Home Blog Page 26

नेपाली नक्कली नोट सहित ५ जना बारा प्रहरीको नियन्त्रणमा

0

वीरगञ्ज, माघ २५

नेपाली नक्कली नोट सहित ५ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको परवानिपुर गाउपालिका वडा नम्बर ५ निबासि सन्तोष पटेल र सुमित साह, वीरगञ्ज महानगरपालिका वडा नम्बर १० निबासी विशाल श्रीवास्तव र निरज श्रीवास्तव तथा सर्लाही चन्द्र नगरका रामचन्द्र महतो रहेका छन ।

नक्कली नोटको कारोबार गरिरहेको भनी प्राप्त विशेष सुचनाको आधारमा यिनिहरुलाइ नक्कली नोटको कारोबार गरिरहेकै अवस्थामा फरक फरक ठाउँबाट पक्राउ गरिएको सार्वजनिक गर्ने क्रममा बारा प्रहरीले जनाएको छ ।

यिनिहरुको साथ बाट नेपाली रु.१ हजार को नक्कली नोट ६१ थान, भारतिय नम्बरको सिमकार्ड तथा ७ वटा मोबाईल सेट समेत बरामद गरिएको छ ।

पक्राउ गरिएका यिनिहरुलाइ नियन्त्रणमा राखी आवश्यक अनुसन्धान भैरहेको बाराका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताउनुभयो ।

५ करोड फिरौती माँग्ने २ जना कास्की प्रहरीको नियन्त्रणमा

0

वीरगञ्ज, माघ १५
५ करोड रुपैयाँ फिरौती नदिए ज्यान मार्ने धम्की दिने २ जना युवकलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ मा सच्चाई सेवा केन्द्रका अध्यक्ष प्रकाश दिप गैरेलाई केही दिन देखि फोन तथा म्यासेज मार्फत धम्क्याउँदै आएका पर्वत जिल्लाको कुश्मा नगरपालिकाका लक्ष्मण दर्जी र दीपक बहादु क्षेत्रीलाई हिजो बुधवार साँझ पोखराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैजनालाई पोखरा प्रहरीको हिरासतमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

बाराको सवारी दुर्घट्नामा परी पूर्व अनुसन्धान अधिकृतको मृत्यु

0

वीरगञ्ज, माघ १५
बारामा हिजो बुधवार भएको सवारी दुर्घटनामा परी पूर्व अनुसन्धान अधिकृतको मृत्यु भएको छ । बाराको पिलुवा बाट सदरमुकाम कलैया तर्फ आउँदै गरेको ना ३० प ९८३० नम्बरको मोटरसाईकलमा सवार बारा कलैया उपमहानगरपालिका वडा नम्बर ५ घुसुकपुर निवासी पूर्व अनसन्धान अधिकृत विष्णु थापालाई विपरित दिशाबाट आइरहेको ट्रिपरले ठक्कर दिँदा दुर्घट्ना भएको बारा प्रहरीले जनाएको छ ।

बारा उत्तर झिट्कैया गाउँ नजिकै भएको दुर्घटनाबाट घाईते राष्ट्रिय अनुसन्धान विभागका पूर्व अधिकृत ६० वर्षीय थापाको उपचारको क्रममा मृत्यु भएको छ ।

श्रोत नखुलेको ४ लाख नगद सहित एक युवक वीरगञ्जबाट पक्राउ

0

बीरगन्ज, माघ २३

पर्सा प्रहरीले स्रोत नखुलेको चार लाख रुपैयाँसहित बीरगन्जबाट एकजना युवकलाई पक्राउ गरेको छ ।

 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरिको टोलिले वीरगञ्ज घण्टाघरबाट बिरेन्द्र साह कलवार नाम गरेको एक जना युवकलाई पक्राउ गरेको हो । पक्राउ परेका कलवारलाइ चेकजाँच गर्ने क्रममा उनको साथबाट पाँच सय र एक हजार दरका नोटहरु गरि स्रोत नखुलेको नगद चार लाख रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 पक्राउ परेका कलवारमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

कलवारलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरी बताए ।

सर्लाही सवारी दुर्घटनाका घाइतेहरु मध्ये १ जनाको मृत्यु

0

वीरगञ्ज, माघ २३

सर्लाहीको सवारी  दुर्घटनाका घाइतेहरु मध्ये एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भै उपचाररत जिल्ला नापी कार्यालय सर्लाही  मलंगवाका कार्यालय सहयोगी बागमती नगरपालिका -५ निवासी विनोद घिमिरेको उपचारको क्रममै  मृत्युु भएको हो ।

हिजो सोमबार राति ८ बजे तिर नापी कार्यालयका सर्लाहीका कर्मचारीहरू चढेको बिआर ०६ पिडी ९६४८ नम्बरको भारतीय नम्बर प्लेटको गाडी सर्लाहीको मलंगवा नगरपालिका – १० गम्हरियास्थित चमेली माई मन्दिर नजिकै दुर्घटना भएको थियो ।

