Home Blog Page 19

पत्रकार महासङ्घ बारामा ७ जना निर्विरोध

0

मनोज गुप्ता//वीरगञ्ज, मंसिर २७

नेपाल पत्रकार महासङ्घ को अगामी नेतृत्वका लागि हुनलागेको निर्वाचन अन्तर्गत बारा शाखामा ७ जना निर्विरोध निर्वाचित भएका छन । 

निर्वाचन कार्यक्रम अन्तर्गत आज बिहीबार सम्पन्न मनोनयन दर्ता मा  खुल्ला उपाध्यक्ष पदमा पन्नालाल दास, उपाध्यक्ष महिलातर्फ प्रियङ्का दास, सचिवमा पुष्पराज खतिवडा  तथा सदस्यमा धिरेन्द्र तिवारी, धिरेन्द्र पनुहर, नुन आलम मन्सुर र शर्मालाल बैठा को एकल उम्मेदवारी परेपश्चात सातैजना निर्विरोध निर्वाचित  भएका हुन ।

नेपाल  पत्रकार महासङ्घ बाराको भवनमा भएको मनोनयन दर्ता कार्यक्रममा अध्यक्ष पदका लागि रमेश सुवेदी, श्याम यादव र अनिल तिवारीले उम्मेदवारी दिएका छ्न भने सबै पदको गरि ३४ सिटका लागि ४३ जनाले उम्मेदवारी दिएको बताइएको  छ ।

 

भ्रातृ संस्थाहरुको अधिवेशनका लागि काङ्ग्रेस द्वारा निर्देशन समिति गठन

0

वीरगञ्ज// मंसिर २६// नेपाली काङ्ग्रेसले भ्रातृ सङ्गठनहरुको महाधिवेशनसप्पन्न गर्नका लागि महाधिवेशन केन्द्रिय निर्देशन समिति गठन गरेको छ ।

अहिले पार्टीका सबै भ्रातृसंगठनहरु को तदर्थ समितिले काम गरिरहेकोले चैत मसान्तसम्ममा महाधिवेशन सम्पन्न गर्न यश अघिनै पार्टी नेतृत्व पंक्तिले निर्देशन दिसकेको छ ।

अब हुने भ्रातृसंगठनहरुको महाधिबेशनमा समन्वय र सहयोग गरि सम्पन्न गराउनका लागि केन्द्रिय कार्यसमितिको निर्णय बमोजिम पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन केन्द्रिय  निर्देशन समिति गठन गर्नु भएको छ । नवगठित निर्देशन समितिले महाधिवेशनका लागि आवश्यक सहयोग र सहकार्य गर्नेछ ।

 

बयानका क्रममा रवि लामिछाने वीरगञ्जमा

0
सहकारी ठगीको आरोपमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टिका अध्यक्ष एवम् पूर्व गृहमन्त्री रवि लामिछानेको बयान वीरगञ्जमा  लिइएको छ ।
वीरगन्जको सानो पाइला वचत तथा ऋण सहकारी सन्स्थाको रकम हिनामिना गरेको प्रकरणमा जिल्ला अदालत पर्साले लामिछानेको बयान लिएको हो ।
बयानका क्रममा उनलाइ ५४ वटाजती प्रश्नहरु सोधिएको तथा बयान पश्चात् उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ ।
लामिछाने लाई गत कार्तिक २ गते काठमाडौ स्थित पार्टिको केन्द्रिय कार्यालय बाट पक्राउ गरि संबंधित  जिल्लाहरुमा लागि बयान लिइएको छ ।

 

विश्व प्रसिद्ध गढिमाइ मेलामा थाम्नै नसकिने भिड, बुधबार देखि कम हुने अनुमान

0

मनोज गुप्ता// बारा// मंसिर २५

विश्व प्रसिद्ध गढिमाइ मेलामा भक्तजनको भिड अझैसम्म पनि कम भएको छैन । पाँच वर्षको अन्तरालमा लाग्ने भएको र माता प्रतिको आगाढ श्रद्धा र विश्वाका कारण यसमेलामा श्रद्धालुहरुको अत्यधिक भिड लग्ने गर्दछ ।

सन्सारमै सबैभन्दा बढी बलि दिइने यस मेलामा यस वर्ष पनि लाखौंको सन्ख्यामा बोका, राङ्गा, कुखुरा लगायतका जिवहरुको बलि दिइएको छ । मेलामा नेपाल तथा भारत लगायत अन्य मुलुक समेत बाट लाखौ भक्तजन हरुको सहभागिता यस वर्ष पनि देखिएको छ ।

