Home Blog Page 20

बडा दशैको सातौं दिन आज फुलपाती भित्र्याइदै

0

वीरगञ्ज, असोज २४

बडा दशैको सातौ दिन आज सप्तमी तिथि देशैभरिको शक्तिपिठहरुमा फुलपाती भित्र्याइदै छ ।

 

 

हिन्दुहरुको प्रमुख पर्वहरु मध्येको एक बडा दशै अन्तर्गत सप्तमी तिथिको दिन विभिन्न मन्दिरहरुबाट डोला उठाइ शक्तिपिठहरुमा लगेर विधि पूर्वक पूजाअर्चना गरि फूलापाती मनाइदै छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज विहान सावा सात बजेतिर फुलपातिको समय निर्धारण गरे पनि छिमेकी मुलुक भारत तथा तराईका केही स्थानहरुमा समेत हिजो बुधबार नै फुलपाती भित्र्याइएको छ ।

आज फुलपातिको अवसरमा मुलुकका सबै शक्तिपिठहरुमा भक्तजनको व्यापक घुइँचो लागेको छ । आज फुलपातिको अवसरमा वीरगञ्जको प्रसिद्ध गहवामाइ मन्दिर, विन्दवासनी मन्दिर, बिर्ता मन्दिर, कुमारीमाइ मन्दिर, राधेमाइ मन्दिर, बैष्णोमाता मन्दिर, बाराको विश्वप्रसिद्ध गढिमाइ मन्दिर, पर्साको कालिकामाइ मन्दिर, बहुदरमाइ मन्दिर, छिपहरमाइ मन्दिर लगायतका शक्तिपिठहरुमा भक्तजनहरुको व्यापक भिड देखिएको छ ।

बाढिका कारण देशैभरि ठूलो जनधनको क्षति, तराईमा सास्ती बढ्दै

0
  • मनोज गुप्ता// वीरगञ्ज, आश्विन १२

पछिल्लो २ दिन देखिको अविरल वर्षाका कारण देशैभरि ठूलो जनधनको क्षती भएको छ ।

अविरल वर्षाका कारण देशैभरिका सानाठूला सबै नदि, खोला तथा तलाउहरुमा पानीको अत्यधिक बहाव हुनुका साथै पानीको सतह बढेर अधिकान्स नदिहरुमा बाढी आएको छ ।

नदिहरुम बढेको पानीको बहाव अनियन्त्रित भै बस्तिमा पसेपछि राजधानी काठमाडौ लगायत देशैभरीको जनजिवन नराम्ररी प्रभावित भै ठूलो जनधनको क्षती भएको छ ।

अविरल वर्षाका कारण पहाडी भेगमा गएको पहिरोले पनि  अत्यधिक जनधनको क्षती गरेको छ । पानीको बहाव बढेपछी तराईमा बाढिको ठूलो समस्या देखिएको छ भने कोशी ब्यारेजमा समेत पानीको बहाव खेप्न नसक्ने अवस्थाको सृजना हुनसक्ने खतराको अनुमान गरिदै छ ।

यता तराईका सर्लाही, रौतहट, बारा तथा पर्सा जिल्लाको जनजिवन समेत बाढिका कारण प्रभावित बनेको छ ।

पर्साको वीरगञ्ज महानगरका अधिकान्स बस्ती डूबानमा परेका छन् । पर्साका वीरगञ्ज स्थित सिर्सिया र तिलावे नदि तथा ग्रामीण क्षेत्रमा रहेका ढोङ्गही, नौरङ्गिया, गङ्गोल, ओरिया, सिकटा लगायतका नदिहरुमा आएको बाढिले आसपासका बस्तिहरु डूबानमा पार्नुका साथै कृषि बालिमा समेत ठूलो क्षती पुर्याएका छ्न ।

साथै पर्सा जिल्लाको ग्रामीण क्षेत्रलाई सदरमुकाम सङ्ग जोड्ने लाइफ लाइनको रुपमा रहेको हुलाकी सडक तथा गण्डक नहरमा रहेको तिलावे पुल क्षतीग्रस्त हुँदा सर्वसाधारण चिन्तित भएका छन ।

