Home Blog Page 11

जिएस स्कूलको शाखा अब वीरगञ्जमा पनि

0

सँजय गुप्ता ,बीरगँज// फागुन १४//

बीरगँजमा आज बुधबार  एक प्राबिधिक बिधालय को उद्धघाटन भएको छ। काठमान्डौ को शम्भुमार्ग मा सँचालित रहेको जि.एस.टेक्निकल स्कुल प्रा.लि. काे शाखाको रुपमा पर्सा जिल्ला काे सदरमुकाम वीरगँज महानगरपालिका काे वडा न.१० आर्दशनगर मा आज एक कार्यक्रममा प्रमुख अतिथि तथा नेपाली काँग्रेस पर्सा का उपसभापति अशोककुमार गुप्ताले रिबन काटी उद्धघाटन गर्नु भएको छ ।

 

उद्घघाटन पश्चात् आपनो मन्तब्य राख्दै उपसभापति गुप्ताले आजकाे समयमा किताबी ज्ञान भएर मात्र नभई टेक्निकल र टेक्नोलोजी काे युग भएकाेले पर्सेली युवाहरू लाई दक्ष जन शक्ति निर्माण मा जि.एस.टेक्निकल स्कुल प्रा.ली. ले महत्वपुर्ण भुमिका राख्नेछ ।

भने आफू बिश्वत रहेकाे बताए।उक्त कार्यक्रममा बिशिस्ट अतिथि नेपाल बिधार्थी सँघ पर्सा का सचिव सुधाँशु चौरसियाअतिथिहरूमा लक्षुमण मण्डल, असरफ शदिक, ब्यवस्थापक- नजबुल्लाह अँसारी,बाजार ब्यवस्थापक-श्याम बाबू प्रसाद निर्देशक-एम.डी.जुनैद अँसारी लगाएत काे उपस्थिति रहेकाे थियो।यश बिधालय का सँस्थापक चँख राई ले मात्र सँघिय राजधानी केन्द्रित भएर दक्ष जनशक्ति उतपादन गरी नहुने भएकाेले राजधानी बाहिर समेत यसकाे आवश्यकता रहेकाे आफुले महसुस गरेकाे हुना ले अब बिस्तारै आपनो शाखाहरू बिस्तार गर्दै जाने कुरा राखे।

आज महाशिवरात्री पर्व धुमधामका साथ मनाईदै

0

वीरगञ्ज, फागुन १४// 

आज फागुन कृष्ण त्रयोदशि देशैभरी धुमधामका साथ महाशिवरात्री पर्व मनाईदै छ ।

हिन्दु धर्मावलम्बीहरुको विभिन्न चाडहरुमध्येको एक महाशिवरात्री पर्वको अवसरमा आज देशभरिकै शिवालयहरुमा भक्तजनको व्यापक घूइचो देखिएको छ ।

आज राजधानि स्थित पशुपतिनाथ मन्दिरमा नेपाल र भारत लगायत अन्य मूलूकबाट समेत हजारौंको संख्यामा भक्तजनको भिड लागेको छ ।

महाशिवरात्रीको अवसरमा आज वीरगञ्ज स्थित अलखिया मठ, पशुपतिनाथ मन्दिर, माइस्थान, अजगैबी महादेव, जिविसको मन्दिर, बिन्दवासनी मन्दिर त्यस्तै ग्रामीण क्षेत्रमा रहेको महुवनको पारस नाथ मन्दिर, भाठा मन्दिर, पोखरियाको पोखरेश्वर मन्दिर, जिराभवानी मन्दिर लगायतका मन्दिरहरुमा आज बिहानै देखि श्रद्धालुहरुको ठूलो भिड देखिएको छ ।

इण्डो अस्पताल वीरगञ्जलाई बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

0
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

वीरगञ्ज, फागुन ७//

मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिङ्हले वीरगञ्ज स्थित इण्डो अस्पताललाई बन्द गर्न निर्देशन दिएका छन् ।

अनुगमनका क्रममा अस्पताल सञ्चालनका लागि कानुनी रूपमा स्वीकृति प्राप्त भएको नदेखिएको भन्दै सो अस्पताललाई बन्द गर्न पत्र पठाएका छ्न ।

हाल अस्पतालमा भर्ना रहेका बिरामीको उचित उपचारका लागि अन्यत्र अस्पतालमा रेफर गरि नया विरामी भर्ना नगर्न समेत पत्रमा उल्लेख गरिएको छ ।

प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरि देशैभरी मनाईदै

0

वीरगञ्ज, फागुन-७//

आज फागुन ७ गते, अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस, आज राष्ट्रिय प्रजातन्त्र दिवस देशैभरी विभिन्न कार्यक्रम गरि मनाईदै छ ।

प्रजातन्त्र दिवसको अवसरमा सङ्घिय  राजधानी सङ्गै विभिन्न जिल्ला तथा गाउँपालिका स्तरिय कार्यक्रम गरि देशैभरी प्रजातन्त्र दिवस मनाईदै छ ।

