Home Blog Page 21

श्रावणको पहिलो सोमबार आज शिवालयहरुमा भक्तजनको घुइँचो

0

वीरगञ्ज, श्रावण ७

आज श्रावण महिनाको ७ गते श्रावण कृष्ण प्रतिपदा अर्थात यस वर्षको श्रावणको पहिलो सोमबार मध्यतराइको पर्सा, बारा, रौतहट लगायत  नेपाल तथा छिमेकी मुलुक भारतका सम्पूर्ण शिवालयहरुमा भक्तजनको व्यापक घुइँचो देखिएको छ ।

हरेक वर्षको श्रावण महिनाभरी हिन्दु धर्मावलम्बीहरुको प्रमुख देवताहरु मध्येको एक महादेव ( शिव) को मन्दिरमा गइ शिवलिङ्गमा जल अर्पण गर्दा महादेव प्रसन्न हुने तथा आफ्नो मनोकामना पूरा हुने जन विश्वास रहेको छ ।

शिव भक्तहरुको लागि श्रावण महिनामाको विशेष महत्व हुने भएको र श्रावण मासको सोमबार शिव पूजनको लागि अझै महत्त्वपूर्ण मानिने भएकोले आज पर्सा जिल्लाको महत्वपूर्ण शिवालयको रूपमा प्रसिद्ध भाठ्ठाको दुधेश्वर नाथ महादेवको मन्दिरमा हिजै बेलुकी देखि भक्तजनको ठूलो घुइँचो लागेको थियो ।

पर्साको सुगौली पटेर्वा गाउँपालिका अन्तर्गत रामभौरी भाठ्ठा स्थित दुधेश्वर नाथ महादेवको पुजा, अनुष्ठान र जल अर्पण गर्ने उदेश्यका साथ हिजो दिउँसो देखि नै श्राद्धालुहरुको आगमनमा वृद्धि हुँदै आज बिहान सम्म हजारौंको सन्ख्यामा श्राद्धालुहरुको भिड लागेको थियो ।

नेपाल र भारतका विभिन्न प्रदेश बाट आउने गरेका भक्तजनको आवतजावत लाई सहज पार्न पर्सा राष्ट्रिय निकुञ्जले श्रावण ५ गते देखि नै दैनिक १२ घण्टाका लागि भाठ्ठा रुटको बाटो समेत खोल्ने गरेको छ ।

साथै श्रावणको पहिलो सोमबार आज वीरगञ्जको अलखिया मठ, पशुपतिनाथ मन्दिर, सहजनाथ बाबा मन्दिर, बारा जिल्ला स्थित सिद्धेश्वर मन्दिर, भारतको अरेराज स्थित सोमेश्वर नाथ मन्दिर लगायतका शिवालयहरुमा भक्तजनहरुको ठूलो घुइँचो देखिएको छ ।

 

भाठ्ठा मेला लाई लक्षित गरि गढुवा लाईन १२ घण्टा सम्म खोलिदै

0

वीरगञ्ज, श्रावण ५

भाठ्ठा मेलालाइ लक्षित गरि गढुवा लाईन देखि चरभैया भएर मेला जाने रुटको बाटो करिब १ महिना सम्म दैनिक १२ घण्टाको लागि खुल्ला गरिने भएको छ ।

पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका अन्तर्गत रामभौरी भाठ्ठा  स्थित  प्रसिद्ध दुधेश्वर नाथ महादेवको दर्शन गर्न प्रत्येक वर्षको श्रावण महिनाभरी  छिमेकी मुलुक भारत तथा नेपालबाट लाखौंको संख्यामा भक्तजनहरुको दिनहु जसो आगमन हुने गरेको अवस्थालाई मध्यनजर गर्दै पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय रामभौरि भाठा सेक्टरले २०८१ श्रावण ५ गते देखि भाद्र ७ गते सम्म दैनिक बिहान ६ बजे देखि बेलुकी ६ बजे सम्म  सो रुटलाइ खुल्ला गर्ने जनाएको छ ।

