कार्यक्रम सम्पन्न

0

वीरगञ्ज, चैत २५//

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतिय राजदूतावास काठमाडौ र पशुपति क्षेत्र विकास कोषको संयुक्त आयोजनामा योग जनचेतना कार्यक्रम आज सोमबार सम्पन्न भएको छ ।

मानविय कल्याणका लागि आवश्यक योगको माध्यम बाट जनचेतना दिई सुखद जिवन यापनका लागि सहयोग गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको बुझिएको छ ।

यता वीरगञ्ज स्थित भारतिय महावाणिज्यदूतावासको प्राङ्गणमा समेत प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय वीरगञ्जको सहकार्यमा जनचेतना लक्षित विशेष योग कार्यक्रम स्म्पन्न भएको छ । महावाणिज्यदूत देवि शरण मिणाको सभापतित्वमा सम्पन्न कार्यक्रममा योग प्रशिक्षक एस. ए. बल्बिन्दर सिंहले सहजीकरण गर्नुभएको थियो भने कार्यक्रममा उद्योगी, व्यवसायी, पत्रकार, समाजसेवी लगायतकाहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

तिनकुने घट्नाबारे अनुसन्धानका लागि एनि कुवर हिरासतमा

0
वीरगञ्ज, चैत २५//
राजावादी समूह द्वारा काठमाडौको तिनकुनेमा भएको प्रदर्शनमा भएको अपरधिक घट्ना बारे अनुसन्धान गर्न प्रहरीले एनि कुँवरलाई पक्राउ गरेको छ ।
कुवर पत्रकार सुरेश रजक मृत भेटिएको भवनबाट तल झर्दै गरेको भिडियो सामाजिक सञ्जालमा देखिएको थियो । भने पत्रकार रजकको मृत्यु भएकै केहिवेरमा उनी झर्दै गरेको देखिएकोले सो घट्नावारे अनुसन्धान गर्न उनलाई पक्राउ गरेको बुझिएको छ ।

चैत  १५ गते दुर्गा प्रसाईंको नेतृत्वमा राजावादी द्वारा गरिएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो, प्रहरीको गोलि लागेर २० जना घाईते भएका थिए  ।

नेपाल शिक्षक महासङ्घ द्वारा शैक्षिक आमहडतालको घोषणा, विश्व शिक्षक महासङ्घ द्वारा ऐक्यबद्धता

0
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

वीरगञ्ज, चैत २४//

नेपाल शिक्षक महासङ्घले भोलि चैत २५ गतेदेखी शैक्षिक आमहडतालको घोषणा गरेको छ ।

महासङ्घले विज्ञप्ति मार्फत शैक्षिक आमहडताल घोषणा गर्दै भोलि सोमबारदेखि सम्पूर्ण शैक्षिक संस्था पूर्ण रूपमा बन्द गर्न, परीक्षा नलिन, लिइएको परीक्षाको नतिजा सार्वजनिक नगर्न, एस ई ई को कापी चेक नगर्न, नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान सञ्चालन नगर्न, कुनै किसिम शैक्षिक तालिम, सेमिनार, गोष्ठी वा अन्य कुनै शैक्षिक कार्यक्रममा सहभागी नहुन स्पष्ट निर्देशन दिएको छ ।

यता नेपाली शिक्षकहरुको आन्दोलन प्रती विश्व शिक्षक महासङ्घले पनि ऐक्यबद्धता जनाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै नेपाली शिक्षकहरुको आन्दोलनप्रती आफ्नो पनि समर्थन रहेको बताउदै विश्व शिक्षक महासङ्घले ऐक्यबद्धता जाहेर गरेको हो ।

गत माघ २० गते देखि आन्दोलित नेपाली शिक्षकहरुले चरणबद्ध रूपमा आन्दोलनलाई निरन्तरता दिदै आएको तर नेपाल सरकार यश विषयमा गम्भीर नभएको भन्दै आन्दोलनलाई क्रमश: सशक्त पार्दै जाने शिक्षकहरूले बताएका छन् ।आन्दोलका क्रममा राजधानी केन्द्रित प्रदर्शनकारीको पाचौं दिन आज शिक्षकहरुले सिट्टी जूलूस प्रदर्शन गरेका छन् । सरकारले वेवास्ता गरे सङ्गै शिक्षक आन्दोलन दिनदिनै ससक्त हुँदै गएको देखिएको छ ।

