Home Blog Page 18

अर्नाको आक्रमण बाट १ जनाको मृत्यु

0

वीरगञ्ज, पौष ४//

जङ्गली अर्नाको आक्रमण बाट सप्तरीमा हिजो बुधबार  एक जनाको मृत्यु भएको छ ।

आफ्नै खेतमा काम गरिरहेका सप्तरीको हनुमान नगर कन्कालिनी नगरपालिका -९ का स्थानीय किसान् शुभेलाल मण्डल लाई कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट आएको अर्नाले आक्रमण गरि घाइते बनाएको र उपचारका क्रममा उनको मृत्यु भएको स्थानीयहरुले बताएका छन् ।घट्ना पश्चात् सो क्षेत्रमा त्रास बढेको समेत बताइएको छ ।

एनपिएल को फाइनलमा पुग्न जनकपुर र कर्णाली आज खेल्दै

0

वीरगौन्ज, पौष ४//

नेपाल प्रीमियर लिग (एन पि एल ) को क्वालिफायर टु मा आज जनकपुर बोल्ट्स र कर्णाली याक्सको बीचमा प्रतिस्पर्धा हुँदैछ ।

सिरिज अन्तर्गत लिग चरणको दोश्रो स्थानमा रहेको जनकपुरले क्वालिफायर -१ मा सुदूरपश्चिम सङ्ग पराजित भएर पनि क्वालिफायर टु खेल्न पाएको छ भने हिजो सम्पन्न खेलमा कर्णालिले चितवन राइनोलाइ पराजित गर्दै क्वालिफायर टु को यात्रा तय गरेको हो ।

क्वालिफायर टु आज विहिवार दिउँसो १२:०० बजे देखि त्रिभुवन विश्वविद्यालयको किर्तिपुर स्थित अन्तराष्ट्रीय कृकेट ग्राउन्डमा हुनेछ ।

 

पञ्चवर्षिय गढिमाइ मेलाको समापन भएपनी भिड उतिकै, आस्थालाइ नियमन गर्न नसकिने श्रद्धालुहरुको दाबि

0

वीरगञ्ज, पौष ३//

विश्वप्रसिद्ध पञ्चवर्षिय गढिमाइ मेलाको विधिवत समापन भएपनी श्रद्धालुहरुको भिड्मा कमि देखिएको छैन ।बाराको महागढिमाइ नगरपालिका वडा नम्बर १, बरियारपुरमा लागेको यो मेलाको, मेला समितिको कार्यक्रम अनुसार गत आइतबार नै मेलाको विधिवत समापन भएको छ । माताको दर्शनको अभिलाषा बोकेर आएका भक्तजनहरु मेला समिति वा कुनै तहको सरकारले बनाउने नियम कानूनले माता माथीको आस्थामा कुनै प्रभाव पार्न नसक्ने तथा श्रद्धालुहरु मेला लागे पनि वा नलागेपनी माताको दर्शनका लागि निरन्तर आइरहने दाबी गरेका छन ।

गढिमाइ मेलामा यस वर्ष करिब २ करोड को हाराहारीमा छिमेकी मुलुक भारत लगायत अन्य देश बाट समेत दर्शनार्थीहरु आएको तथा मेलामा १० हजार जति राङ्गा र हजारौं बोकाहरुको बलि दिइएको मेला समितिले जनाएको छ ।

साथै गढिमाइ पञ्चवर्षिय मेलामा शान्ति सुरक्षाको लागि भारी मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।यो मेलाको समापन भएपनी मेलामा बलि दिन नसक्ने भक्तजनहरु यस बर्षको माघेस्न्क्रान्तिमा पनि बलिदिन आउने गरेको पुरानो इतिहास रहेकोे छ ।

 

पत्रकारको नेतृत्वमा पहिलो पटक महिला, पर्साका तिवारी सचिवमा विजयी

0

वीरगञ्ज, पौष १//

नेपाल पत्रकार महासङ्घको नेतृत्व पहिलोपटक महिलाको हातमा आएको छ । महासङ्घको नयाँ नेतृत्वका लागि गत २८ गते सम्पन्न चुनावमा नेपाल प्रेस यूनियन तथा प्रेस चौतारी नेपालको तर्फबाट सझा उम्मेदवारको रूपमा अगाडि बढेकी निर्मला शर्मा ४ हजार २ सय ८२ मत प्राप्त गरि निर्वाचित भए पश्चात् नेपाल पत्रकार महासङ्घको इतिहासकै पहिलो महिला अध्यक्ष हुन पुगेकी हुन ।

