Home Blog Page 15

बुधबारको सवारी दुर्घटनामा युवकको मृत्यु हुँदा आज स्थानीय द्वारा ड्राइपोर्ट चौकमा विरोध प्रदर्शन

0

सन्जय गुप्ता// वीरगञ्ज, पौष ११//

वीरगञ्ज -१६ ड्राइपोर्ट बहुवरी चौकमा हिजो बुधवार बेलुकी भएको सवारी दुर्घटनामा १ जना युवकको मृत्यु भएकोमा आक्रोशित स्थानीय हरुले आज विरोध प्रदर्शन गरेका छन ।

हिजो बुधबार बेलुकी तिब्र गतिमा आइरहेको  भारतीय नम्बर प्लेटको ट्रकले ना २५ प ९०९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा बाराको सुवर्ण गाउँपालिका वडा नम्बर २ कवहिका राज मिश्रको मृत्यु  भएको छ ।

मोटरसाइकलमा सवार दुई जनामध्ये मृतक मिश्र पच्छाडी बसेका थिए भने मोटर साइकल चालक सन्दिप पान्डे दुर्घटनामा समान्य घाइते भएका छ्न ।

दुर्घटना पशपश्चात आक्रोशित स्थानीय सर्वसाधारण हरु हिजो बेलुका देखि नै विभिन्न सञ्चार माध्यमहरुमा स्थानीय प्रहरी र सरकारको विरोध गरेका थिए भने आज घट्नास्थलमा विरोध प्रदर्शन गर्दै ट्रक चालकलाई तत्काल खोजी गरि कानुनी कारवाहिका गर्न माग गरेका छन् ।

प्रदर्शनकारीहरुले स्थानीय प्रहरीको लापारवाही तथा बाटोमा बतिको उचित व्यवस्था नभएकोले महिनैपिच्छे दुर्घटनाहरु भैरहेको गुनासो गर्दै यथाशीघ्र बति व्यवस्थापन गर्न तथा स्थानीय प्रहरीलाई जिम्मेवार बनाउन समेत माग गरेका छ्न ।

अब कक्षा ११ मा रजिष्ट्रेशन नहुने

0

वीरगञ्ज, पौष १०//
राष्ट्रिय परीक्षा बोर्डले अगामी वर्ष देखि कक्षा ११ मा रजिष्ट्रेशन नगर्ने भएको छ ।
बोर्डले कक्षा ९ मा मात्रै विद्यार्थी रजिष्ट्रेशन गर्ने र सोही आधारमा कक्षा १२ सम्म पढ्ने वयवस्था मिलाउने भएको छ ।

यसअघि कक्षा ९ र ११ मा दुई पटक रजिस्ट्रेशन फारम भर्ने र शुल्क पनि उठाउने गरिएको थियो ।

यो व्यवस्था यसै वर्ष देखि लागू गर्ने र नि शुल्क गर्ने भनेर शिक्षामन्त्री  विद्या भट्टराईले निर्देशन दिएको तर यस वर्ष रजिस्ट्रेशन फारमको प्रक्रिया अगाडि बढेकाले शुल्क उठाइने बोर्ड्ले जनाएको छ ।

मन्त्री भट्टराईले पनि यो वर्ष सम्भव नभए अर्को वर्ष शुल्क नउठाउने सुनिश्चितता गर्न  दिएको निर्देशन अनुसार बोर्डले निर्णय गरेको हो ।

मोरङ्गमा १ युवतीको सामुहिक बालात्कार

0

वीरगञ्ज, पौष १०//

मोरङ्गको कटहरी-२, जयरामपुरमा १ युवती सामुहिक बालात्कार गरि फालिएको अवस्थामा भेटेकी छ्न ।

बिहानको समयमा  हात, खुट्टा रास्सिले कसेर बाधीएको तथा मुखमा कपडा कोचिएको बेहोस अवस्थामा गाउँ नजिकैको बासघारिमा फेलापरेकी युवतीलाई देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घट्नाको प्रकृति हेर्दा युवती माथी सामुहिक बालात्कार भएको अनुमान गरिएको छ । रातिको समयमा घरबाट बोलाई सामुहिक रुपमा बालात्कार गरि भागेको हुनसक्ने पीडित युवतिका काकाले बताएका छ्न । युवती होसमा आएपछि घट्नाको वास्तविकता खुल्ने बताईएको छ । घट्नामा संलग्न अभियुक्त हरु गाउकै हुनाक्ने सर्वसाधारणको अनुमान रहेकोे छ ।