उखु लोड गरेको ट्र्याक्टरमा ठोकेपछी भएको दुर्घटनामा परि नापी  कार्यालय सर्लाही मलंगवाका प्रमुख सञ्जय मानन्धरसहित ११ जना घाइते भएको खबर प्राप्त भएको छ ।

यस्तै अन्य घाइते हरुमा महोत्तरीका ३० वर्षीय बैजु यादव र सर्लाहीको मलंगवा नगरपालिका – ३ का ३५ वर्षीय रामलाल साह, सर्लाही कौडेना गाउँपालिका – २ का २४ वर्षीय सञ्जित मण्डल, महोत्तरी एकडारा गाउँपालिका – २ का ३० वर्षीय रिटेन यादव, सर्लाही मलंगवा नगरपालिका – ३ का ५० वर्षीय बैधनाथ पटेल, मलङ्ग्वा नगरपालिका – ७ का ३४ वर्षीय रामबाबु राय, धनुषा शहीद नगर – ७ का २९ वर्षीय दीपेन्द्र यादव, बारा कलैया उपमहानगरपालिका – २० का २४ वर्षीय शहीद अनवर र महोत्तरीका २५ वर्षीय अजय यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

चौधरी सहित ३ जनालाई दुई दिनभन्दा बढी हिरासतमा नराख्न जिल्ला अदालत काठमाडौंकोे आदेश

0

वीरगञ्ज, माघ २२
अरुण चौधरी सहित ३ जनालाई दुई दिनभन्दा बढी हिरासतमा नराख्न जिल्ला अदालत काठमाडौंले आदेश गरेको छ । चौधरी सहित बाँसबारी छाला जुत्ता कारखानाका कार्यकारी अध्यक्ष अजितनारायाण सिंह र सञ्जय ठाकुरलाई नियन्त्रणमा लिई प्रहरीले ४ दिन हिरासतमा राख्न लिएको अनुमतिको म्याद ससिकएसँगै सोमबार जिल्ला अदालत काठामडौंमा पेश गरेको थियो ।
जिल्ला न्यायधिश यज्ञ प्रसाद आचार्यको ईजलाशले अब दुई दिनभन्दा उनीहरुलाई हिरासतमा नराख्न आदेश दिईएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले चौधरीसहित तीनै जनालाई १८ माघमा पक्राउ गरेको थियो भने हाल तीनै जना ग्रयाण्डी हस्पिटलमा उपचररत रहेका छन् ।

२ दिनको घाम सँगै जनजिवनमा राहतको अनुभुति

0

 

वीरगञ्ज, माघ १६
पछिल्लो दुईदिन देखि खुलेको मौसमसँगै मध्यतराईको पर्सा, बारा र रौतहट लगायतको जनजिवनमा राहतको अनुभुति भएको छ । पछिल्लो केही दिन देखि बढेको कठ्याङिग्रदो चिसो तथा बाक्लो हुस्सु र सितलहरका कारण नराम्ररी प्रभावित मध्यतराईको पर्सा, बारा, रौतहट तथा सिमावर्ती भारतीय बस्तीहरुमा पनि सोमाबारदेखि खुलेको मौसम सँगै राहतकोअनुभुति भएको सर्वसाधारणहरुले बताएका छन् ।

सोमबार र मँगलवार लागेको घामसँगै चिसोको असर कमभएको जस्तो महसुस गरेको पर्साका ग्रामीण भेगका बासिन्दाहरुको भनाई रहेको छ । खासगरी स्कुले बालबालिकाहरुलाई बढी प्रभाव पारेको चिसोले गर्दा बालबालिकाहरुको पठन पाठनमा समस्या हुनुका साथै विभिन्न किसिमका स्वास्थ्य सम्बन्धी समस्याहरु देखापर्न थालेकोमा अब केही राहत हुने विश्वास गरेको आम अभिभावकहरुले बताएका छन् । तर हिजो आजको घामले मौसम परिवर्तन भयो भनेर भन्न नसकिने र श्रीपञ्चमीको अवसर पारेर पुनः चिसो र शितलहर बढ्न सक्ने अनुभव आफुहरुको रहेको गाउँघरका ज्येष्ठ नागरिकहरुको भनाइ रहेको छ ।

काँग्रेस पर्सा द्धारा शहिदहरुको शालिकमा माल्यार्पण

0

 

वीरगञ्ज, माघ १६
नेपाली काँग्रेस पर्साले आज माघ १६ गते मंगलवार शहिद दिवसको अवसरमा शहीद तेजबहादुर अमात्य र थिरबम मल्लको शालिकमा माल्यार्पण सहित विभिन्न कार्यक्रमहरु गरी श्रद्धाञ्जली अर्पण गरेको छ ।

