Home Blog Page 27

राम ललाको आगमन सङ्गै घरघरमा दिपावली, जानकी मन्दिरमा सावाँ लाख र गढिमाइमा अढाइ लाख द्विप बालियो

0

वीरगञ्ज, माघ ८

अयोध्यामा राम ललाको प्राणप्रतिष्ठान सङ्गै मर्यादा पुरुषोत्तम भगवान श्री रामको ससुराल जनकपुर स्थित जानकी मन्दिरमा सावाँ लाख द्विप प्रज्वलित गरि दिपावली  मनाइएको छ ।

आजको दिनलाई मध्यनजर गर्दै जानकी मन्दिरलाई सफा सुग्घर र सजावट गरि अत्यन्तै मनमोहक बनाइएको छ । त्यस्तै प्राणप्रतिष्ठान कै अवसरमा बाराको गढिमाइ मन्दिरमा २ लाख ५१ हजार द्विप प्रज्वलित गरिएको छ । महागढिमाइ नगरपालिकाका मेयर उपेन्द्र यादवको अगुवाईमा मन्दिरको सजावट तथा सरसफाइ गरि द्विप प्रज्वलन गरि दिपावली मनाइएको छ । प्राणप्रतिष्ठानको अवसरमा आज सोमबार नेपालमा पनि घरघरमा दिपावली मनाइएको छ भने गाउँ गाउँ तथा चौकहरुमा जय श्री राम अन्कित झण्डा हरुले भरिभराउ तथा राम भजनले वातावरण राममय भएको छ ।

 

यता आजकै शुभ अवसरमा वीरगञ्जको घडिअर्वा स्थित नवनिर्मित राम मन्दिरमा प्राणप्रतिष्ठान भएको छ ।प्राण प्रतिष्ठानको अवसरमा पूरै वीरगञ्ज शहरलाइ दुलही झै सजाइएको छ । त्यस्तै आज भगवान रामको प्राणप्रतिष्ठान सङ्गै गाउँ गाउँमा झाकी प्रदर्शन भएका छन भने गाउँ तथा टोलै पिच्छे जलयात्रा एवम पूजा अनुष्ठान भएका छन् ।

अयोध्या राम मन्दिरमा प्राण प्रतिष्ठान

0

वीरगञ्ज, माघ ८

भारतको अयोध्या स्थित राम मन्दिरमा आज सोमबार प्राण प्रतिष्ठान भएको छ ।

मर्यादा पुरुषोत्तम भगवान श्री रामको जन्मभूमि अयोध्यामा नव निर्मित श्री राम मन्दिरको निर्माणकार्य पूर्ण नभए पनि आजको शुभ मुहुर्तमा प्राण प्रतिष्ठान गर्नेगरी महिनौं दिन देखि गरिएको तयारी बमोजिम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले निराहार बसि प्राण प्रतिष्ठान गर्नु भएको हो ।

प्राण प्रतिष्ठानको अवसरमा नेपाल र भारत लगायत अन्य देशहरुबाट समेत हिन्दु धर्म प्रती आस्था राख्ने भक्तजनहरुको व्यापक सहभागिता देखिएको छ । प्राण प्रतिष्ठान समारोहमा भारत तथा नेपाल बाट पनि अतिथिहरुको ठूलो सहभागिता रहेको थियो ।

प्राण-प्रतिष्ठानको अवसरमा बलिरामपुरमा पनि दिपोत्सव

0

वीरगञ्ज, माघ ८

भारत अयोध्यामा भैरहेको मर्यादा पुरुषोत्तम भगवान रामको प्राण प्रतिष्ठानको अवसरमा आज सोमबार बाराको बलिरामपुरमा पनि दिपोत्सव मनाइएको छ ।

