Home Blog Page 22

अज्ञात समूह द्वारा रौतहटमा १ युवकको हत्या

0

मनोज गुप्ता// वीरगञ्ज, आषाढ २६

  • अज्ञात व्यक्तिहरुले गएराती रौतहटमा एक यूवकको हत्या गरेका छन् । रौतहटको इशनाथ नगरपालिकामा गएराति इशनाथ नगरपालिका –९, लवतनाका १८ वर्षीय सहबाज मिया आलमको पेट्मा धारिलो हतियार प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ ।

 आलमको शव शनाथ नगरपालिका–२, स्थित  नगरपालिकाको कार्यालय अगाडिको बगैचामा फेला परेको हो ।

सङ्गै बसेर लागुऔषध सेवन गर्ने व्यक्तिहरु सङ्ग विवाद भएपछि धारीलो हतियार प्रहार भएको हुनसक्ने प्रहरिको आशंका रहेको तथा घटनाको सम्बन्धमा विशेष  अनुसन्धान भैरहेको रौतहट प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।

आज आषाढ १५ गते, राष्ट्रव्यापी रुपमा रोपाई दिवँस मनाइँदै

0

मनोज गुप्ता,  वीरगञ्ज, आषाढ १५
आज आषाढ १५ गते देशैभरी रोपाईँ दिवस मनाईदै छ । देशभरीकै अधिकाँश गाउँपालिका नगरपालिका तथा कृषि विकास कार्यालय र क्षेत्रिय कृषि अनुसन्धान कार्यालयहरुले रोपाई गरी दही चिउरा खाई ख्वाँइ रोपाई दिवस मनाएका छन् । दही चिउरा खाने दिनको रुपमा प्रसिद्ध रहेको आषाढ १५ अर्थात रोपाइँ दिवस आज पर्साका पनि विभिन्न पालिका तथा क्षेत्रिय कृषि अनुुसन्धान केन्द्र नार्क परवानीपुरले पनि रोपाई गरेर दही चिउरा ख्वाई यो दिवस मनाएको छ ।
त्यस्तै बाराकोे विश्रामपुर गाउँपालिकाले पनि आज रोपाईँ दिवसको अवसरमा धान रोपाईँ गरी दही चिउरा ख्वाएर यो दिवस मनाएको छ । गाउँपालिकाका अध्यक्ष जुल्फकार अलि भुटो(जुवैर भाई) को नेतृत्वमा भएको रोपाई दिवसको कार्यक्रममा पालिकका कर्मचारी, स्थानिय जनप्रतिनिधीहरु तथा सर्वसाधारणको व्यापक सहभागिता रहेको थियो ।

बजेट सकाउँदै जनस्वास्थ्य कार्यालय पर्सा, मिती बिनाको ब्यानरमा कार्यक्रम सम्पन्न

0

सँजय गुप्ता, वीरगञ्ज, आषाढ १५
जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले असारे बजेट सकाएझै कार्यक्रम सँचालन गरेको जस्तो पकृया पुरा गर्दै बजेट सकाउनमा व्यस्त रहेको देखिएको छ । आर्थिक वर्ष सकिन लाग्दा बजेटलाई जसरी पनि सकाउनुपर्ने उदेश्यका साथ आर्थिक वर्षको अन्त्यतिर आएर ब्यानरमा मिती नै नराखीकन कार्यक्रम सम्पन्न गरेको देखिएको छ ।

आर्थिक वर्षको विचमा गर्नुपर्ने जुका, मलेरिया, कालाजार, जुका, ईन्सेफ्लाईटिस तथा औषधि छिरकाउ गर्ने टंकी हस्तान्तरण कार्यक्रम आज आर्थिक वर्ष सकिन १५ दिनमात्र बाँकी रहेको अवस्थामा विदाको दिन पारेर हतार हतार पर्साको विन्दवासनी गाउँपालिकामा मिती नराखेको रेडिमेड व्यानरमा सम्पन्न भएको छ । एक वर्षको बिचमा यो कार्यक्रम किन हुनसकेन भनेर नियमक निकायले किन सोध्न सकेत भने प्रश्न यहाँ देखिएको छ ।

