Home Blog Page 23

आज नेपाली नयाँ वर्ष देशैभरी मनाइदै

0

वीरगञ्ज, बैशाख १

आज विक्रम सम्वत २०८१ वैशाख १ गते शनिबार अर्थात विक्रम सम्वत २०८१ को पहिलो दिन । आज नेपालभरी नै नयाँ वर्ष हर्सोल्लासका साथ मनाइदै छ ।

आज देशैभरिका यूवायुवती तथा बृद्ध वृद्धाहरु समेतले आ आफ्नो मिल्ने साथिहरु सङ्ग तथा गाउँ, घर, बस्तीका मानिस  एवम आफन्तहरु सङ्ग समेत खुसियाली साटासाट गरि र मीठो मीठो परिकार खाइ नयाँ वर्ष मनाइ रहेका छन् ।

नव वर्षको अवसर पारेर यूवा युवती हरु बनभोज जाने तथा पिक्निक जाने चलन पनि पच्छिलो समय निकै बढ्दै गएको देखिन्छ । त्यस्तै नव वर्षको स्वागत स्वरुप विभिन्न सङ्घ संस्थाले विशेष कार्यक्रमहरु गरेर पनि नव वर्ष मनाउने प्रचलन बढिरहेको देखिएको छ ।

नव वर्षको पूर्व सन्ध्यामा हिजो शुक्रबार मधेस प्रदेशको एकमात्र महानगर वीरगञ्ज महानगरपालिकाले रात्री बजार तथा मेला लगाइ विभिन्न कार्यक्रम गरेर नव वर्ष २०८१ को स्वागत गरेको छ ।

यता नयाँ सालको अवसरमा पिकनिक जानेहरुको बढ्दो भिड सङ्गै सवारी दुर्घटनाका घट्नाहरु समेतमा वृद्धि हुने गरेको पच्छिला वर्षहरूमा देखिएको छ । नव वर्षलाई उमङ्ग र खुसियालिका साथ मनाउने क्र्ममा अत्यधिक मदिरा सेवन तथा मापसे गरि सवारी साधन चलाउने जस्ता कार्य नगर्न ट्राफिक प्रहरी पर्साले अनुरोध समेत छ ।

चैते दशै आज मङ्गलवार देखि शुरु

0

वीरगञ्ज, चैत्र २७

आज चैत्र २७ गते अर्थात् चैत्र शुक्ल प्रतिपदा । आज देखि चैते दशै शुरु भएको छ । असोजमा मनाइने बडा दशै जस्तै चैत महिनामा पनि चैते दशैमा देविको मन्दिर तथा शक्तिपिठहरुमा नवदुर्गाको पूजा आराधना गर्ने चलन रहेकोे छ ।

आज देखि छिमेकी मुलुक भारत तथा नेपालका विभिन्न शक्तिपिठहरुमा नवरात्री पूजा गर्ने भक्तजनकोहरुको उपस्थिति बढेको छ । आज देखि नव दिन सम्म श्रद्धालुहरु उपवास बसि विधिवत रुपले शक्ति स्वरुपा माता दुर्गाको नव रुपलाइ पूजा तथा अनुष्ठान गर्ने गर्दछन ।

आज देखि सुरु भएको चैते दशैको अवसरमा आज वीरगञ्जको प्रसिद्ध गहवामाइ मन्दिर, विन्दवासिनि माइ मन्दिर, बाराको विश्वप्रसिद्ध गढिमाइ मन्दिर, जितपुर स्थित गढिमाइ मन्दिर, छिमेकी भारतीय बजार रक्सौल स्थित मनसा माइ मन्दिर लगायतका शक्तिपिठहरुमा भक्तजनको बिशेष चहलपहल देखिएको छ । साथै आजदेखी शुरु भएको नवरात्री पूजालाइ मध्यनजर गर्दै मन्दिर लाई सुसज्जित र व्यवस्थित बनाइएको छ ।

पर्साको लखनपुर स्थित हुलाकी सडकखण्डमा मोटरसाइकल दुर्घटना २ जना गम्भीर

0

वीरगञ्ज, चैत २०

मोटरसाइकल दुर्घटनामा परि पर्साको लखनपुर स्थित हुलाकी राजमार्गमा अहिले मङ्गलवार राति साढे ८ बजे २ जना गम्भीर घाइते भएका छन ।

