Home Blog Page 12

शिक्षक महासङ्घ पर्सा द्वारा जानकी मातालाई ज्ञापन, बहुदरमाईका जनप्रतिनिधिलाई सदबुद्धि दिन आग्रह

0
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

सन्जय गुप्ता// वीरगञ्ज, माघ १३//

नेपाल शिक्षक महासङ्घ पर्साले आज आइतबार जनकपुर स्थित माता जानकीलाई ज्ञापन पत्र बुझाएको छ ।

पर्साको बहुदरमाई नगरपालिका स्थित सम्पूर्ण विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको विगत ८ महिना देखिको तलब भत्ता र विधालय सञ्चालन खर्च समेत नदिई सिङ्गो शैक्षिक जगतलाई तहस नहस गरेकोमा पिडित शिक्षकहरूको तलब भत्ता निकासा लगायतका सम्पूर्ण कार्यहरु सूचारु गर्न जानकी माताले बहुदरमाईका जन प्रतिनिधिहरुलाई सदबुद्धि दिउन भनी कामना सहितको ज्ञापन पत्र मन्दिर परिसरमै पुगि शिक्षक महासङ्घ पर्साको टोलिले बुझाएको छ ।

महासङ्घ पर्साका अध्यक्ष तीर्थराज यादवको नेतृत्वमा गएको शिक्षकहरुको समूह  ज्ञापन पत्र बुझाएपछि कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले बहुदरमाईको यो समस्या सरोकारवाला सम्पूर्ण निकायलाई अवगत गराउदा समेत कुनै प्रभाव नपरेको निरासाजनक अनुभुतिका साथ माताले वहाँ हरुलाई सदबुद्धी दिनुहुनेछ भने विश्वासका साथ माता जानकी समक्ष ज्ञापन पत्र लिएर आएको बताउनुभयो ।

कार्यक्रममा महासङ्घ पर्साका पदाधिकारीहरु लगायत पर्सेली शिक्षकहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

गोरखाका पेन्सन बन्चित शिक्षकहरु द्वारा शिक्षामन्त्री लाई ज्ञापन, ऐन ल्याउन कसम खाएको मन्त्री भट्टराईको उदघोष

0

वीरगञ्ज, माघ ११//

गोरखाका पेन्सन बन्चित शिक्षकहरुले आज शुक्रबार शिक्षामन्त्री बिध्या भट्टराईलाई ज्ञापन पत्र बुझाएका छन् ।

एक औपचारिक कार्यक्रम पशपश्चात गोर्खा बजार स्थित होटल गोर्खा प्यलेसको सभाहलमा आयोजित एक समारोहका बिच पेन्सन बन्चित शिक्षक संघर्ष समिती गोरखाको नेतृत्वमा गएका शिक्षकहरुले ज्ञापन पत्र बुझाएका हुन ।

ज्ञापन पत्र पछिको छलफलमा शिक्षकहरुले राखेको मागका सम्बन्धमा शारणा राख्दै शिक्षामन्त्री भट्टराईले विधालय शिक्षा ऐन ल्याउन आफूले कसम नै खाएको तथा कुनै कारणले ऐन ल्याउन नदिइए आफू पनि सडकमा आन्दोलन गर्ने उदघोष गर्नुभयो ।

मन्त्री भट्टराईले शिक्षकलाई झोले भनी हेप्ने गरेका नेताहरुलाई इङ्गित गर्दै शिक्षकहरुलाई झोले यी राजनितीक दल र तिनका नेताहरुले बनाएको सत्यतालाई समेत उजागर गर्नुभयो ।

वहाँले निवृतिभरण ऐनमा सन्सोधन गरि राखिएको शिक्षक शब्दको सम्बन्धमा मन्त्रालयमा छलफल गरि सो नियम बमोजिम योगदानमा अधारित निबृतिभरण लाई २०८१ साल देखि लागू गर्ने भनेर व्यवस्था मिलाउनका लागि हिजो नै अर्थ मन्त्रालयलाई पत्राचार समेत गरि सकिएको बताउनुभयो ।

कार्यक्रममा गोर्खाका पेन्सन बन्चित शिक्षक लगायत सर्वसाधारण, बुधिजिवी, पार्टिका कार्यकर्ता तथा सरोकारवालाहरुको समेत सहभागिता रहेको थियो ।

महिला हिंसा सम्बन्धि ६ दिने चेतनामूलक कार्यक्रम पर्साको बिन्दवासिनिमा सुरु

0

संजय गुप्ता// वीरगञ्ज, माघ ८//

महिला हिंसा सम्बन्धि चेतनामूलक कार्यक्रम आज देखि पर्साको विन्दवासिनिमा सुरु भएको छ ।

विन्दवासिनी गाउँपालिका वडा नम्बर ४ मा वडाध्यक्ष अनोज चौरसियाको अध्यक्षतामा आज एक समारोहका बिच कार्यक्रमको उदघाट्न पालिकाका सामाजिक विकास अधिकृत  नरेश चौहानले गर्नुभयो ।