रु. १ लाख १४ हजार को औषधि र रु. १२ हजारको ५ वटा ट्याङ्की गरी रु १ लाख २६ हजारको सामग्री वितरण गरिएको कार्यक्रम सञ्चालकको रुपमा आएका जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका एकमात्र प्रतिनिधी जयमोद ठाकुरले बताए । कार्यक्रममा गाउँपालिकाका ५ वटा वडाध्यक्षहरुमध्ये २ जनाको मात्र सहभागिता रहेको थियो भने ब्यानरमा मिती नभएकोमा सहभागिहरुले कार्यक्रम प्रति आशँका व्यक्त गरेका छन् ।

यस्ता सरकारी निकायहरुको लापारवाही र गैरजिम्मेवारीपूर्ण रवैयाका कारण देश दिनप्रतिदिन भ्रष्टाचारको भूमरीमा फस्दै गईरहेकोले आम नागरिक समयमै सचेत हुनुपर्ने आवश्यक्ता रहेको सर्वसाधारणको बुझाई रहेको छ ।

अज्ञात हतियारधारी द्वारा बारामा एक क्याम्पस प्रमुखको हत्या

0

मनोज गुप्ता// वीरगञ्ज, जेठ ३२

अज्ञात व्यक्तिले गोलि प्रहार गरि बारामा आज शुक्रबार एकजनाको हत्या गरेको छ ।

अज्ञात हतियारधारीले आज शुक्रबार अपरान्ह बारा जिल्लाको आदर्श कोतवाल गाउपालिका वडा नम्बर ३ अन्तर्गतको बातरामा रामराजा बहुमुखी क्याम्पस कलैयाका प्रमुख हरिभूषण कुश्वाहालाइ गोलि प्रहार गरेका हुन् । गोलि लागि गम्भीर घाइते कुश्वाहाको वीरगञ्ज स्थित बयोधा अस्पतालमा उपचारको क्रममा  मृत्यू भएको पर्सा प्रहरीले जनाएको छ ।
उता घट्नामा संलग्न रहेको आशन्कामा बारा प्रहरिले दुई जनालाई पक्राउ गरेको जानकारी प्राप्त भएको छ । पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी घट्नाको अनुसन्धान भैरहेको बारा प्रहरिले जनाएको छ ।

messenger sharing button
whatsapp sharing button

गणतन्त्र दिवसको अवसरमा प्रहरी चौकी मुसहर्वा द्वारा मन्दिरमा सरसफाइ

0

मनोज गुप्ता// वीरगञ्ज, जेठ १५

गणतन्त्र दिवसको अवसरमा आज बाराको विश्रामपुर गाउपालिका वडा नम्बर-४ बलिरामपुर स्थित मुसहर्वा प्रहरी चौकिले स्थानीय मन्दिरमा सरसफाइ गरेको छ ।

चौकिका इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक रबिन्द्र साहको अगुवाइमा भएको स्थानीय माइस्थान मन्दिरको सरसफाइ कार्यक्रममा प्रहरी चौकी मुसहर्वाका स्टाफ तथा स्थानिय युवाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रहरी बाट समय समयमा हुने यस्ता सार्वजनिक हितका कार्यहरुले प्रहरी प्रती सर्वसाधारण को विश्वास बढाउन तथा सम्बन्धमा सुधार ल्याउन मदत पुग्ने कुरा इन्चार्ज साहले बताउनु भयो ।

करिब पौने १९ खर्बको बजेट सरकार द्वारा सार्वजनिक, कर्मचारीको तलब बढेन, गाँजाको व्यवसायिक खेतिका लागि कानुनी व्यवस्था मिलाइने

0

वीरगञ्ज, ज्येष्ठ १५

सरकारले अगामी आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब, ६० अर्ब, ३० करोड बराबरको बजेट सार्वजनिक गरेको छ ।

आज मङ्गलवार दिउँसो ३:०० बजे भएको सङ्घिय सांसदको सन्युक्त बैठकमा नेपाल सरकारका अर्थमन्त्री बर्षमान पुन(अनन्त) ले सार्वजनिक गर्नुभएको उक्त परिमाणको बजेट चालू आर्थिक वर्षको तुलनामा ६.२ प्रतिशत र संसोधित बजेटको तुलनामा २१.५६ प्रतिशतले ठूलो रहेको छ ।

यसपालीको बजेटमा पनि कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको भनिएपनी चालू आर्थिक वर्षको तुलनामा रु एक अर्ब बजेट घटाइएको छ । चालू आर्थिक वर्ष २०८०/०८१ मा कृषि तर्फ रु. ५८ अर्ब ९८ करोड रहेको थियो भने आर्थिक वर्ष २०८१/०८२ मा रु ५७ अर्ब २९ करोड मात्र विनियोजन गरिएको अर्थमन्त्री पुनले घोषणा गर्नुभएको छ ।

