Home Blog Page 25

जातिय विवादले उग्र रुप लिदै, पर्सामा अनिश्चितकालीन कर्फ्यु

0

वीरगञ्ज, फागुन ७

स्थानीय प्रशासनले आज वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

गत फागुन ३ गते रौतहटको इशनाथ नगरपालिकाको मोतिपुरमा दुई पक्षबीच भएको झड्पको विषयलाई लिएर आज दिउँसो वीरगञ्जमा भएको विरोध प्रदर्शनमा प्रदर्शनकारी हरु सङ्ग विवाद भइ झड्प हुनसक्ने अवस्था सृजना भएको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले अहिले बेलुकी ५ बजे देखि अनिश्चितकालीन कर्फ्यु आदेश गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले आज एक विज्ञप्ति जारी गर्दै पूर्वमा नगवा तथा बारा जिल्लाको सिमाना, पाश्चिममा तिलावे पूल उत्तरमा परवानिपुर र दक्षिणमा मितेरी पूल सम्म् कुनै प्रकारको सभा समारोह गर्न, भेला हुन वा हिडडूल गर्न नहुने गरि आदेश गरेको छ ।

मधेसी पत्रकार समाजको नयाँ कार्य समिति गठन

0

वीरगञ्ज, फागुन ५

मधेसी पत्रकार समाज पर्साको नया कार्यसमिति आज गठन भएको छ ।

समाज सङ्ग आबद्ध रहेका पत्रकारहरुको आज बसेको बैठकले पत्रकार रामजी यादवको अध्यक्ष्तामा १७ सदसिय नया जिल्ला कार्यसमिति चयन गरेको हो ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा मुन्ना ठाकुर र हरिकिसोर शर्मा, सचिवमा चन्द्र शेखर प्रजापति, सह सचिवमा पुनम चौधरी, कोषाध्यक्षमा धिरेन्द्र तिवारी तथा हरुमा सतेन्द्र यादव, सुरेन्द्र यादव, सचितानन्द साह, नेहा गिरि, सुनिता पटवा, जलन्धर यादव, प्रभा कुमारी यादव, राम बकस यादव, मृत्युन्जय साह, सहिना खातुन र शत्रुधन गुप्ता रहेका छन ।

काँग्रेस केन्द्रिय समिती बैठकमा प्रस्तावहरु माथि छलफल हुँदै

0

वीरगञ्ज, फागुन ४
नेपाली काँग्रेसको केन्द्रिय कार्य समितीको बैठकमा आज शुक्रवार देखि प्रस्तावहरुमा माथि छलफल सुरु हुने भएको छ ।

अहिले विहान ९ बजे देखि सुरु हुन गईरहेको केन्द्रिय समितीको बैठकमा हिजो विहिवार पेश गरिएको उप सभापति पूर्ण बहादुर खड्का को निती, महामन्त्री गगन थापाको साँगठनिक र विश्व प्रकाश शर्माको राजनितीक प्रस्ताव माथि छलफल सुरु हुन लागेको हो ।

प्रस्ताव माथि केन्द्रिय सदस्यहरुले आज शुक्रवार र भोली शनिवार आ आफनो धारणा राख्ने तथा सबैको धारणा अनुरुप प्रस्तावलाई अन्तिम रुप दिई फागुन ७ गतेको महासमिती बैठकमा पेश गरिने बताइएको छ ।

आज बसन्त पञ्चमी, देशैभरी माता सरस्वतिको पूजा गरिँदै

0

वीरगञ्ज, फागुन २
आज फागुन २ गते माघ शुक्ल पञ्चमी अर्थात बसन्त पञ्चमी देशभरी नै विद्याकी देवी माता शारदा(सरस्वति)को पूजा गरिँदै छ । आज विद्या, वादन, सुर एवम साजकी देविको रुपमा मानिने माता सारदाको विशेष पूजा आजा र आराधना गरेमा विद्यार्थी, कलाकार, गायक तथा साहित्यकारहरुलाई पेशागत सफल्ता एवम् दक्षता प्राप्त हुने जनविश्वास रहेको छ । आज देशैभरीका सबै विश्वविद्यालय, विद्यालय, पाठशाला, कोचिँग सेन्टरहरु लगायत गाउँघर तथा टोल टोलमा पनि माता सरस्वतिको प्रतिमा राखेर विशेष पूजा आजा गरेको देश्यहरु मनमोहक र आकर्षक देखिएको छ ।

