Home Blog Page 30

श्री लँकाली विदेशमन्त्री बुधवार नेपाल आउँदै

0

 

 

वीरगञ्ज, पौष २
श्रीलंकाली विदेशमन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्री बुधवार नेपाल भ्रमणमा आउने भएका छन । नेपाल श्रीलंका सँयुक्त आयोगको बैठकमा सहभागि हुन साब्री नेपाल आउन लागेका हुन् ।

श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्री नेपाल भ्रमणमा आउने भएका छन् । नेपाल–श्रीलंका संयुक्त आयोगको बैठकमा सहभागी हुन साब्री बुधबार नेपाल आउने भएका हुन् ।
बैठकमा नेपाल र श्रीलंकाबीच रहिआएको बहुआयामिक सम्बन्धका विविध विषयमा छलफल हुने बताइएको छ । विदेशमन्त्री साब्रीको भ्रमण र बैठक बारे छलफल गर्न नेपालका लागि श्रीलंकाका राजदूत सुदर्शना पाथिरानाले परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गरेका छन् ।नेपाल श्रीलंकाको विदेशमन्त्रीस्तरीय बैठक डिसेम्बर २१ र २२ मा काठमाडौँमा हुने भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार श्रीलंकाका विदेशमन्त्री साब्री बैठक सकेर शुक्रबार स्वेदेश फिर्ता हुनेछन् ।

हिमालयन डिस्टिलरी द्वारा एम्बुलेन्स हस्तान्तरण

0

 वीरगञ्ज, पौष २ // वीरगञ्ज २१ स्थित हिमालयन डिस्टिलरीले स्वास्थ्य चौकी लिपनी बिर्ता लाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

स्थानीय वडा कार्यालयले आज सोमबार आयोजना गरेको एक समारोहका बिच स्वास्थ्य चौकिलाइ एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

वडा नम्बर २१ का अध्यक्ष राधाकृष्ण रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी सान्सद एवम पूर्व मन्त्री प्रदिप यादवले अन्य उद्योगी हरुलाइ समेत यसबाट सामाजिक उत्तरदायित्व प्रती उत्साहित हुनुपर्नेमा जोड दिनुभयो।

करिब २० लाख मुल्य बराबरको सो एम्बुलेन्स बाट सम्बन्धित वडा लगायत आसपासका वडाबासी हरुलाइ समेत सहुलियत हुने वडाध्यक्ष रौनियारले बताउनु भयो ।

कार्यक्रममा हिमालयन डिष्टिलरीका महाप्रबन्धक नविन कुमार उपाध्याय, लिपनीविर्ता स्वास्थ्य चौकीका प्रमुख रामेश्वर राम, निवर्तमान वडाध्यक्ष हबिब मिया लगायतकाको उपस्थिती रहेको थियो  ।

रु पाँच लाख घुस सहित बारा बाट एक वडाध्यक्ष पक्राउ

0

वीरगञ्ज, पौष २

रु पाँच लाख घुस रकम सहित बारा को जितपुर सिमराबाट एकजना वडाध्यक्ष पक्राउ परेका छन ।

नेकपा एमाले बाट निर्वाचित जितपुर सिमरा उप-महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तारा कार्किलाइ सो परिमाणको घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले पक्राउ गरेको हो ।

 

वडाध्यक्ष कार्किले स्थानीय जग्गा व्यवसायी राजन उप्रेती सङ्ग घर बाटो सिफारिश बापत सो घुस रकम लिइरहेको अवस्थामा जितपुर स्थित जैसवाल होटल बाट अख्तियार को टोलिले पक्राउ गरेको बताइएको छ ।

बरामद गरिएको नगद रु. पाँच लाख सहित वडाध्यक्ष कार्की लाई आवश्यक अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा राखिएको बारा प्रहरीले जनाएको छ ।

बाराको गम्भरिया स्कुलमा शिक्षक नियुक्तिमा अनियमितता, कपि पुनः परिक्षण गर्नुपर्ने परिक्षार्थीहरुको माँग

