Home Blog Page 31

चुँडिएको तारबाट किसानको मृत्यु

0

चुँडिएको तारबाट किसानको मृत्यु

वीरगञ्ज, मंसिर २३
११ हजार भोल्टको तार खस्दा रौतहटमा एक कृषकको मृत्यु भएको छ । ११ हजार भोल्टको बिजुलीको तार चुडिएर खस्दा रौटहटको लौकाहामा खेत जोतिरहेका स्थानिय कृषक बैजुलाल पण्डितको मृत्यु भएको हो ।

आज विहान ११ः४५ बजे खेत जोतिरहेका बेला एक्कासी करेन्टसहितको बिजुलीको तार खस्दा ५५ वर्षीय कृषक पण्डित सँगै गोरु पनि मरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । विद्युत प्राधिकरणको चरम लापारवाहीका कारण यो घट्ना भएको आरोप सर्व साधारणले लगाएका छन् । प्रहरीले घट्नास्थलमा पहिले पनि बिद्युत सर्ट भएर आगो बल्ने गरेको बताएको छ ।

 

धनुषामा एक युवकको शव फेला

0

 

वीरगञ्ज, मंसिर २१
धनुषामा एक युवक मृत अवस्थामा फेला परेका छन् । धनषाको सबैला नगरपालिका ९ सतोखरका ३५ वर्षीय रामशंकर राय हिजो बुधबार साँझ साढे ६ बजेतिर मृत अवस्थामा फेला परेका हुन् ।

अत्यधिक मदिरा सेवन गरेका राय नालामा शौच गर्न गएका त्यही लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सवैलाका प्रहरी निरीक्षक सुन्दर चौलागाइले बताउनुभयो । उनी त्यहीँ मृत फेला परेको प्रहरीको भनाइ छ ।

रायको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले बताएको छ ।

बिश्रामपुर गाउपालिका द्वारा गहुँको बीउ बितरणमा समेत अनियमितता

0

वीरगञ्ज, मंसिर १९

बाराको बिश्रामपुर गाउँपालिकामा गहुँको बीउ बितरणमा व्यापक अनियमितता भएको देखिएको छ ।

कृषकहरुको सहुलियतका लागि नेपाल सरकार द्वारा सर्वसाधारण किसानलाई  अनुदानमा बिक्रि वितरण गर्न प्राप्त गहुँको बीउ पालिकाका बोर्ड सदस्यहरुले आफ्ना आफन्त र आसेपासे सम्म पुर्याउन हदै सम्म चरित्रहिनता देखाएका छन् ।

 

लक्ष्यित कृषकहरुलाई बिहान केहिबेर बीउ बितरणको देखावा गर्दै एकै छिनमा बीउ सकिसकेको भन्दै बितरण कार्य बन्द गर्न लगाइ बेलुका तिर कोहि नभएको मौका छोपी आ आफ्ना आफन्त तथा आसेपासेलाइ बितरण गरेको खबर प्राप्त भएको छ ।

गुपचुप रूपमा गहुँको बीउ लिन आफन्त र आसेपासे सङ्गै बोर्ड का केही सदस्य हरु समेत बीउ लिन गाउपालिकाको कार्यालय पुगेको देखिएको छ ।

यस्ता चोर प्रवृतिका जन प्रतिनिधि र कर्मचारीकै कारण लोकतन्त्रप्रतिको सर्वसाधारणको विश्वास गुम्दै गएको तथा यस्ता भ्रष्ट एवम चरित्रहीन पदाधिकारी हरुलाइ आफ्नो वडाबाट बहिष्कार गर्नुपर्ने स्थानिय कृषक हरुको भनाइ रहेको छ ।

गुपचुप रूपमा भएको बीउ बितरणको भिडियो समेत हामी सङ्ग सुरक्षित रहेको छ ।

 

प्रहरी चौकी ईनर्वाले चोरी गराउँदै, चोर भन्दा प्रहरी सँग असुरक्षित महसुस भईरहेको स्थानियको गुनासो

0

वीरगञ्ज, मंसिर १९ । अस्थाई प्रहरी चौकी ईनर्वाले चोरहरु सँग साँठगाँठ गरी चोरी समेत गराउन थालेपछि चोर भन्दा प्रहरी सँग आफूहरु बढी असुरक्षित रहेको स्थानियहरुले गुनासो गरेका छन् ।

गत भाद्र २३ गतेको राती करिब १२ बजेतिर बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ४ बलिरामपुर निवासी हिमाञ्चल महतो केवटको भैंसी चोरी गरि भागिरहेका २ जना चोरहरुलाई भैंसी सहित ईनर्वा प्रहरीले नियन्त्रणमा लिई चौकीमा राखेको कुरा त्यति खेरै केही स्थानियबासीहरु सँगै चोरहरुलाई पछ्याउँदै गएका भैंसी धनि हिमाञ्चल महतो समेतले आफ्नै आँखाले हेरेका थिए ।