आजको दिन देखि बच्चाहरुलाई विद्यालयमा नामाँकन गराउने तथा अक्षर पढ्न वा लेख्न सिकाउँदा पढाईमा सफल्ता मिल्ने विश्वास स्वरुप विद्यालय जान सुरु नगरेका बच्चाहरुलाई पनि आजको दिन देखि विद्यालयमा पठाउने तथा अक्षर चिन्न र लेख्न लगाउने कार्यहरुमा पनि विस्तारै बृद्धि भएको देखिएको छ । साथै बसन्त पञ्चमीको अवसर पारेर अधिकाँश विद्यालयहरुमा आज निःशुल्क नामाँकनको सुविधा दिएका खबरहरु पनि प्राप्त भएका छन् ।

आज विरगञ्जमा पनि अधिकाँश विद्यालय तथा क्याम्पसहरुमा धुमधामका साथ माता सरस्वतीको पुजा तथा अनुष्ठान गरिँदै छ । विद्याको मन्दिरको रुपमा मानिने विद्यालयहरुका लागि विद्याकी देवि सरस्वतिको पुजा अनुष्ठान एउटा यज्ञ भन्दा कम नरहेको विद्यालय सञ्चालकहरुको बुझाई रहेको छ । आज विरगञ्जका विद्यालयहरुमा माता सरस्वतिको प्रतिमालाई विधिवत स्थापना गरी विशेष पूजा अनुष्ठान गर्ने तथा भोलि विहान विधिवत विसर्जन गरी मुर्तिलाई सेलाउने कार्यक्रम विरगञ्जका अधिकाँश विद्यालय तथा काँलेजहरुमा रहेको देखिएको छ ।
त्यस्तै सरस्वति पुजाको आडमा ठूलो स्वरमा डिजे बजाउने, अश्लिल गितहरु बजाउने, केटीहरुलाई जिस्काउने, जबरजस्ती अबिर दल्ने लगायतका कार्यहरु पछिल्ला दिनहरुमा विकृतिको रुप लिईरहेको समेत देखिएको छ ।

यसरी पुजा जस्तो पवित्र कार्यमा यस्ता गतिविधीहरु हुनु दुखद र अव्यवहारिक रहेको जानकारहरु बताउँछन् । साथै यस्ता गतिविधी गरेमा कडा कानुनी कारवाही गर्ने चेतावनी समेत विरगञ्ज महानगरपालिका, स्थानिय प्रशासनले दिएको छ भने विभिन्न गाउँपालिकाहरुले समेत निर्णय गरेको देखिएको छ ।

सरस्वति पुजामा उत्श्रृङखल गतिविधी गर्नेमा खासगरी विद्यालय र क्याम्पस भन्दा अलग पुजा गर्ने स्थानिय युवाहरु रहने गरेको गुनासाहरु आउने गरेको र सो गतिविधीको सुक्ष्म निगरानी गर्न विशेष सुरक्षा सतर्कता अपनाईएको पर्सा प्रहरीले बताएको छ ।

भारतीय स्कारपियोमा १ करोड साढे ८२ लाख नक्कली नोट सहित १ जना पक्राउ

0

वीरगञ्ज, माघ २९

भारतिय नम्बर प्लेटको स्कारपियोमा १ करोड ८२ लाख ५१ हजार नक्कली रु १ हजारको नोट सहित एकजना भारतिय नागरिकलाई हिजो आइतबार प्रहरिले सुनसरिको इनरुवाबाट पक्राउ गरेको छ ।