मेलाको सुरक्षा व्यवस्था लाई मध्यनजर गर्दै बारा प्रहरिले छिमेकी जिल्ला तथा अन्य जिल्लाबाट समेत अत्यधिक मात्रामा सुरक्षाकर्मिहरु परिचालन गरिएका छन् ।

मेलामा पछिल्लो १ हप्तादेखी अप्रत्याशित भिड बढेकोमा बुधबार देखि भिड घट्दै जाने अनुमान गरिएको छ ।

 

छठ व्रतको अन्तिम दिन आज परना

0

वीरगञ्ज, कार्तिक २३

हिन्दु धर्मावलम्बीहरुको महान पर्व छठ व्रतको चौथो दिन आज परना, आज उदियमान  सूर्यलाई अर्घ दिइ व्रत समापन भएको छ ।

भोजपुरी मौलिकतामा परना अथवा बिहनिया घाट भनेर चिनिने छ्ठ पर्व अन्तर्गतको  आज चौथो (अन्तिम) दिन ३ दिन् देखि उपवास बसेका श्रद्धालुहरु आज बिहानै नुहाइ धुवाइ गरि चोखो भई पूजास्थल (छठ घाट) मा गएर विधिवत पूजा गरि आ आफ्नो पायक पर्ने जलाशयमा उदियमान सूर्यलाइ आ आफ्नो पुरोहितको मद्दतले अर्घ दिई बिहनिया  घाटको पूजा सम्पन्न भई छठ पूजाको विधिवत समापन भएको छ ।

प्रत्येक कार्तिक शुक्ल चतुर्थी तिथि बाट शुरु भइ सप्तमी तिथि सम्म चार  दिन मनाईने छठ पर्व अन्तर्गत पहिलो दिन नहायखायको दिन  श्रद्धालुहरु आ-आफ्नो पायक पर्ने जलासय, ताल, पोखरी आदिमा स्नान गरि चोखो भइ शुद्ध भोजन(खासगरी भात, रहरको दाल, लौकिको तरकारी, तोरिको साग लगायतका) आदि खाएर व्रतको सुरुवात गरिने परम्परा अनुसार छठ व्रत गत मङ्गलवार देखि सुरु भएको थियो ।

यस  पर्व अन्तर्गत दोश्रो दिन खरना जसलाई  भोजपुरी मौलिक भाषामा रसियाव रोटि भन्ने गरिन्छ । यो दिन दिनभर व्रतालु हरु निराहार( अन्नजल ग्रहण नगरीकन ) बसि बेलुकातिर चोखो माटोबाट निर्माण गरिएको नयाँ चुल्होमा खिर वा रसियाव तथा रोटि पकाइ विधिवत पूजा अर्चना पश्चात् परिवारका सम्पूर्ण सदस्यहरुले आ आफ्नो कुलदेवतालाइ ढोग्ने  तथा सोही रसियाव( खिर) र रोटी लाइ भोजनको रूपमा ग्रहण गर्ने प्रचलन रहेको छ ।

त्यस्तै तेस्रो दिनलाइ भोजपुरी मौलिकतामा संझिया घाट भन्ने गरिन्छ । तेस्रो दिन अर्थात कार्तिक शुक्ल षष्ठिका दिन आज श्रद्धालुहरु दिनभरी निराहार उपवास वसि साझ पख आ आफ्नो पायक पर्ने जलाशय, पोखरी वा नदिमा गइ अस्ताउदो सूर्यलाइ विधिवत रुपमा अर्घ दिईने प्रचलन रहेको छ । भने पर्बको चौथो अर्थात् अन्तिम दिन जसलाई पारन भन्ने गरिन्छ,  कार्तिक शुक्ल सप्तमिका दिन ३ दिन देखि उपवास वसेका श्रद्धालुहरु विहानै जलाशय, पोखरी वा नदिमा गई उदियमान (उदाउँदो) सूर्यलाई अर्घ दिई विधिवत रूपमा व्रतलाइ समापन गर्ने प्रचलन रहेको छ । यसरी विधिवत रुपमा अर्घ दिई पूजा अर्चना गरे पश्चात् विधिवत रुपमा यो व्रत समापन हुन्छ ।

छठ व्रत गरेपछी आफ्नो सम्पूर्ण मनोकामना पूर्ण हुने तथा सुख, सम्पती र एश्वर्य प्राप्त हुने जन विश्वास रहदै आएको छ । हुन त यो पर्व अचेल सन्सारका धेरै देशहरुमा मनाउन थालिएपनी छठ नेपालको तराई तथा छिमेकी मुलुक भारतको यूपी तथा बिहार राज्यको प्रमुख पर्व हो ।

