Home Blog Page 16

वीरगञ्ज महानगर द्वारा महिला क्रीकेटर सम्मानित

0

वीरगञ्ज, पौष ९//

यू -१९ महिला विश्वकप कृकेट प्रतियोगितामा नेपाल लाई पुर्याउन सफल क्याप्टेन पूजा महतो र वीरगञ्ज बाट प्रतिनिधित्व गर्ने राष्ट्रिय टिमकी खेलाडी साना प्रवीणलाई आज वीरगञ्ज महानगरले सम्मान गरेको छ ।

आज एक समारोहका बिच वीरगञ्जका नगरप्रमुख राजेशमान सिङ्हले खादा ओढाएर रु २५ हजार नगद प्रदान गरि सम्मान गरेका हुन ।

सम्मानित गर्दै मेयर सिङ्हले खेल मार्फत मधेस लाई विश्वमै चिनाएकोमा खुसी व्यक्त गर्दै अगामी दिनमा समेत खेललाई निरन्तरता दिदै देशलाई विश्वसामू उदाहरणिय बनाउन प्रयासरत रहन सल्ला दिएका छ्न ।

जनकपुर बोल्ट्स समर्थकलाई दुर्व्यवहार गर्ने २ जना पक्राउ

0

वीरगञ्ज, पौष ९//

नेपाल प्रीमियर लिग (एन पि एल) प्रथम सन्सकरण अन्तर्गतको फाईनल खेलमा जनकपुर बोल्ट्सका समर्थक हरुसङ्ग अभद्र व्यवहार गरेको आरोपमा २ जनालाई प्रहरिले पक्राउ गरेको छ ।

किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय कृकेट मैदानमा गत शनिबार भैरहेको फाइनल मैचमा जनकपुर बोल्ट्सले जितेपछि त्यसका समर्थकहरु सङ्ग दुर्व्यव्यवहार गरेको आरोपमा डोटि जिल्ला आदर्श गाउँपालिका वडा नम्बर २ घर भई हाल किर्तिपुर नगरपालिका वडा नम्बर ८ पङ्गा बस्ने २१ वर्षिय निवासी अशोक साउद र डोटी जिल्लाकै दिपायल शिलगढी नगरपालिका वडा नम्बर १ घर भै हाल किर्तिपुर नगरपालिका वडा नम्बर ७ भाजङ्गल बस्ने १९ वर्षीय गणेश साउद रहेका छन् ।

अभियुक्त द्व्यलाई गत आइतबार बेलुकी ७ बजेतिर पक्राउ प्रहरी वृत्त किर्तिपुरबाट थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी परिसर काठमाडौले जनाएको छ ।

मधेस प्रदेशका सवारीहरुमा कर तथा नवीकरणमा जरिवाना छुट

0

सन्जय गुप्ता// वीरगञ्ज, पौष ९//

श्रम तथा यातायात मन्त्रालय, यातायात व्यवस्था कार्यालय वीरगञ्जले मधेस प्रदेशमा दर्ता रहेका सबै सवारी साधनहरुमा लाग्ने कर तथा नविकरणको जरिवानामा १००% सय प्रतिशत छुट गरिएको जानकारी दिएको छ ।

मधेस प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०८१ मंसिर १९ गते प्रकाशित भएको र ऐनको दफा ३५ को उपदफा (४ ) बमोजिम मधेस प्रदेशमा दर्ता भएका सबै किसिमको सवारिमा यस्तो छुट सुबिधा दिइएको विज्ञप्ति मार्फत जनाइएको छ ।

बहुदरमाई नगरपालिका उग्र फोहोर राजनीतिक मोड्मा, अधिकृत सरुवाका लागि २५ लाख सम्मको अफर

0
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

वीरगञ्ज, पौष ९//

पर्साको बहुदरमाई नगरपालिकामा भएको फोहोर राजनीतिले देशैभरीमा पालिकालाई घृणित बनाएको छ ।

नगरपालिकाका मेयर सिङ्गासन साह र प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तुफाको आ आफ्नो व्यक्तिगत स्वार्थले उग्र फोहर राजनितिक मोड लिएपछी अहिले समग्र नगरपालिकाको भविस्य अन्धकारमय भएको अनुभुती भैरहेको आमजनताको गुनासो छ ।

नगरपालिकाका अभिभावक द्व्य साह र मुस्तुफाको आ आफ्नो बलियो राजनितिक पक्कड भएका दलिय मन्त्रीहरुको समर्थनमा नगरपालिकाको शिक्षा जगत पूर्ण रुपले ध्वस्त भएको सरोकारवाला बताउँछन् ।

विगत ६ महिना देखि पालिका भित्र काम गर्ने कुनै शिक्षकले तलब पाएका छैनन भने शैक्षिकसत्रको करिब साढे नौ महिना बितिसक्दा समेत धेरै विद्यार्थीहरुले पाठ्यपुस्तक समेत नपाएको अवस्थामा करिब २ महिना पश्चात् हुने परिक्षामा बस्ने विद्यार्थी हरुको भविस्य कता जाने भनेर चिन्तित अभिभावकको पिडासङ्ग अझै खेलवाड भैरहेको अभिभावकहरुले बताएका छन् ।

