Home Blog Page 28

नयाँ वर्ष सन् २०२४ को अवसरमा पिननिक स्पटहरुमा व्यापक जमघट

0

वीरगञ्ज, पौष १६
आज सन् २०२४ जनवरी १ तारिख । अङ्ग्रेजी नयाँ वर्षको रौनक नेपालको पर्सा, बारा, रौतहट लगायत मध्यतराईमा पनि व्यापक रुपमा देखिएको छ ।

आज पर्सा र बाराका विभिन्न पिकनिक स्थलहरुमा स्थानिय सर्वसाधारणहरु सँगै सिमावर्ती भारतीय गाउँ तथा बजारबाट पिकनिक गर्न आउनेहरुको ठूलो जमघट देखिएको छ ।

नयाँ बर्ष मनाउनका लागि पर्साको वीरगञ्ज स्थित भिष्वा डाँडामा युवा युवतिहरुको व्यापक उपस्थिती एवम् चहल पहल देखिएको छ । विरगञ्ज लगायत आसपासका क्षेत्रबाट भिष्वामा पिकनिक मनउनका लागि अलग अलग समुहमा युवा युवती तथा बच्चाहरु को उपस्थितीले पुरै डाँडा भरिभराउ देखिएको छ । त्यस्तै वीरगञ्जको नगवामा रहेको भुटनदेवी मन्दिरमा पनि पिननिक मनाउनेहरुको ठूलो उपस्थिति रहेको छ ।

यता विरगञ्ज सबै होटलहरुमा समेत नव वर्षको उपलक्ष्यमा खानपिन र रमाईलो गर्नेहरुको भिडभाड बढेको छ । नयाँ वर्षकै अवसरमा पिनिक मनाउनका लागि पर्साको ठोरी, बाराको सिम्रौनगढ, आधाभार लगायतका ठाउँहरुमा मानिसहरुको उपस्थिती बढेको देखिएको छ ।