बाराको विश्रामपुर गाउपालिका वडा नम्बर ४ बलिरामपुर स्थित श्री राम जानकी मन्दिरमा स्थानीय यूवाहरुको अगुवाइमा दिप प्रज्वलन तथा पूजापाठ गरिएको छ । आज बलिरापुर गाउँको हरेक घर घरमा श्री राम अन्कित झन्डा हरु लगाइएको छ भने घर घरमा दिप प्रज्वलन गरि दिपावली मानाइएको छ ।

साथै आज घर घरमा भगवान श्री रामको नाम उच्चारण गरि आस्था पुर्वक घर घरमा पूजापाठ गरिएको छ ।

पत्रकार दुबे द्वारा पहलवान हरुलाइ ट्र्याक बितरण

0

बारा, ८ माघ / पत्रकार उमेश दुवेले आज सोमबार कुश्ती खेलाडी(पहलवान) हरुलाइ ट्र्याक वितरण गरि सम्मान गरेका छन् ।  फेटा गाउपालिका वडा नम्बर १ रजवटीया टोलमा एक समारोहका बिच पत्रकार दुवेले स्थानीय  हनुमान आखडाका कुस्ती खेलाडीहरुलाई ट्रयाकसुट वितरण गर्दै सम्मान गरेका हुन ।

स्थानीय जनप्रतिनिधि लगायत बोधायक र सान्सद समेतले कुस्ती खेलाडीहरुलाई खासै वास्ता नगरेको अवस्थामा पत्रकार दुबेले गरेको यस्तो सम्मान बाट आफुहरुलाइ हौसला मिलेको हनुमान आखडाका गुरु ब्रम्हदेव यादवले बताएका छन् ।
बिगतका दिनहरुमा सबैभन्दा बढी लोकप्रिय खेलको रूपमा रहेको कुस्ती संरक्षणको अभावमा आजभोलि लोप हुँदै गएकोमा यसतर्फ पनि सम्बन्धित निकायको ध्यान जानुपर्ने  आवश्यक देखिन्छ ।

वीरगञ्जका विद्यालयहरु १० गते सम्म बन्द रहने

0

वीरगञ्ज, माघ ०८

बढ्दो चिसो र कठ्याङ्ग्रीदो जाडोका कारण वीरगञ्जका विद्यालयहरु माघ १० गते सम्म बन्द रहने भएका छन् ।

अत्यधिक चिसोलाइ मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महशाखाले हिजो आइतबार  एक विज्ञप्ति जारी गर्दै माघ ५ गते सम्म दिइएको विदालाइ माघ १० गतेसम्म निरन्तरता दिन जानकारी गराएको छ ।

अत्यधिक चिसोका कारण विद्यालय विदा दिनुपर्ने आवश्यकता अभिभावक हरुले पनि महसुस गरेका थिए ।

वीरगञ्जमा मनाइयो बलिदानी दिवस, ६३ शहिद परिवारलाई ३/३ लाख हस्तान्तरण

0

वीरगञ्ज, माघ ५ 

मधेस प्रदेश सरकारले आज शुक्रबार मधेस आन्दोलनमा सहादत प्राप्त गरेका ६३ जना सहिद परिवारलाई जनही ३/३ लाख र कम्बल प्रदान गरेको छ ।

आज बलिदानी दिवसको अवसरमा वीरगञ्ज स्थित नगर सभागृहमा आयोजित कार्यक्रममाका प्रमुख अतिथी समाजबादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सहिद परिवारलाई सो रकम बराबरको चेक तथा कम्बल हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा मधेस आन्दोलनका घाइतेहरुलाइ पनि अवस्था हेरि हेरि जनही रु १ लाख र २ लाख तथा यातायात खर्च बापत रु ४ हजार उपलब्ध गराइएको छ ।

साथै मधेस आन्दोलनमा अङ्गभङ्ग भएका धेरै जनाले आफुहरु सङ्ग भेदभावपूर्ण व्यवहार भएको गुनासो गर्दै मञ्चमै पुगेर विरोध जनाएका छन् ।

