Home Blog Page 29

सुदूर पश्चिम प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा एक दिवसीय गोष्ठी सम्पन्न

0

वीरगञ्ज, पौष ११

कैलाली, सूदूर पश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्टको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र सुदूर प्रदेश प्रहरी कार्यालय धनगढीद्वारा संयुक्त रूपमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा एक दिवसीय गोष्ठी २०८० धनगढीमा बुधबार सम्पन्न भएको छ ।

गोष्ठीमा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री भट्टले समाजमा शान्ति सुरक्षा लगायत अपराध अनुसन्धान गर्न प्रहरी र नागरिक बिचको सम्बन्ध सुमधुर हुनुपर्ने बताउनुभयो । प्रहरीले अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउनका लागि समयसापेक्ष नयाँ प्रविधिहरूको प्रयोगमा जोड दिँदै जानुपर्ने उल्लेख गर्दै उहाँले प्रहरी कार्यालयहरुको भौतिक संरचना निर्माण तथा स्रोतसाधन सम्पन्न बनाई अपराध अनुसन्धान कार्यमा प्रहरीलाई शसक्त बनाउन प्रदेश सरकार सदैव प्रतिवद्ध रहेको बताउनुभयो ।

गोष्ठीलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले साधन स्रोतको सीमितता, भूगोलको जटिलता र विविध चुनौतीहरूका बाबजुद यस प्रदेशमा घटित विविध घटनाहरूको सफल अनुसन्धान गरी कानूनी राज्यको प्रत्याभूति दिलाउनमा यस प्रदेश अन्तर्गतका प्रहरी कर्मचारीहरूले निभाएको भूमिकाको प्रशंसा गर्नुभयो । अपराध अनुसन्धानलाई वैज्ञानिक, व्यवस्थित एवम् प्रमाणमुखी बनाई न्यायिक प्रकृयामा सही, निष्पक्ष र पूर्ण व्यावसायिक भई कार्य सम्पादन गर्न अपराध प्रवृत्ति एवम् तथ्याङकहरूलाई समेत केन्द्रबिन्दुमा राखी योजनाबद्ध ढंगले अघि बढ्न जरूरी रहेको बताउनुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले प्रभावकारी र वस्तुनिष्ठ अनुसन्धान फौजदारी मुद्दा सफलताको कडी भएको र यसको लागि अपराध अनुसन्धानको क्षेत्रमा आवश्यक पर्ने घटनास्थल सुरक्षा, प्रमाण संकलन, संरक्षण र परीक्षणदेखि मिसिल तयार गर्ने जिम्मेवारीका लागि अनुसन्धान कार्यमा संलग्न प्रहरी कर्मचारीहरूमा कानूनी ज्ञान, विशेष सीप, दक्षता र लगनशीलता आवश्यक रहने बताउनुभयो । साथै अपराध अनुसन्धानको लागि ज्ञान, सीप, दक्षता, अनुभव, अथक लगाव र दृढ संकल्पका अतिरिक्त सरोकारवाला निकाय र समाजसँगको सहकार्य र समन्वय समेत महत्वपूर्ण रहनेमा उहाँले जोड दिनुभयो । पीडित तथा साक्षी संरक्षणको सुनिश्चितता, मानव अधिकारको संरक्षण, महिला तथा बालबालिका विरुद्धको हिंसाजन्य घटनाको अनुसन्धानमा थप संवेदनशिल भई शून्य सहनशीलतालाई गम्भीरताका साथ मनन गर्नुहुन उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन समेत दिनुभयो ।

गोष्ठीमा उच्च अदालत दिपायलका न्यायाधीश दिनेश प्रसाद यादव र कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले गोष्ठीको महत्व बारे चर्चा गर्दै आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले धन्यवाद ज्ञापन गर्नुभएको उक्त गोष्ठीमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी वरिष्ठ उपरीक्षक बसन्त रजौरले स्वागत मन्तव्य एवं गोष्ठीबारे जानकारी दिनुभएको थियो ।