भैंसि सहित चोरहरुलाई प्रहरीले नियन्त्रणमा लिएको देखेर भैंसीधनी महातो तथा स्थानियहरु ईनर्वा प्रहरी सँग आफ्नो भैंसी माग्न जाँदा डिउटीवाला प्रहरीले तपाइँको भैंसी र चोर हरु समेत हाम्रो नियन्त्रणमा रहेकोले भोली विहान केही भद्रभलाद्मीका साथ चौकीमा आई आफ्नो भैंसीलानुहोला भन्दै फर्काएपछि राती घर फर्केका गाउँले तथा भैंसीधनि भोलि विहान पुनः स्थानिय वडाध्यक्ष सहित चौकीमा जाँदा प्रहरीले भैंसीमात्र पक्राउ परेको र चोरहरुलाई समात्न नसकेको कुरा बताएपछि स्थानियहरु आश्चर्यचकित भएका थिए ।

कुरा बुझ्दै जाँदा चौकीका ईन्चार्जले भैसी चोर विश्रामपुर गाउँपालिका वडा नं.४ बलिरामपुर निवासी रामलाल महतोको छोरा बिमल महतो केवट सहित दुईजनासँग मोटो रकम असुलेर रातिमै भगाएको रहस्योद्घाट्न भएको छ ।

यता यस विषयमा पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कोमल शाह सँग कुरा गर्दा चोरहरु लाई समातेको कुरा आफुलाई जानकारीमा नआएको र स्थानियले भने अनुसार भैंसि चोरहरुले यति मोटो रकम दिनसक्ने हैसियतको पनि हुन नसक्ने भन्दै खासै रुचि नदेखाएकोमा सर्वसाधारण असँतुष्टी व्यक्त गरेका छन् ।

प्रहरीबाट भएको यस्तो घिनलाग्दो कार्यले सिँगो नेपाल प्रहरीको गरिमालाई धुम्ल्याउने गरेको तथा प्रहरीको यस्तो रवैयाले अपराधिहरुको मनोबल बढ्ने र असल नागरिकलाई सास्तीको वातावरण सृजना हुने भएकोले यस घट्नाको उचित छानविन हुनुपर्ने माँग बलिरामपुर बासीहरुले गरेका छन् ।

पक्राउ पुर्जी विरुद्ध कम्युनिष्ट पार्टी द्धारा सँघर्ष कार्यक्रम घोषणा

0

वीरगञ्ज, मंसिर १९
आफ्ना पार्टीका शिर्ष नेताहरुको विरोधमा पक्राउ पुर्जी जारी गरेको भन्दै विप्लव नेतृत्वको नेकपा एमालेले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।
सरकारले पक्राउ पुर्जी जारी गरी आफुहरु सँग २०७७ साल फागुन २१ मा गरेको ३ बुन्दे सम्झौता उल्लंघन र शान्तिपुर्ण निकासका लागि भईरहेको प्रयास माथि हमला गरेको आरोप पार्टी महासचिव विप्लव द्धारा हस्ताक्षरित विज्ञप्तिबाट लगाइएको छ ।


राज्यसँगको सहमतिलाई कानुनको अँग बनाएर समस्या समाधान गर्नुपर्नेमा अदालत जस्तो जिम्मेवार निकायले नै गैरकानुनी कदम चालेको भन्दै आन्दोलनका कार्यक्रमहरु सोही विज्ञप्तिमार्फत घोषणा गरिएको छ ।
पक्राउ पुर्जी विरुद्ध मँगलवार देखि तीन दिने सँघर्षका कार्यक्रमहरु घोषणा गरिएको छ । कार्यक्रम अन्तर्गत मंसिर १९ गते साँझ मसाल जुलुस प्रदर्शन गर्ने, २० गते न्यायधीशको पुतला दहन गर्ने र २१ गते देशव्यापी जनप्रदर्शन गर्ने कार्यक्रम रहेको समेत जनाईएको छ ।
काठमाडौं जिल्ला अदालतले पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्ग विश्वकर्मा र माईला लामा लगायतका नेताहरु विरुद्ध सोमवार पक्राउ पुर्जी जारी गरेको छ ।

कट्वासिमाइ मेलामा कडा शान्ति सुरक्षा को व्यवस्था हुने : नगर प्रमुख यादव

0

राजु चौरसिया //बारा-मंसिर – १८-

कटवासीमाई पञ्च वर्षिय मेलामा शान्ति सुरक्षाको कडा व्यवस्था गर्ने महागढिमाइ नगरपालिकाका प्रमुख उपेन्द्र यादवले बताउनु भयो ।

