Home Blog Page 32

समानुपातिक निर्वाचन प्रणालीले विकृति ल्यायो : काँग्रेस महामन्त्री थापा

0
????????????????????????????????????

वीरगञ्ज, मंसिर १७
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले समानुपातिक निर्वाचन प्रणालीले मुलुकमा विकृति ल्याएको आरोप लगाउनुभयो । नेपाली काँग्रेस लुम्बिनीकोपहिलो प्रदेश सम्मेलनलाई हिजो शनिवार सम्बोधन गर्दै महामन्त्री थापालेनिर्वाचन प्रणाली बदल्नुपर्ने बताउँदै सँसदमा निर्वाचन सम्बन्धि विधेयक ल्याउने तयारी भईरहेकोले त्यसमा काम गर्न अति आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

सम्बोधनमा क्रममा महामन्त्री थापाले २०४६ पछि उच्च ओहोदामा बसेका सबैजनाको सम्पति छानविन गर्नुपर्नेमा समेत जोड दिनुभएको छ । नेपाली काँग्रेस लुम्बिनीको प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले अनियमित तरिकाले कमाएको सम्पति जफत नै गर्ने कानुन बनाउपर्ने समेत बताउनुभयो । साथै नेता थापाले चुनाव अघिको गठबन्धनले लोकतन्त्रलाई विकृत बनाएको बाताउँदै अगामी निर्वाचनमा काँग«ेस एक्लै चुनाव लड्नुपर्ने दृढता समेत व्यक्त गर्नुभयो ।

 

राप्रपा केन्द्रिय बैठकको तयारीमा

0

वीरगञ्ज, मंसिर १७
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल यही मंसिर २४ र २५ मा केन्द्रिय बैठकको तयारीमा रहेको छ । बैठकमा केन्द्रिय अध्यक्ष कमल थापाले मुलुकको वर्तमान राजनितीक अवस्था र पार्टीको अगामी कार्यदिशा एवम् रणनिती बारे कार्यपत्र पस्तुत गर्ने तयारी रहेको बताइएको छ ।


यो बैठक पार्टीको नियमित बैठक रहेकोले बैठकमा पदाधिकारीहरुले आ आफ्नो प्रतिवेदन पेश गर्ने तथा मंसिर २५ गते उपत्यका स्तरीय बृहत कार्यकर्ता भेला गर्दै बैठक समापन हुने पार्टीले जनाएको छ ।

 

फिलिपिन्समा शक्तिशाली पराकम्पन

0

वीरगञ्ज, मंसिर १७

फिलिपिन्समा गएराती ७.६ म्याग्निच्युडको भुकम्प गएको छ । फिलिपिन्सको मिन्डानाओमा गएराती १०ः०७ बजेतिर गएको ३२ किलोमिटर गहिरो यस भुकम्प पश्चात फिलिपिन्सको सिस्मोलोजी एजेन्सीले फिलिपिन्स र जापानमा सुनामी आउनसक्ने चेतावनी समेत दिएको छ ।
सुनामीको खतरालाई मध्यनजर गर्दैसमुद्रमा सँचानलमा रहेका डुङाहरुलाई सतर्कता अपनाउन निर्देशन दिएको छ ।

 

आज बाट मध्यतराइको मौसममा अचानक परिवर्तन , जनजीवन प्रभावित

0

वीरगञ्ज, मंसिर १६

पर्सा, बारा, रौतहट लगायत मध्य तराई को मौसममा आज शनिबार विहान देखि अचानक आएको परिवर्तनले जनजीवन प्रभावित भएकोे छ ।

जाडोयाम सुरुभए यता आज पहिलो दिन विहानै देखि लागेको बाक्लो हुस्सु र अत्यधिक चिसोले विशेषगरी विहानै घरबाट बाहिर जानेहरु बढी प्रभावित भएको देखिएको छ ।

आज विहान देखि बढेको चिसोले र हुस्सुका कारण सवारी साधन चलाउनमा बढी कठिनाइ भएको सर्वसाधारणहरुले बताएका छन् ।