कार्यक्रममा सम्बोधन गर्ने क्रममा अधिकान्स वक्ताहरूले मधेसीको त्यो बलिदानी बिर्सन नसकिने र हाल प्राप्त संघीयता र राजनीतिक अन्य उपलब्धिहरु मधेस आन्दोलनकै परिणामस्वरूप प्राप्त भएको कुरामा जोड दिएका छन ।

सशस्त्र प्रहरी पर्सा द्वारा १६८ किलाे गाजा बरामद

0

वीरगञ्ज, पौष २४

सशस्त्र प्रहरी बल, नेपाल प्रस्ताबित सीमा सुरक्षा गुल्म भिखमपुरले १६८ के.जि. अबैध लागू औषध गाजा बरामद गरेको छ ।

 सशस्त्र प्रहरी भिखमपुरले विशेष सुचनाका आधारमा सवारी साधन चेकजाँच गर्ने क्रममा बिरगंजबाट ठोरी तर्फ जादै गरेको बा ११ च ९६८६ नंम्वरको बोलेरो पिकअपमा फल्स वटम वनाई लुकाएर राखेकाे १६८ के.जि. (१६पोका ) प्रतिबन्धित गाँजा बरामद गरी उक्त बलेरो पिक-अप सहित चालक, सहचालक, नेपाली रु ७८,५००।- (अठत्तर हजार पाचँ सय मात्र) र मोबाईल थान-२ बरामद गरि आवश्यक कार्वाहीको लागि नेपाल प्रहरी पर्सा लाई बुझाएको छ ।

सशस्त्र प्रहरी पर्साद्धारा एकै दिन २४ लाख बराबरको सामान बरामद

0

 

वीरगञ्ज, पौष १६
सशस्त्र प्रहरी बल नं १३ गण पर्सा र मातहत इकाइले आज सोमबार एकै दिनमा रु. २४ लाख बराबरको भन्सार छलिको समान बरामद गरेको छ । सशस्त्र प्रहरीले प्याज, कुर्ता सरवाल, थानको कपडा र काँस जस्तो देखिने धातु लगायतका गरी त्यति मूल्य बराबरको सामग्री बरामद गरेको हो ।

सशस्त्र गस्तीका क्रममा वीरगञ्ज २ भगुवा स्थित गाडि मोबाईल टोलीले भारतबाट अबैध रुपमा भन्सार छली ४ जनाले टाउकोमा बोकी नेपाल तर्फ ल्याउदै गरेको तथा वीरगञ्ज वडा नम्बर १ छठ घाट स्थित गाडि मोबाईल टोलीले दुबै ठाउँबाट गरि करिब ६ लाख बराबरको कपडा बरामद गरेको छ ।

त्यस्तै बिन्दवासिनी गाउँपालिका वडा नम्बर ३ झौवा स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीको गस्ति टोलिले भारतबाट अबैध रुपमा ४ वटा साईकलमा लोड गरी नेपाल तर्फ ल्याउँदै गरेको भन्सार मूल्य करिब ६१,९०० बराबरको काँस जस्तो देखिने धातु ९५४० के. जी र चार वटा साईकल बरामद गरेको छ भने वीरगञ्ज वडा नम्बर १९ बर्वा स्थित नं. १३ गण र पर्सा हेडक्वार्टर बाट खटिएको टोलीले भारतबाट अवैध रुपमा भन्सार छलि प्रदेश २२-०३-००१ च ५४८९ नं.को पिक(अप गाडिमा लोड गरी नेपालतर्फ ल्याउदै गरेको रु. १,९८,०००।- बराबरको ३३०० के.जी. प्याज र मुल्य रु १५,०००००।- बराबरको पिक अप गाडि सहित जम्मा मुल्य रु १६,९८,०००।- बराबरको पिकअप गाडि र प्याज बरामद गरेको तथा बरामद गरिएका ति सम्पूर्ण सामग्रीहरु आवश्यक कारवाहीक लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी पर्साले जानकारी दिएको छ ।