गण्डक नहरमा रहेको तिलावे पूल करिब २ महिना देखि क्षतिग्रस्त भै प्रयोगमा रोक लगाइएको तथा सन्चालनमा रहेको एकमात्र हुलाकी राजमार्ग अन्तर्गतको विन्दवासनी अथित तिलावे पुल पनि अत्यधिक वर्षाका कारण पूर्ब तिरबाट सडक सङ्ग पूललाइ जोड्ने कनेक्टरमा क्षती हुँदा सर्वसाधारण चिन्तिति त

तनहुँको बस दुर्घटनामा मर्नेको संख्या २७ पुग्यो, आवस्यक समन्वय गर्न दूतावासको प्रतिनिधि घट्नास्थलमा

0

वीरगञ्ज, भाद्र ७//  तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनामा परि मर्नेको सँख्या २७ पुगेको छ ।

४३ जना यात्रुलाई बोकेर पोखराबाट काठमाडौंका लागि हिडेको  यूपी ५३ एफ टी ७६२३ नम्बरको बस आज बिहान तनहुँको अबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहरानजिकबाट मर्स्याङ्दीमा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टर बाट दुई पटकमा गरि काठमाडौ पठाइएको छ भने बाँकी सबैको मृत्यु भएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभएको छ ।

मृतक सबैको शव आबुखैरेनी गाउँपालिकामा नै राखिएको छ । गाडीमा सवार यात्रीहरु भारतिय नागरिक भएकोले शवलाइ पठाउन आवश्यक प्रक्रिया पुर्याउने काम भैरहेको तथा घट्ना सम्बन्धि विशेष जानकारी लिन र समन्वय गर्न भारतीय राजदुतावासको प्रतिनिधि पनि आजै घट्नास्थलमा पुगिसकेको जानकारी प्राप्त भएको छ ।

दुर्घटनामा परेको बस सङ्गै अर्को बस पनि रहेको तथा सो बसमा दुर्घटनामा परेकाहरुको आफन्तहरु सवार रहेकोले उनिहरुको सहयोगमा मृतकहरुको शवको पहिचान गर्ने कार्य भैरहेको बताइएको छ । दुबै बसको गरि ९० जना भन्दा बढी यात्रु बोकेको यी बसहरुले भाद्र ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएका थिए ।

माइस्थान मन्दिर बलिरामपुरमा सरसफाइ सप्पन्न

0

मनोज गुप्ता// बारा, श्रावण २८

श्रावण महिनाको अन्तिम सोमबार आज बाराको बलिरामपुर स्थित सातोमाइको मन्दिरमा सरसफाइ सम्पन्न भएको छ ।

बाराको बिश्रामपुर गाउपालिका वडा नम्बर ४ वडा अध्यक्ष किशोरी साह तुरहाको अगुवाइमा सोही वडाको बलिरामपुर अवस्थित सातोमाइ मन्दिरमा सम्पन्न सरसफाइ कार्यक्रममा प्रहरी चौकी मुसहर्वाका प्रहरी नायब निरीक्षक रबिन्द्र साह लगायत चौकिका अन्य प्रहरि, स्थानीय समाजसेवी, यूवा, पत्रकार तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

 

प्रहरी चौकी मुसहर्वा द्वारा २०० लिटर अवैध मदिरा नष्ट

0

मनोज गुप्ता/वीरगञ्ज, श्रावण १९

प्रहरी चौकी मुसहर्वा बाराले आज करिब २०० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।

बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ४ बलिरामपुरमा अवैध मदिरा बिक्रि वितरण गर्ने १०/१५ वटा जति मदिरा भठ्ठिमा छापामारी आज बेलुकी ६ बजे सो परिमाणको मदिरा नियन्त्रणमा लिइ नष्ट गरिएको हो ।

प्रहरीले चौकी मुसहर्वाका इन्चार्ज प्रहरी नायब निरीक्षक रबिन्द्र साह तुरहाको कमान्डमा गएको प्रहरी टोलि बरामद गरेको सो मदिरा स्थानीय वडाध्यक्ष किशोरी साह तुरहा, स्थानीय बासी तथा सञ्चारकर्मीहरुको रोहबरमा नष्ट गरेको प्रहरी चौकी मुसहर्वाले जनाएको छ ।

