Home Blog Page 17

रास्वपाको प्रथम जिल्ला भेला सम्पन्न, पन्तको नेतृत्वमा जिल्ला कमिटी गठन

0

सन्जय गुप्ता// वीरगञ्ज, पौष ७//

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको पहिलो जिल्ला भेलाले हरि पन्तको अध्यक्षतामा ८ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

वीरगञ्ज स्थित होटल क्लासिक ब्यान्क्वेटको सभाहलमा सम्पन्न भेलाले उप-सभापतिमा तुलसा पौडेल, सचिवमा सुदीश प्रजापति, सहसचिवमा कृष्ण पासवान, र सदस्यहरूमा सुरेस यादव, पूर्ण सापकोटा, दिलिप कुर्मी र प्रियांका पटेललाइ चयन गरेको छ ।

पार्टीका केन्द्रिय उप सभापति डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा सप्पन्न कार्यक्रममा आजै नवगठित कमीटीका पदाधिकारी हरुलाइ पद तथा गोपनियताको सपथ ग्रहण समेत गराइएको छ ।

अन्धाधुन्ध कार चलाउदा जर्मनीमा ५ को मृत्यु, ६८ घाइते

0

वीरगञ्ज, पौष ७// 

अन्धाधुन्ध तिब्र गतिमा कार चलाउदा जर्मनीको माग्डबर्गमा ५ जनाको मृत्यु भएको छ भने ६८ जना घाइते भएका छन् ।

शहरको क्रीसमस बजारको भिडमा गुडेको कार घट्नास्थल भन्दा ४ सय मिटरको दुरिमा पुगेपछि मात्रै रोकिएको थियो ।

अनहल्टका राज्यप्रमुखका अनुसार साउदी अरबका एकजना चिकित्सक घट्नाको प्रमुख आक्रमणकारी रहेको  बिबिसीले जनाएको छ ।

घट्ना नियतबस गराइएको हुनसक्ने आशन्कामा १८ वर्ष देखि जर्मनीमै बसिरहेका ती चिकित्सकलाई प्रहरीले आफ्नो हिरासतमा लिएको छ । घट्नाको विशेष अनुसन्धान भैरहेको छ ।

दुर्घटना पछि आसपासको क्षेत्रमा समेत त्रासमय वातावरण बनेको छ ।

पर्साको बहुदरमाइमा लाखौंको क्षती, घट्नामा सन्लग्न २ जना पक्राउ

0

सन्जय गुप्ता// वीरगञ्ज, पौष ७ //

पर्साको बहुदरमाई नगरपालिकामा भएको तोडफोड र आगजनीको घटनामा संलग्न दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नगरपालिकाले ६ महिना देखि शिक्षकहरूको तलब नदिदा पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीहरुले नगरपालिकामा गत शुक्रबार तोडफोड र आगजनी गरेकोमा लाखौंको क्षति भएको छ ।

घट्नामा संलग्न रहेको भनी आशन्कामा प्रहरीले २ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका विद्यार्थी हरु नाबालक रहेकोले परिचय खुलाइएको छैन ।

नगरपालिकाका मेयर सिङ्गासन साह र प्रमुख प्रशासकीय अधिकृत महम्मद शेरे मुस्तुफाको आन्तरिक विवादका कारण नगरपालिका अनिर्णयको बन्दी बनेको र यस्तो परिस्थिति सृजना भएको बताइएको छ ।

साथै अझै पनि नगरपालिकाको काम तथा व्यवस्थापन चुस्त नगरे अवस्था अझै बिग्रीनसक्ने अनुमान सर्वसाधारणहरुको रहेको छ ।

 

जनकपुर बोल्टको जित भएकोमा पर्साको सखुवा प्रसौनिमा विदा

0

सन्जय गुप्ता//वीरगञ्ज, पौष ७ //

नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्स विजय भएपछि पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आज आइतबार गाउँपालिकामा सार्वजनिक विदाको घोषणा गरेको छ ।

खेलकुदको इतिहासमा राष्ट्रिय महा उत्सवको रूपमा मनाइएको यो एन पि एल सिजन -१ को उपाधी जितेकोमा मधेस प्रदेस भरि नै खुसियाली मनाइएको छ भने त्यसै अवसरमा पालिकामा विदा दिइएको गाउपालिका अध्यक्ष द्वारा जारी विज्ञप्ति बाट जनाइएको छ ।