नेपाल प्रहरी प्रदेश कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिलिप सिंह देउवा, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिल्ली राज बिष्ट, सरकारी वकिल कार्यालय कञ्चनपुरका सहायक जिल्ला न्यायाधिवक्ता हरि प्रसाद उपाध्याय, सुदूरपश्चिम प्रदेश अन्तर्गतका ९ वटा जिल्लाका जिल्ला प्रहरी कार्यालयका प्रमुखहरु, नेपाल प्रहरी प्रधान कार्यालयका प्रतिनिधिले अपराध अनुसन्धानको समग्र बस्तुस्थिति र अनुसन्धानमा गरिएका नवीन प्रयोगहरुको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । उक्त गोष्ठीमा अपराध अनुसन्धानमा देखिएका समस्या र त्यसका समाधान लगायतका विषयवस्तुहरूमा विस्तृत छलफल गरिएको थियो ।

गोष्ठीमा प्रहरी नायव महानिरीक्षकहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, संचारकर्मी एवम् प्रदेश अन्तर्गत अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी अधिकृतहरुको समेत सहभागिता रहेको थियो ।

सशस्त्र प्रहरी बल पर्सा द्वारा छ लाख बराबरको कपडा बरामद

0

वीरगञ्ज, पौष ११

सशस्त्र प्रहरी गण न.१३ पर्सा र वीरगञ्ज भन्सार कार्यालय पर्साबाट खटेको सँयुक्त टोलिले करिब ६ लाख मूल्य बराबरको कपडा बरामद गरेको छ ।

भारतबाट अबैध रूपमा भन्सार छलि लुकाइ छिपाइ राखिएको अवस्थामा विशेष सुराकीको आधारमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ बहुअरी बाट अन्दाजी रु.५,८३,४५० मूल्री बराबरको कपडा बरामद गरेको हो ।

बरामद गरिएको कपडा आवश्यक कारवाहिका लागि भन्सार कार्यालय वीरगञ्जमा बुझाइएको छ ।

भरतपुर भ्रमण वर्ष–२०२४ केही समयका लागि स्थगित

0

चितवन, पौष ११

अंग्रेजी नयाँ वर्ष सन् २०२४ को जनवरी १ बाट सुरु हुन लागेको भरतपुर भ्रमण वर्ष–२०२४ केही समयका लागि स्थगित  भएकोछ । आज भरतपुर महानगरपालिकाको कार्यपालिका बैठकले भ्रमण वर्ष केही समयका लागि अघि सार्ने निर्णय गरेको हो ।
बैठकले आउँदो पुस २२ गते बस्ने नगरपरिषद् बाट थप कार्यक्रम तय गर्ने निर्णय समेत गरेको छ । महानगरले भ्रमण वर्षको तयारी तिव्र रुपमा पारेपनि महानगरको मुख्य बजार क्षेत्रमै सडक अस्तव्यस्त भएपछि भ्रमण वर्ष सार्न नीजि क्षेत्रले समेतले दिएको सुझाव  लाई मध्यनजर गर्दै केही समय पछि गर्ने गरी भ्रमण वर्षको समय सारिएको महानगरपालिकाले जनाएको छ ।

डिआइजी का घुमुवा पटेल र यादवको असुली आतंक

0

राजु चौरसिया // कलैया, पौष ११

मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी जनक भट्टराईले खटाएका सादा पोशाकका घुमुवा प्रहरीहरु तस्करहरु सङ्ग पैसा असुल्नमै व्यस्त भइ आफ्नो पदिय र पेशागत मर्यादालाई बिर्सेका छन् । बारा र पर्सा जिल्लाबाट हुने विभिन्न  क्रियाकलापहरुलाइ  सुक्ष्म अनुसन्धान गर्न सदापोसाकमा खटेका शैलेश पटेल र राजेश यादव  आर्थिक असुलिमा लिप्त  हुदैं गएका छन् ।

पटेल र यादव मधेश प्रदेशको डिआईजी भट्टराईको घुमुवा भएको धाक लगाउदै आफ्नो जिम्मेवारी भन्दा बढी बारा र पर्साको सिमानाकाबाट हुने तस्करहरुबाट आर्थिक लाभ लिने कार्यमा ब्यस्त हुने गरेको खबर प्राप्त भएको छ। पटेल र यादव मधेश प्रदेशको डिआईजीको घुमुवा भन्दै सिमानाकाबाट तस्करी गर्ने तस्करहरुसँग दुई तिन हजार भएपनि नलिइ नछाड्ने सिद्धांतका साथ काम गरिरहेको बताइएको छ।

