Home Blog Page 14

सवारी दुर्घटनामा शसस्त्र प्रहरी निरीक्षकको मृत्यु

0
सवारी दुर्घटनामा परि सर्लाहीमा एकजना शसस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ ।
बलरा नगरपालिका वडा नम्बर ९ स्थित बिओपी छतौनामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक विजय तुलाधरको मृत्यु भएको हो ।
कार्यालय नजिकैको सडकमा राती करिब ९ बजेतिर बा.प्र. ०१-००६ ख २००४ नम्बरको बसले ठक्कर दिएपछि घाइते तुलाधरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवामा लगिएको र उपचारकै क्रममा राती करिब १० बजेतिर उनको मृत्यु भएको हो ।
ठक्कर दिएपश्चात बस त्यही पल्टेको बताइएको छ । घट्नाको विस्तृत अनुसन्धान भैरहेको सर्लाही प्रहरीले जनाएको छ ।

अङ्ग्रेजी नयाँ वर्ष २०२५ को नेपालमा पनि भव्य स्वागत

0

सन्जय गुप्ता// वीरगञ्ज, पौष १७//

अङ्ग्रेजी नयाँ वर्ष सन २०२५ को आज बुधबार  नेपालमा पनि भव्य स्वागत भएको छ ।

अन्तर्राष्ट्रिय नव वर्ष भएपनी नेपालीहरुले समेत भोज भतेर र नयाँ नयाँ ठाउँमा घुम्नुका साथै एकाअर्कालाई शुभकामना आदानप्रदान गरि खुसीयाली मनाएका छ्न । नव वर्षको अवसरमा आज विहानै देखि मध्यतराईको वीरगञ्ज लगायत आसपासका मठमन्दिरमा  पूजापाठ गर्ने भक्तजनहरुको ठूलो भिड देखिएको छ ।

आज बिहानै देखि वीरगञ्ज स्थित प्रसिद्ध गहवामाई मन्दिर, अलखिया मन्दिर, पशुपतिनाथ मन्दिर, विन्दवासिनी माई मन्दिर, बाराको विश्वप्रसिद्ध गढिमाई मन्दिर, सहजनाथ मन्दिर, कन्कालीमाई मन्दिर, जितपुरको गढिमाई मन्दिर, पर्साको महुवन स्थित पारसनाथ मन्दिर, कालिकामाई मन्दिर, छिपहरमाई मन्दिर, बहुदरमाई मन्दिर, जिराभवानी लगायतका मन्दिरहरुमा व्यापक भक्तजनको उपस्थिति देखिएको छ ।

साथै नव वर्षको अवसरमा नेपालका विभिन्न ठाउँमा रहेका पिकनिक स्पटहरुमा समेत भोज भतेर र रमाइलो गर्नेहरूको व्यापक भिड देखिएको छ ।नयाँ वर्षमा पिकनिक र भोजभतेर का लागि वीरगञ्ज को भिष्वा डाडा,  भुटनदेवी, पर्साको ग्रामीण पर्यटकीय क्षेत्र ठोरी, कोइलाभार, मकवानपुरको सहिद स्मारक, चितवनको सौराहा लगायतका ठाउँमा नयाँ वर्ष मनाउनेहरुको ठूलो भिड देखिएको छ ।