पर्साका कृयाशिल पत्रकार नरेश सरराफको प्रथम स्मृति सभा सम्पन्न

0

विरगञ्ज, मंसिर १५

एक वर्ष अघि असामयिक निधन भएको पर्साका कृयाशिल यूवा पत्रकार नरेश सरराफको प्रथम स्मृति सभा आज शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रमका अधिकान्स वक्ताहरूले स्वर्गीय पत्रकार सर्‍आफको चरीत्र बाट यूवा पुस्ताले पाठ सिक्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा अतिथिको आसन बाट बोल्दै नेकपा एमालेका यूवा नेता मनोज चौधरीले स्वर्गीय पत्रकार सरराफको परिवारलाई रु ५० हजार् आर्थिक सहयोग गर्ने घोषणा गर्नुभयो । नेपाल पत्रकार महासङ्घ पर्साका अध्य्क्ष अनुप तिवारीले स्वर्गीय सरराफको नाममा पत्रकारिता पुरस्कारको घोषणा गत वर्ष नै महासङ्घले गरिसकेको तथा अगामी दिनहरुमा समेत वहाँ को परिवार सङ्ग हरेक सुख दुखमा हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

स्वर्गीय सरराफ आबद्ध सञ्चार गृह साहारा दैनिकका प्रकाशक चन्द्रभुषण साहको अध्यक्षतामा रेडियो विरगञ्जको पर्सरमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी विरगञ्जका नगर प्रमुख राजेशमान सिन्ह, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेकपा एमालेका नेता डा विश्वम्भर शर्मा, पत्रकारसँग सम्बन्धित विभिन्न पेशागत सङ्घ सङ्गठनका प्रतिनिधि लगायत पर्साका अधिकान्स सञ्चारकर्मी हरुको सहभागिता रहेको थियो ।

 

देउतालका प्रशासकीय अधिकृत श्रीवास्तव सूचनामा पनि ६०% कमिसन खादै

0

राजु चौरसिया // बारा मंसिर १३

बाराको देउताल गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन श्रीवास्तव सूचनामा समेत कमिसनको लागि मरिहत्ते गर्नेगरेको खबर प्राप्त भएको छ ।

विकास निर्माण लगायतका कार्यहरुमा कमिसन खान पल्केका अधिकृत श्रीवास्तव जुन पालिकामा गएपनी आफुलाइ ६०% सम्मको कमिसन दिदै आएको एउटा सन्चार गृहलाइ मात्रै सूचना दिने गरेको देखिएको छ ।

कमिसन नदिने सञ्चार गृह लाई अधिकृत शृवास्तवले विभिन्न बहाना गरेर भएपनी सूचना लुकाउने गरेको खबर प्राप्त भएको छ ।

बाराको बलिरामपुर मावी द्वारा विद्यार्थी शिक्षक मैत्री कृकेट प्रतियोगिता सुरु

0

मनोज गुप्ता// बारा मंसिर १३

नेरामावी बलिरामपुर, बाराले आज बुधबार गाउपालिका स्तरीय विद्यार्थी शिक्षक मैत्री नक आउट कृकेट प्रतियोगिता शुरु गरेको छ ।

पतिलाल प्रसाद कलवार को अध्यक्षता एवम बिश्रामपुर गाउपालिकाका अध्यक्ष जुल्फकार अलि भुटोको प्रमुख आतिथ्यमा भएको उदघाटन समारोहका सह्भागिहरुले स्थानीय स्तरमा खेल र खेलाडी को मनोबल बढाउन यो प्रतियोगिताले ठूलो भुमिका निर्वाह गर्ने कुरामा जोड दिएका छन ।

कार्यक्रममा बिश्रामपुर गापा कि उपाध्यक्ष प्रीयन्का गुप्ता, मावी बलिरामपुरका प्रधानाध्यापक आनन्द गुप्ता,  शिक्षा अधिकृत महेश रिजाल, बिश्रामपुर वडा नम्बर ४ का वडाध्यक्ष किशोरी साह, स्थानीय समाजसेवी, पत्रकार तथा गाउपालिका स्थित मावी विद्यालय का प्रधानाध्यापक हरुको सहभागिता रहेको थियो ।