अझै लज्जास्पद प्रसङ्ग त के छ भन्ने, यति पिडाका बावजुद पनि आफ्नो पेशागत मर्यादाको गरिमा तल नझरोस र विद्यार्थीहरुको भविस्य बर्वाद नहोस् भन्ने अभिप्रायले नेपालकै सबैभन्दा महत्वपूर्ण चाड दशै र तराई क्षेत्रकै सबैभन्दा  महत्त्वपूर्ण चाडहरु तिहार तथा छठ पूजा समेतमा एक रुपियाँ  तलब भत्ता नखाएर पनि निरन्तर विद्यालय सञ्चालन गरिरहेका शिक्षकहरुलाइ समेत फसाउने कार्य भैरहेको देखिएको छ ।

आफ्नो गल्तिको ढाकछोप गरि जनता सामु जाने एउटा बहानाको खोजी गर्दै दुई पक्ष मध्येको एक पक्षले गत शुक्रबार केही विद्यार्थी हरुलाइ उक्साएर नगरपालिकाको कार्यालयमा गराएको तोडफोड र आगजनी अहिले देशैभर चर्चाको विषय बनेको छ ।विद्यार्थी हरुसङ्ग गराइएको सो तोडफोडको घट्नामा केही शिक्षकहरूलाई समेत फसाएर राजनीतिक दाउ साध्ने षडयन्त्र भैरहेको देखिएको छ ।

यता सो घट्नालाइ लिएर मेयर र अधिकृत दुवै पक्षले एक अर्कामाथी दोषारोपण गर्दै चोखो बन्न खोजेका छ्न । यसै क्रममा सोमबार मेयर साहले वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै घट्नाको भत्सर्ना गर्दै छानबिनको माग गरेका छन । भने यता समान्य प्रशासन मन्त्री राजकुमार गुप्ताका स्वकीय सचिव तथा एमाले नेता शिव पटेलले नगरपालिकाको अफिस अगाडि नै पत्रकारसँग कुरा गर्दै मेयर साहले अधिकृत मुस्तुफाको सरुवाका लागि मात्रै रु.२५ लाखको अफर आफ्नो पार्टीको एकजना मन्त्री बाट आफू कहाँ पठाएको आरोप लगाएका छ्न । हुन त २ दिन अघि स्वकीय सचीव पटेलले अधिकृत सरुवाका लागि ७ देखि १० लाखसम्म सहयोग रकम माग गरेको व्हाट्सप म्यासेज समेत सार्वजनिक भएको थियो ।

यसरी करोडौं भ्रष्टाचार गरि आ आफ्नो स्वार्थ पुर्तिका लागि नगरपालिकाको लाखौं रकमको दुरुपयोग गर्ने दाउमा रहेका यी दुबै पदाधिकारी हरुलाई कारवाही गरि नगरपालिकाको कामकाज सुचारु गर्नुपर्ने र निमुखा शिक्षकहरुको तलब भत्ता दिलाई स्वच्छ शैक्षिक वातावरणका लागि पहल गर्नुपर्नेमा त्यसो नगरी उल्टै दुवैजनाको मनोबलमा मलजल पुग्ने गरि मन्त्री जस्ता व्यक्ति हरु समेत दुई चिरामा विभाजित हुनु यो पालिकाको लागि मात्रै नभै समग्र मुलुककै लागि दुर्भाग्यपूर्ण रहेको सर्वसाधारणको गुनासो छ ।

दुवै पक्षमा कोहि इमान्दार नदेखिएको भन्दै यदि लोकतान्त्रिक गणतन्त्र भनेको यस्तै व्यवस्था हो भने अबको आन्दोलन लोकतन्त्रको विरोधमा गर्नुपर्ने आवश्यकता रहेको गुनासो आम पिडित नगरबासिहरुको रहेको छ ।

 

मधेस प्रदेशको राजधानीमा गृहमन्त्रीको पुत्लादहन

0

मधेस प्रदेशको राजधानी जनकपुरमा यूवाहरुले हिजो गृहमन्त्री रमेश लेखकको पुत्लादहन गरेका छन् ।
नेपाल प्रीमियर लिग(एनपिएल) को फाइनल खेल जितेपश्चात जनकपुर बोल्ट्सका समर्थकहरुलाई  दुर्व्यवहार तथा कुटपिट गर्नेहरु माथी कारवाही नगरेको भन्दै आक्रोशित यूवाहरुले गृहमन्त्री लेखकको पुत्लादहन गरेका हुन ।
नेपाल प्रिमियर लिग (एनपीएल)को अन्तिम खेलपछि जनकपुर बोल्टस्‌का समर्थक सर्लाही बलराका अमन कुमार लगायतका माथि भएको कुटपिट तथा गरिएको दुर्व्यवहारको विरोधमा जनकपुरका युवाहरूले स्थानीय भानुचौकमा गृहमन्त्रीको पुत्ला जलाएका छन् ।
घट्नाको बारेमा मधेसी आयोग लगायतका निकायहरुमा उजुरी गर्दा समेत कार्वाही नभएको गुनासो गर्दै दोषिहरुलाइ कारवाही नगरे आन्दोलन गर्ने चेतावनीसमेत यूवाहरुले दिएका छ्न ।

