Home Blog Page 13

नेपाल- चीन सिमामा ७ म्याग्निच्यूडको भूकम्प

0

वीरगञ्ज, पौष २३//

आज विहान नेपाल – चीन सिमाको तिब्बत क्षेत्रमा रहेको दिङ्गे कान्टिमा केंद्रविन्दु भई ७ म्यानिच्यूडको भूकम्प गएको छ ।

आज विहान ६:५० बजे गएको सो भूकम्पका कारण नेपाल, भारत, बङ्गलादेश र भुटानका समेत विभिन्न भागमा धक्का महसुस भएको छ । यो भूकम्पले तिब्बतका साथै नेपालको पूर्वी र मध्य क्षेत्रमा ठूलो धक्का दिएको छ ।

भूकम्पको केन्द्रविन्दु बाट नेपालको दूरी ९० किलोमीटर मात्रै रहेको छ । त्यस नजिकका नेपाली जिल्लाहरु सोलुखुम्बु, ताप्लेजुङ, संखुवासभा र दोलखामा ठूलो झट्का महसुस भएको छ । ती जिल्लाहरुमा भूकम्पले पुर्याएको क्षतीको यकिन विवरण आइ नसकेको तथा विवरण संकलन कार्य भैरहेको स्थानीय प्रशासनले जनाएको छ ।

वीरगञ्ज, काठमाडौ, विराटनगर र सिरहामा भूकम्पको धक्का महसुस

0

 

 

भूमि व्यवस्था मन्त्रालयका ८ जना विरुद्ध मुद्दा

0

सन्जय गुप्ता// वीरगञ्ज, पौष २२//

मधेस प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका ८ जना कर्मचारीहरु विरुद्ध भ्रष्टाचार मुद्दा  दायर भएको छ ।

आर्थिक वर्ष २०७९/०८० मा त्यस मन्त्रालय अन्तर्गत कृषि व्यवसाय प्रवर्द्धन महाशाखा, खाद्य सुरक्षा तथा कृषि ज्ञान केन्द्र धनुषाले सहकार्य प्रस्तावमा अधारित मतस्य, कृषि र पशुपन्छी विकासको रकम दुरुपयोग गरेको भनी परेको उजुरीका आधारमा उजुरी गर्दै मुद्दा  दायर भएको जनाइएको छ ।

मन्त्रालयका तत्कालीन सचिव नम्रता सिङ्ह लगायत आठ जना कर्मचारीहरुले आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

रौतहटमा हाती आतङ्क

0

वीरगञ्ज, पौष २२//

पछिल्लो समय रौतहटमा जंगली हातिको आतंक बढेको छ । पछिल्लो करिब २ सप्ताह देखि हातीको आतंक बढेको सर्वसाधारण हरुले बताएका छ्न ।

जंगली हातीहरुले जिल्लाको फतुवा बिजयपुर र चन्द्रपुर नगरपालिकाका विभिन्न टोलहरुमा गरि करिब १ दर्जन घरहरुमा क्षति पुर्याएका छन ।

गाउँ  नजिकैको सामुदायिक बन बाट ६/७ वटा हुलमा विभाजित भएर विहान र बेलुकी बस्तिमा प्रवेश गरि घर, गोठ तथा बथान भत्काई क्षती पुर्याउने गरेको तथा किसानहरुको अन्नबाली र केरा खेती समेतलाई नष्ट गर्ने गरेको गुनासो स्थानीयले गरेका छ्न ।

हातिहरुले अकल्पनीय क्षती पुर्याउन आक्ने भन्दै हाती आतंकका कारण गाउँलेहरु राती जाग्राम बस्न बाध्य भएका छन् । भने बास्तिमा त्रासमय वातावरण सृजना भएको छ ।

प्याब्सन अध्यक्षमा चौधरी विजयी

0

वीरगञ्ज, पौष २१//

निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन ) पर्साको अध्यक्षमा वीरगञ्ज स्थित साउथजोन मावी का सन्स्थापक सरोज चौधरी निर्वाचित भएका छन् ।

आज आइतबार सम्पन्न संस्थाको १६ औं अधिवेशनले चौधरी लाई निर्वाचित गरेको हो । अधिवेशन अन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा खसेको जम्मा ४८ मतमध्ये २६ मत प्राप्त गरि चौधरी निर्वाचित भएका हुन । अध्यक्षका दुई जना उम्मेदवारहरु मध्ये जीवन ज्योति स्कुलका संस्थापक शिव गुप्ता २२ मत प्राप्त गरेका थिए ।

