Home Blog Page 24

प्रहरी चौकी मुसहर्वा द्वारा २० किलोग्राम मासु नष्ट

0

वीरगञ्ज, चैत ०५

बाराको विश्रामपुर गाउँपालिका अन्तर्गत पर्ने प्रहरी चौकी मुसहर्वाले आज सोमबार करिब २० किलोग्राम कुखुराको मासु बरामद गरि नष्ट गरेको छ ।

भारत बाट चोरी पैठारी गरि वीरगञ्ज तर्फ ल्याउदै गरेको अवस्थामा प्रहरी चौकी मुसहर्वाका प्रहरी सहायक निरीक्षक शिवजी प्रसाद यादवको कमाण्डमा खटेको  टोलिले सो परिमाणको मासु बरामद गरि नष्ट गरेको हो ।

 

मोटरसाइकल दुर्घटनामा परि बारामा १ जना गम्भीर घाइते

0

वीरगञ्ज, चैत्र-२

दुईवटा मोटरसाइकल एक आपसमा जुध्दा बारामा आज शुक्रबार दिउँसो १ जना गम्भीर घाइते भएका छन ।

घाइते हुनेमा बाराको विश्रामपुर गाउपालिका वडा नम्बर ४ बलिरामपुर निबासी ३५ वर्षिय मुकेश शर्मा रहेका छन ।

आज शुक्रबार दिउँसो करिब साढे १० बजे वीरगञ्ज बाट कलैया तर्फ जाँदै गरेको ना.६५ प २८४९ नम्बरको मोटरसाइकल र विपरीत दिशा बाट आइरहेको BR 05 Z 9855 नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल एक आपसमा ठोकिदा भएको दुर्घटनामा परि भारतिय मोटरसाइकलका चालक मुकेश शर्मा गम्भीर घाइते भएको र उनलाई उपचारका लागि परवानिपुर गाउपालिका स्थित LS न्यूरो अस्पतालमा भर्ना गरिएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

घट्ना पश्चात् नेपाली प्लेटका मोटरसाइकल चालक फरार रहेको रहेका छन भने दुबै मोटरसाइकल ईलाका प्रहरी कार्यालय प्रसौनिको नियन्त्रणमा रहेको छ । फरार चालकको खोजी तथा घट्नाको अन्य आवश्यक अनुसन्धान भैरहेको जानकारी समेत प्राप्त भएको छ ।

आज महाशिवरात्री, पर्साका विभिन्न ठाउँहरुमा मेला तथा पूजापाठ

0

वीरगञ्ज, फागुन २५

आज फागुन कृष्ण त्रयोदशी अर्थात महाशिवरात्री, देशैभरिका शिवालयहरुमा श्रदालुहरुको व्यापक जमघट देखिएको छ ।

आज श्रदालु भक्तजन हरु दिनभरी निराहार बसेर दिउसोतिर आफुलाइ पायक पर्ने शिवालयमा गएर भगवान शिवको पुजा आराधना गरेका छन ।

आज भगवान शिवको पुजा आराधना गरेमा सुख र समृद्दी प्राप्त हुने जनविश्वास रहेको छ । आज शिवरात्रीको अवसरमा नेपालको विश्व प्रसिद पशुपति नाथ मन्दिर लगायत देशैभरिका शिवालय हरुमा मेला लागेको छ ।

आज महाशिवरात्रीको अवसरमा पर्साको वीरगञ्ज स्थित पशुपति नाथ मन्दिर,  अलखिया मन्दिर, माइस्थान मन्दिर, बिन्दवासिनी मन्दिर, बहुअर्वा भाठा मन्दिर, महुवनको पारसनाथ मन्दिर, जिराभवानी मन्दिर लगायतका स्थानमा मेला लाग्नुका साथै भक्तजनहरुको व्यापक उपस्थिती रहेको देखिएको छ ।

महाशिवरात्रीमा रातभरि जाग्रम बस्ने चलनचल्ती अनुसार वीरगञ्जका चौक चौकहरुमा धुनी बाल्ने र रातभरि शिवभजन किर्तन गर्दै जाग्रम बस्ने तयारी भएको देखिएको छ ।

सशस्त्र प्रहरी पर्सा द्वारा १ लाख ८३ हजारको समान बरामद

0

वीरगञ्ज, फागुन २४

सशस्त्र प्रहरी बल पर्साले आज विहिवार १ लाख ८३ हजार बराबरको भन्सार छलिको समान बरामद गरेको छ ।