 

मेला आउने भक्तजनहरुको आवत जावतमा समस्या नहोस भन्ने अभिप्रायले निकुञ्ज बाट भएको यो व्यवस्था प्रती सर्वसाधारण साकारात्मक देखिएको भएपनी समयलाई अझै केही घण्टा लम्ब्याउनु पर्ने आम भक्तजनहरुको भनाइ रहेको छ ।

यूवा नेता यादव द्वारा त्रिसुलिमा बेपत्ता परिवारलाइ आर्थिक सहयोग

0

मनोज गुप्ता, वीरगञ्ज, श्रावण ३

त्रिसुली नदिमा बेपत्ता बारा विश्रामपुर -३ का परमानन्द पन्डितको परिवारलाई स्थानीय यूवा नेता तथा गाउँपालिका अध्यक्षका उम्मेदवार मदन यादवले आर्थिक सहयोग गर्नु भएको छ । नेता यादवले पिडित परिवारलाई घरमै पुगेर स्थानीय सर्वसाधारणको रोहवरमा नगद हस्तान्तरण गर्नुभयो ।

बिश्रामपुर वडा नम्बर ३ मुसहर्वा दक्षिण टोल निवासी पन्डित गत आषाढ २६ गते चितवनको सिमलताल स्थित त्रिसुली नदिमा बेपत्ता भएको एन्जल बससङ्गै बेपत्ता भएका हुन ।

पन्डित बेपत्ता हुँदा बिच्चलिमा परेको परिवारलाई थोरै भएपनि राहत पुग्ने उदेश्यले आर्थिक सहयोग गरेको नेता यादवले बताउनु भयो ।

पर्सा जिल्लाले इतिहास रच्दै एउटै सरकारमा ३/३ जना मन्त्री

0

वीरगञ्ज, आषाढ ३१ 

नव नियुक्त प्रधानमन्त्री केपि शर्मा ओलिको मन्त्री मन्डलमा पर्सा जिल्लाले ३ ओटा मन्त्री पाएर इतिहास रचेको छ ।

वर्तमान मन्त्रीमन्डलमा पर्साको निर्बाचन क्षेत्र नम्बर २ का सान्सद अजय कुमार चौरसिया नेपाल सरकारको कानून न्याय तथा सन्सदिय मामिला मन्त्री, पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सान्सद प्रदिप यादव खानेपानी मन्त्री र पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का सान्सद राजकुमार गुप्ता सङ्घिय मामिला तथा समान्य प्रशासन मन्त्री को जिम्मेवारी पाउनु भएको छ ।

पर्सा जिल्लाले एउटै सरकार (मन्त्रीमन्डल) मा ३ वटा मन्त्री पाएको यो पहिलो सरकार हो । सङ्घिय सरकारमा ३ वटा मन्त्रालय पाएपछि पर्साका सर्वसाधारणहरु उत्साहित भएको र जिल्लाको समग्र विकास निर्माणमा ठूलो फड्को मार्ने अपे!गरेको देखिएको छ ।

जिल्लाको कुल ४ क्षेत्रहरु मध्ये ३ वटा क्षेत्रले मन्त्री पाएकोमा लगभग सम्पूर्ण जिल्लाबासी हर्षित भएका छ्न ।

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली चल्यो

0

वीरगञ्ज, असार ३०
सँदिग्ध बन्दुकधारीले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार गरेका छन् । ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा एक चुनावी र्‍याली लाई सम्बोधन गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको र गोली प्रहार गर्ने बन्दुकधारी समेत अमेरिकी सुरक्षाकर्मीको जवाफी कारावाहीमा मारिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

गोली लागेपनि ट्रम्प पुर्णरुपमा सुरक्षित रहेका छन् । करिब ३०० यार्ड पर बाट उनीमाथि गोली प्रहार गरिएको बताइएको छ । र्यालीलाई करिब ५ मिनेट सम्बोधन गरेपश्चात धेरै बन्दुकहरु पड्केको आवाज सुनिएको थियो ।