हुन त सरकारले शिक्षकहरूलाई वार्तामा आउन आव्हान पनि नगरेको होईन तर वार्ता गरेर सहमति कार्यान्वयन नगर्ने सरकारको विगतदेखीको रवैयाले सरकार प्रतिको विश्वास गुमेको र शिक्षकहरुको एकमात्र अडान विगतमा भएका सम्झौताहरुको पूर्णरूपमा कार्यान्वयन सहितको विद्यालय शिक्षा ऐन जारि गर्नुपर्ने रहेको शिक्षक महासङ्घका राष्ट्रिय अध्यक्ष लक्ष्मिकिसोर सुवेदिले बताएका छन् ।

गहवामाई मन्दिरमा महाआरती, हजारौं भक्तजनको सहभागिता

0
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

वीरगञ्ज, चैत २४// 

चैते दशै अन्तर्गत आज आइतबार नवमीको अवसरमा वीरगञ्ज स्थित प्रसिद्ध गहवामाई मन्दिरको महाआरतिमा हजारौ भक्तजन सहभागी भएका छन् ।

आज बेलुकी ६:३० बजे देखि सुरु हुन भनिएको आरतिमा सहभागी हुनकालागी ६:०० बज्नु अघिदेखी नै भक्तजनको आगमन हुनथालेको देखिएको छ । आजको महाआरतिमा सहभागिता जनाउनका लागि वीरगञ्ज लगायत आसपासका क्षेत्रबाट हजारौंको संख्यामा श्रद्धालुहरु जुटेका छन ।

चैते दशैको अवसरमा हुने रथयात्रालाई मध्यनजर गर्दै महिनौ दिन सजाईएको मन्दिरको दृश्य अत्यन्तै मनमोहक देखिएको छ । असोजमा मनाइने बडादशै जस्तै चैते दशैको पनि ठूलो महत्व रहेको र परम्परा देखि नै चैते दशैमा भगवती दुर्गाको पूजा तथा अनुष्ठान गर्नाले मनोकामना पूर्ण हुने र यश, किर्ती बढ्ने जनविश्वास रहेको छ ।

चैते दशै अन्तर्गत नव दिनदम्म निराहार रहि नवरात्री व्रत वसेका भक्तजनहरुले आजको यस आरती पश्चात् भोलि देखि मात्रै नियमित रुप अन्नग्रहण गर्ने प्रचलन रहेकोले पनि यश आरतिलाई अझै महत्वका साथ देखिएको छ ।

श्रीराम नवमी घर घर पूजापाठ गरि मनाईदै

0
वीरगञ्ज, चैत २४//
आज चैत शुक्ल नवमी अर्थात श्रीराम नवमी, आज हिन्दु धर्मावलम्बीहरु घर घरमा मर्यादा पुरुषोत्तम भगवान श्री रामको पूजा आराधना गरि मनाईदै छ ।
त्रेता युगमा आज कै दिन अर्थात चैत शुक्ल नवमिका दिन अयोध्याका राजा दशरथ र महारानी कौशल्याको पुत्रको रुपमा श्रीराम को जन्म भएको मान्यता रहेको छ ।
भगवान विष्णुको सातौं अवतार मानिने भगवान रामले पृथ्वीमा भएको अन्याय तथा अत्याचारको समुल विनास गरि पवित्र आत्मा र मानवसमाजको कल्याण गरेका थिए । भने समग्र मानव जातीलाई मर्यादाको पाठ पढाई मर्यादित मार्ग अपनाउन हौसला प्रदान गरेका थिए ।
आजको श्रीरामको पूजापाठ गर्नाले भगवान रामको कृपा आफूमाथी हुने तथा ईच्छाएको कामना पूरा हुने र यस, कृति बढ्ने जनविश्वास रहेको छ ।
त्यस्तै चैते दशै अन्तर्गत आज नवमीको दिन विभिन्न शक्तिपिठहरुमा समेत भक्तजनको व्यापक भिड देखिएको छ ।
वीरगञ्जको प्रसिद्ध गहवामाई मन्दिरमा आज विहानै देखि श्रद्धालुहरु खोइच भर्नुका साथै विधिवत पूजापाठ गरेका छन् भने चैते दशैको अवसरमा हिजो अष्टमिको दिन बाजा,गाजा र झाकी सहित भक्तजनहरुको व्यापक सहभागितामा गहवा माताको विशाल डोला सहितको रथयात्रा निकालीएको थियो ।