गण्डक नहर भन्दा उत्तर पट्टि सखुवा प्रसौनी -६ अन्तर्गतको लखनपुर र जगर्नाथपुर गाउपालिका अन्तर्गतको प्रसौनी गाउँ को बिचमा रहेको हुलाकी सडक खण्डमा विपरित दिशा बाट आइरहेको ना ७ प २६०३ र प्रदेश २- ०३ ००९ प ५३१५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परि दुबै मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

घाइते दुबै जना अचेत रहेकोले परिचय खुल्न नसकेको तथा स्थानीय प्रहरी र सर्वसाधारणको सहयोगमा दुबैजनालाइ उपचारका लागि वीरगञ्ज ल्याइएको छ ।

एस इ इ परिक्षा चैत्र १५ विहिवार देखि शुरु हुँदै, अमर्यादित गतिविधि गरे जो सुकैपनी दन्डित हुने

0

वीरगञ्ज, चैत्र १४

यसपालिको एस इ इ परिक्षा भोलि चैत्र १५ गते विहिवार देखि शुरु हुँदै छ । पर्सा जिल्लाबाट मात्रै यसपालि परिक्षा दिने १००६८ जना विद्यार्थीहरुका लागि २६ वटा केन्द्रबाट परिक्षा दिने व्यवस्था मिलाइएको छ ।

परिक्षाका लागि आवश्यक सुरक्षा सतर्कताका साथै परिक्षा सङ्ग सम्बन्धित अन्य सम्पूर्ण तयारीहरु पूरा भैसकेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

परिक्षा लाई मर्यादित बनाउनका लागि बनाइएको अनुगमन टोलिका सदस्यहरुले अनुगमनका क्रममा विद्यार्थी हरुलाइ कुनै प्रकारको बाधा नहुने गरि अनुगमनको व्यवस्था मिलाइएको समेत जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

परिक्षाको मर्यादा विपरीतको कार्य गर्ने जो कोहिलाइ पनि कानून बमोजिम दण्डित गरिने चेतावनी समेत पर्सा प्रशासनले दिएको छ भने परिक्षाका लागि स्वच्छ, शान्त र अनुशासित वातावरलागी तयार गर्नमा सक्दो सहयोग गर्नुहुनका लागि समेत सम्पूर्ण सरोकारवालाहरु सङ्ग अनुरोध गरेको छ ।

असिना पानीले पर्सेली कृषक हरुलाइ लाखौंको क्षति

0

वीरगञ्ज, चैत्र १२

अहिले सोमबार राती ११:१८ बजे देखि पर्साको ग्रामीण भेगमा पर्दै गरेको असिना पानीले पर्सेली कृषकहरुलाइ लाखौंको क्षती हुने देखिएको छ ।

गहुँ भित्र्याउने समय नजिक आइसकेको यस्तो अवस्थामा अचानक पर्न थालेको असिना पानीले कृषकहरुको गहुँ बालिमा ठूलो क्षती पुर्याउने सम्भावना भएको भन्दै कृषकहरु चिन्तित देखिएका छन् ।अहिले परिरहेको असिना, पानी र हावाहुरिले कटाई गर्ने अन्तिम चरणमा आइपुगेको गहुँको बिरुवा ढाल्नुका साथै असिनाले बाली झारेर नष्ट गर्नसक्ने अनुमान कृषकहरुको रहेको छ ।

तराईमा हर्षोल्लासका साथ होलि पर्व मनाइयो, गाउँ गाउँमा डिजे आतंक बढ्दै

0

वीरगञ्ज, चैत्र १२

आज फाल्गुन शुक्ल पूर्णिमा तराईका जिल्लाहरूमा आज हर्षोल्लासका साथ होलि पर्व मनाइएको छ ।

आपसी सद्भाव, भाइचारा तथा खुसियाली साटासाट गरि प्राचीन कालदेखी मनाइदै आइएको होलि पर्व आज पनि तराईमा धुमधामका साथ मनाइएको छ । आज तराईका गाउँ घरहरुमा रङ्ग र अबिरको टीका लगाइ, एक अर्का सङ्ग शुभकामना आदानप्रदान गरि मिठा मिठा परिकार खाइ खुसियाली साटासाट गरि मनाइएको छ ।

होलि पर्व मनाउने क्रममा आज तराईका गाउँ हरुमा होलिको झल्को दिने भोजपुरी लोकगीतहरु गाउँदै धूलो उडाइ भागुन महिनाको विधिवत रूपमा विदाइ गरिएको छ ।