उनको निकटतम प्रतिद्वन्द्वी  रमेश विष्टले ३ हजार २ सय ३ मत ल्याएका छन् ।

 वरिष्ठ उपाध्यक्षमा युनियन चौतारी प्यानलकै  दीपक आचार्य, उपाध्यक्ष महिलामा नितु पण्डित,  समावेशी उपाध्यक्षमा उमीदप्रसाद बागचन्द, महासचिवमा रामप्रसाद दाहाल, महिला सचिवमा सोनी शर्मा, सचिव ( आदिवासीमा ) सविन प्रियासन, सचिव (मधेसीमा ) पत्रकार महासङ्घ पर्साका पूर्व अध्यक्ष अशोक कुमार तिवारी, सचिव ( दलितमा ) प्रकाश धौलाकोटी, एसोसिएट सचिवमा बैकुण्ठरज पराजुली र कोषाध्यक्षमा रामकृष्ण अधिकारी लगायतका विजयी भएका छन् ।

नेकपा एमाले विश्रामपुर द्वारा चियापान

0

मनोज गुप्ता // वीरगञ्ज, पौष १// 

  • नेकपा एमाले विश्रामपुर बाराले आज चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

नेकपा एमाले विश्रामपुर बारा गाउँपालिका कमिटीका अध्यक्ष मनिर देवानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री एकबाल मियाँ, अतिथिहरु मधेस प्रदेश सदस्य धर्मदेव प्रसाद यादव, एमाले बारा जिल्ला सदस्य धुरन यादव, भावी पालिका अध्यक्षका उम्मेदवार मदन यादव, जुमराती मिया, सन्जय चौरसिया, सुरेन्द्र यादव, हृदय नारायण प्रसाद, मङल यादव, विश्वेश्वर पटेल लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

पत्रकार महासङ्घ पर्सामा मिश्रित नतिजा, अध्यक्षमा खनाल विजयी

0

वीरगञ्ज, मन्सिर २९//

नेपाल पत्रकार महासङ्घको शुक्रबार सप्पन्न निर्वाचनमा मिश्रित नतिजा आएको छ । अध्यक्ष पदका लागि दुई अलग अलग गठ्बन्धनबाट उम्मेदवारी दिएका पूर्व अध्यक्ष अनूप तिवारी र ओम प्रकाश खनाल मध्ये खनाल ९ मतान्तरले विजयी भएका छन् ।

सुरु सुरुमा नेपाल प्रेस यूनियन र प्रेस चौतारिको गठबन्धन बलियो रूपमा देखिएपनी आपसी द्वन्द्व र घात अन्तर्घात एवम उम्मेदवार सङ्गको व्यक्तिगत लगावका कारण कुनै पनि प्यनालको तर्फ नभै नतिजा मिश्रित आएको छ ।

शुक्रबार विहान ८:०० बजे सुरु भएको मतदान  सम्पन्न भएर त्यही राती ९:०० बजे देखि सुरु भएको मतगणनाको राती अबेर सार्वजनिक भएको नतिजा अनुसार खनाल ८४ मत प्राप्त गरि निर्वाचित भएका छ्न भने तिवारी ७५ मत लिन सफल भएका छन् ।

त्यस्तै उपाध्यक्षमा भूषण यादव, महिला उपाध्यक्षमा निलिमा पौडेल, सचिवमा विजय चौहान, सह सचिव खुल्लामा अजय चौरसिया, सह सचिवमा एस के चौरसिया,  कोषाध्यक्षमा सञ्जिव मिश्रा तथा सदस्यहरुमा कमला भण्डारी, अजित भुजेल, आरोहण साह, प्रकाश तिवारी, कपिलदेव यादव, प्रमोद यादव, बलिराम शुक्ला, रितेन्द्र झा, श्याम कुश्वाहा, राहुल साह र केन्द्रिय परिषद सदस्यमा राघव साह एवम महेश्चन्द्र गौतम निर्वाचित भएका छन् ।

महासङ्घको निर्वाचन देशैभरी हुँदै, गठबन्धनको अवस्था बलियो, अन्तर्घात हुनसक्ने प्रबल सम्भावना

0

सन्जय गुप्ता//वीरगञ्ज, मंसिर २८// 

नेपाल पत्रकार महासङ्घको निर्वाचन आज देशव्यापी रूपमा हुँदैछ । केन्द्र, प्रदेस तथा जिल्ला तिनै तहको नयाँ नेतृत्व चयनका लागि भैरहेको निर्बाचनमा नेपाल प्रेस यूनियन र प्रेस चौतारी नेपालको सन्युक्त प्यानल चैतर्फी चर्चामा रहेको छ ।

सन्युक्त प्यानलको अवस्था बलियो हुनसक्ने संभावनालाई मध्यनजर गर्दै बाकी सङ्गठनहरु समेत आपसी तालमेलमा जुटेका छन भने स्वतन्त्र उम्मेदवारहरु पनि दुबै गठबन्धनका असन्तुष्ट व्यक्तिहरुलाइ प्रभावित गर्ने तथा सङ्गठन भन्दा व्यक्तिगत सम्बन्धलाई महत्त्व दिइदै आ आफ्नो पक्षमा मतदाता फकाउन लागिपरेका छन् ।

देशै भरी देखिएको यस्तो त्रिकोणात्मक प्रतिस्पर्धाको प्रभाव पर्सामा पनि देखिएको छ ।