अन्तत: एन पि एल कप जनकपुरको कब्जामा

0

वीरगञ्ज, पौष ६//

नेपालमा जारी नेपाल प्रीमियर लिग(एन पि एल) सिजन-१, को फाइनल आज जनकपुर बोर्डले जितेको छ। त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई जनकपुर बोल्टस ले ५ विकेटले पराजित गर्दै एनपिएल सिजन-१, सिरिजको उपाधी जित्दै  ऐतिहासिक रेकर्ड बनाएको हो ।

सुरुवाती ब्याटिङ गरेको सुदूरपश्चिम रोल्सले २० ओभर खेल्दै ९ विकेट गुम्कएर १८४ रन बनाएको थियो । १८५ रनको विजय लक्ष्य लिएर ब्याटिङमा ओर्लेको जनकपुर बोल्ट्सले ५ विकेट खर्चिँदै १९. २ ओभरमा लक्ष्य पुरा गर्दै फाइनल सिरिज आफ्नो पोल्टामा पार्न सफल भएको छ।

आज सम्पन्न फाइनल खेल अत्यन्तै रोचक प्रतिस्पर्धामा सम्पन्न भएको र यो खेलले सम्पूर्ण नेपालीमा खेलप्रतिको आकर्षण बढाउँदै सम्पूर्ण नेपाली खेलाडीहरुको  भविष्य सुरक्षित भएको जस्तो महसुस गरेको खेलप्रेमिहरुको भनाइ रहेको छ ।

जितपुर सिमरामा कारभित्र मृत व्यक्ति भेटियो

0

मनोज गुप्ता, कलैया, पौष ६//

बाराको जितपुर सिमरामा कारभित्र एक जना मृत व्यक्ति फेला परेका छन् ।

जितपुर सिमरा उप महानगरपालिका वडा नम्बर ११ मा बागमती प्रदेश ०१ ०२८ च ७६१६ नम्बरको नेटा कार भित्र मृत अवस्थामा आज विहान फेला परेको पुरुषको पहिचान हुन सकेको छैन ।

मृतकलाई गोलि हानेको हुनसक्ने सर्वसाधारणहरुको अनुमान रहेको छ । घट्नास्थलमा अहिले बाक्लो मात्रामा प्रहरीको उपस्थिति देखिएको छ । घट्ना के कसरी भएको भनी यकिन साथ हालै भन्न नसकिने तथा घट्नाको विशेष अनुसन्धान भैरहेको बारा प्रहरीले जनाएको छ ।

लोकतन्त्रको खिल्ली उडाउदै बहुदरमाइ नगरपलिका, व्यक्तिगत स्वार्थमा मेयर र अधिकृत, आमजनता र कर्मचारी निरीह, देशमा कानून नै नरहेको अनूभुति

0

सन्जय गुप्ता// वीरगञ्ज, पौष ४//

 सहनशीलताको सिमा पार गरेको पर्साको बहुदरमाइ नगरपालिकाले लोकतन्त्रको खिल्ली उडाएको भन्दै आक्रोसित स्थानीय विद्यार्थीहरु आज नगरपालिकामा तालाबन्दी गरि आन्दोलन गरेका छन ।

 

नगरपालिकाका मेयर सिङ्गासन साह र प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तुफाले आ आफ्नो व्यक्तिगत स्वार्थ पुर्ती गर्ने दाउ रहेको एक अर्कालाई आरोप प्रत्यारोप लगाउदै आर्थिक वर्षको सुरुवात देखि नै आजसम्म नगरपालिकाको सम्पूर्ण कामकाजलाइ ठप्प पार्दै आफ्नो अख्तियारको दुरुपयोग गरेको भन्दै यी दुबैजना मिलेर नगरवासी र यहाँका कर्मचारीहरुलाइ निरीह बनाएको तथा सर्वसाधारण र हामी विद्यार्थीहरुको भविस्य सङ्ग खेलवाड गरिरहेको आन्दोलित विद्यार्थीहरुको आरोप रहेको छ ।

नगरको अभिभावकको भूमिकामा रहेका नगर प्रमुख साह र प्रमुख प्रशासकिय अधिकृत मुस्तुफा दुवैजनाले नगरपालिकालाई आ आफ्नो स्वार्थ पुर्तिको हिसाबले चलाउन खोज्दा कुरो नमिलेपछि विवाद उत्पन्न भएको सर्वसाधारण हरुले बताएका छन ।