६ दिनसम्म चल्ने यस कार्यक्रमले महिला माथी हुने हिंसाका घट्नाहरुमा न्यूनिकरण हुने विश्वावास लिइएको छ ।

कार्यक्रममा वडा सचीव रामाधार चौरसिया, वडा सदस्यहरु हरेन्द्र चौरसिया, मुकेस साह, सुरसती देवि तत्विन, नेपाली काङ्ग्रेसका बुथ सभापति रामबेलास चौरसिया लगायतकाले मन्तव्य राखेका छ्न ।

शिक्षकहरुको पेन्सन सम्बन्धि नयाँ व्यवस्था ८१ देखि लागू हुने शिक्षामन्त्रीको स्पष्टोक्ति

0

वीरगञ्ज, माघ ७//

शिक्षामन्त्री विद्या भट्टराईले शिक्षकहरुको निवृतिभरण सम्बन्धि निवृतिभरण कोष ऐन २०७५ अनुसारको व्यवस्था २०८१ साल पौष २९ गते देखि मात्र लागू गर्ने स्पष्टोक्ती दिनुभएको छ ।

आज बसेको मन्त्री परिषदको बैठकमा समेत यो कुरालाई आफूले प्रस्तुत गरेको बताउदै मन्त्री भट्टराईले ऐन मा शिक्षक शब्द थपिए पश्चात् शिक्षकहरु अन्यौलतामा परेकोले उक्त अन्यौलता हटाएर आफूले प्रष्ट पारेको बताइन ।

मन्त्री भाट्टराईले सरकारले अध्यादेश मार्फत थप गरेको उक्त दफा ऐन बनेपछी मात्र लागू हुने सिद्धान्त अनुरुप नै कार्यान्वयन हुने समेत प्रष्ट पार्दै समाजिक सञ्जालमा समेत सार्वजनिक गरेको देखिएको छ ।

बहुदरमाईका विद्यालयहरुको साचो सिडिओ लाई बुझाइयो

0

मनोज गुप्ता//वीरगञ्ज, माघ ६//

पर्साको बहुदरमाई नगरपालिका स्थित सम्पूर्ण विद्यालयहरुको साचो प्रमुख जिल्ला अधिकारिलाई बुझाइएको छ ।

नगरपालिकाका मेयर सिङगासन साह र प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तुफाको आपसी द्वन्दका कारण उत्पन्न समस्याले बिगत ७ महिना देखि तलब नपाएका शिक्षक हरु आज विरोध प्रदर्शन समेत गरेका छ्न ।

शिक्षकहरुको पेशागत सङ्गठन नेपाल शिक्षक महासङ्घ पर्साको कार्यालय बाट निस्केको शिक्षकहरुको र्याली जिल्ला प्रशासन कार्यालय पर्सामा पुगि महासङ्घ पर्साका अध्यक्ष तीर्थराज यादव मार्फत नगरपालिका स्थित सम्पूर्ण विद्यालयहरुमा ताला लगाई ल्याइएको साचो प्रमुख जिल्ला अधिकारिलाई हस्तान्तरण गरिएको हो ।

साचो हस्तान्तरण पश्चात्न नगर परिक्रमा गरेको शिक्षकहरुको र्यालि घण्टाघरमा कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै शिक्षक नेताहरूले समस्या समाधान नभए सम्म विद्यालय नखोल्ने अडान राखेका छ्न ।भने नगरपालिकाको गतिविधि प्रती असन्तुष्टि व्यक्त गरेका छ्न ।

कास्कीका ३५ जना शिक्षक द्वारा सामुहिक राजीनामा

0

वीरगञ्ज, माघ ४// 

कास्कीका ३५ जना स्थाई शिक्षकहरुले सामूहिक राजीनामा दिएका छन् ।

नेपाल सरकारले ल्याएको निवृतिभरण सम्बन्धि अध्यादेशको विरोध स्वरुप कास्की जिल्लामा कार्यरत पेन्सन बाट बन्चित गर्न खोजिएको शिक्षकहरु मध्येका ३५ जनाले आज शिक्षा विकास तथा समन्वय ईकाई कास्किमा सामूहिक राजिनामा गरेका हुन ।

अध्यादेशले २०७५ साल पछि नियुक्ति पाएका स्थाई शिक्षकहरुलाई योगदनमा अधारित पेन्सनको व्यवस्था गर्ने भन्दै सरकारी पेन्सनबाट बन्चित गर्न खोजेकोमा नेपाल शिक्षक महसङ्घ लगायत सम्पूर्ण शिक्षक पेशागत सङ्ठनहरुले विरोध जनाएका छ्न ।