घुमुवा द्वयले बारा पर्साबाट हुने कपडाको तस्करी , हार्डवेयरको तस्करी , कस्मेटिकको तस्करी , धान ,चामल , काजु , किसमिस , प्याज , कुखुराको चल्ला लगायत कवाडको तस्करीबाट दुई तिन हजार भएपनि लिने गरेको श्रोतको दाबी रहेको छ।  बारा र पर्साको सिमानाकाबाट हुने तस्करीको मालसमान सिमनाकाबाट पक्राउ नपरी बीरगंज पथलैया , अम्लेखगंजबाट दिनहुँ मालसमान पक्राउ पर्नेमा अधिकान्स घुमुवा द्व्यले पास गराएका मालसामान हरु भएको बुझिएको छ ।

यति मात्र नभएर घुमुवा द्वय पटेल र यादवले मातहतका प्रहरी प्वाइन्टका प्रहरी हरुलाइ समेत आफुहरुलाइ सहयोग नगरे माथी हाकिम सङ्ग कुरा लाइदिने भनेर मजबुर गर्नेगरेको बताइएको छ ।

पर्साको पटेर्वा सुगौलिमा बाघले यूवकलाइ खायो

0

वीरगञ्ज// पौष ९

पर्साको पटेर्वा सुगौलीमा एकजना यूवकलाइ बाघले खाएको छ । पर्साको पटेर्वा सुगौली गाउपालिका वडा नम्बर २ थरकट्टि गाउँ भन्दा उत्तरी छेउको जङ्गलमा हिजो बेलुका करिब ६ बजेतिर बाघले आक्रमण गरि जङ्गल भित्र लागि मारेको खबर प्राप्त भएको छ ।

गाउँ भन्दा करिब दुई सय मिटर उत्तर जङ्गलमा शौच गर्न गएका स्थानीय बाबुलाल धाँगडका ३२ वर्षीय छोरा मनोज राउत धाँगडलाइ बाघले आक्रमण गरेको हो । आक्रमण पश्चात ३०० मिटर भित्र जङ्गलमा लागि मारेको छ । बाघले धागडको शरिरको अधिकान्स भाग बाघ खाइसकेको अवस्थामा घट्नास्थलमा  मृतकको गर्दनको छाला नभएको मासु र हडि, दाहिने घुडा देखि तलको खुट्टा, छाला नभएको खप्पर तथा मृतकको मोबाईल, सुर्तिको बट्टा, ब्रास्लेट र कट्टु भेटेको भने घट्नास्थल भन्दा १० मिटर उत्तर पूर्वमा मृतकको ज्याकेट भेटेको छ ।

बाराको मुसहर्वा-बलिरामपुर नाका तस्कर हरुको लागि ग्रीन सिङ्नल एरिया बन्दै

0

राजु चौरसिया// बारा , पौष ०९ 

बाराको मुसहर्वा बलिरामपुर नाका तस्करहरुको लागि ग्रीन सिग्नल एरिया बन्दै गएको छ । बारा प्रहरीको पछिल्लो तथ्यांक अनुसार तस्करी तथा भन्सार छलिका माल समानहरु राजमार्ग बाट मात्र पक्राउ भएको देखिएको छ । सिमानाकामा पक्राउ हुनुपर्ने मालसमानहरु राजमार्ग सम्म पुगेर पक्राउ पर्नुले सिमावर्ती प्रहरी यूनिटहरुको चरित्रलाई स्पष्ट पारेको छ । सिमामा तैनाथ प्रहरी यूनिटहरुले त्यस्ता अवैध मालसामान तथा राजस्वछलिका समानहरु पक्राउ नगर्नुले आर्थिक चलखेल हुने कुरालाई प्रमाणित गरेको छ ।

पच्छिल्लो केही हप्ता देखि बलरामपुर मुसहर्वा नाकाबाट रातिको समयमा धान , काजु , प्याज र कुखुराको चल्ला लगायत राँगा भैँसी समेतको तस्करी हुने गरेको खबर प्राप्त भएको छ । श्रोतका अनुसार सिमानाकामा खटिएको नेपाल प्रहरी र शसस्त्र प्रहरीहरु आर्थिक प्रलोभनमा छोड्ने गरेका अबैध मालसामानहरु राजमार्गमा पुग्दा पक्राउ गर्ने गरिएको बताइएको छ ।