यो पर्व तराई तथा यूपी बिहारका अधिकान्स घरमा मानाउने गरिन्छ । यो पर्वका अवसरमा घर घरमा साना देखि ठूला सम्म सबैका लागि नयाँ नयाँ  लुगा किन्ने र मीठो तथा चोखो खानेकुरा खाने गरिन्छ । यश पर्वका लागि दुर दराज गएकाहरु पनि घर फर्किने चलन रहेको छ भने यस पर्वलाई आफन्त र छिमेकिहरु बिच सौहार्द्ता कायम गर्ने उत्सवको रुपमा मनाउने गरिन्छ ।

छठ पर्वको तेस्रो दिन आज अस्ताउदो सूर्यलाइ अर्घ दिईदै

0

वीरगञ्ज, कार्तिक २२ 

हिन्दु धर्मावलम्बीहरुको महान पर्व छठ व्रतको तेस्रो दिन आज साँझ घाट अस्ताउदो सूर्यलाई अर्घ दिइ मनाईएको छ ।

भोजपुरी मौलिकतामा सझिया घाट भनेर चिनिने छ्ठ पर्व अन्तर्गतको  तेस्रो दिन दिनभरी पूजास्थललाइ सजाइ झकिझकाउ पारी २ दिन् देखि उपवास बसेका श्रद्धालुहरु साझ पख नुहाइ धुवाइ गरि चोखो भई पूजास्थल (छठ घाट) मा गएर विधिवत पूजा गरि आ आफ्नो पायक पर्ने जलाशयमा अस्ताउदो सूर्यलाइ अर्घ दिई सझिया घाटको पूजा सम्पन्न भएको छ ।

आस्था र विश्वासको महान व्रत छठ पर्व आजदेखी शुरु

0

वीरगञ्ज, कार्तिक २०

हिन्दु धर्मावलम्बीहरुको महान पर्व छठ व्रत आज देखि शुरु भएको छ ।

प्रत्येक कार्तिक शुक्ल चतुर्थी तिथि बाट शुरु भइ सप्तमी तिथि सम्म चार  दिन मनाईने छठ पर्व अन्तर्गत आज पहिलो दिन नहायखायको दिन  श्रद्धालुहरु आ-आफ्नो पायक पर्ने जलासय, ताल, पोखरी आदिमा स्नान गरि चोखो भइ शुद्ध भोजन(खासगरी भात, रहरको दाल, लौकिको तरकारी, तोरिको साग लगायतका) आदि खाएर व्रतको सुरुवात गरिने परम्परा अनुसार व्रतको सुरुवात गरिएको छ ।

यस  पर्व अन्तर्गत भोलि दोश्रो दिन खरना जसलाई  भोजपुरी मौलिक भाषामा रसियाव रोटि भन्ने गरिन्छ । यो दिन दिनभर व्रतालु हरु निराहार( अन्नजल ग्रहण नगरीकन ) बसि बेलुकातिर चोखो माटोबाट निर्माण गरिएको नयाँ चुल्होमा खिर वा रसियाव तथा रोटि पकाइ विधिवत पूजा अर्चना पश्चात् परिवारका सम्पूर्ण सदस्यहरुले आ आफ्नो कुलदेवतालाइ ढोग्ने  तथा सोही रसियाव( खिर) र रोटी लाइ भोजनको रूपमा ग्रहण गर्ने प्रचलन रहेको छ ।

त्यस्तै तेस्रो दिनलाइ भोजपुरी मौलिकतामा संझिया घाट भन्ने गरिन्छ । तेस्रो दिन अर्थात कार्तिक शुक्ल षष्ठिका दिन श्रद्धालुहरु दिनभरी निराहार उपवास वसि साझ पख आ आफ्नो पायक पर्ने जलाशय, पोखरी वा नदिमा गइ अस्ताउदो सूर्यलाइ विधिवत रुपमा अर्घ दिईने प्रचलन रहेको छ । भने पर्बको चौथो अर्थात् अन्तिम दिन जसलाई पारन भन्ने गरिन्छ,  कार्तिक शुक्ल सप्तमिका दिन ३ दिन देखि उपवास वसेका श्रद्धालुहरु विहानै जलाशय, पोखरी वा नदिमा गई उदियमान (उदाउँदो) सूर्यलाई अर्घ दिई विधिवत रूपमा व्रतलाइ समापन गर्ने प्रचलन रहेको छ । यसरी विधिवत रुपमा अर्घ दिई पूजा अर्चना गरे पश्चात् विधिवत रुपमा यो व्रत समापन हुन्छ ।