पिडित युवतिलाइ कोशी अस्पतालमा उपचारका लागि लगिएको स्थानीय प्रहरीले जनाएको छ ।

आज कृसमस डे नेपालमा पनि धुमधामका साथ मनाईयो

0

वीरगञ्ज, पौष १०//

आज डिसेम्बर २५, अन्तर्राष्ट्रिय रूपमा मनाइने कृसमस डे राजधानी लगायत देशका विभिन्न शहरहरुमा मनाइएको छ ।

इसाई धर्मका प्रवर्तक जिसस क्राइस्टको सम्झ्नामा सो धर्मप्रति आस्था राख्नेहरुले विगत धेरै वर्षदेखी मनाउदै आएको यो दिवस आज काठमाडौ लगायत, पोखरा, चितवन, हेटौंडा, विराटनगर, वीरगञ्ज लगायतका शहरहरुमा समेत मनाइएको छ ।

कृसमस डे को अवसरमा आज देशका धेरै निजि विद्यालयहरुले विद्यार्थी हरुको सहभागितामा विभिन्न कार्यक्रम गरि यो दिवस मनाएका छन ।कृसमस डे को अवसरमा आज देशैभरी सार्वजनिक विदा समेत दिईएको थियो ।

पछिल्लो समय तुलसी पुजा प्रति आस्था बढ्दै

0

मनोज गुप्ता// वीरगञ्ज, पौष १०//

आज डिसेम्बर २५ तारिख अर्थात तुलसी पुजन दिवस, छिमेकी मुलुक भारत सहित वीरगञ्ज लगायत आसपासका क्षेत्रहरूमा धुमधामका साथ मनाइएको छ ।

हिन्दु धर्ममा विशेष महत्त्वको वनस्पतिको रूपमा मानिने तथा प्राय: प्रत्येक हिन्दु चाडपर्वहरुमा अनिवार्य प्रयोग गरिने तुलसी लाई भगवान विष्णुको पृय वनस्पतिको रुपमा समेत हेर्ने गरिन्छ ।

आज तुलसी पूजन दिवसको अवसरमा हिन्दु धर्मावलम्बीहरुले आ आफ्नो घरमा तुलसिको बोट रोपि श्रद्धा पूर्वक विधिवत पूजा अर्चना गरेका छन् ।

तुलसी पूजन गरि आफ्नो परम्परालाई निरन्तरता दिईने धार्मिक मान्यताका छ भने यसको साथै तुलसी वनस्पती वैज्ञानिक दृष्टिकोणले पनि अत्यन्तै महत्वपूर्ण मानिन्छ ।

बिगतका वर्षहरूमा तुलसी पुजनको रौनक खासै नदेखिएको भएपनी पच्छिला केही वर्षदेखी तुलसी पूजन प्रतिको आकर्षणमा व्यापक वृद्धि भएको छ । शहर बजारमा मात्रै नभई गाउँ तथा दुरदराजका क्षेत्रहरूमा पनि यो दिवस आज मनाईएको छ ।

४३ किलो गाजा सहित कार बारा प्रहरीको नियन्त्रणमा

0

मनोज गुप्ता// वीरगञ्ज, पौष १//

४३किलोग्राम अवैध लागुऔषध गाजा सहित १ भारतीय कारलाई बारा प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

जिल्लाको सुवर्ण गाउँपालिका अन्तर्गत पर्ने तेलकुववा गाउँ बाट सिम्रौनगढ तर्फ आउँदै गरेको बि आर ०१ ए यू ११०७ नम्बरको भारतीय कारमा प्लास्टिकले बेरि ५ वटा पाँकेटमा राखिएको गाजा सहित कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने कारका चालक फरार रहेका छन् ।

बारा प्रहरिका अनुसार अमृतगञ्ज प्रहरी चौकिका प्रहरी सहायक निरीक्षक मनोज यादव नेतृत्वको प्रहरी गस्ती टोलिलाई देखेपछि कार चालकले कार छोडेर फरार भएपछि कारलाई गाजा सहित प्रहरीले आफ्नो नियन्त्रणमा लिएको हो ।

पक्राउ परेको गाजा सहितको कारलाई हिरासतमा राखी घट्नाको विशेष अनुसन्धान भैरहेको तथा फरार चालकको खोजी कार्य समेत भइरहेको बारा प्रहरीले जनाएको छ ।

यता पच्छिलो समय सिमावर्ती क्षेत्रहरूमा अपरधिक गतिविधिहरु बढेकोमा त्यस प्रती संबंधित निकाय गम्भीर हुनुपर्ने आमनागरिकको धारणा रहेको छ ।

 