यता होलि मनाउने आडमा गाउँ गाउँमा डिजे आतंक बढेको देखिएको छ । होलि पर्व मनाउने बहानामा ठूलो ठूलो स्वरमा भोजपुरी अश्लील गीतहरू बजाएर वातावरण प्रदुषण गर्ने तथा सर्वसाधारण लाइ बाधा पार्ने गरेको देखिएको छ ।

होलिमा त्यस्ता गतिविधि हरु सञ्चालन नगर्न भनी स्थानीय सरकार तथा प्रशासनको आग्रहलाई वेवास्ता गर्दै बाराको बलिरामपुर गाउपालिका वडा नम्बर ४ स्थित बलिरमपुर गाउँमा पनि डिजेको आतंक बढेको देखिएको छ ।

होलि मनाउने क्रममा स साना बच्चाहरु देखि युवा हरु समेतले ठूलो स्वरमा अश्लील गीत बजाइ नाचेको र प्रहरीले गस्तिका क्रममा त्यसो नगर्न आग्रह गर्दा पनि कुनै वास्ता नगरेको स्थानीयले बताएका छन् ।

होलि जस्तो पवित्र पर्वलाइ यास्तो किसिमको विकृति बाट दुषित पार्न खोज्नी भविष्यका लागि राम्रो संकेत नरहेको बुधिजिविहरुको तर्क रहेको छ ।

फागु पूर्णिमा हर्सोल्लासका साथ मनाइँदै, होली मनाउने क्रममा राजधानीबाट ९२ जना पक्राउ

0

वीरगञ्ज, चैत्र ११
आज फाल्गुण शुक्ल चतुर्दशी आईतवार विगतका वर्षहरुझै आज पनि नेपालको पहाडी क्षेत्रमा फागु पूर्णिमा धुमधामका साथ मनाइँदै छ । आपसी भाईचारा तथा खुसियाली साटासाट गर्ने पर्वको रुपमा मनाइँदै आइएको फागु पूर्णिमाको अवसरमा आज पहाडी क्षेत्रमा बसोवास गर्ने अधिकाँश घर घरमा विभिन्न किसिमका रङ्ग तथा अविर एक अर्कालाई दलेर तथा टिका लगाएर मिठा मिठा खानाका परिकारहरु खाई खुसियाली साटासाट गरी मनाईएको छ ।

फागु पूर्णिमा लाई वर्सौ देखिको तिक्तता मेटाई सम्बन्धमा नयाँपन ल्याउने तथा भाईचारा कायम गर्ने पर्वको रुपमा मनाउँदै आइएको भएपनि पछिल्ला केही वर्षदेखि फागु पूर्णिमाको नाममा नसोध्दै कसैको जिउँमा लोला हान्ने, हिलो छ्याप्ने, अत्यधिक मादक पदार्थ सेवन गर्ने लगायतका कुप्रवृतिहरुको समेत विकास भएको देखिएको छ । यता फागु पूर्णिमामा भित्रिदै गएको विकृतिलाई मध्यनजर गर्दै स्थानिय प्रशासन द्धारा सावधानी अपनाउन सुचना गरिएपनि फागु पूर्णिमा मनाउने क्रममा अव्यवहारिक व्यवहार गरेका ८३ जना पुरुष र ९ महिला सहित ९२ जनालाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै मादक पदार्थ सेवन गरेर चलाउँदै गरेका २९५ वटा दुई पाँग्रे तथा ७ वटा चार पाँग्रे गरी ३०२ वटा सवारी लाई प्रहरीले नियन्त्रण्मा लिएको छ । फागु पूर्णिमा लाई मध्यनजर गर्दै काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाईएको थियो ।
यता भोली तराईमा मनाइने होली पर्वलाई मध्यनजर गर्दै पर्साको सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ ।

होलीमा अप्रिय घट्ना हुन नदिन पर्सा प्रहरीले ट्राफिक व्यवस्थापनमा कडाई गर्नुका साथै सुरक्षा सतर्कता पनि कडा गरिएको बताइएको छ । साथै होली मनाउँने क्रममा कुर्न उत्श्रृङ्खल गतिविधीमा सँलग्न नहुन पनि जिल्ला प्रहरी कार्यालय पर्सा तथा जिल्ला प्रशासन कार्यालय पर्साले आग्रह समेत गरेको छ ।