शिक्षक महासङ्घ वीरगञ्जको अध्यक्षमा जैशवाल निर्बाचित, पद्सोपान र सपथग्रहण आजै सम्पन्न

0

वीरगञ्ज, श्रावण १०

नेपाल शिक्षक महासङ्घ वीरगञ्ज महानगरपालिका नगर समितिको दोस्रो अधिवेशनबाट प्रदिप कुमार जैशवाल महानगर समितिको अध्यक्षमा निर्बिरोध निर्बाचित भएका छन ।

अध्यक्ष जैसवाललाई अध्यक्षमा निर्वाचित गरेको अधिवेशन बाट सह अध्यक्षमा लालबाबु प्रसाद यादव, सचिव सन्तोष सरराफ लगायतका रहनुभएको छ ।

नेपाल शिक्षक महासङ्घ पर्साका सह अध्यक्ष लालबाबु यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी वीरगञ्ज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलम, विशिष्ट अतिथी शिक्षक महासङ्घ पर्साका अध्यक्ष तीर्थराज प्रसाद यादवले नव निर्वाचित पदाधिकारी हरुलाइ टीका र गम्छा ओढाएर सम्मान गर्नुका साथै प्रमाणपत्र वितरण समेत गर्नु भयो ।

कार्यक्रममा जिल्लाभरका सम्पूर्ण पालिकाका महासङ्घ अध्यक्ष वा प्रतिनिधि र वीरगञ्ज महानगरपालिकाका सम्पूर्ण विद्यालय तथा जिल्लाभरका विभिन्न विद्यालय बाट आएका शिक्षक शिक्षिकाहरुको व्यापक सहभागिता रहेको थियो ।

हवाई दुर्घटनामा १ महिला र १ विदेशी सहित १८ जनाको मृत्यु

0

वीरगञ्ज, श्रावण ९

आज विहान ११ बजे भएको सौर्य एयरको विमान दुर्घटनामा परि १८ जनाको मृत्यु भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मर्मत गराउन पोखराको लागि उडेको सौर्य एयरलाइन्सको विमान उडेलगतै दुर्घटनामा पर्दा आगो लागेपछि विमानमा सवार १९ जना मध्ये एक जना महिला र एक जना विदेशी नागरिक सहित १८ जनाको मृत्यु भएको छ । विमान बाट १ जनाको उद्दार गरिएको नेपाल उड्डयन प्राधिकरणले जनाएको छ ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको विमानमा आगलागि

0

 

वीरगञ्ज, श्रावण ९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पुनः विमान दुर्घटना भएको छ । सौर्य एयरलाइन्सको विमान उड्ने क्रममा दुर्घटना हुँदा विमानमा आगो लागेको छ ।

मर्मत कार्यका लागि १९ जना कर्मचारी मात्र लिएर उडेको  विमान दुर्घटना हुनासाथ अग्नि नियन्त्रक टोलि सहित सुरक्षाकर्मिहरुले आगो नियन्त्रणमा लिइ विमानमा सवार व्यक्तिहरुको उद्दार कार्यमा जुटेका छन् भने विमानस्थलको वातावरण तनावग्रस्त भएको छ ।

 

सवारी दुर्घटनामा पत्रकार बन्जारा दम्पति घाइते

0

वीरगञ्ज, श्रावण ७

सवारी दुर्घटनामा परि नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका महासचिव श्याम बन्जारा दम्पती घाइते भएका छ्न ।

पत्रकार बञ्जारा आफ्नी श्रीमती सङ्गै आफ्नै निजि कारमा सिमरा बाट वीरगञ्ज तर्फ आउदै गर्दा बाराको जीतपुरमा भएको दुर्घटनामा परि पत्रकार दम्पति घाइते भएका छ्न ।

घटनाको प्रकृति हेर्दा निकै भयावह देखिए पनि गाडिमा सवार बन्जारा दम्पती समान्य घाइते भएका छन् । घाइते द्व्यको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भैरहेको छ ।