ट्राफिक प्रहरी सुनसरीको टोलिले इनरुवा नगरपालिका वडा नम्बर ४ स्थित सुनसरी खोलाको पूल नजिकै नियमित सवारी चेकजाँच गर्ने क्रममा बि आर ११ एक्स ३४२९ नम्बरको भारतिय नम्बर प्लेटको स्कारपियोको पछाडिको भागमा लुकाइ छिपाइ लगिरहेको अवस्थामा पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ ।

पक्राउ परेको गाडिका चालक भारत वीरपुरका मोहम्मद सैयद लाई पनि प्रहरीले आफ्नो नियन्त्रणमा राखेको छ भने स्कारपियोमा सवार अर्का एकजना भाग्न सफल भएका छन ।

गाडिको पछाडी पट्टिको भागमा बोरामा राखी लुकाएर राखिएको अवस्थामा सो नक्कली नोट गाडिभित्रबाट बरामद गरिएको तथा पक्राउ परेको गाडी, नोट र चालकलाई नियन्त्रणमा राखी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रथम अल्पाइन कप आज देखि शुरु

0

वीरगञ्ज, माघ २७

प्रथम अल्पाइन कप टि-ट्वान्टी क्रीकेट प्रतियोगिता आज देखि शुरु भएको छ ।

वीरगञ्ज र कलैयाका गरि १६ वटा +२ विद्यालयहरुको सहभागिता रहने यो टुर्नामेण्ट फागुन १९ गते सम्म चल्ने आयोजकले बताएका छन ।

आज भएको टुर्नामेन्टको औपचारिक उदघाटन सङ्गै प्रतियोगिता अन्तर्गतका २ खेलहरु समेत हुँदै छन ।आजको उदघाटन सङ्गै भएको  पहिलो दिनको पहिलो खेल आयोजक अल्पाइन र मिनिल्याण्ड मावी बिच तथा दोश्रो खेल ज्लोबल र डेसिमल मावी बिच हुने जानकारी प्राप्त भएको छ ।

क्रीकेट खेलको बढ्दो लोकप्रियता सङ्गै पछिल्लो समय वीरगञ्जका खेलाडी हरुलाइ आफ्नो प्रतिभा देखाउने राम्रो अवसरका रूपमा यस्ता प्रतियोगिता हरु लाई लिन सकिने जानकार हरु बताउँछन् ।

वीरगञ्ज लगायत आसपासका ग्रामीण भेगमा समेत क्रीकेट प्रतिको बढ्दो उत्साह र विरगञ्जेली विद्यार्थीहरु भित्रको प्रतिभालाइ उचित अवसर प्रदान गरि विश्व सामु चिनाउन सकिने आट्का साथ पछिल्ला दिनहरुमा वीरगञ्जका कलेज सञ्चालक हरुमा समेत बढ्दै गएको खेल प्रतिको आकर्षणले पनि आफुहरुलाइ यो टुर्नामेन्ट आयोजना गर्न उत्साहित बनएको अल्पाइन +२ स्कुलका सञ्चालक विनोद उपाध्यायले बताउनुभयो ।

८ किलोग्राम गाँजा सहित ३ पर्सेली युवक बारा प्रहरी द्धारा सार्वजनिक

0

वीरगञ्ज, माघ २७

जिल्ला प्रहरी कार्यालय बाराले अवैध लागु औषध गाँजा सहित पक्राउ परेको ३ जना युवकलाई हिजो शुक्रवार सार्वजनिक गरेको छ ।