त्यस्तै पछिल्लो केही दिन देखि सामाजिक सञ्जालहरुमा राष्ट्रसेवक कर्मचारीहरुको तलबमा वृद्धि हुने कुराहरू निकै चर्चामा देखिएको भए पनि कर्मचारीहरुको तलबमा कुनै वृद्धि भएको कुरा बजेट बक्तव्यमा सुनिएन ।आर्थिक वर्ष २०७९/०८० पछि हाल सम्म राष्ट्र्सेवक कर्मचारीहरुको तलबमा वृद्धि भएको छैन ।

यता अर्थमन्त्री पुनले यसपालिको बजेट मार्फत गाँजाकाे व्यवसायिक उत्पादनमा जोड दिनुभएको छ । अहिलेसम्म कानुनी रूपमा प्रतिबन्ध लगाइएको लागुऔषधको रूपमा रहेको गाँजा खेतिलाइ व्यवसायिक रूपमा गर्नका लागि कानुनि व्यवस्था मिलाइने कुरामा जोड दिनु भयो ।

काङ्ग्रेस पर्सा द्वारा जिल्ला समिती बिस्तार, नेता गुप्ता भ्रातृ समन्वय प्रमुखमा मनोनित

0

सन्जय गुप्ता// वीरगञ्ज, जेठ ०२

नेपाली काङ्ग्रेस पर्साले जिल्ला कार्य समितिलाई विस्तार गरेको छ । पार्टीको बिधान बमोजिम बिस्तारित जिल्ला कार्यसमितिमा ७ जना मनोनित र १९ जना आमन्त्रित सदस्य गरि २६ जना लाई मनोनयन गरेको छ ।

नेपाली काङ्ग्रेस पर्साका सभापति जनार्दन सिङ्ह क्षेत्रीले उप सभापति अशोक कुमार गुप्तालाई भ्रातृ सङ्गठन समन्वय प्रमुखमा मनोनित गर्नुभएको छ भने जिल्ला कार्यसमिति अन्तर्गत जिल्ला सदस्यमा हरेन्द्र यादव, रामनिवास यादव, शम्भु मिश्र, एकबाल हुसैन, चुमन चौधरी, दिपेन्द्र कुर्मी र दिना गुप्ता रहेका छन त्यस्तै आमन्त्रित सदस्यहरुमा सुरेस मेह्ता, दिपनारायण रौनियार (मन्टु), अनोज चौधरी,  लिला देवि सर्फुन नेसा लगायतका रहेको नेपाली काङ्ग्रेस पर्साले जनाएको छ ।

नयाँ भर्नाको लागि माइस्थान बिध्यापिठमा विद्यार्थीहरुको घुइँचो

0

सन्जय गुप्ता // वीरगञ्ज, बैशाख २५

शैक्षिक सत्र२०८१काे लागि नयाँ भर्ना कार्यक्रमअन्तर्गत श्री माई स्थान बिधापिठमा आज बैशाख २५ गते दाेस्राे पटक प्रवेश परीक्षा सम्पन्न भएको छ । आज भएको दोश्रो प्रवेश परिक्षामा समेत नयाँ भर्ना हुन चाहने विद्यार्थीहरुको ठूलो उपस्थित देखिएको छ । परिक्षा स्थलमा  विद्यार्थी सङ्गै अभिभावकहरुको पनि घुईचाे लागेकाे देखिएको छ ।

बीरगँज महानगर काे निर्णय अनुसार महानगर भित्र रहेकाे बिद्यालयहरु मध्ये चार वटा बिधालयलाई पुर्णरूपमा अँग्रेजी  माध्यम गरेपछि अभिभावक तथा बिधार्थीकाे छनाैटमा परेकाे माई स्थान बिध्यापिँठ माविमा बिधार्थीहरू काेअत्यधिक भिड देखिएको छ। बिधार्थी हरू काे राेजाईमा परेकाे यस बिधालय मा शैक्षिक गतिबिधि प्रति सम्पुर्ण बिधालय परिवार पुर्ण रूपले प्रतिबध रहने कुरा विद्यालयका प्र.अ.मुनिलाल कर्णले बताउनु भयाे।