कृषि औजार कारखानालाई सहयोग गर्ने मन्त्री क्षेत्रीको प्रतिबद्धता

0
मधेस प्रदेश सरकारका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिङ्ह क्षेत्रीले आज बुधबार वीरगञ्ज स्थित कृषि औजार कारखानाको अवलोकन गर्नुभएको छ ।
विगत करिब २० वर्ष देखि बन्द रहेको कृषि औजार कारखाना वीरगञ्जका केही मेसिनरीहरुको  मर्मत सम्भार गरि राष्ट्रिय अविष्कार केन्द्रले परिक्षणको रुपमा केही कृषि उपकरणहरुको उत्पादन गरिरहेको कारखानाको मन्त्री क्षेत्रीले अवलोकन गर्नुभएको हो ।
अवलोकनका क्रममा मन्त्री क्षेत्रीले यस कारखानाबाट उत्पादित कृषि उपकरणहरु किसान बीच प्रदर्शन गर्न सुझाव दिनुभयो । साथै कृषकहरूले उपकरण मनपराए सरकार द्वारा नै यी उपकरणहरु किनेर किसानलाइ सहुलियत दरमा उपलब्ध गराउनका लागि आफूले पहल गर्ने बताउनुभयो ।
मन्त्री क्षेत्रीले साथै यस कारखानाको लागि प्रदेश सरकारले रु ५० लाख बजेट विनियोजन गरेको तथा सो रकम प्रदान गर्नकालागी आवस्यक प्रक्रिया यथाशीघ्र अघि बढाउने तथा यस कारखानाको विकासका लागि हरेक किसिमबाट सहयोगकालागी हातेमालो गर्न आफू सदैव तयार रहेको विश्वास दिलाए ।
अवलोकनका लागि मन्त्री क्षेत्री सङ्गै वीरगञ्ज उधोग वाणिज्य सङ्घका मनोज उपाध्याय, नेविसंघका केन्द्रिय सदस्य सुरेन्द्र लामिछाने र अन्य जिल्लास्तरीय नेता एवम कार्यकर्ता हरुको सहभागिता रहेको थियो ।

तमु ल्होसार आज देशैभरी मनाईयो, आज देखि सप्री ल्हो शुरु

0
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

वीरगञ्ज, पौष १५//

गुरुङ समुदायको प्रमुख चाड तमु ल्होसार आज देशैभरी धुमधामका साथ मनाइएको छ ।

आफ्नो सास्कृतिक पहिचानको रूपमा रहेको तमु ल्होसार पर्वले विश्वमै गुरुङ जातिलाई चिनाएको तथा गुरुङ जातिका मानिसहरु जहाँ भएपनी यो पर्व उसको लागि विशेष हुने गरेको यश समुदायका व्यक्तिहरु बताउँछन् ।

परापूर्वकाल देखि नै गुरुङ जातिका व्यक्तिहरुको जीवन सङ्ग यस पर्वको गहिरो सम्बन्ध रहेको बताइन्छ । तमु ल्होसार अर्थात आजकै दिनदेखि गुरुङहरुको नयाँ वर्षको सुरुवात पनि हुने गर्छ ।

हरेक वर्ष आजकै दिनदेखि ल्हो परिवर्तन हुने परम्परा अनुसार आज पूरानो ल्हो लाई विदाई गरिएको छ भने आज देखि शुरु भएको सप्री ल्हो को विधिवत रुपमा विभिन्न कार्यक्रमका साथ स्वागत गरिएको छ ।

हरेक वर्ष परिवर्तन हुने ल्हो हरुको संख्या १२ वटा रहेकोले एकपटक विदाई भएको ल्हो पुनः १२ वर्ष पछि आउने गर्दछ । गुरुङ जातिका मानिसहरुले उमेरको हिसाब गर्न तथा वर्ष सम्बन्धि अन्य जानकारीका लागि ल्हो को प्रयोग गर्ने परम्परा रहेको छ । साथै यस सम्प्रदायमा विहेका लागि केटि माग्न जादा समेत वर वधुको ल्हो मिलाएर विहे गर्ने परम्परा रहेको जानकार हरु बताउँछन् ।

तमु ल्होसार पर्वको अवसरमा आज देशभरी नै गुरुङ  समुदायमा र्याली,  झाकी तथा विभिन्न सास्कृतिक कार्यक्रमहरु भएका छ्न । तमु ल्होसारको अवसरमा नेपाल सरकारले आज सार्वजनिक विदा समेत दिएको छ ।

विकास, सुशासन र परिवर्तन सरकारको प्राथमिकतामा : प्रधानमन्त्री ओलि

0

सन्जय गुप्ता// वीरगञ्ज, पौष १४//

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलिले विकास, सुशासन र परिवर्तन वर्तमान सरकारको प्राथमिकतामा रहेको बताए ।

नेकपा एमाले जिल्ला कार्य समिति पर्साको आयोजनामा आज पर्साको सखुवा प्रसौनी-२, औराहा पाँचगावामा सप्पन्न पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलिले एमालेको क्रान्ति जनताको जिवनमा साकारात्मक परिवर्तन ल्याउन र उद्यमशीलतामा आधारित विकासलाई गतिदिनका लागि भएको कुरामा जोड दिए ।