गोली लागे पश्चात ट्रम्पलाइ सुरक्षा अधिकारीहरुले सुरक्षा घेरा बनाई गाडीमा हालेर अस्पताल पुर्याएका थिए । सो घट्नामा एक जना सर्वसाधारणको समेत मृत्यु भएको जनाइएको छ ।

नयाँ कदम नेपाल द्धारा वृक्षारोपण

0

वीरगञ्ज, आषाढ २९
नयाँ कदम नेपालले आज बाराको खैरामाई सामुदायिक वनमा वृक्षारोपण गरेको छ । स्वच्छ वातावरण बनाउने उदेश्यले बाराको फेटा गाउँपालिका वडा नम्बर १ स्थित त्रिवेणी खैरामाई सामुदायिक वनमा विभिन्न जातिका ७०० पिस विरुवा रोपिएको सँस्थाका रन्जित पाण्डेयले बनाउनु भयो ।
कार्यक्रममा फेटा वडा नं.१का वडा अध्यक्ष बिगन दास तत्मा तथा सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।

विश्वासको मत गुमाउँदै आज प्रचण्ड पदमुक्त, आइतबार सम्म ओलि प्रधानमन्त्री हुने

0

वीरगञ्ज, आषाढ २८

आज शुक्रबार प्रतिनिधि सभाको विश्वास गुमाए सङै माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको पदबाट मुक्त भएका छन ।

साथै आजै देखि नयाँ सरकार गठनको प्रक्रिया समेत सुरु भएको छ । नेपाली कांग्रेसको समर्थनमा संविधानको धारा ७६(२) अनुसार आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलिले दाबी पेश गरेका छन् ।

दाबी पेश गरे सङ्गै उनी आइतबार सम्म प्रधानमन्त्री नियुक्त हुने जानकारी प्राप्त भएको छ ।

पहिरोले बस बगाउँदा वीरगञ्जको २४ सहित ६५ जना बेपत्ता

0

मनोज गुप्ता// वीरगञ्ज, आषाढ २

दुई वटा बस लाई पहिरोले बगाउँदा आज बिहान साढे ३ बजे ६५ जना यात्रु बेपत्ता भएका छन् ।

वीरगञ्ज बाट काठमाडौ गइरहेको एन्जल र काठमाडौ बाट रौतहटको गौर गइरहेको गणपति डिलक्स  बसलाई आज बिहान साढे ३ बजे  नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा दुबै बस त्रिशूली नदीमा बेपत्ता भएको छ। दुबै बसमा गरि चालकसहित ६५ जना रहेको जिल्ला प्रशासन कार्यालय चितवनले बताएको  छ।

गौर जाँदै गरेको बसमा ४१ जना र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बसमा २४ जना सवार रहेका थिए। पानी परिरहेको कारण उद्दार गर्न समस्या भैरहेको भए पनि बिहानै देखि उद्दार गर्ने थालिएको तथा यात्रुहरुको यकिन विवरण प्राप्त भैनसकेको चितवनका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बयाउनुभयो ।

नयाँ कदम नेपाल द्वारा अमलाको बिरुवा बितरण

0

संजय गुप्ता // वीरगञ्ज, आषाढ २६

नयाँ कदम नेपाल नामक गैरसरकारी संस्थाले आज बाराको खुट्वा जब्दिमा अमलाको बिरुवा वितरण गरेको छ ।

बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नम्बर ४ स्थित खुट्वा(जब्दी) मा वडाध्यक्ष याकूब मिया अन्सारीको विशेष उपस्तिथिमा सम्पन्न बिरुवा वितरण कार्यक्रममा करिब ५०० जनालाई अमलाको बिरुवा वितरण गरिएको आयोजक संस्था नयाँ कदम नेपालका रन्जित पाण्डेयले बताएका छन् ।