प्र.अ.कर्ण का अनुसार बिधार्थी काे अनुपातमा भाैतिक सँरचना अपुग त्यस्तै शिक्षक दरबन्दी समेत न रहेकाे ले गुणस्तरिय शिक्षा दिन चुनाैति समेत रहेकाे भएपनी यस्ता समस्या हामी सबै मिलेर समाधान गर्ने आम अभिभावकहरुको प्रतिबध्दता बाट विद्यालय परिवार हौसिएको छ।

यस्ता समस्या समाधान गर्न सम्बन्धि निकाय काे ध्यान पुगाेस् र चाडाे भन्दा चाडाे समाधान हाेस भन्ने अभिभावक हरूकाे पनि चाहना रहेको प्र.अ कर्णले बताएका छन।

१३० किलोग्राम गाजा सहित ७ जना निकुञ्ज प्रहरिको नियन्त्रणमा

0

मनोज गुप्ता//बिरगंज,बैशाख ५
१३० किलो लागुऔषध गांजा सहित ७ जनालाई नेपाली सेना र पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनको सयुक्त गस्ती टोलिले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला मकवानपुर कैलाश गाउँपालिका वडा नं.४ का बम बहादुर चेपाङ, विरमान प्रजा, हरि कुमार प्रजा, राक्सिराङ गाउँपालिका वडा नं. ७ का टिकाराम प्रजा, मनहरी गाउँपालिका वडा नं. ५ का दिपक थापा मगर, वडा नं. ३ को रामहरी लुईटेल र एक जना नाबालक रहेको प्रहरीले बताएको छ ।

हिजो मंगलबार अन्दाजी साढे दुई बजेको समयमा पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने पदमपोखरी सेक्टर लामिटारबाट उनिहरुलाइ पक्राउ गरिएको निकुञ्ज प्रशासनले जनाएको छ । नेपाली सेना र पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनको सयुक्त गस्ती टोलिले गस्ती गर्दै जाने क्रममा पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ति इलाकामा लागू औषध गाँजा बोकी गइरहेको भनि सुचना प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय नेवारपानिबाट गएको संयुक्त प्रहरी टोलिले हरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी गराएका छन ।

२४ वर्षीय बसन्तिको ससुरालमा हत्या, नयाँ वर्षमा भयो गोढ परिवारको बिचल्ली

0

वीरगञ्ज, बैशाख ४

सखुवा प्रसौनीकि २४ वर्षिय बसन्ती भन्ने निशा कुमारीको बहुदरमाइ – ३ नगरदाहा स्थित ससुरालीमा आफ्नै श्रीमान द्वारा हत्या भएको खबर प्राप्त भएको छ ।

नव वर्ष विक्रम सम्वत २०८१ को खुसियालीमा सिङ्गो रास्ट्र खुसियालीमा मग्न भएको दिन गत बैशाख १ गते पर्साको सखुवा प्रसौनी वडा नम्बर २ सखुइ जमुनिया निवासी राम प्रसाद साह गोढको परिवार माथी ठूलो बज्रपात भएको छ ।

चार वर्ष अगाडि आफ्नो परम्परा र रितिरिवाज बमोजिम पर्साको बहुदरमाइ नगरपालिका वडा नम्बर -३ निबासी सिङासन साहका छोरा इन्द्र्जित साह गोढ सङ्ग बिहे भएको र ४ वर्ष देखि ससुराल पक्षले आफ्नो छोरी माथी अत्याचार गर्दै आएको र बैशाख १ गते आफ्नै ज्वाइँ इन्द्रजितले आफ्नो घर परिवारको सहयोगमा आफ्नी छोरिको हत्या गरेको निशाका बुवा राम प्रसाद गोढले बताएका छन् ।

३ महिनाकी गर्भवती छोरीलाई नियमित जाँच नगराएपछी आफुहरुलाइ फोन गरि बताएकी र हामी आफ्नै खर्चमा छोरिको उपचार गराउन तयारी गरि छोरिलाइ अस्पतालमा पुर्याइदिन ज्वाइँ इन्द्रजित लाई फोन गरि आग्रह गर्दा घरको कुरा माइतीमा किन लगाएकी भन्दै ज्वाइँ इन्द्रजित र उनका परिवारका अन्य सदस्यहरू मिलि छोरी निशालाइ निर्घात कुटपिट गरि मारेको आरोप निशाका पिता रामप्रसाद गोढ्ले लगाएका छन ।

यसरी बिनाकारण साधारण घारायसी झै झगडा र बोलचालको निहुँमा छोरी चेली हरुको हत्या समाजको लागि एउटा ठूलो अभिसाप बन्दै गएको जानकार हरु बताएका छन् ।