सम्बोधनका क्रममा नेता ओलिले मधेसी दलका नेताहरुले सम्बिधानको धारामा जनतालाइ अलमल्याउने राजनिती गरेको तर आफूहरुको क्रान्ती जनजीवनलाई उकास्नका लागि भएको समेत दाबी गरेका गरे ।

पूर्व गाउँपालिका अध्यक्ष प्रदिप जैसवालको सकृयतामा सम्पन्न पार्टि प्रवेश कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदिप जैसवाल लगायत उनका समर्थकहरु पार्टि प्रवेश गरेका छ्न ।कार्ययक्रममा नेपाल सरकारका समान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, सभाषद विचारी यादव, मधेस सरकारका खेलकुद मन्त्री प्रमोद जैसवाल, नेकपा एमाले पर्साका अध्यक्ष  डा. विश्वम्भर शर्मा, जिल्ला स्तरीय नेताहरु शिव पटेल, जालिम मिया, प्रदुम्न चौहान, वीरेन्द्र यादव लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

आजको पार्टी प्रवेशले सखुवा प्रसौनिमा नेकपा एमाले बाटै निर्वाचित वर्तमान गाउँपालिका अध्यक्ष जसवन्त यादव र पूर्व गापा अध्यक्ष जैसवाल वीच पार्टी भित्रै राजनीतिक पहुँचको प्रतिस्पर्धा बढाएको बुझिएको छ । अगामी निर्वाचनलाई मध्यनजर गर्दै टिकट कै लागि जैसवालले पार्टी प्रवेश गरेको बुझिएको छ भने वर्तमान अध्यक्ष यादवले आफ्नो टिकट कायमै राखिराख्न कसरत गर्नुपर्ने देखिन्छ ।

यस अघि पहिलो स्थानीय निर्वाचनमा पनि तत्कालीन मधेसी जन अधिकार फोरम नेपालमा यी दुवैजना बिच टिकटको लागि भएको प्रतिस्पर्धामा जैसवालले टिकट पाएपछी यादव पार्टिबाट बाहिरिए ।

अबको निर्वाचनमा फेरि त्यस्तै आवस्था आउन सक्ने अनुमान आमजनताको रहेको छ । यस बाट अगामी निर्वाचनमा एमाले बलियो हुने हो कि कमजोर यो पनि गम्भीर विषय हुने आम कार्यकर्ताहरुको भनाई रहेको छ ।

हुम्लामा हिमपात, किसानहरु हर्षित

0

वीरगञ्ज, पौष १३//
पछिल्लो केहि दिन देखि हिउँ परेकोमा हुम्लाका कृषकहरू हर्षित भएका छन ।
परम्परा देखि नै हुम्लाका किसानहरुको सिचाइको एक मात्र माध्यम हिउँ रहेकोले हिउँ पर्दा बाली नाली राम्ररी सप्रीने भन्दै किसानहरु खुसी भएका हुन ।
मंसिर महिनामा छरिने जौ, गहुँ, उवा लगायतका अन्नबालिहरु हिउँ पर्दा राम्रो हुने कृषकहरू बताउँछन् ।
बिगतका वर्षहरूमा हिउदको समयमा हुम्लामा ४/५ देखि १० फिट सम्म जति पर्ने गरेको र त्यसबाट चिसो बढेपनी बाली नाली राम्रो हुने गरेको स्थानीयहरुको भनाई रहेको छ ।
अहिले परेको हिउँ पहिलाको जस्तो बाक्लो नभएपनी बालिको लागि राम्रो हुने भनी खुसी व्यक्त गरेका छन् ।

भारतीय पूर्व प्रधानमन्त्रीसिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि, ७ दिनसम्म राष्ट्रिय शोकको घोषणा

0

वीरगञ्ज, पौष १३// 

भारतिय पूर्व प्रधानमन्त्री मनमोहन सिङ्हको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

९२ वर्षको उमेरमा नेता सिङ्हको गत विहिवार राती निधन भएको थियो । भारतिय राजधानी नयाँ दिल्लिको निगमघाटमा अन्तिम सन्स्कार गरिएको सिङ्हलाई अन्तिम श्रद्धाञ्जली दिन भारतिय राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदि, गृहमन्त्री अमित साह, भरतिय काङ्ग्रेसका अध्यक्ष मल्लिकार्जुन खर्गे, नेता राहुल गान्धी लगायात भारी मात्रामा नेता तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