कटवासीमाई पञ्च वर्षिय मेला मुल समिति कार्यालयको उद्घाटन कार्यक्रम लाई सोमबार सम्बोधन गर्दै प्रमुख यादवले यस्तो बताउनु भयो ।

महागढीमाई नगरपालिका वडा नं ७ अवस्थित तेलगाईमा कटवासीमाई मन्दिर अगाडि पाँच बार्षिय पुजा एवम मेला मुल समिति कार्यालयको उद्घाटन गर्दै नगरप्रमुख यादवले मेलामा आउने भक्तजनको लागि कडा शान्ति सुरक्षाका साथ मेला भब्य र सभ्य लागाइने बताउनु भएकोछ । मेलामा आउने भक्तजन दर्शनार्थीहरुको लागि खानेपानी , शौचालय र बासको ब्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर मेला समितिले ब्यवस्थापन गरिरहेको छ ।कटवासीमाई मंन्दिर सम्म पुग्न नगरपालिकाले सडक बाटोघाटो र बिजुली बतीको ब्यवस्थापन गरिसकेको वहाँले बताउनु भयो । मेला पछि कटवसीमाई मंन्दिर समेत निर्माण गर्ने नगरपालिकाका नगरप्रमुख यादवले बताउनु भयो ।

मेलालाई भब्य र सभ्य बनाउनका लागि मेलाको करिब २ किलो मिटर वरिपरि  जुवा रक्सी बन्द गर्नुपर्ने बताउनुभयो । जुवा रक्सी बन्द नभएमा मेला शान्ति सुरक्षामा चुनौती पनि बढन सक्ने बताउदै मेला अवधिभर  जुवा तास रक्सी बन्द रहने बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनु भयो । मेलामा भारतीय भक्तजन आउनमा कुनै किसिमको बाधा नहुने र मेलामा आउने भक्तजनको लागि अझ थप सहुलियतको लागि माथिल्लो निकाय र गृहमन्त्रालयसंग समन्वय गरेर सहज गर्ने सापकोटाले जनकारी गराउनु भयो ।

तराई मधेस जिल्लाको विभिन्न शक्ति पीठ मध्ये कटवासीमाई पनि एक शक्ति पीठ हो कटवासीमाईको पूजा एवम मेलामा बढी भक्तजन आउने गर्छन। कटबासीमाई मेलामा आउने भक्तजनलाई गाउँबासी नगरबासी र जिल्लाबासीले आ आफ्नो ठाउँ बाट भक्तजनलाई संरक्षण गरिदिनुका साथै थप ब्यपार ब्यवसाय गर्ने ब्यपारीहरुको लागि मेलामा सहज वातावरण बनाउन स्थानीय  प्रशासन सङ्ग संबिधान सभा सदस्य रामअयोध्या यादवले आग्रह गर्नु भयो ।

संबिधान सभा सदस्य रामअयोध्या यादवल आफ्नो मन्तव्य राख्नुको साथै थप ब्यपार ब्यवसाय गर्ने ब्यपारीहरुको लागि मेलामा सहज बनाउन प्रशासनलाई आग्रह गर्नु भयो

बिश्व प्रसिद्ध गढीमाई जस्तो कटवासीमाईको पुजामा पांच बर्षमा पांच किसिमको बली दिने चलन रहेको छ । राङ्गा ,बोका , कुखुरा ,सुङुर ,परेवा बलि दिने गरिन्छ । बोकालाई उल्टाएर बली दिने चल्न रहेको महागढीमाई नगरपालिका वडा नं ७ का अध्यक्ष एवम कटवासीमाई मेला मुलसमिती अध्यक्ष शिबेन्द्र प्रताप सिंहले बताउनु भयो । मेला अन्तर्गत  मंसिर २७ गते कलश यात्रा र पुष ३ गते बलि पूजा हुने मुलसमिति अध्यक्ष प्रताप सिंहले जनकारी गराउनु भयो ।

वडा अध्यक्ष शिबेन्द्र प्रताप सिंहको अध्यक्षतामा सम्पन्न  कार्यक्रममा पूर्ब राष्ट्रिय सभा सदस्य रामेश यादव , सुवर्ण गाउँपालिका अध्यक्ष राजेश यादव , जसपाका केन्द्रिय सदस्य रामकिशोर यादव , नेपालेर कांग्रेसका भैयाराम यादव , जिल्ला प्रहरी कार्यालयका उपरीक्षक सुरेश कफ्ले , सशस्त्र  प्रहरी जिल्ला उपरीक्षक , वडा अध्यक्षहरु , पत्रकार ,क्रमचारी सर्बसधारण लगाएत अन्य कर्मचारि र जनप्रतिनिधिको उपस्तिथि रहेको थियो ।कार्यक्रमको संचालन मोतिलाल कुशवाहाले गरेका थिए ।