त्यस्तै आर्थिक मन्दीका बावजुद पनि होली पर्वको अवसरमा विरगञ्ज तथा आसपासका सिमावर्ती बजारहरुमा सेवाग्राहीहरुको चहल पहल बढेको छ । होलीमा किनमेल गर्नेहरुको भिडभाड बढ्नुका साथै कपडा तथा अविर र पेय पदार्थको विक्रिमा वृद्धि भएको स्थानिय व्यवसायीहरुले बताएका छन् । पछिल्ला दिनहरुको तुलनामा व्यवसायिक कारोवारमा वृद्धि भएपनि विगतका वर्षहरुको तुलनामा व्यापार व्यवसायमा खासै बृद्धि नभएको व्यापारीहरुको गुनासो रहेको छ ।

होलीमा अभद्र व्यवहार नगर्न पर्सा प्रहरीको अनुरोध

0

वीरगञ्ज, चैत्र ११
फागु पूर्णिमा (होली) पर्व मनाउने क्रममा कसैसँग उत्श्रृङ्खल गतिविधी नगर्न पर्सा प्रहरीले अनुरोध गरेको छ ।

पछिल्ला दिनहरुमा होलीको बहानामा कसैमाथि जबरजस्ती फोहर पदार्थ फाल्ने, लोला हान्ने, हिलो छयाप्ने, अभद्र व्यवहार गर्ने लगायतका विकृतिहरु बढ्दै गरेको देखिएकोले यस्ता गतिविधी गरे कानुनी कारवाही गर्ने समेत जिल्ला प्रहरी कार्यालय पर्सा द्धारा जारी विज्ञप्ति मार्फत अनुरोध गरेको छ ।

विशेष गरी तराई मधेश तिर यो प्रवृति हाबी हुँदै गएको देखिएको छ । होलि पर्व आपसी भाईचारा तथा मेलमिलापको पर्व भएकोले वर्षौ देखिको तिक्तता हटाई सामञ्जस्यता कायम गर्ने उत्सवको रुपमा यो पर्व मनाउनका लागि समेत जारी विज्ञप्तिबाट अनुरोध गरिएको छ ।

जिप्रका पर्सामा सेवाग्राहीलाई पार्किङ्गको समस्या

0

मनोज कुमार // वीरगञ्ज, चैत्र ९

जिल्ला प्रहरी कार्यालय पर्साका सेवाग्राहीलाई पार्किङ्गमा समस्या भएको देखिएको छ ।

कार्यालयको पश्चिम छेउमा रहेको खाली जग्गामा पार्किङ्ग हुदै आएकोमा शुक्रवार देखि प्रहरीले सो ठाउँमा पार्किङ्ग गर्न नदिएको र विकल्पको रूपमा उत्तर तिरको जग्गामा पार्किङ्ग गर्न खोज्दा समेत अवरोध सृजना गरेपछि पार्किङ्गमा कठिनाइ भएको सेवाग्राही हरुले बताएका छन ।

जिल्ला प्रहरी कार्यालयमा काम विशेषले आउने सेवाग्राहीलाई पार्किङ्गको उचित व्यवस्थापन नभए जथाभावी साइकल तथा मोटरसाइकल पार्किङ्ग गर्नुपर्ने बाध्यात्मक अवस्था सृजना हुने र त्यसो गरेमा चोरीका घट्नाहरु बढ्न सक्ने तथा अव्यवस्थित पार्किङ्गले सेवाग्राही तथा सर्वसाधारणलाई समेत कप्ठ्यारो हुने सेवाग्राहीहरुको गुनासो रहेको छ ।

बाघको आक्रमण बाट ठोरिमा एक महिलाको मृत्युु

0

वीरगञ्ज, चैत्र ०५
पर्साको ठाेरी गाउँपालिका ४ मा बाघकाे आक्रमणबाट आज सोमबार एक महिलाकाे मृत्युु भएकाे छ। बाघकाे आक्रमणमा परि ठाेरी गाँउपालिका -४,  मालीबस्तीकी ४० बर्षिया ( कान्छी भनिने ) कलावती सुबेदीकाे मृत्यु भएको ईलाका प्रहरी कार्यालय ठाेरीले जनाएको छ।

 गाउँ  नजिकैको जंगल छेउमा रहेको खेतमा घाँस काट्न गएका बेला जंगलबाट आएकाे बाघले आक्रमण गर्दा सुबेदीकाे घटना स्थलमा नै मृत्युु भएकाे ईलाका प्रहरी कार्यालय ठाेरीका प्रहरी निरीक्षक सन्ताेष राइले बताउनु भयो ।

 मृतकको शव पाेष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । आक्रमण गरेको बाघ नजिकैको जङ्गल तिर भागेको तथा घट्ना पश्चात् आसपासको बस्ती त्रासमय भएको सर्वसाधारणले बताएका छन् ।