अध्यादेश भूतप्रभावी भएको तथा शिक्षक महासङ्घ संग बिगतमा भएको सम्झौताको मर्म विपरीत भएको भन्दै सरकारको यो अध्यादेश आफूहरुलाई मान्य नरहेको भन्दै सच्याउनका लागि महासङ्घ लगायत सबै सङठनहरुले विज्ञप्ति मार्फत माग गरेका छन् ।

साथै सो अध्यादेश लाई तत्काल नसच्याए ससक्त आन्दोलनको चेतावनी समेत दिएका छन् ।

 

साढे १९ किलोग्राम चरेस पर्सा प्रहरी द्वारा बरामद

0

संजय गुप्ता // वीरगञ्ज, माघ २//

पर्सा प्रहरीले आज बुधबार वीरगञ्जबाट साढे १९ किलोग्राम अवैध लागू औषध चरेस बरामद गरेको छ ।

१३ वटा प्याकेटमा प्याक गरि बोरामा राखेर लुकाई छिपाई मोटरसाइकलमा लिएर गैरहेको तस्करले वडा प्रहरी कार्यालय विर्ताबाट गस्तीमा गएको प्रहरी टोलिलाई देखेपछि वीरगञ्ज-१६, गणेश टोलमा चरेस राखिएको बोरा फाली फरार भएपछी सो परिमाणको चरेस बरामद भएको हो ।

तस्कर मोटरसाइकल सहित भाग्न सफल भएका छन् भने तस्करको खोजी कार्य भैरहेको पर्सा प्रहरीले जनाएको छ ।

माघे संक्रान्ति आज देशैभरी मनाइयो

0

वीरगञ्ज, माघ१//

माघे संक्रान्ति पर्व आज देशैभरि धुमधामका साथ मनाइएको छ। मकर संक्रान्तिको दिन थारु समुदायहरूको नौ वर्ष सुरु हुने भएकोले थारु समुदायका व्यक्तिहरूले मागे संक्रान्ति अर्थात् माघी पर्व आज देशैभरि अत्यन्तै धुमधामका साथ मनाएका छन् ।

माघे संक्रान्ति पर्व अर्थात् माघी आज बीरगंजमा पनि धुमधामका साथ मनाइएको छ। थारु कल्याणकारी सभाको आयोजनामा आज बीरगञ्जमा बिहानै नगर परिक्रमा गरेका थारु समुदायका व्यक्तिहरूले वीरगञ्ज स्थित स्विमिङ्ग पूल परिसरमा विभिन्न कार्यक्रम गरि माघि पर्व मनाएका छन् ।

माघी महोत्सव मनाउने क्रममा आज बीरगञ्जको स्विमिङ पूल परिसरमा थारु सम्प्रदायका व्यक्तिहरुले थारु संस्कृति झल्किने विभिन्न प्रकारका वस्तुहरूको प्रदर्शन गर्नुका साथै खानाका पनि विभिन्न परिकारहरुको प्रदर्शन तथा बिक्री वितरण गरेका छन् ।

खानाका परिकारहरूमा घोघी, गङ्गटो, परेवा, तितिर लगायतका वस्तुहरूको मासु प्रदर्शन गर्नुका साथै बिक्री वितरण समेत गरिएको थियो ।

कार्यक्रममा थारु संस्कृति झल्किने नाच, गान तथा झाकी प्रदर्शन गरिएको छ । माघी मूल समारोह समितीका संयोजक प्रवीण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थारु अगुवा हरु महेन्द्र चौधरी, अधिबक्ता विशाल चैधरी लगायतकाहरुको सहभागिता रहेको थियो ।

जगर्नाथपुरको दलित बस्तिमा स्वेटर वितरण

0

पर्साको जगर्नाथपुरका ४५ जना बाल बालिका लाई स्वेटर र टोपी वितरण गरिएको छ ।

जगर्नाथपुर गाउँपालिका -४, विर्ताको दलित बस्तिमा आज विहिवार एक कार्यक्रमको आयोजना गरि जनसेवा सामाजिक संस्थाले ४५ थान स्वेट्र टोपी वितरण गरेको हो ।

जाडोको मौसममा दलित बस्तिका बच्चाहरूलाई राहत होस भनी उदेश्यले राज होजियरी वीरगञ्जको सहयोगमा सो कपडा वितरण गरिएको संस्थाले जनाएको छ ।

घुसको रकम बोकेर अख्तियारको कार्यालयमै पुगेका प्रमुख प्रशासकिय अधिकृत विरुद्ध मुद्दा  दायर

0
पक्राउ परेका सापकोटा अछामको मलेख गाउँपालिकामा समान पदमा रहेका बेला मेसिनरी समानको खरिदमा घुस लिएको आरोप रहेको छ । सापकोटाले रकम आफ्नो स्वेक्छाले ल्याएको बताएका थिए ।

सापकोटा माथि आयोगको टोलिले आज विशेष अदालतमा मुद्दा  दायर गरेको छ ।