कट्वासिमाइको मेलालाइ भब्य एवम सभ्य बनाइने : नगर प्रमुख यादव

0

राजु चौरसिया// बारा-मंसिर – १७ –

बाराको महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले पञ्चबार्षिय कट्वासिमाइ मेलालाइ सभ्य एवम भव्य बनाउने बताउनुभयो । आज आइतबार बिहान ८ बजे महागढीमाई नगरपालिका वडा नं ७ तेलगाइ स्थित मेला मुल समिति कार्यालयको उद्घाटन तथा अन्तरकृया कार्यक्रमलाई  सम्बोधन गर्दै  नगरप्रमुख यादवले यस्तो बताउनु भयो ।

अन्तर्कृया कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी , जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक, सरकारी तथा  निजि कार्यालयका  प्रतिनिधी लगायत सर्वसाधारण को उपस्थिति रहेको थियो । मध्य तराईका विभिन्न शक्ति पीठ मध्ये कटवासीमाई पनि एक प्रसिद्ध  शक्ति पीठ हो ।

मेलामा पन्द्र लाख भन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ । मेलामा आउने भक्तजनलाई आफ्नो ठाउँ बाट संरक्षण गरिदिनको लागि नगरप्रमुखले कार्यक्रमका सहभागी सबै सङ्ग आग्रह गर्नु भयो । कटवासीमाई मेला सम्पन्न भएपछि कटवासीमाई मंन्दिरको भब्य निर्माण गर्ने र यस क्षेत्रमा पनि विश्व प्रसिद्ध गढीमाई जस्तै पर्यटन र भक्तजन भित्र्याउने नगरप्रमुख यादवले प्रतिबद्धता गर्नु भयो । कटबासीमाई पञ्च बर्षिय मेला समितिमा बस्ने पदाधिकारीहरुलाई समेत इमनदारी पूर्बक काम गर्नको लागि प्रमुख यादवले प्रतिबद्धता गर्न लगाउनु भयो ।

नेविसंघ बाराका सचिव यादवलाई पितृशोक

0

राजु चौरसिया// बारा, मंसिर १७

नेपाल विद्यार्थी सङ्घ बाराका सचिव बादल यादवलाई पितृशोक परेको छ ।

बाराको देउताल गाउपालिका वडा नम्बर २ ठूलो झिट्कैया निवासी यादव का पिता रघु राय यादवको आज स्वर्गवास भएको हो । मृतक यादवको गृह गाउँ नजिकै को पशाह नदि किनारमा अन्तिम सन्स्कार गर्ने क्रममा नेपाली काङ्ग्रेस बाराका सचिव राजेश रौनियारले पार्टीको झण्डा ओढाएर सम्मान गर्नु भयो । सम्मान पश्चात् आज आइतबार विधिवत रुपमा यादवको पशाह नदि किनारमा नै अन्तिम संस्कार गरिएको छ ।

अन्तिम सन्स्कारमा काङ्ग्रेस बाराका सचिव राजेश रौनियारको अगुवाइमा नेपाली काङ्ग्रेसका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेकोे थियो ।

धनुषामा एक महिलाको शन्काष्पद मृत्युु

0

वीरगञ्ज, मंसिर १७

धनुषाको सबैलामा आज आइतबार एक जना महिलाको शन्काष्पद मृत्यु भएको खबर प्राप्त भएको छ ।

मृत्यु हुनेमा सबैला गाउपालिका -२ निवासी गँगाराम साह कि २५ वर्षीय श्रीमती पूजा शाह रहेकी छन । मृतक साहको घाटिमा गम्भीर चोट लागि उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर तर्फ जादै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ ।

शवको प्रादेशिक अस्पतालमा पोष्टमार्टम भइरहेको तथा घट्नाको विशेष अनुसन्धान भैरहेको धनुषा प्रहरिले जनाएको छ ।

अबैध लागु औषध लिएको आशन्कामा विरगञ्जबाट २ जना पक्राउ

0

वीरगञ्ज, मंसिर १७

अबैध लागू औषध खैरो हिरोईन जस्तो पदार्थ सहित विरगञ्जको रजत जयन्ती चौक बाट शुक्रबार २ जना पक्राउ परेका छन ।

शुक्रबार दिउँसो भारत बाट नेपाल तर्फ आउदै गरेको ना ३० प ७७४६ नम्बरको स्कुटी मा सवार हेटौंडा -१ निवासी २४ वर्षीय समीप श्रेष्ठसहित दुई जना लाई ९४० मिलिग्राम अबैध लागू औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ लिएर आइरहेको अवस्थामा पक्राउ गरिएको हो ।

लागू औषध नियन्त्रण ब्यूरो कार्यालय पर्सा र प्रहरी चौकी इनर्वा को सन्युक्त टोलिले पक्राउ गरेको ती दुवै जनालाइ नियन्त्रणमा  लिइ अनुसन्धान भैरहेको जनाइएको छ ।