वीरगञ्ज भन्सार स्थित सशस्त्र सिमा सुरक्षा गुल्म बाट खटेको गाडी मोबाईल टोलिले अवैध रूपमा साइकलमा लोड गरि भारत बाट नेपाल तर्फ ल्याउदै गरेको रु.१ लाख ८३ हजार ४१० बराबरको हार्ड्वेयर, किराना समान, लत्ताकपडा तथा मोटर पार्ट्सका सामग्रीहरु छाडेर  तस्करहरु फरार भएपछी सो सामग्री हरु बरामद गरि भन्सार कार्यालय वीरगञ्जमा बुझाएको बताइएको  छ ।

 

ट्र्याक्टर दुर्घट्नाबाट सिन्धुलिमा १ जनाको ज्यान गयो

0

गजल सम्राट पंकज उदासको निधन

0

वीरगञ्ज, फागुन १५

गजल सम्राट पंकज  उदासको निधन भएको छ । बलिउडका एक ठूलो हस्ती चर्चित पार्श्व गायक तथा गजलको दुनियाँमा ख्याती प्राप्त गायक पन्कज उदासको हिजो सोमबार निधन भएको हो ।

उदासको निधनले भारतिय सिने जगत बलिउडमा अपूरणिय क्षती भएको बताइएको छ । उदास देश तथा विदेशका थुप्रै गायकहरुको प्रेरणाको स्रोत रहेको भारतिय कलाकारहरुले बताएका छन् ।

भन्सार छलिको औषधि सहित भारतीय मोटरसाइकल सशस्त्र प्रहरी द्वारा पक्राउ

0

वीरगञ्ज, फागुन १४

भन्सार छलिको औषध सहित एउटा भारतिय मोटरसाइकल सशस्त्र प्रहरी पर्साले आज सोमबार पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बिओपी श्रीसिया बाट खटिएको मोबाइल गस्ती टोलिले वीरगञ्ज -१० अलखिया मठ छेउको मेनरोड बाट अवैध रूपमा भन्सार छली भारतबाट बि आर २२ एम ९१०९ नबरको मोटरसाइकलमा ल्याउदै गरेको  रु.४२,७७२ मूल्य बराबरको न्यूट्रीडेक्स मल्टिभिटामिन सिरप र मोटरसाइकल पक्राउ गरेको हो ।

गस्ती टोलिलाइ देख्नासाथ तस्करले मोटरसाइकल र औषधि छोडेर फरार भएका छन । पक्राउ परेको औषधि सहित मोटरसाइकल लाई वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।

 

१ करोड १० लाखको मालसमान सहित ट्रक पक्राउ

0

वीरगञ्ज, फागुन १३   // १ करोड १० लाख रुपैयाँ बराबरको मालसामान सहित एक ट्रक सशस्त्र प्रहरी पर्साले हिजो शनिबार पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी सिमा सुरक्षा गुल्म अलौ बाट खटेको गाडी मोबाईल टोलिले वीरगयञ्ज-२५ , बहुअरीमा वीरगञ्ज बाट काठमाडौ तर्फ गइरहेक ना.८ ख ३९७८ नम्बरको ट्र्कमाथी सन्का लागि चेकजाँच गर्दा बिलबिजक दुरुस्त नभएको रु.७० लाखको कपडा तथा रु ४० लाखको अन्य गरि सो परिमाणको मालसमान सहित ट्रक पक्राउ गरेको हो ।

पक्राउ परेको मालसामान सहित ट्रकलाइ आज राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको खबर प्राप्त भएको छ ।

सशस्त्र प्रहरी बलिरामपुर पोष्टमा आगलागी, लाखौंको क्षति

0

 

वीरगञ्ज, फागुन १२// बाराको विश्रामपुर गाउँपालिका-४, बलिरामपुर स्थित सशस्त्र प्रहरी कार्यालयमा आज शनिबार भएको आगलागीबाट लाखौंको क्षती भएको छ ।


वीरगञ्ज भन्सार कार्यालय नजिकै रहेको सशस्त्र प्रहरी ब्यारेकमा आज दिउँसो करिब ३ बजे तिर बिधुत सर्ट भइ आगलागी भएको बुझिएको छ ।

आगलागीबाट प्रहरीहरुले लगाउने पोशाक, हात हतियार तथा त्यसमा प्रयोग हुने गोलि लगायतका सामग्रीहरु गरि लाखौंको क्षती भएको छ ।


घट्नास्थलमा अहिले सशस्त्र प्रहरी उपरीक्षक सहित प्रहरी हरुको बाक्लो उपस्थिति देखिएको छ भने आगो लाई स्थानीय बासी, प्रहरी तथा वीरगञ्ज महानगरको दमकलको सहयोग बाट नियन्त्रणमा लिइएको प्रत्यक्षदर्शिहरुले बताएका छन् ।
आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाकी रहेको छ ।