मिलन चौक प्रहरी द्वारा काचो दाउरा सहित २ साइकल पक्राउ

0

वीरगञ्ज, पौष १६

प्रहरी चौकी मिलन चौकले काचो दाउरा सहित दुई वटा साइकल आज सोमबार पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा न. ३२ रामवन स्थित जङ्गलबाट आज सोमबार बिहान ९:३० बजे काचो काठ चिरेर दाउरा बनाइ ल्याउदै गर्दा प्रहरी चौकी मिलन चौक पर्साबाट प्रहरी सहायक निरीक्षक प्रमोद प्रसाद साहको कमाण्डमा गइरहेको गस्ती टोलिले उक्त  साइकल सहितको काचो दाउरा पक्राउ गरेको हो ।

प्रहरी गस्ती टोलिलाइ देखेपछि तस्करहरुले साइकलका साथ दाउरा छोडी फरार भएका छन ।

पक्राउ परेको काचो दाउरा सहित दुई वटै साइकल आवश्यक कार्वाहीको लागि सब डिभिजन बन कार्यालय, सबैया टाडी पर्सामा बुझाएको स्थानिय प्रहरीले जनाएको छ ।

बिद्युत कार्यालय वीरगञ्जबाट सेवाग्राही पिडित

0

वीरगञ्ज, पौष १६
नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रले ग्राहकहरुलाई अनावश्यक दुःख दिने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन् । विद्युत महसुल बुझाउन गएका सेवाग्राहीहरुले महसुल बुझ्न समय २ बजे सम्म भए पनि आफुहरु दिउँसो १ बजे नै कार्यालयमा आउँदा समेत कर्मचारीहरुले महसुल नबुझेको र बुझ्न दबाब दिँदा धाक धम्की दिई कार्यालय बाहिर निकाली दुव्र्यवहार गरेको बताएका छन् ।

कार्यालयमा विद्युत महसुल बुझाउन आउँदा आलटाल गरेर ढिलो गर्ने गरेको र एक दिनपनि ढिला भए ब्याजमा एक पैसा नछोडि पुरै ब्याज लिने नितिले यहाँका कर्मचारीहरु प्रोरित रहेको विद्युत कार्यालयमै कार्यालय समयमै भेटेका सेवाग्राहीहरुले कर्मचारीहरुकै अगाडी बताएका छन् ।

साथै सेवाग्राहीलाई गाली गलौज गरी दुव्र्यवहार गरेका कर्मचारी यस तराई खबरका रिपोर्टरहरुले कुरा गर्न खोज्दा स्टोर शाखाको भित्र लुकेर भित्र बाट ढोका बन्द गरेका थिए । कार्यालय परिसरमै सम्पूर्ण कर्मचारीहरु उपस्थित भएर पनि आफ्नो काम छोडी दिनभरी लगाएर आएका त्यत्रो टाढाका ग्राहकहरुको महसुल रकम नबुझेको गुनासो सेवाग्राहीहरुले गरेका छन् ।

यस सम्बन्धमा कार्यालय प्रमुख सँग बुभm्न खोज्दा उनी लगभग एक हप्ता देखि कार्यालयमा उपस्थित नभएको कुरा एक जना कर्मचारीबाटै बाहिर आएको छ । कार्यालय प्रमुख महिनामा ३÷४ दिन मात्रै कार्यालयमा आउने गरेको र फोनबाट नै कार्यालय हाक्ने गरेको गुनासो केही कर्मचारी बाट समेत आएको भेटिएको छ । यसरी कार्यालय प्रमुख नै गैर जिम्मेवार भएपछि कार्यालयको हालत कसरी सुध्रिने हो भन्ने कुरमा सर्वसाधारण चिन्तित देखिएका छन् । तर यस सन्दर्भमा सम्बन्धित निकायको मौनताले पनि धेरै प्रश्न उब्जिएको आम सर्वसाधारणको भनाई रहेको छ ।