पर्साको सखुवा प्रसौनी-१ मा चौथो सिद्धपुर गोल्डकप सुरु

0

वीरगञ्ज, पौष ८//

पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ सिद्धपुर स्थित फूटबल मैदानमा आज देखि चौथो सिद्धपुर गोल्डकप फूटबल प्रतियोगिता सुरु भएको छ ।

 “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ श्री बनशक्ती यूवा क्लब सिद्धपुरले आयोजना गरेको यस प्रतियोगिताको आज एक समारोहका बिच नेकपा माओवादीका नेता शिवकुमार साहले गरेका छन् ।

एक हप्तासम्म चल्ने यस प्रतियोगितामा पर्सा र बाराका विभिन्न गाउँ हरुबाट ८ वटा टिमहरुको सहभागिता रहेको छ । प्रतियोगिताको पहिलो दिन आज भएको उदघाट्न खेलमा निचुटा पर्सा सङ्ग बकुलिया बारा १ गोल अन्तरले जितेको छ । भने भोलिको खेल पर्साको वीरगञ्ज र देकुली पटीर्वा वीच हुने आयोजक संस्थाले जनाएको छ ।

प्रतियोगिता उदघाट्न कार्यक्रममा दर्शक, खेलाडी  तथा सर्वसाधारणको व्यापक सहभागिता रहेकोे थियो ।

नेपाली काङ्ग्रेस ८४ मा एक्लै बहुमत ल्याउनेछ : नेता सिटौला

0

नक्कली बुवा बनेका एकजना कञ्चनपुर प्रहरी द्वारा पक्राउ

0

वीरगञ्ज, पौष ८//

नक्कली बुवा बनेर बिहे गराएको आरोपमा कञ्चनपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

डडेलधुराको अमरगढी नगरपालिका वडा नम्बर ३ निवासी वीरबहादुर ऐरले अमेरिकी भिसाको प्रलोभन देखाइ नक्कली विवाह गरेको घट्नामा सन्लग्न रहेको आरोपमा पक्राउ परेका हुन ।

ऐरलाइ शनिबार नै पक्राउ गरि आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

वीरगञ्जबाट ६ जुवाडे पर्सा प्रहरिको नियन्त्रणमा

0

सन्जय गुप्ता// पौष ७//

पर्सा प्रहरीले वीरगञ्जबाट ६ जना जुवाडेहरुलाइ नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा बीरगन्ज महानगरपालिका  -११ का बिमल बहादुर क्षेत्री, धुरेन्द्र प्रसाद यादव, नरेश बहादुर पौडेल, जयराम प्रसाद, गणेश कुमार थापा र राम श्रेष्ठ रहेका छन्।

अवैध रूपमा जुवा खेल भैरहेको  विशेष सूचनाका आधारमा प्रहरीले बीरगन्ज -१३ स्थित सोनालाल कुशवाहाको घरको छतमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई रंगेहात पक्राउ गरिएको हो ।

अभियुक्तहरुको साथबाट १ लाख ४५ हजार ५४० रुपैयाँ नगद र ३ बुक तास समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ परेकाहरुमाथि जुवा खेल्ने कसूरमा मुद्दा दर्ता गरी ७ दिनको म्याद थपेर अनुसन्धान  भैरहेको समेत पर्सा प्रहरीले जनाएको छ ।

एन पि एल सट्टाबाजिमा संलग्न २ भारतिय काठमाडौ प्रहरीद्वारा पक्राउ

0

वीरगञ्ज, पौष ७//

नेपाल प्रीमियर लिग( एन पि एल)को फाइनल खेललाई आधार बनाइ अनलाइन सट्टेबाजी गर्ने २ जनालाइ प्रहरीले राजधानीमा पक्राउ गरेको छ ।

भारत उत्तर प्रदेश जिल्ला आग्रा सिकान्द्रा पञ्चायत घर भई हाल काठमाडौ टोखामा बस्ने ४७ वर्षीय हरिस जावा र ३८ वर्षीय ऋषि मातनलाइ जिल्ला प्रहरी काठमाडौबाट गएको प्रहरी टोलिले आज आइतबार उनीहरुको कोठाबाट नै पक्राउ गरेको छ ।

पक्राउ परेकाउनीहरुबाट पाँच वटा मोबाइल, एउटा ल्यापटप, आठ वटा एनसेलको सिमकार्डसहित जावाको भारतीय राहदानी र आधार कार्ड, माकनको आधार कार्ड र मतदान कार्ड तथा अनलाइन सट्टाबाजिका लागि प्रयोग गरिने उपकरण समेत प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुवैजनालाइ हिरासतमा राखी अनुसन्धान भैरहेको महानगरीय प्रहरी प्रभागले जानकारी दिएको छ ।