यस नाकाबाट धानको तस्करी गर्नेमा सन्तोष र विजय पण्डित दुई वटा ग्रुपको बढी चर्चा रहेको छ । त्यस्तै अन्य तस्कर हरु राती राती मोटरसाइकलमा प्याजको तस्करी गरी प्रसौनि र भलुहिमा स्टोर गर्ने गरेका छन् र स्टोर गरीएको प्याज पिकअपमा लोड गरी अन्त लग्ने गरेको स्रोतको दाबि रहेको छ। अन्त लगिँदै गरेको प्याजहरु राजमार्ग प्रहरीले धमाधम पक्राउ गरीरहेकोले राजमार्गका यूनिटहरुमा समेत चाँजोपाँजो मिलाउने काम भइरहेको तर हाल मिलाउन नसकिएको जानकारी प्राप्त भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी प्रमुख सुरेश काफ्लेले तस्करीको मालसमान पक्राउ गर्न प्रहरी युनिटहरुले निर्देशन दिएपनि सिमानाकामा खटिने प्रहरी युनिटहरु रकममा लिप्त हुने गरेको कुरालाइ २/४ दिन पहिला उक्त नाकाबाट धानको बोकेको टेक्टर प्रहरीले पक्राउ गरेपनि आर्थिक लेनदेनमा छाडिएको कुरा बाराका प्रहरी उपरीक्षक काफ्लेलाइ जानकारी नै नदिइएको घट्नाले समेत पुष्टि गरेको छ ।

प्रहरी सँगठनको निर्देशन बिपरित कार्य गर्न पल्केका उक्त नाकामा खटिने प्रहरी र तस्कर हरुलाई समयमै कानुनी उपचारका लागि पहल हुनुपर्ने कुराको माँग सिमावर्ती स्थानीयहरुले समेत गरेका छन् ।

पर्सामा मोटरसाइकल चोर हरुको बिगबिगी, पच्छिलो २ दिन मा एकै गाउँका २ मोटरसाइकल चोरि

0

वीरगञ्ज, पौष ८

पच्छिलो केही समय यता देखि पर्सा जिल्लाभर मोटरसाइकल चोर हरुको सक्रियता बढेको छ ।

केही समय देखि वीरगञ्जमा एक पछि अर्को गरि शृङ्खलाबद्ध रूपमा मोटरसाइकल चोरीका घटनाहरु बढेको कुरालाई लगातार ३/४ जना सञ्चारकर्मीहरुकै मोटरसाइकल चोरिको घट्नाले प्रमाणित गरेको छ ।

यता हिजो शनिबार पर्सा को कालिकामाइ गाउपालिका वडा नम्बर १ मूड्लिबाट स्थानीय अनिल राउत कुर्मिको मोटरसाइकल चोरीको खबर प्राप्त भएको छ भने आज आइतबार बेलुकी ७:३० बजे तिर कालिकामाइ गाउपालिका वडा नम्बर २ निबासी  डा. रबिन्द्र चौरसियाको सुपर स्पलेन्डर  मोटरसाइकल घन्टाघर स्थित तरकारी बजार बाट चोरी भएको छ ।

बजारकै छेउमा मोटरसाइकल राखि तरकारी किन्न गएका डा चौरसिया केही मिनेटमै तरकारी किनेर फर्किदा उनको प्र ०२-०३ -०१४ प २७३२ नम्बरको कालो पेन्ट भएको सुपर स्पलेन्डर गाडी त्याहा बाट चोरी भैसकेको बताएका छन् ।

भारतिय महाबाण्ज्यि दुत द्धारा मटिअर्वा भन्सारको निरिक्षण

0

राजु चौरसिया// बारा पौष ७
नेपालका लागि भारतिय महाबाण्ज्यि दुत देवि सहाय मिनाले र शशिभुषण साहले सँयुक्त रुपमा आज शनिवार बाराको मटिअर्वा स्थित भन्सारको निरिक्षण गर्नुभएको छ । बारको कलैया उप महानगरपालिका वडा नं १० स्थित मटिअर्वा सिमा अवलोकनका क्रममा बाणिज्य दुत मिनाले नेपाल र भारत बिच सदियौ देखि रहँदै आएको बेटिरोटीको सम्बन्धलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