आईपिएलमा राजस्थान को लगातार दोश्रो जित

0

वीरगञ्ज, चैत २४//

ईन्डियन प्रीमियर लिग (आई पि एल ) मा राजस्थान रोयल्सले लगातार दोश्रो जित हात पारेको छ ।

हिजो शनिबार राती भएको खेलमा पञ्जाब किङ्ग्सलाई ५० रनले हराउँदै रोयल्सले दोस्रो जित दर्ज गरेको हो ।

राजस्थानले दिएको २०६ रनको जवाफी ब्याटिङमा पञ्जाबले २० ओभरमा ९ विकेट गुमाएर १५५ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि नेहाल वधेराले सर्वाधिक ६२ रन,  ग्लेन म्याक्सवेलले ३० रन र प्रभसिमरन सिंहले १७ रन बनाएका थिए ।भने  राजस्थानका जोफ्रा आर्चरले ३, महीश थिक्साना र सन्दीप शर्माले २-२ विकेट लिँदा कार्तिकेया सिंह र वानिन्दु हसरंगाले १-१ विकेट लिए ।

भारतिय एम्बुलेन्सबाट ठूलो परिमाणमा लागूऔषध बरामद

0
वीरगञ्ज, चैत २३//

भारतिय एम्बुलेन्सबाट ठूलो परिमाणमा अवैध लागू औषध ललितपुर प्रहरीले बरामद गरेको छ ।

कान्तिलोक पथ स्थित भट्टेडाडा प्रहरी चौकीको चेकपोस्टमा चेकजाँच गर्ने क्रममा  प्रहरीले आज शनिबार विहान करिब २ बजे ठूलो परिमाणमा अवैध लागू औषध ट्रामाडोल क्याप्सुल बरामद गरेको हो ।

लागू औषध क्याप्सुल जम्मा ९ हजार ४ सय ८ पत्ता, क्याप्सुल थान ९४ हजार ८० तथा बिआर ०५ पिए ०४२१ नम्बर भएको भारतीय एम्बुलेन्स एक थान र ३ थान मोबाईल समेत बरामद गरेको पत्रकार सम्मेलन गरि  प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए ।

 

चैती छठ्को अवसरमा वीरगञ्जमा चहलपहल बढ्यो

0

वीरगञ्ज, चैत २०//

चैती छठको अवसरमा वीरगञ्ज बजारमा किनमेल गर्ने श्रद्धालुहरुको चहलपहल बढेको छ ।

वर्षको दुई पटक मनाईने सूर्य उपासनाको व्रत छठ पर्व प्रत्येक वर्षको कार्तिक शुक्ल षष्ठी र चैत शुक्ल षष्ठीको का दिन मनाईने गरिन्छ ।

हिजो नहा खाय को दिन देखि ४ दिन सम्म चल्ने यस वर्षको चैती छठ अन्तर्गत आज दोश्रो दिनलाई भोजपुरिया समुदायमा रसियाव रोटि भन्ने गरिन्छ । आजको दिन व्रतालुहरु दिनभरी उपवास वसि बेलुकी घर आङ्गन लिपपोत गरि आफू पनि चोखो भै खिर र रोटि तथा कतिपयले रसियाव र रोटि बनाई विधि पूर्वक पूजापाठ गरि घरका सबै सदस्यहरुले प्रसाद ग्रहण गर्ने चलन रहेको छ ।

भोलि चैत शुक्ल षष्ठिका दिन दिनभरी निर्जल उपवास बसेका व्रतालुहरु बेलुकी आ आफ्नो पायक पर्ने ताल, पोखरी, नदि वा जलाशयको किनारमा स्थापित प्रतिमालाई विधिवत पुजापाठ गरि अस्ताउदो सूर्यलाई अर्घ दिईने परम्परा रहेको छ । भने चैत शुक्ल सप्तमीको दिन व्रतको चौथोदिन ३ दिन अघि देखि अन्न जल ग्रहण नगरिकन उपवास बसेका व्रतालुहरु विहान सवेरै स्नान गरि चोखो भै मिठाई र प्रसाद सङ्गै नजिकैको जलाशय किनारमा स्थापित प्रतिमाको विधिवत पूजा आराधना गरि उदाउँदो सूर्यलाई अर्घ दिई व्रत समापन हुने गर्दछ ।