अध्यक्ष चौधरीको कार्यसमिति अन्तर्गत उपाध्यक्षमा सुशीला साह र वीरेन्द्र साह, सचीवमा अशोक साङ्रौला, कोषाध्यक्षमा प्रवीण चौधरी, सह कोषाध्यक्षमा सुदिल पटेल लगायतका निर्वाचित भएका छन् ।

तथ्यहीन समाचारले जनतामा गलत संदेश जान्छ : प्रदेश खेलकुदमन्त्री जैसवाल

0
वीरगञ,पौष २१//
मधेस प्रदेश सरकारका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले तथ्यहिन समाचारले जनतामा गलत संदेश जाने गुनासो गर्दै यस्ता समाचारको जिम्मेवारी सञ्चार माध्यमहरुले लिनुपर्ने धारणा व्यक्त गरेका छन् ।
आज आइतबार पत्रकार महासङ्घ पर्साको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री जैसवालले आफूविरुद्ध सञ्चारमाध्यमहरुमा प्रकाशित आरोपहरु सबै तथ्यहीन र निराधार भएको दाबी समेत गरेका छन् ।
केही दिनअघि एक अनलाइनले प्रमोद जैसवाल र उनका भाइ प्रदीप जयसवालमाथि ज्यान मार्ने उद्योग र वन्यजन्तु चोरी सिकारीको आरोप लगाएको समाचार प्रकाशित गरेको कुरालाई खण्डन गर्दै  उनले अदालतबाट आफूले पूर्ण सफाइ पाएको र ज्यान मार्ने उद्योगसहितका आरोपहरूमा राखिएको धरौटीसमेत फिर्ता भइसकेको प्रमाण पत्रकार सम्मेलनमार्फत प्रस्तुत गरेका छन्  ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

उनले आफू विरुद्ध प्रकाशित समाचारहरू पूर्वाग्रहपूर्ण भएको बताउँदै आफूलाई बदनाम गर्ने नियतले मात्र प्रकाशित गरिएको र समाचार प्रकाशन गर्नुअघि आफ्नो धारणा माग नगरेकोमा गम्भीर असन्तुष्टि व्यक्त गरे ।

 

साथै धम्किपूर्ण गतिविधिमा आफू र आफ्ना पार्टीका कार्यकर्ताहरूको संलग्नता नरहेको ठोकुवा जैसवालले यस्ता घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने माग समेत गरेका छन् ।

 

अत्यधिक चिसोले मध्यतराईका विद्यार्थीहरुलाई सास्ती पर्साको कालिकामाई र सर्लाहीको बलरामा विद्यालय बन्द

0

वीरगञ्ज, पौष २०//

पछिल्लो केही दिन देखि बढेको अत्यधिक चिसो र शितलहरका कारण मध्यतराइको सर्वसाधारण मर्कामा परेका छ्न ।

विहान सवेरै देखि लाग्ने गरेको बाक्लो हुस्सु र शितलहरका कारण स्कूले बालबालिकाहरुलाई अत्यधिक कष्ट भएको देखिएको छ ।

बढ्दो चिसोले विद्यार्थीहरुको स्वास्थ्यमा नकारात्मक असरपर्न सक्ने कुरा लाई मध्यनजर गर्दै पर्साको कालिकामाई गाउपालिका र सर्लाहीको बलरा नगरपालिकाले विद्यालय बिदा गरेका छ्न ।

आज विज्ञप्ति जारी गर्दै पर्साको कालिकामाई गाउपालिकाले भोलि २१ गते देखि २५ गते सम्म तथा सर्लाहीको बलरा नगरपालिकाले भोलि २१ गते देखि २९ गतेसम्म जाडो विदा दिईएको जानकारी गराएका छन् ।

पत्रकार साहलाई धम्की दिनेलाई कारवाही गर्न महासङ्घको माग

0
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

वीरगञ्ज, पौष २०//

सिधाकुरा अनलाइनका पर्सा जिल्ला सम्वाददाता पत्रकार जियालाल साहलाई धम्की दिनेलाई कानुनी कारवाही गर्न नेपाल पत्रकार महासंघ केन्द्रीय कार्य समितिले माग गरेको छ ।

नेपाल पत्रकार महासंघले आज शनिवार बिज्ञप्ती प्रकाशित गर्दै पत्रकार साहलाई लक्षित गर्दै  सामाजिक सञ्जालमार्फत दिइएको धम्की प्रति महासंघको ध्यानाकर्षण भएको बताइएको छ ।