साथै वहाँले सिमा सुरक्षाका लागि खटेका भारतीय एस एस बी का जवानहरुलाई सिमावर्ती गाउँका सर्वसाधारणहरुको दिनचर्या सहज बनाउनका लागि सक्दो सहयोग गर्न निर्देशन दिनुभयो । वहाँले मटिअर्वा नाकामा समेत कष्टमको व्यवस्था गर्ने तथा यस नाकाबाट समेत चार पाँग्रे सवारी साधनको आवागमनका लागि आफुले पहल गर्ने आश्वासन समेत दिनुभयो ।
महावाणिज्यत दुत लगायत सिमा निरिक्षणका लागि मटिअर्वा स्थित नेपाल भारत मैत्री सँघका सचिव पवन अग्रवाल, निरन्जन अग्रवाल, सल्लाहकार विजय जैसवाल, सदस्य अजय सर्राफ लगायत मटिअर्वाका सर्वसाधारण एवम् सरोकारवालाहरुको सहभागिता रहेको थियो । अनुगमन टोलीको कलैया वडा नं १० मटिअर्वाका वडाध्यक्ष साबिर मियाँ ठकुराइँले औपचारिक रुपमा स्वागत गर्नुभयो ।

सशस्त्र प्रहरी पर्सा द्धारा पाँच लाखको चल्ला नष्ट

0

 

श्रीनिवास साह// वीरगञ्ज, पौष ३
सशस्त्र प्रहरी १३ नम्बर गण बिओपी विरगञ्ज, पर्सा हेडक्वार्टर ले रु पाँच लाख बराबरको प्रतिबन्धित कुखुराको चल्ला नष्ट गरेको छ ।

सिमावर्ती भारतिय बजारबाट चोरी पैठारी गरी ल्याई विरगञ्ज महानगरपालिका वडा नम्बर ३२ टेढा रामबन सडकखण्डमा सञ्चालनमा रहेको कुखुरा फर्ममा राख्न लागेको अवस्थामा फर्मका सञ्चालक वीरगञ्ज ९ निवासी धर्मेन्द्र गुप्ता सहित अन्दाजी पाँच लाख रुपैयाँ बाराबरको ७६ कार्टुन (७६०० गोटा ) कुखुराको चल्ला फर्मबाट आज मँगलवार दिउँसो नियन्त्रण लिइएको हो । सशस्त्र प्रहरी निरिक्षक दिपेन्द्र बहादुर मल्लको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको सो परिमाणको चल्ला लाई वीरगञ्ज स्थित सशस्त्र प्रहरी पर्सा हेडक्वार्टरमा ल्याई आजै दिउँसो पौने चार बजे स्थानिय वडाध्यक्ष, वडा प्रहरी श्रीपुरका प्रतिनिधी, स्थानिय भद्र भलाद्मी, ह्याचरी सँघका प्रतिनिधी, पत्रकार एवम पशु क्वारेन्टाईनका प्रतिनिधी समेतको रोहवरमा नष्ट गरेको सशस्त्र प्रहरी हेडक्वार्टर पर्साले जनाएको छ ।
्र

मकवानपुरको सिम्पानीमा जङ्गली हात्तीको आतंक

0

वीरगञ्ज, पौष २ // मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर –८ सिम्पानीमा जङ्गली हात्तीले आतंक मचाएका छन ।गएराती करिब ९ बजे तिर आएका जँगली हातीहरुले स्थानिय राम बहादुर चेपाँग गोठमा आक्रमण गरी क्षतिग्रस्त बनाएका छन् भने टल्के चेपाँगको ढुँगा र जस्ताले बनेको एकतले घरमा आक्रमण गर्दा पूर्ण रुपमा क्षतिग्रस्त बनाएको जनाइएको छ ।
हातीको आतँकबाट मानवीय क्षति भने नभएको तथा हातीहरुलाई नेपाल प्रहरी, नेपाली सेना र स्थानियहरुको सहयोगमा धपाइएको मकवानपुर प्रहरीले जनाएको छ ।