पौष १७ गते देखि चितवनमा पोल्ट्री दिवस मनाइदै

0

डिल कुमारि नेपाल // चितवन //

पुस १७ गते देखि चितवनमा विविध कार्यक्रम गरेर पोल्ट्री दिवस मनाइने भएको हाे । नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा यस वर्ष ११ औं राष्ट्रिय पोल्ट्री दिवस मनाउन भएकाे हाे।
चितवनमा विसं २०७० देखि हरेक वर्ष राष्ट्रिय पोल्ट्री दिवस मनाउने गरिएको नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टले जारी गरिएकाे सूचनामा उल्लेख छ। यस वर्षको ११ औं राष्ट्रिय पोल्ट्री दिवसलाई पोल्ट्री व्यवसायीको चाडका रुपमा मनाउनु पर्छ भनि मान्यताअनुरुप नेपाल कुखुरा व्यवसायी मञ्चले सरकारी तथा निजी क्षेत्रबीच आवश्यक समन्वय गदै सप्ताहव्यापी रुपमा दिवस मनाउन लागेकाे छ। ‘कुखुराको अण्डा र मासुको परिकार, स्वस्थ जीवनको आधार’ भन्ने मुल नारालाई मध्यनजर गदैं मनाइने यो दिवसमा विशेष गरी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई अण्डा र कुखुराको मासुको महत्वबारेमा जानकारी गराउने उद्देश्य लिइएको बताए । नेपाल भेटेरीनरी एशोसियसन बागमती प्रदेशसँगको सहकार्यमा स्कुल शिक्षा कार्यक्रम सञ्चालन गरिएको हाे । अहिले सम्म २६ वटा सरकारी तथा निजी विद्यालयका कुल एक हजार ९४७ जना विद्यार्थीलाई अण्डा र मासुको महत्वबारे चिकित्सकहरुले प्रशिक्षण दिँदै निःशुल्क रुपमा अण्डा बितरण गरिएको थियाे । पुस १७ गते बिहान मञ्चको कार्यालय परिसरबाट बाजागाजा र प्ले कार्डसहित प्रभातफेरी गरी भरतपुर–२ क्षेत्रपुर नमस्ते चोकमा भरतपुर महानगर पालिका वडा नंं. २ को सहकार्यमा बृहतखुला रक्तदानको कार्यक्रम गरिने लागेकाे हाे । उक्त स्थानमा एक दिने चिकेन एण्ड एग फुड फेस्टिबलको आयोजना गरिने मञ्चले बताएकाे छ।
नेपालमा आधुनिक कुखुरापालन सुरुवात २०१७ साल पुस १७ गते भएको थियो । परवानीपुर बाराको सेन्ट्रल ह्याचरीको उद्घाटन पश्चात नेपालमा आधुनिक पोल्ट्रीको सुरुवात गरिएकाे मानिन्छ । देशको कुलग्राहस्थ उत्पादनमा करिब ३.५प्रतिशत हिस्सा आगटेको पोल्ट्री व्यवसायमा करिब एक खर्ब ६० अर्ब रुपैयाँ लगानी भएको अनुमान गरिएको छ भने करिब चार लाख ५० हजार व्यक्तिलाई पोल्ट्री क्षेत्रले रोजगारी समेतदिदै आइरहेको छ । नेपालको कुखुरा पालन व्यवसायमा आधुनिक प्रविधि भित्रदै गइरहेको संघले बताएकाे छ । उक्त पेसाले आयात प्रतिस्थापन गर्दै आम देशवासीलाई सबै भन्दा सस्तो मूल्यमा गुणस्तरीय र पोषणयुक्त खाद्यन्न मासु र अण्डा उपलव्ध गराएको संघले प्रतिनिधिले बताउनुभयाे । कुखुरा व्यवसायी मञ्चले कुखुराको मासु र अण्डा मानव स्वास्थका लागि उपयुक्त खाद्यन्न मानिँने बताउँदै कुखुराको मासु र अण्डामा कुनै मिसावट नहुने, चिल्लोको मात्र कम, प्रोटिनको मात्र बढी हुने, पकाउन सजिलो, पचाउन सहज हुने, युरिक एसिड, मुटु रोगीका बिरामीलाई समेत उपयोगी हुने बताउनुभयाे । मञ्चले विकसित देशहरुमा प्रति व्यक्ति प्रतिवर्ष अण्डाको खपत नेपालको भन्दा धेरै गुणा बढी रहेको बताए । नेपालीहरुको भन्दा विकसित देशका मानिसहरुको औषत आयु समेत बढी रहेकोसमेत मञ्चले बताएकाे छ । मञ्चको तथ्यांका वार्षिकरुपमा एक व्यक्तिले सबैभन्दा धेरै अण्डा खपत गर्ने ९ देशमा चीन अग्र पङतिमा रहेकाे छ भने नेपाल सबैभन्दा कम अण्डा खपत गर्ने देशमा पदै अाएकाे पर्छ ।

प्रो क्लब टि-20 क्रीकेट प्रतियोगिताको उपाधी पुलिसलाई

0

वीरगञ्ज, पौष १४

वीरगञ्जको नारायणी क्रीकेट मैदानमा आज शनिबार सम्पन्न प्रो-क्लब क्रीकेट च्याम्पियनसिप टि-ट्वान्टी क्रीकेट प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लबले हात पारेको छ ।

 

 

 

गत पौष ५ गते देखि जारी प्रतियोगिताको फाइनल उपाधिका लागि पर्सा ११ र नेपाल पुलिस क्लब बिच भएको प्रतिष्पर्धामा पर्सा ११ लाई १०० को फराकिलो अन्तरले पर्सा ११ लाई हराउँदै पुलिसले उपाधी उचालेको हो ।

 

ट्स जितेर पहिलो ब्याटिङ गरेको नेपाल पुलिसले निर्धारित २० ओभरमा ८ बिकेटको क्षतिमा १४५ रन बनाएको थियो । १४६ रनको लक्ष्यसाथ जवाफी ब्याटिङ गर्न ओर्लेको पर्सा ११ ले ११ ओभर खेल्दै ४५ रनमा अल आउट भएको छ । आजको फाइनल खेलमा नेपाल पुलिस क्लबका तर्फबाट लगातार ४ बलमा ४ सहित ५ छकाको मद्दतले सर्बाधिक अविजित ४० रन बनाएका छन ।

 

प्रसिद्ध खेलाडी सन्दीप लामिछानेको कप्तानिमा खेल्दै आएको पर्सा ११ सेमिफाइनल सम्म खेलेको थियो । अदालतले सन्दीप लाई युवती बालात्कार मुद्दामा दोषी साबित गरेकोले आजको फाइनल खेलमा उनी खेलेका छैनन् ।