पर्सामा पनि दुबै गठबन्धनका तर्फबाट अध्यक्ष का दुइजना उम्मेदवार तथा बाकी पदहरुमा स्वतन्त्र उम्मेदवारहरु समेतले उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवार हरुमा गठबन्धन सम्मीलित सङ्गठनका सदस्यहरु समेत रहेकोले अन्तर्घात हुनसक्ने सम्भावना पनि बलियो रहेको छ ।

यसरी सङ्गठनको निर्णयविरुद्ध उम्मेदवारी दिने र अन्तर्घात गर्ने कारणहरुमा सङ्गठनात्मक अनुशासनको खुकुलोपना तथा सङ्गठनका नेतृत्वकर्ताहरुमा निहित स्वार्थ प्रमुख कारण रहेको बुझिएको छ ।

ट्रम्प दोस्रोपटक वर्ष व्यक्ति घोषित

0

सन्जय गुप्ता// वीरगञ्ज, मंसिर २८//

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रोपटक टाइम वर्ष व्यक्ति घोषित भएका छन । यस अघि सन २०१६ मा पनि उनी टाइम वर्ष व्यक्ति घोषित भएका थिए ।

टाइम म्याग्जिनका सम्पादक साम ज्याकोब्सले विश्वमा अमेरिका र अमेरिकी राष्ट्रपतिको भूमिका परिवर्तनका लागि ट्रम्पलाइ सन २०२४ को वर्ष व्यक्ति घोषणा गरिएको बताएका छन् । विश्वका धेरै चर्चित एवम महान हस्तिहरुलाइ पछि पार्दै ट्रम्पले यो उपाधी पाउन सफल भएका हुन ।

चिनियाँ नागरिकको करिब १० लाख चोरेको आरोपमा चितवन बाट १ जना पक्राउ

0

मनोज गुप्ता//वीरगञ्ज, मंसिर २८//
चिनियाँ नागरिकको कोठाबाट ९ लाख ९० हजार रुपैयाँ चोरी गरेको आरोपमा चितवनबाट एक जना पक्राउ परेका छन् ।
गत साउन ८ गते काठमाडौ बौद्ध स्थित चाइनिज इन्टरप्राइजेज इन्कुवेसन सेन्टर प्रा.लि मा बास बसेका चिनियाँ नागरिक छि युयान योङ्ग को कोठाबाट रु ९ लाख ९० हजार चोरी गरि फरार रहेका चितवनको भरतपुर महानगरपालिका वडा न. २, बेलडाँगीका रामभक्त श्रेष्ठ लाई प्रहरीले  पक्राउ गरेको हो ।
पक्राउ परेका श्रेष्ठ विरुद्ध यस अघि पनि पटक पटक चोरिको मुद्दा  परेकोले उनी पेशेवर अपराधी रहेको सन्का छ । उनलाई अपराध अनुसन्धान कार्यालय काठमाडौमा राखी अनुसन्धान भैरहेको छ ।

पत्रकार महासङ्घको निर्वाचन भोलि हुँदै, पर्सामा १ जिल्ला सदस्य सहित सातै प्रदेश परिषद सदस्य निर्विरोध निर्वाचित

0

मनोज गुप्ता //वीरगञ्ज, मंसिर २७//

नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्वका लागि भोलि निर्वाचन हुँदैछ । भोलि हुने निर्वाचनका लागि उम्मेदवार हरु आ आफ्नै तरिकाले कसरत गर्दै छन ।

भोलि हुने निर्वाचनमा नेपाल प्रेस यूनियन र प्रेष चौतारी नेपालको गठबन्धन केन्द्र देखि जिल्ला सम्म बलियो देखिएको छ । पर्सा जिल्ला कार्यसमितिको नयाँ नेतृत्वका लागि ३५ सिट्मा  ७८ जनाले आज  मनोनयन पत्र दर्ता गराएका छन् ।

पर्सा शाखामा दलित सदस्य छेदी(सुवास )राम र प्रदेश परिषद सदस्य पदमा उम्मेदवारी दिएका सातैजना निर्विरोध निर्बाचित भएका छन्,  भने जिल्ला कार्यसमिति अन्तर्गत अध्यक्ष पदका लागि अनुप तिवारी र ओमप्रकाश खनाल, उपाध्यक्ष (खुल्ला तर्फ) भूषण यादव, अलिअसगर देवान र जगत राई, उपाध्यक्ष (महिला तर्फ) निलिमा पौडेल र कविता खड्का, सचीवमा विजय चौहान, शेखर बहादुर क्षेत्री, मनोज पटेल र सफल खतिवडा, कोषाध्यक्षमा सन्जिव मिश्रा, धनन्जय मिश्र, अमित साह त्यस्तै सह सचिवका लागि ६ जना र खुल्ला सदस्यको को ६ वटा सिटका लागि २४ जनाको उम्मेदवारी परेको छ ।

पर्सामा पनि गठबन्धनकै उम्मेदवार हरु बलियो अवस्थामा रहेको भनी अनुमान गरिएको छ ।