नेता सिङ्हको मृत्यु भएकोमा भारत सरकारले ७ दिन सम्म राष्ट्रिय शोकको घोषणा गरेको छ । भने काङ्ग्रेस आइ ले सात दिनसम्म आफ्ना सबै कार्यक्रमहरु स्थगित गरेको भारतीय सञ्चारमाध्यम हरुले बताएका छन ।

प्रहरी द्वारा आफ्नै टाउकोमा गोलि प्रहार

0

वीरगञ्ज, पौष १३//

कञ्चनपुरमा एकजना प्रहरी जवानले आफ्नै पेस्तोलले आफूलाई नै गोली प्रहार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्र प्रसाद न्यौपानेले हिजो शुक्रवार आफ्नो कार्यकक्ष भित्रै पेस्तोलले आफ्नै टाउकोमा गोलि प्रहार गरेका छन् ।

गोलि प्रहार पछि आवाज सुनेर आएका प्रहरीहरुले  घाइते न्यौपानेको टाउकोबाट रगत बगिरहेको देखेर तुरुन्तै  उपचारका लागि बाकेको कोहलपुर स्थित मेडिकल कालेजमा भर्ना गरेका छ्न ।

न्यौपानेले किन गोलि चलाए भन्ने बारेमा अनुसन्धान भैरहेको छ भने उनको स्वास्थय अवस्थामा क्रमिक सुधार भइरहेको बुझिएको छ ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ द्वारा पर्सेली पत्रकारहरु सम्मानित

0

सन्जय गुप्ता// वीरगञ्ज, पौष १३//

वीरगञ्ज उधोग वाणिज्य सङ्घले नेपाल पत्रकार महासङ्घको गत मंसिर २८ गते सप्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारी हरुलाई सम्मानित गरेको छ ।

निर्वाचन बाट जिल्ला कार्य समिती पर्सा र प्रदेश तथा केन्द्रिय कार्य समितिमा पर्साबाट निर्वाचित पत्रकार हरुलाई सम्मान गरिएको हो ।

हिजो शुक्रबार उद्योग वाणिाज्य सङ्घ वीरगञ्जको आफ्नै सभाहलमा आयोजित एक सम्मान कार्यक्रममा सङ्घका अध्यक्ष अनिल कुमार अग्रवाल लगायत अन्य पदाधिकारी हरु समेत सहभागी रहेका थिए ।

कार्यक्रममा पर्साबाट केन्द्रिय सचिव (मधेसी) मा  निर्वाचित अशोक तिवारी, केन्द्रीय परिषद् सदस्यमा निर्वाचित लालबाबु शेख, राघव साह, विजय कुशवाहा एवम पत्रकार महासङ्घ पर्साको अध्यक्षमा निर्वाचित ओमप्रकाश खनाल लगायत जिल्ला कार्य समितिका पदाधिकारी एवम सदस्यहरुलाई सम्मानित गरिएको हो ।

कार्यक्रममा सम्बोधन गर्दै सङ्घका अध्यक्ष अग्रवालले निजि क्षेत्रका समस्याहरुलाई समेत संबंधित निकाय सम्म पुर्याइ दिनका लागि पत्रकारहरु सङ्ग आग्रह गर्दै पत्रकारको वृती र विकासका लागि नयाँ कार्यसमिति सङ्ग सहकार्य गरेर अघि बढ्न आफूहर तयार रहेको बताएका छन्  ।

शुक्रबार राती नेपालमा फेरि गयो भूकम्प

0

वीरगञ्ज, पौष १३//

हिजो शुक्रबार राती पस्चिमी नेपालमा पुनः भूकम्प गएको छ । हिजो शुक्रबार राती ११:३७ बजे कालिकोटको लाली भन्ने ठाउँको आसपास केन्द्रविन्दु बनाई ३.७ म्याग्निच्यूड्को भूकम्प गएको हो ।

यो सहित पच्छिल्लो १३ दिनमा पश्चिम नेपालमा ७ पटक भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प बाट कुनै मनविय क्षती नभएको भएपनी सम्भावित भुकम्पिय क्षेत्रका बस्तीमा बस्ने नागरिक हरु सचेत रहनुपर्ने देखिन्छ ।