यता दुइजना विचको द्वन्द्वका कारण सिङ्गो नगर तहस नहस भैरहदा पनि कुनै निकायले यिनिहरुलाइ तह लगाउने लियाकत राख्दैन भने यो लोकतान्त्रिक ब्यवस्था नभै राजतन्त्र भन्दा पनि अव्यवहारिक शासन पद्धति भएको आभास आफुहरुले गरेको गुनासो यहाँ सर्वसाधारण नागरिकहरुले गरेका छन् ।

नगरपालिकामा नेतृत्वदायी भुमिकामा रहेका दुई जनाको मनमुटावका कारण नगरपालिकाका शिक्षक लगायत अन्य कर्मचारीहरु समेत आर्थिक वर्षको सुरुवात देखि आज सम्म तलब समेत नपाएको अवस्थामा काम गरिरहेको भएपनि यस विषयमा कहि कतै कुनै निकाय बाट चासो नदेखिएको दुखेसो कर्मचारीहरुको रहेकोे छ ।

यसरी आफ्नो व्यक्तिगत स्वार्थका लागि सार्वजनिक निकायको सम्पूर्ण कामकाज ठप्प पार्दै सिङ्गो पालिकालाइ नै आफ्नो स्वार्थपुर्तिका लागि अख्तियारको दुरुपयोग गरि जनताको कामकाज ठप्प पार्नु र जिविकापार्जन हेतु काम गरिरहेको कर्मचारीहरुको तलब समेत दशै, तिहार र छठ जस्तो पर्वको अवसरमा समेत नदिनु अत्यन्तै अव्यवहारिक र दुखदायी पक्ष भएकोले यथाशिघ्र यो समस्या समाधान गर्नुपर्ने सर्वसाधारण तथा सरोकारवाला हरुको भनाइ रहेकोे छ ।

क्वालिफायर टु मा जनकपुरको जित, एन पि एल उपाधिका लागि सुदुरपश्चिम सङ्ग भिड्ने

0

वीरगञ्ज, पौष ४// 

एन पि एल को आज सम्पन्न क्वालिफयर टु मा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाइ २ विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ ।

कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले १९ ओभर खेल्दै ८ विकेट गुमाएर पूरा गर्दै फाइनलको यात्रा पक्का गरेको हो । आजको खेलमा जनकपुर बोल्ट्सका लागि जीमी नीशमले आक्रमक ब्याटिङ गर्दै सर्वाधिक ४५ रन बनाए भने कर्णाली याक्सका नन्दन यादव र युवा स्पीनर विपिन शर्माले राम्रो प्रदर्सन गरेका छन् ।

आजको जित सङ्गै एन पि एल को पहिलो उपाधिका लागि जनकपुर बोल्ट्स र सुदुरपश्चिमका बिच अगामी शनिबार अन्तिम भिडन्त हुने भएको छ ।

किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय कृकेट मैदानमा हुने फाइनल खेल दुबै टिमका खेलाडी, समर्थक, दर्शक र आयोजक समेतका लागि अत्यन्तै रुचिको विषय बनेको बुझिएको छ । एन पि एल ले नेपाली कृकेटको प्रभावलाई अत्यन्तै लोकपृय बनाएको आमनागरिकको बुझाइ रहेको छ ।

मनाङ्गमा करिब पौने ५ म्याग्निच्यूडको भूकम्प

0

वीरगञ्ज, पौष ४//

मनाङ्गमा आज विहान ४.७ म्याग्निच्यूडको भुकम्प गएको छ ।

आज विहान ७:३७ बजे मनाङ्गको नेस्याङ्ग आसपास केन्द्रविन्दु बनाइ भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

 

भूकम्पबाट हालसम्म कुनै मानविय क्षतिको जानकारी आएको छैन । भूकम्प गएपश्चात् उक्त क्षेत्रमा जनजिवन त्रसित भएको बताइएको छ भने सतर्कता साथ आफ्नो दिनचर्यामा लाग्न सरोकारवालाहरुले सुझाएका छन ।

 

डुङ्गा दुर्घटनाबाट भारतमा १३ को ज्यान गयो

0

वीरगञ्ज, पौष//

डुङ्गा दुर्घटना हुँदा भारतमा १३ जनाको ज्यान गएको छ ।

मुम्बई स्थित गेट्वे अफ इन्डिया बाट जादै गरेको डुङ्गालाइ इन्डियन नौसेनाको बोटले ठक्कर दिदा भएको दुर्घटनामा नौसेनाका तीन जवानसहित १३ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।