त्यस्तै तेस्रो स्थानको लागि त्रिभुवन आर्मी क्लब र वन्डररर्स क्लब नोयडा बिच आजै भएको प्रतिस्पर्धामा त्रिभुवन आर्मी क्लब नोयडालाइ ६ विकेट्ले पराजित गर्दै तेस्रो हुन सफल भएको छ ।

बालकुमारीमा प्रहरीको गोली लागि २ जनाको ज्यान गयो

0

 

काठमाडौं, पौष १३
प्रहरीको गोली लागि आज शुक्रवार ललितपुरको बालकुमारीमा दुई युवाहरुको ज्यान गएको छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन दिन नपाएपछि युवाले गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाएको हो।
प्रदर्शनमा उत्रिएका युवाले सडक अबरुद्ध पार्दै सवारीसाधनहरुमा आगजानी समेत गरेका छन् । आन्दोलनका क्रममा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर दुरव्यवहार गनै क्रममा चालकले बचाउ गर्ने हिसाबले गाडी घुमाउन खोज्दा गाडीको टायर भित्रको हावा खुस्काएर लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका थिए ।
प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले सुरु अश्रुग्याँस प्रहार गरेको थियो भने स्थिति साम्य हुने स्थिति नदेखिएपछि हवाई फायर गरेको थियो ।प्रहरीले गरेको हवाई फायरिँगबाट घाईते ३ वर्षीय सुजन राउतको राजधानी स्थित किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको केही समय पछि नै पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको पनि मृत्यु भएको छ ।

भौतिक पूर्बाधार मन्त्री ज्वालाको गाडीमा आगजनी

0

वीरगञ्ज, पौष १३

भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वलाको गाडीमा ललितपुरका प्रदर्शनकारी यूवाहरुले आज शुक्रबार आगजनी गरेका छन् ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले आज दिउँसो ललितपुरको बालकुमारीमा मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।

प्रदर्शनकारी हरु प्रदर्शनका क्रममा सडक समेत अबरुद्ध पारेको तथा आगजनी पश्चात् बालकुमारी वरपरको क्षेत्र तनावग्रस्त भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको तथा बेलुकी सम्म अवस्था समान्य भएको स्थानीय प्रहरीले जनाएको छ ।

जबरजस्ती करणीका फरार अपराधी पर्साको रघुनाथपुरबाट पक्राउ

0

वीरगञ्ज, पौष १३
पर्सा प्रहरीले पर्सागढीबाट आज जबरजस्ती करणीका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नम्बर ७ रघुनाथपुर निवासी खेदरु महरको छोरा अन्दाजी २० वर्षिय देवनारायाण महरा चमार रहेका छन् ।

ईलाका प्रहरी कार्यालय एकटाँगा र पटेर्वा सुगौलीबाट गएको प्रहरीको सँयुक्त टोलीले चमारलाई आज विहान करिब ११ बजे रघुनाथपुर स्थित उनको घरबाटै पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्त देवनारायण महरा चमारलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको स्थानिय प्रहरीले जानकारी दिएको छ ।

३ ट्रेक्टर काँचो काठको दाउरा पर्सागढीबाट पक्राउ

0

वीरगञ्ज, पौष १२
पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ ब्रम्ह बाबा छठी घाटको छेउँबाट ३ ट्रेक्टर अवैध काँचो काठ प्रहरीले आज विहिवार पक्राउ गरेको छ ।

अवैध काँचो काठ तस्करी गर्ने उदेश्यले लुकाई छिपाई राखेको प्राप्त सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केसरीको कमाण्डमा गएको ७ जनाको तथा ईलाका प्रहरी कार्यालय एकटाँगाबाट आएको ४ जनाको सँयुक्त प्रहरी टोली सम्बन्धित ठाउँमा पुगी दुई अलग अलग ठाउँमा लुकाएर राखिएको करिब ३ ट्रेक्टर अबैध काँचो काठकमो चिरपट दाउरा बरामद गरी विन्दवासनी, कोईलाभार, बढनिहार साझेदारीमा बुझाएको छ ।

बरामद दाउरा साझेदारीका अध्यक्ष रिजवानुल हक अँसारी, सब डिभिजन रँगपुर पर्साका रेन्जर कपिलदेव यादवको रोहवरमा साझेदारीको जिम्मा लगाएको स्थानिय प्रहरीले जनाएको छ ।