पक्राउपर्नेमा पर्साको बहुदरमाई नगरपालिका वडा नं.२ निवसाी २५ वर्षीय अरुण मियाँ, वडा नम्बर ९ बैरिया निवासी ३२ वर्षीय विजय साह कलवार र वडा नम्बर ९ वैरियाकै २७ वर्षीय अरुण मियाँ अन्सारी रहेका छन् । इलाका प्रहरी कार्यालय परवानीपुरको टोलीले बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुरमा हेटौडा बाट विरगञ्ज तर्फ आईरहेको भे १ ज १२०४ नम्बरको आईस गाडीलाई चेकजाँच गर्ने क्रममा विहिवार दिउँसो २ः४० बजे उनीहरुलाई झोलामा लुगाएर लगिरहेको ८ किलोग्राम अवैध लागु औषध गाँजा सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पक्राउ परेका तिनै जनालाई हिरासतमा राखी आवश्यक कानुनी प्रक्रिया अगाडी बढाइएको बारा प्रहरीले जनाएको छ ।

बस दुर्घट्नामा परी चितवनमा २० यात्रु घाईते

0

वीरगञ्ज, माघ २७
गएराती भएको बस दुर्घटनामा परी चितवनमा २० जना घाईते भएका छन् । रौतहट बाट काठमाडौ तर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ यात्रुवाहक वस पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्तीनगर नगरपालिका वडा नम्बर २ गड्यौलीमा सडक छउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नम्बरको ट्रकलाई ठोकेपछि दुर्घट्ना भएको हो । घाईतेहरु सबै बसका यात्रुहरु रहेको र चालक फरार रहेकोले खोजीकार्य भईरहेको चितवन प्रहरीले जनाएको छ ।
घाईते सबैको भरतपुर चितवन मेडिकल काँलेज भरतपुरमा उपचार भईरहेको तथा घाईते मध्ये २ जनाको अवस्था गम्भीर रहेको खबर प्राप्त भएको छ ।

 

पोके तस्करले भत्काईन सशस्त्रको पोष्ट

0

वीरगञ्ज, माघ २५
वीरगञ्ज भन्सारको पूर्वी छेउमा पर्ने सिँगाहा खोलाको पुलमा पोके तस्कर र सशस्त्र प्रहरी विच विवाद हुँदा अवस्था तनावपुर्ण बनेको छ । विरगञ्ज भन्सार भन्दा पुर्व तिर बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ४ बलिरामपुर स्थित बारा र पर्सा जिल्लाको सिमानाको रुपमा रहेको सिँगाहा खोलाको पुलमा आज विहिवार दिउँसो डियुटीमा रहेको सशस्त्र प्रहरीले अरु तस्करहरु सँग रकम लिई माल पास गरेको तर आफ्नो माल पास गर्न नदिएपछि आक्रोसित वीरगञ्ज वडा नम्बर १६ ईनरवा निवासी उमा देवी पासवानले सशस्त्र प्रहरीको पोष्ट भत्काएपछि अवस्था असमान्य बनेको हो ।


दुवैतिर बाट हुल हुज्जत भएपछि सपोटका लागि सशस्त्र प्रहरीको अर्को भ्यान आएपछि भिड तितर वितर भएको र अवस्था विस्तारै सहज बन्दै गएको छ । झडप गरी पोष्ट भत्काएकी उमा देवी पनि पोके तस्कर भएको र निरन्तर कपडाको तस्करी गर्ने गरेको स्थानियहरुले बताएका छन् । घट्नाको विस्तृत विवरण लिनका लागि सशस्त्र प्रहरी पर्साका प्रमुख लाई फोन गर्दा भन्सारका डिएसपी साहबलाई सम्पर्क गर्न भनेपछि भन्सारका डिएसपी लाई फोन गर्दा फोन रिसिभ हुन सकेन ।

बाराको बलिरामपुरमा २० लाखको नालामा व्यापक घोटाला, अख्तियारमा उजुरी गर्ने सर्वसाधारणको तयारी

0

वीरगञ्ज, माघ १५
बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ४ बलिरामपुरमा रु.२० लाखको लागतमा बनाइएको भनिएको नालामा कमसल किसिमका सामग्रीको प्रयोग र स्टीमेट भन्दा फरक प्रकृतिले निर्माण गरी व्यापक घोटाला भएको भन्दै अख्तियारमा उजुरी हाल्ने तयारी सर्वसाधारणले गरेका छन् ।