0

राजु चौरसिया // कलैया , पौष ०२

बाराको फेटा गाउँपालिका वडा नं ७ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय गम्हरियाले शिक्षक नियुक्तिमा अनियमितता गरेको आरोप परिक्षार्थीहरुले लगाएका छ्न ।

विद्यालयले गत कार्तिक २३ प्रकाशन गरेको शिक्षक आवश्यकता सम्बन्धि बिज्ञापनअन्तर्गत मावी का लागि ५ र प्रावीका लागि ३८ जनाले आवेदन दिएकोमा आवश्यक सिट संख्या जतिलाइ मात्रै लिखित परिक्षामा उतिर्ण गराएको आरोप पिडित आवेदकले लगाएका छन ।

परिक्षा लिने दिन सम्म पनि बिधालय ब्यवस्थापन समितिका अध्यक्ष महम्मद हुसेन , प्रधानाध्यापक पारस प्रसाद साह र वडा अध्यक्ष पप्पु सिँहको बीचमा भागबन्डा नमिलेपछि लिखित परिक्षा नै प्रभावित भै मंसिर ३० गते शनिबार बिहान ९ :३० बजे देखि राखिएको परिक्षा जसोतसो कुरा मिलाइ दिउँसो ३ बजे मात्र सुरु भएको कुरा त्याहा उपस्थित सबैलाई प्रष्टै थाहा भएको कुरा परिक्षामा सहभागी आवेदक बारा महागढिमाइ-७ बेनौली निबासी उमेश कुमार साहले बताएका छन् ।

यतिमात्रै नभइ आवेदन दर्ता गर्ने बेलामा नै सेटिङ्ग भएका उम्मेदवार हरुको आवेदन फर्म छुट्टै राख्ने गरेको र उनीहरुलाई नै लिखित परिक्षामा उतिर्ण गराइएको आरोप समेत आबेदक हरुले लगाएका छन् ।

साच्चिकै परिक्षामा अनियमितता भएको छैन भने सहभागी सम्पूर्ण परिक्षार्थिहरुको कपि जिल्ला प्रशासन कार्यालयमा झिकाइ पुनः परिक्षण गर्नुपर्ने माग अर्का आवेदक प्राथमिक तहको उम्मेदवार देवताल गाउँपालिका निवासी सुमोध कुमार पंडितले गरेका छन ।

यस बिषयमा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय गम्हरियाको प्रधानाध्यापक पारस प्रसाद साहसँग प्रतिक्रिया लिन खोज्दा फोनकल रिसिभ हुन सकेको छैन।

यसरी मधेसको शिक्षा क्षेत्र लाई धाराशायी बानाउनमा राजनितीक दल, कर्मचारी  र नेताहरु समेतको सन्लग्नताले मधेस को भविष्य नै खतरामा रहेको आम अभिभावक हरुको बुझाइ रहेको छ ।

ईप्रका पटेर्वा द्वारा २३ ठाँउमा लगाइएको अबैध गाँजा खेती नष्ट

0

वीरगञ्ज, पौष २

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले आइतबार करिब ६ कठामा लगाइएको अबैध लागुऔषध गाँजा को खेती फडानी गरि नष्ट गरेको छ ।

प्रहरी निरीक्षक रामराज केसरीको कमाण्डमा खटेको प्रहरीको टोलिले आफ्नो ईलाका भित्र लगाइएको अलग अलग २३ ठाउँमा गरि करिब ६ कठामा लगाइएको गाजा खेती आइतबार दिउँसो ३ बजे नष्ट गरेको हो ।

प्रहरीले पर्साको पटेर्वा सुगौली गाउपालिका वडा न.४ देउरिया, वडा न. ५ को पटेर्वा र पर्सागढी नगरपालिकाको वडा न. ९ एकटाङ्गा गाउँको अलग अलग ठाउँमा गरि २३ ठाउँमा लगाइएको करिब ६ कठा गाजा खेती नष्ट गरेको इलाका प्रहरी कार्यालय पटेर्वाले जानकारी गराएको छ ।

 