बालुवा लिन गएका ६ वटा ट्रेक्टर भेडाहा खोलाबाट पक्राउ

0

वीरगञ्ज, पौष १२
ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली पर्साले भेडाहा खोलाबाट बालुवा उत्खनन गरिरहेका ६ वटा ट्रेक्टरलाई विहिवार नियन्त्रणमा लिएको छ ।

खोलाबाट अवैध रुपमा लुकाई छिपाई बालुवा उत्खनन भईरहेको सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका ईन्चार्ज प्रहरी निरिक्षक रामराजा केशरीको निर्देशनमा ईलाका प्रहरी कार्यालय पटेर्वा तथा प्रहरी चौकी मिलन चौक पर्साबाट खटेको प्रहरीको टोलीले सो ट्रेक्टर पक्राउ गरेको हो ।

प्रहरी टोलीले पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ स्थित भेडाहा खोलाबाट बालुवा उत्खनन गरिरहेकै अवस्थामा ना ७ त ४२०५, ना ७ त ७०३, ना ६ त ७६५५, ना ७ त १२९६, ना ७ त १२९६ र प्र. २०३ ००१ त ४७४७ नम्बरको ट्रेक्टरहरु पक्राउ गरेको हो । पक्राउ परेका सबै ट्रेक्टरहरु विशेष अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको जानकारी प्राप्त भएको छ ।

ट्राफिक पोष्ट प्रसौनिद्वारा सडक मै सचेतना

0

 

 

राजु चौरसिया कलैया, ११ पौष

बढ्दो सवारी दुर्घटना लाई मध्यनजर गर्दै अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रसौनी बाराले बुधवार सडकमै ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ। सवारी साधनलाई सावधानी नअपनाउँदा तथा मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको कारणले सवारी दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको तथ्यांकलाई मध्यनजर गर्दै सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले अस्थायी ट्राफिक पोष्ट प्रसौनिले सडकमा नै सवारी साधनहरुलाई रोकि जनचेतना जगाउने काम गरेको छ।

वीरगञ्ज कलैया सडक खण्ड स्थित दुधौरा पुल नजिक सवारी साधन लाई रोकी चालकलाई सावधानी पुर्वक सवारी चालाउन , सवारी चलाउँदा धेरै मादकपदार्थ सेवन नगर्न , मोटरसाइकल साईकल चलाउँदा हेल्मेटको प्रयोग गर्न र हेलमेटको फिता राम्ररी लगाउन , सवारी साधनको सवारी किताव र सवारी चालक अनुमती पत्र साथमा राख्न भनि चेतनामुलक सल्लाहरु दिइएको छ।

अस्थायी ट्राफिक पोष्ट प्रसौनिको ट्राफिक हवल्दार बिनोद प्रसाद यादवको नेतृत्वमा सम्पन्न कार्यक्रममा , ट्राफिक प्रहरी गोबिन्द मिश्र लगायत ट्राफिक प्रहरी र नेपाल प्रहरीले जनचेतनामुलक सुझाव दिएका थिए।

१५ लाख बराबरको मोबाईल सहित तस्कर बारा प्रहरिको नियन्त्रणमा

0

वीरगञ्ज, पौष १२

बारा प्रहरीले अन्दाजी रु १५ लाख बराबरको मोबाइल तथा त्यसमा प्रयोग हुने विभिन्न सामग्री सहित मोबाईल तस्करीमा सँलग्न एकजना लाई बुधबार बेलुकी ४ बजे पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारागढी गाउँपालिका वडा नम्बर ३ खोपवाका रुपन भन्ने रुपनारायण चौधरी रहेका छन् ।

भारत बाट अवैध रूपमा भन्सार छली लुकाएर मोबाईल ल्याएको भनी प्राप्त बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बारा बाट खटेको टोलिले चौधरीको घरमा छापामारी गरि विभिन्न कम्पनीको मोबाईल ५१ थान, चार्जर ४८ थान, बैट्री ९ थान र मोबाइलको कभर १४ थान गरि सो परिमाणको सामग्री बरामद गरेको बारा प्रहरीले जनाएको छ ।

बरामद सामग्री सहित पक्राउ परेका चौधरी लाई विशेष अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बारामा राखिएको जिल्ला प्रहरी कार्यालय बाराले बिज्ञप्ती मार्फत जनाएको छ ।