बलिउड गायक सोनु निगम काठमाडौमा

0

वीरगञ्ज, पौष १०//

बलिउडका चर्चित एवम् लोकपृय गायक सोनु निगम आज बुधबार काठमाडौ आएका छ्न । राजधानिको तुसालमार्ग स्थित ह्यात चौरमा आज आज आयोजित ” सोनु निगम लाइभ इन नेपाल” नामक कार्यक्रममा आफ्नो प्र्स्तुती दिन निगम नेपाल आइपुगेका हुन् ।

नेपालमा उनको धेरै फ्यानहरु उनी आएपछी जमघट लगाएका थिए । निगमको सुरक्षामा प्रहरीको कडा निगरानी रहेको छ । सोनु निगमको नेपालमा यो पहिलो लाइभ कार्यक्रम हो ।

यता निगमको कार्यक्रममा लागाइएका रक्सिको प्रचार सहितको ब्यानरलाई काठमाडौं महानगरले हटाएको थियो ।

कर्णाली विकास बैंकमा वितिय अपचलन, राष्ट्र बैंक द्वारा व्यवस्थापनका लागि समिति गठन

0

कर्णाली विकास बैंकमा वितिय अपचलन भएको तथा बैंक सम्बन्धि प्रचलित सम्पूर्ण नियम, कानून पूर्ण रुपले पालना नगरेकोमा समस्या देखिएको भन्दै नेपाल राष्ट्र बैंकले  सो बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ ।

राष्ट्र बैंकको आज बुधबार बसेको सञ्चालक समितिको  बैठकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको बताइएको छ ।

बैठकले बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा  वित्तीय संस्था सुपरीपेक्षण विभागका उप निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगल किशोर कुशवाहा सदस्य रहने गरि तीन सदस्यीय व्यवस्थापन समिति गठन समेत गरेको छ ।

नवगठित समितिलाई सर्वसाधारणको हितलाई मध्यनजर  गर्दै बचतकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिई कार्य गर्ने,  संस्थामा भएका वित्तीय अपचलनउपर आवश्यक छानबिन गरी कानुनी कारबाही प्रक्रिया अघि बढाउने लगायत अख्तियारी प्रदान गरिएको राष्ट्रिय सञ्चार माध्यम हरुले जनाएका छन ।

 

पश्चिमी वायूले बढायो देशैभरी चिसो

0

वीरगञ्ज, पौष १०//

पश्चिमी न्यून चापीय वायूको कारण देशको अधिकान्स भागमा चिसोको प्रभाव बढेको छ ।

वायूको प्रभावले हिजो मङ्गलवार देखि नै राजधानी काठमाडौ लगायत मुलुकको अधिकान्स भागमा चिसो बढ्नुका साथै धेरै ठाउँमा मौसममा बद्ली भएको समेत जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वायुको प्रभावले पूर्वी नेपाली मध्यभाग तथा कर्णाली प्रदेशको पहाडी भागमा छिट्पुट वर्षा भएको छ भने उच्च हिमालि भागहरुमा समान्य हिमपात समेत भएको छ । वर्षा र हिमपातले देशकै अधिकान्स भागमा तापक्रम घटेको हो ।

रेस्टुरेन्टको बिल तिर्ने बिबादमा राजधानीमा १ विद्यार्थी द्वारा आफ्नै साथिको हत्या

0

वीरगञ्ज, पौष ९//

रेस्टुरेन्टमा खाजा खाईसकेपछी बिल तिर्नमा विवाद हुँदा ईन्जिनियरिङ पढ्ने एक विद्यार्थीले आफ्नै साथिको हत्या गरेका छन् ।

हिजो सोमबार राति च्यासलस्थित टाउन अफ क्याफेमा ललितपुर सातदोबाटो बस्ने सुनसरी इटहरी घर भएका २३ वर्षीय नयन गुरुङको हत्या भएको हो ।

ललितपुर प्रहरीका अनुसार रेस्टुरेन्टमा बिल तिर्ने विषयमा विवाद हुँदा हत्या भएको हो ।  घटना राति करिब सवा नौ बजेको हो । विवाद पश्चात्च क्कु प्रहार गर्दा गम्भीर घाइते गुरुङ लाइ उपचारका लागि बी एन्ड बी अस्पताल ग्वार्को पठाएकोमा उपचारको क्रममा नै उनको मृत्यु भएको बताइएको छ । घट्नाको बारेमाअ खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बालकुमारी र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । मृतक गुरुङ हिमालयन इन्जिनियरिङ कालेजमा बि ई चौथो सेमेस्टरका विद्यार्थी हुन ।

घट्नाको बारेमा थप अनुसन्धानका लागि क्याफेका सञ्चालक पदमलाल भट्ट र क्याफेका कुकलाई प्रहरीले नियन्त्रणमा लिएको ललितपुर प्रहरीले जनाएको छ ।