कमलेश जे एफ कप फूटबल प्रतियोगिताको उपाधी वीरगञ्ज लाई

0

राजु चौरसिया // कलैया , पौष १

कमलेश जे एफ कप फूटबल प्रतियोगिताको उपाधी बिरगंज ले उचालेको छ ।

आज आइतबार भएको वीरगञ्ज र गबरगावा बिचको फाइनल खेलमा १ गोल अन्तरले गबरगावालाइ पराजित गर्दै वीरगञ्ज ले फाइनल उचालेको छ ।

फाइनल खेल सकिए सङ्गै भएको समापन समारोहमा बिजेता टोलि विरगञ्ज लाई रु.३० हजार नगद र शिल्ड प्रदान गरिएको छ भने उप विजेता गबरगावालाइ रु १५ हजार नगद र शिल्ड प्रदान गरिएको छ ।

 

कमलेश मेमोरियल कप सिजन १ को उपाधिका लागि अहिले भिडन्त

0

राजु चौरसिया बारा मंसिर ३०
कमलेश मेमोरियल कप सिजन १ को उपाधिका लागि अहिले विरगञ्ज गबरगाँवा विच भिडन्त भईरहेको छ । कलैया १२ बलिरामपुरको मैदानमा जारी मैचको समापन सत्र पनि आजै रहेको छ ।

समापन सत्रमा प्रमुख अतिथी कलैया उप महानगरपालिकाका उप प्रमुख रोशनी प्रवीण, विशिष्ठ अतिथी लालबहादुर कुर्मी, सरोज पटेल, पुर्व वडा अध्यक्ष राजन कुर्मी , अतिथि कमले पटेल, अतिथि श्री नेपाल ने रा माध्यमिक बिधालय का प्रधानाध्यापक अवधकिशोर गिरी, अतिथि अजय गिरी , मिडिया पार्टनर टि भी तराई का पत्रकार राजु चौरसिया लगयतका हरुको सहभागिता रहेको छ ।

 

मुलुक लाई राजनीतिक निकास दिने एक मात्र पार्टी नेपाली काङ्ग्रेस हो : नेता केसि

0

राजु चौरसिया// बारा मंसिर २८

काङ्ग्रेस नेता एवम सम्बिधान सभा सदस्य राजेश्वर नृसिङ्मु केसिले मुलुक लाई राजनीतिक निकास दिने एकमात्र पार्टी नेपाली काङ्ग्रेस रहेको दाबी गर्नुभयो ।

 

 

नेविसंघ का विद्यार्थी नेता बादल यादव का बुवा रघु राय यादवको १३ औ दिनको पुण्य तिथिमा आज बिहीवार आयोजित श्रद्धाञ्जली लाई सभामा नेता केसिले यस्तो दाबी गर्नुभयो ।

 

कार्यक्रममा काङ्ग्रेस बाराका सचीव राजेश रौनियार, जिल्ला सदस्य अफ्तर हुसैन, नेपाल तरुण दलका केन्द्रिय सदस्य दिपेन्द्र केसरी, नेविसंघका केन्द्रिय सदस्य विजय ढुंगाना, विद्यार्थी नेताहरु सुमित श्रीवास्तव, प्रसन्त रौनियार लगायतका हरुको सहभागिता रहेको थियो ।

प्रशासकीय अधिकृत लाई हाजिर गराउने बिषयमा बिबाद हुँदा बाराको सिम्रौनगढमा झडप, प्रहरीको गोलिलागी एक जनाको मृत्यु, अवस्था तनावग्रस्त

0

राजु चौरसिया// बारा, मंसिर २७// प्रमुख प्रशासकिय अधिकृत लाई हाजिर गराउने विषयलाई लिएर बाराको सिम्रौनगढ नगरपालिकामा झड्प हुँदा प्रहरिको गोलि लागि एक जनाको मृत्यु भएको छ ।

भर्खरै सरुवा भएर आएका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश मिश्र लाई हाजिर गराउन गएका नगरपालिकाका मेयर किशोरी प्रसाद कुश्वाहालाई आन्दोलनमा बसेका कर्मचारी एवं जन प्रतिनिधिहरुले रोक्न खोज्दा झडप भएको हो ।