वर्षातको समयमा गाउँमा पानी जमेर जनजिवन नराम्ररी प्रभावित हुने गरेको तथा वरपरका कृषियोग्य खेतहरुको बाली नाली समेतलाई नराम्रो असर गरिरहेको अवस्था लाई मध्यनजर गरी आफुहरुको ठूलो प्रयास र धेरै पटक गाउँपालिकामा दौडेपछि मात्र गाउँपालिकाबाट पास भएको यो नाला निर्माण कार्यमा स्थानिय वडाध्यक्ष, नाला निर्माण समितीका अध्यक्ष, सम्बन्धित ईन्जिनियर, ओभरसियर तथा गाउँपालिका अध्यक्ष समेतको मिलेमतोमा कमसल किसिमको सिमेन्ट, स्टीमेट भन्दा कम गिट्टी र बालुवाको प्रयोग गरी नालाको निर्माण गरिएको सर्वसाधारणको आरोप रहेको छ ।

नाला निर्माणको योजना कार्यान्वयनमा कुनै प्रकारको पारदर्शिता र नियमानुसारको प्रकृया पूरा नभएको समेत स्थानियको गुनासो रहेको छ । नाला निर्माणस्थलमा योजना सम्बन्धी जानकारी सहितको बोर्ड राख्नुपर्नेमा नराखिएको, तथा नालाको स्ल्याब ढलान गर्दा तलतिर ३ ईन्च र माथिल्लो भागमा ६ ईन्च ढलान गरि सर्वसाधारणको आँखामा छारो हाली बजेट हिनामिना गरिएको समेत सर्वसाधारणले आरोप लगाएका छन् । उनीहरुले नाला निर्माण कार्य सकिएको लगतै कसैले भान नपाओस भने मनसायले माथिबाट माटोले पुरेर ढाकछोप गर्न खोजेको समेत बताएका छन् । यस सन्दर्भमा गाउँपालिका अध्यक्ष जुल्फकार अलि भुटो सँग बुभmदा गाउँपालिकामा आएर बुझन भन्दै पन्छिएका छन् । त्यस्तै सम्बन्धित वडाका अध्यक्ष किसोरी साह तुरहालाई सम्पर्क गर्दा आफुलाई थाहा नभई नाला निर्माण समितीका अध्यक्ष लाई विशेष कुरा बुझ्न पर्ने बताए भने नाला निर्माण समितीका अध्यक्ष राजन पटेललाई सम्पर्क गर्दा आफुहरुले स्टीमेट भन्दा बढी नै कार्य गरेका दाबी गरेका छन् । साथै नाला निर्माणको वास्तविकता बुझ्न गाउँपालिकाका प्राविधिक ईन्जिनियर अर्विन्द साहलाई सम्पर्क गर्दा सव ईन्जिनियर अभय महतोले त्यसको नापी गरेकोले उसलाई नै सबै कुरा थाहा भएको भनेर पन्छिएका छन भने उनी द्धारा उपलब्ध गराइएको सब ईन्जिनियर अभय महतोको फोन नम्बर ९८१५२९३८६८ मा सयौ पटक फोन गर्दा समेत उपलब्ध हुन सकेको छैन ।


यसरी जनताको विश्वास जितेर सम्बन्धित ठाउँमा पुगेका विश्वासपात्रहरुको यस्तो रवैयालाई कसरी ठीक पार्न सकिन्छ भनि कानुन विज्ञहरु सँग बुझ्दा कानुनी उपचार खोजे यसमा नाला निमाण समितीका अध्यक्ष देखी लिएर सम्बन्धित सवै सरोकारवालाहरुलाई धेरै हदसम्म कारवाहीको दायरामा ल्याउन सकिने भनेर प्राप्त सल्लाह बमोजिम अख्यिारमा उजुरीको लागि लगभग सबै तयारी पुरा भईसकेको सम्बन्धित सर्वसाधारणहरुले बताएका छन् ।