छठ व्रत गरेपछी आफ्नो सम्पूर्ण मनोकामना पूर्ण हुने तथा सुख, सम्पती र एश्वर्य प्राप्त हुने जन विश्वास रहदै आएको छ । हुन त यो पर्व अचेल सन्सारका धेरै देशहरुमा मनाउन थालिएपनी छठ नेपालको तराई तथा छिमेकी मुलुक भारतको यूपी तथा बिहार राज्यको प्रमुख पर्व हो ।

छठको अवसरमा सिमावर्ती भारतिय बजार लगायत नेपालको तराई भेगका बजारहरु समेतमा छठका लागि किनमेल गर्नेहरुको व्यापक भिड्भाड देखिएको छ ।

यो पर्व तराई तथा यूपी बिहारका अधिकान्स घरमा मानाउने गरिन्छ । यो पर्वका अवसरमा घर घरमा साना देखि ठूला सम्म सबैका लागि नयाँ नयाँ  लुगा किन्ने, दुर दराज गएकाहरु पनि घर फर्किने तथा आफन्त र छिमेकिहरु बिच सौहार्द्ता कायम गर्ने उत्सवको रुपमा मनाइने गरिन्छ ।

छठको अवसरमा आज पर्साको वीरगञ्जमा पनि किनमेल गर्नेहरुको ठूलो जमघट देखिएको छ ।

स्थानीय नेता यादव द्वारा शुभकामना आदानप्रदान

0

मनोज गुप्ता// वीरगञ्ज, कर्तिक १९ 

बारा विश्रामपुरका स्थानीय नेता मदन यादवले स्थानीय सर्वसाधारण सङ्ग शुभकामना आदानप्रदान गर्नुभएको छ ।

नजिकिदै गरेको छ्ठ पर्वको अवसरमा विश्रामपुर गाउँपालिका वडा नम्बर १ र २ का सर्वसाधारण सङ्ग शुभकामना आदान प्रदान तथा आर्थिक सहयोग गर्नुभएको हो ।

नेता यादव आफू जनताहरुको सुखदुखमा सदैव साथ रहने प्रतिबद्धता व्यक्त समेत गर्नुभएको छ ।

आज भाइटिका र गोबर्धन पूजा गरिदै

0

वीरगञ्ज, कार्तिक १८

यमपञ्चकको पाचौं दिन आज देशैभरी भाइटिका मनाइदै छ ।

यमपञ्चकको पाचौं दिन आज कार्तिक शुक्ल द्वितीया तिथि को दिन दिदिबहिनी को हातले टीका लगाइ आशीर्वाद लिनाले सुख, एश्ववर्य तथा आरोग्यता प्राप्त हुने जन विश्वास रहेको छ ।

तिहारको मुख्यदिन आज भाइटिकाको शुभ साइत विहान ११:३७ बजे रहेको छ ।

त्यस्तै तराईमा आज गोबर्धन पूजा गरिदैछ । तिहारको भोलि पल्ट गाइको गोबरबाट बनाइएको विभिन्न आकृतिहरुको विधिवत कुटाइ गरेर विधिवत  गोबर्धन पूजा गरिएको छ ।

गोवर्द्धन पूजा पश्चात् विहेवारी लगायतका शुभकार्यहरुको सुरुवात गरिने चलन तराइ लगायत सिमावर्ती भारतिय क्षेत्रमा रहेको छ ।

भारतीय राष्ट्रवादी पार्टीका नेता सिद्धिकिको हत्या

0

वीरगञ्ज, असोज २७ भारतिय राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का नेता बाबा सिद्दिकीको गोली हानी हत्या भएको छ । हिजो शनिबार राति मुम्बईको बान्द्रा नजिक उनीमाथि अचानक गोलि चलाइएको हो ।

छोरा जिशान सिद्दिकीको कार्यालय जाँदै गर्दा आक्रमणमा परेका सिद्धिकी लाई गोलि लागि गम्भीर घाइते अवस्थामा लीलावती अस्पतालमा भर्ना गरिएको थियो । उनको छातीमा गोली लागेको छ ।

 घट्नामा संलग्न रहेको आशन्कामा भारतीय प्रहरीले  दुईजनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको  छ ।

विगत ४८ वर्ष देखि भारतिय काङ्ग्रेसमा रहेका सिद्धिकी  करिब ८ महिना देखि एनसीपी (अजीत पवार गुट) मा सामेल भएका थिए ।