झडपका क्रममा आन्दोलित कर्मचारी तथा जन प्रतिनिधिहरुले प्रशासकीय अधिकृत मिश्र चढेको बा२ झ ४३५४ नम्बरको गाडीमा तोडफोड गर्नुका साथै ढुङ्गा मुढा गर्न थालेपछि भिड लाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोलि लागि बारा सिम्रौनगढ १ का लक्ष्मी मुखिया बिन को मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन । घाइतेको विरगञ्ज स्थित नारायणी अस्पतालमा उपचार भैरहेको छ ।  झडपबाट १० प्रदर्शनकारी र १० जना प्रहरी समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

अवस्था लाई नियन्त्रणमा लिन प्रहरीले करिब दर्जनौं राउन्ड अश्रुग्यास प्रहार गरेको स्थानीयवासीहरुले बताएका छन् ।

 

प्रसौनी ३ को वडा कार्यालय एवम स्वास्थ्य चौकीको उदघाटन

0

राजु चौरसिया // कलैया मंसिर २७
प्रसौनी गाउपालिका वडा नम्बर ३ मा नवनिर्मित वडा कार्यालयको भवन तथा आधारभुत स्वास्थ्य सेवा केन्द्र भवनको आज बुधवार उदघाटन भएको छ । वडा नं ३ को नौतन स्थित वडा समितीको नव निर्मित भवनको पर्सौनी गाउँपालिकाका अध्यक्ष विनोद प्रसाद जैसवालले आज एक समारोहका विच उदघाटन गर्नुभयो ।


उदघाटन समारोहलाई सम्बोधन गर्दै गापा अध्यक्ष जैसवालले गाउँ गाउँमा सिँहदरवार भन्ने गणतन्त्रको भावनालाई शब्दमा मात्रै सिमित नगरि त्यसको वास्तविक अनुभुति सर्वसाधारणलाई गराउन आफू लागिपरेको दाबी गर्नुभायो । उदघाटनका क्रममा बोल्दै अध्यक्ष जैसवालले सँघीय सरकारले स्थानिय सरकारका धेरैजसो अधिकारलाई प्रयोग गर्ने अवसरबाट बन्चित गरी आफुहरुले सोचेको जस्तो काम गर्न नदिएको आरोप पनि लगाउनुभयो । धेरै तनाव र बाधा व्यवधानलाई चिछोल्दै पालिकाका सम्पूर्ण वडाहरुमा वडा कार्यालय निर्माण गर्ने र पालिकाका जनताहरुलाई सहज र प्रभावकारी सेवा प्रवाह गर्ने लक्ष्य आफुले राखेको समेत वहाँले बताउनुभयो । यता वडा नं ३ का अध्यक्ष छोटेलाल प्रसाद साहले गाउपालिका स्तरिय बजेट बाट निर्माण भएको वडा कार्यालय भवनको स्थापनाले सेवाग्राही अत्यन्तै खुशी भएको बताउनुभयो।

नवनिर्मित वडा कार्यालयको भवनको कुल निर्माण लागत ३८ लाख ७४ हजार ७ सय पैंतालीस रुपैयाँ तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको कुल लागत २६ लाख ७ हजार ७ सय ३८ रुपैयाँ रहेको गाउँपालिकाका प्रशासकिय अधिकृत सुमित कुमार सिँहले जानकारी दिनुभयो ।
उद्घाटन कार्याक्रममा गाउँपालिकका उपाध्यक्ष किरण देबि साह,वडा नम्बर २ का अध्यक्ष उदय साह तेलि,४ का अध्यक्ष याकुब अन्सारी,७ का अध्यक्ष ईस्लाम मिया,वडा नम्बर २ का पुर्व वडा अध्यक्ष बैजनाथ प्रसाद साह कानु, कार्यपालिका सदस्य राजहरण साह कानु, ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक बिनोद बोहरा लगायतका हरुले आ आफ्नो मन्तव्य राख्नुभयो ।