प्रजातन्त्र दिवसका अवसरमा आज पर्साको वीरगञ्जमा पनि वृहत् सरसफाई कार्यक्रम सप्पन्न भएको छ ।

वीरगञ्ज महानगरपालिका, जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, सशस्त्र प्रहरी बल गण न.१३ हेड्क्वार्टर, सामुदायिक प्रहरी आदर्श नगर्व्र ग्रीन सिटि को संयुक्त आयओजनामा कार्यक्रम सम्पन्न भएको हो । वीरगञ्ज घणटघर बाट सुरु गरिएको सरसफाई कार्यक्रम लिङ्करोड हुँदै नयाँ बसपार्क पुगि सम्पन्न भएको छ ।

साढे ११ किलो चरेस सहित कर्ण पक्राउ

0
वीरगञ्ज, फागुन २//
पर्सा प्रहरीले साढे ११ किलोग्राम चरेस सहित एकजनालाई आज शुक्रबार पक्राउ गरेको छ ।
वीरगञ्ज-१६ इनर्वा स्थित बाइपास रोड्मा अस्थाई प्रहरी पोष्ट इनर्वाको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा सो परिमाणको लागू औषध चरेस सहित एकजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सर्लाही जिल्लाको विष्णु गाउँपालिका-४ मधुवन गोठका सुधीर कर्ण रहेका छ्न ।
कर्णले प्लास्टिकको रातो ग्यालेन भित्र स साना पोकामा चरेस राखी माथिबाट खाने घ्यूले छोपेर लगिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका कर्णमाथी लागू औषध सम्बन्धी कसुरमा अनुसन्धान भैरहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रेस चौतारी पर्साको अध्यक्षमा निरञ्जन मिश्र

0

वीरगञ्ज, माघ २६//

प्रेस चौतारी नेपाल पर्सा जिल्ला कार्य समितिको अध्यक्षमा निरञ्जन मिश्र निर्वाचित भएका छ्न ।

नयाँ नेतृत्वका लागि आज शनिवार भएको निर्वाचनको मतगणनामा अध्यक्ष पदका २ जना उम्मेदवार तुलसी भण्डारी (विजय) र निरञ्जन मिश्रले बराबर मत ४६/४६ पाए पछि आधा आधा कार्यकालका लागि भएको गोला प्रथाबाट पहिलो कार्यकालका लागि निरञ्जन मिश्र निर्वाचित भएका हुन ।

यस सङ्गै निर्वाचनबाट उपाध्यक्ष खुल्लामा राजेन्द्र सिङ्ह, उपाध्यक्ष महिलामा लक्ष्मी खरेल, सचिवमा कृष्ण कुश्वाहा, कोषाध्यक्षमा सन्तोष पटेल लगायतका निर्बाचित भएका छ्न । निर्वाचनमा प्रेस चौतारी सङ्ग आबद्ध ११० मध्ये ९५ मत खसेको थियो ।

भारत र नेपालमा अपराधीक घट्नामा सकृय गिरोह सिरहा प्रहरी द्वारा पक्राउ

0

श्रमजीवी पत्रकार सङ्घ बाराको अध्यक्षमा मिश्र

0

वीरगञ्ज, माघ १८//

श्रमजीवी पत्रकार संघको जिल्ला समिति बारामा पनि गठन भएको छ।

कलैयामा आज शुक्रबार  सम्पन्न पत्रकारहरुको एक भेलाबाट  शिवशंकर मिश्रको अध्यक्षतामा १३ सदस्यीय बारा जिल्ला समिति गठन भएको हो ।

नवगठित समितिको उपाध्यक्षमा नरेश गुप्ता,महिला उपाध्यक्ष प्रियंका सरार्फ, सचिव चन्देश्वरचौरसिया(राजु), सहसचिव श्याम पासवान र महेन्द्र सहनी, कोषाध्यक्ष विशाल सरार्फ एवम्  सदस्यमा शर्मा बैठा, अजय यादव वियोगी, अनिल वर्मा,विनीता चौधरी,कृष्ण कुश्वाहा, श्याम ठाकुर र रन्जन कुमार चयन भएका छन ।

नेपाल पत्रकार महासंघका मधेस प्रदेश सदस्य संजीव मिश्रको प्रमुख आतिथ्यता र नेपाल प्रेस युनियनका प्रदेश अध्यक्ष सत्य प्रकाश श्रेष्ठको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा बाराका श्रमजीवी पत्रकारहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

महाकुम्भको भागदौड्मा मर्नेको संख्या ३०, कडा सुरक्षाका साथ स्नान जारी

0
यस वर्षको महाकुम्भमा ४० देखि ५० करोडको हाराहारीमा भक्तजनहरुको आगमन हुने अनुमान गरिएको छ भने करिब १०० करोड श्रद्धालुहरुको लागि सम्पूर्ण तयारी गरिएको बुझिएको छ ।