नेपाली काँग्रेस पर्सा क्षेत्र नम्बर १ का कार्यवाहक सभापति अनिल सिँहको अध्यता एमव नेपाल सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न सहिद सम्मान कार्यक्रममा विशिष्ट अतिथीको रुपमा नेपाली काँग्रेस पर्साका सभापति तथा प्रदेशसभा सदस्य जनार्दन सिँह क्षेत्री, संविधानसभा सदस्य एवम नेपाली काँग्रेसका केन्द्रिय सदस्य अनिल रुँगटा, काँग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, काँग्रेस पर्साका सचिव तथा वीरगञ्ज महानगरपालिकाका उप प्रमुख ईम्तियाज आलम लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागि नेताहरुले नेपाली काँग्रेसले सदैव शहीदहरुको सम्मान गर्दै आएको तथा शहिदहरुको सपना हालसम्म पुरा हुननसकेकोले शहीदको सपना पुरा गर्न सवैले आ आफ्नो स्तरबाट ईमान्दारीका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै देशभरी नै विभिन्न कार्यक्रमहरु गरी आज मंगलवार शहिद दिवस मनाईएको छ । विगतदेखि नै मनाउँदै आइएको शहिद दिवसको अवसरमा आजपनि सरकारी स्तरबाट पनि सहिदहरुको सम्झनामा सुरक्षा फौजहरुले मार्चपास लगायतका कार्यक्रमहरु सञ्चालन गरी नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुद्धारा शहीदहरुलाई सम्झना गरी श्रद्धाञ्जली अर्पण गरिएको छ । तर विगतका वर्षहरुमा दिँदै आएको शहिद दिवसको विदा यस पालि चाहि दिईएको छैन । सरकार द्धारा विदा दिनका लागि भएको निर्णय अगामी वर्षदेखि लागुहुने जनाइएको छ ।

५८ देशमा अध्ययन गर्न ५१ हजार भन्दा बढी विद्यार्थीले लिए एनओसी

0

वीरगञ्ज, माघ १६
शिक्षा मन्त्रालयको तथ्याँक अनुसार साउन १ गते देखि पुस मसान्तसम्म ५१ हजार ६३७ विद्यार्थीले बैदेशिक अध्ययन अनुमतिपत्र एन ओ सी लिन सफल भएका छन् । मन्त्रालयको तथ्याँक अनुसार सबैभन्दा बढी क्यानाडाको लागि १२ हजार ७५ जना र सबै भन्दा कम भारतको लािग १ हजार ३१२ जनाले एन ओ सी लिएका छन् ।

मन्त्रालय स्रोतका अनुसार दैनिक रुपमा ५०० जनाको हाराहारीमा एनओसीका लागि आवेदन दिने गरेको बताइएको छ । नेपालको तुलनात्मक रुपमा नेपाल भन्दा विदेशी राष्ट्रहरुमा अध्ययनका क्रममा जागिरको सम्भावना बढी रहेको तथा विदेशी मुद्राको मुल्याँकन पनि बढी हुनेहुँदा वैदेशिक अध्ययन लोकप्रिय बन्दै गईरहेको जानकारहरु बताउँछन् ।

सत्य जहिले नि सत्य हुन्छ, असत्यको विजय कहिले हुँदैन : पूर्व राजा ज्ञानेन्द्र शाह

0

वीरगञ्ज, माघ १३

पूर्व राजा ज्ञानेन्द्र विक्रम साहले सत्य जहिले पनि सत्य हुने तथा असत्यको कहिले पनि जित नहुने ठोकुवा गर्नु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा वीरगञ्जको अगाडि मेनरोड भन्दा पश्चिम अवस्थित रातो बङ्गलामा आज शनिबार आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्व राजा शाहले यस्तो ठोकुवा गर्नु भयो ।

आफूले आफ्ना अग्रजहरुलाई गुमाउनुपरेको त्यस्तो कहालीलाग्दो अवस्थामा पनि आफूहरू माथी गरिएको प्रहारका बावजुद पनि पुग अपुग ७ वर्ष सम्म राष्ट्र प्रमुखको हैसियतमा शासन सत्ता सञ्चालन गर्दा सदैव नेपाल र नेपाली जनताको हित सोचेको स्पष्ट पार्नुभयो ।

देशमा निषेधको राजनीतिले निकास नदिने कुरामा जोड दिदै पूर्ब राजा शाहले आफूले देशवासिहरु प्रतिको स्नेह र प्रजातान्त्रिक सोचकै आधारमा आफ्नो पूर्ख्यौली शासन सत्ता समेत जनतालाई सुम्पेको समेत बताउनुभयो ।

पूर्व राजा ज्ञानेन्द्रले सत्ता छाड्ने बेलामा पनि आफूले नेपालमै बसेर नेपाल नेपालीको शान्ती र हितका लागि सहयोग गर्ने भनेर भनेको कुराको स्मरण समेत गराउनुभयो ।