गत पौष १४ गते विवादास्पद पृष्ठभूमिका व्यक्ति लाई पार्टी प्रवेश शिर्षकमा सिधाकुरा अनलाईनमा प्रकाशित समाचारको विषयलाई लिएर सामाजिक सञ्जाल मार्फत विभिन्न किसिमका धम्किपूर्ण तथा हतोत्साहित गर्ने अभिव्यक्ति दिइएकोमा ती व्यक्तिहरुको पहिचान गरि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन माग गरिएको छ ।

सामाजिक सञ्जालमा आफ्नो विचार राख्न पाउनु र टिक्काटिप्पणी गर्न पाउनु  व्यक्तिगको अभिव्यक्ति  स्वतन्त्रता भए पनि पत्रकारलाई असुरक्षित गराउने र चरीत्रमा ठेस पुर्याउनु सामाजिक अपराध रहेको दाबी नेपाल पत्रकार महासङ्घले केन्द्रिय महासचिव रामप्रसाद दाहाल द्वारा हस्ताक्षरीत विज्ञप्ति मार्फत गरेको छ ।

चिसोका कारण तराईमा जनजीवन कष्टकर

0

वीरगञ्ज, पौष १९//

पछिल्लो ४/५ दिन देखि बढेको चिसोले मध्यतराईको जनजीवन कष्टकर भएको छ ।

जाडोको हिसाबले सबैभन्दा अत्यधिक जाडो पर्ने महिनाको रूपमा मानिने मंसिर तथा पुषको झन्डै आधा महिना सकिन लाग्दा समेत जाडोको खासै असर नपरेकोले जनजीवन समान्य रहेको अवस्थामा यस हप्ताको सुरुवात हुनासाथ एकाएक बढेको अत्यधिक चिसोले जनजीवन नराम्ररी प्रभावित भएको छ ।

चिसोका कारण विहानको समयमा आफ्नो गन्तव्यमा हिडेका यात्रीलाई लाई अत्यधिक सास्ती भएको छ । बिहानको समयमा लाग्ने गरेको बाक्लो हुस्सुले बाटो देख्न नसकेर सवारी साधन चलाउन कठिनाई भएको छ ।

बाक्लो हुस्सु सङ्गै हुने गरेको कठ्याङ्ग्रीदो जाडोले विहान विहानै विद्यालय जाने विद्यार्थीहरुलाई नराम्ररी प्रभावित गरेको छ । जाडोको समयमा जाग्ने गरेको हुस्सुले सवारी दुर्घटना निम्त्याउन सक्ने भएकोले सचेत भइ सवारी चलाउन सरोकारवाला हरुको सुझाव रहेको छ ।

बढ्दै गरेको चिसो र हुस्सुका कारण मध्यतराईको वीरगञ्ज लगायत पर्सा, बारा, रौतहट, सर्लाही तथा भारतिय सिमावर्ती क्षेत्रको जनजीवन नराम्ररी प्रभावित भएको हो ।

अत्यधिक चिसोले खासगरी बढी असर पार्नसक्ने भएकोले बच्चा तथा बृद्धअबश्थाका व्यक्ति हरुको अत्यधिक ख्याल गर्नुपर्ने सुझाव स्थानीय बुधिजिवी हरुले दिएका छन् ।

चिसो सङ्ग बच्न न्यानो कपडा लगाउन, पोसिलो तथा झोलिलो न्यानो खानेकुरा खान र सकेसम्म सचेत रहने सल्लाह स्थानीय चिकित्सकहरुको रहेको छ ।

आजपाले भ्रष्टाचारको विरुद्धमा आवाज उठाउने

0

सन्जय गुप्ता// वीरगञ्ज, पौष १८//

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले भ्रष्टाचारको विरुद्धमा अभियान चलाई आवाज उठाउने बताएको छ ।

पार्टीको जिल्ला कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा अगामी २७ गते वीरगञ्जमा खबरदारी सभा गर्ने बताइएको छ । राज्यले वीरगञ्जलाई आर्थिक राजधानी घोषणा गर्नुपर्ने आफ्नो पार्टीको प्रयास रहेको पत्रकार सम्मेलनमा सहभागी नेताहरुले बताएका छन ।

वीरगञ्जलाई प्रदेष राजधानी बनाउनुपर्नेमा षड्यन्त्र पूर्वक नबनाइएको आरोप लगाउदै नेताहरुले भ्रष्टाचारको विरुद्धमा चलाइएको यो अभियानलाई अझै ससक्त बनाइने दाबी गरेका छन ।