प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेल मावी मुसहर्वा र मावी इटियाही बिच भैरहेको छ ।

प्रादेशिक अस्पताल कलैयामा नगर प्रमुख द्वारा अनुगमन

0

राजु चौरसिया// कलैया, मंसिर १०

प्रादेशिक अस्पताल कलैया बारे अत्यधिक गुनासो हरु बाहिरिन थालेपछि कलैया उपमहानगरपालिकाको नगरप्रमुख बिनोद साहको नेतृत्वमा आईतबार छड्के अनुगमन गरीएको छ। अनुगमन गर्दा प्रादेशिक अस्पताल कलैयामा १०:१५ बजेसम्म कुनै पनि डाक्टर उपस्थित नरहेको भेटिएको छ। भने अस्पातालको शौचालय लगायत वार्डहरु समेत धेरै नै दुर्गन्धित रहेको पाईएको छ।

साथै अस्पातालका चिकित्सक लगायत प्रशासनिक कर्मचारी हरु समेत आफू खुसी आउने जाने गरेको देखिएको तथा मेडिकल सुपरिटेण्डेण्ट डाक्टर बिकास साह तिन देखि हाजिरी नै नगरेको पाईएको छ।

छड्के अनुगमन गरीएको हो हल्ला भएपछि ओपिडीमा खटिने डाक्टरहरु ११ बजे तिर अस्पतालको पोशाक नलगाई हतार हतार विना पोशाक नै अस्पतालमा पुगेका थिए । नगर प्रमुख साहले अब उप्रान्त विना पोशाक अस्पतालको हाता भित्र भेटिए भौतिक कारवाही गर्ने चेतावनी दिनुभयो ।

नगरप्रमुख साह नजिक प्रादेशिक अस्पातालमा समयमा डाक्टर नआउने,  कमिसनको उदेश्यले एक्स-रे का लागि बाहिर पठाईने, शौचालय लगायत अस्पातालमा सरसफाई नहुने, अस्पतालको फार्मेसी समयमा नखुल्ने र खुलेपनी नेपाल सरकारले नि:शुल्क बितरण गर्ने औषधि बिरामिलाई नदिने, सरकारी अस्पताललाई मेसु तथा त्याहाँका कर्मचारीहरुले आफ्नो पुर्ख्यौली सम्पती ठान्ने र ती सब कुराहरुलाई सुधार्न बारम्बार अवगत गराउंदा समेत राजनितिक पावरको आडमा अस्पताललाई लथालिङ्ग पार्ने कार्य नरोकिएको जनगुनासो आएपछि छड्के अनुगमन गरीएको नगर प्रमुख साहले बताउनु भयो ।

अनुगमनका क्रममा  कलैया उपमहानगरपालिकाको नगरप्रमुख साह सँगै संबिधान सभा सदस्य प्रमोद गुप्ता , पूर्व प्रदेश सभा सदस्य पारस साह , उधोग बाणिज्य संघ कलैया बाराको अध्यक्ष राजकुमार गुप्ता , नेकपा माओवादी केन्द्रको कलैया नगरअध्यक्ष मुकेश साह लगायत बिभिन्न राजनीतिक ब्यक्तिहरुको समेत सहभागिता रहेको थियो ।

रौतहटमा बेवारिसे अवस्थामा एक युवतीको शव फेला

0

 

वीरगञ्ज, मंसिर १०
रौतहटमा बेवारिसे अवस्थामा एक युवतीको शव हिजो शनिवार फेला परेको छ ।

रौतहटको राजपुर नगरपालिका–९ स्थित लाल बकैया खोलाको पश्चिम बाँधको बाटोमा शनिवार दिउँसो युवतीको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शव फेला परेको युवतीको उमेर अन्दाजी २०/२२ वर्ष रहेको छ । शव चिन्ने तथा घट्नाको बारेमा विशेष अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

 

सिम्रौनगढ्का प्र नि यादव तस्करिमा लिन

0

 

राजु चौरसिया, कलैया, मंसिर ०९

ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरिक्षक रबिभुषण यादव सिङो नेपाल प्रहरीकै अस्मितामाथी आच आउनेगरि पैसाको पछि दौडिरहेको देखिएको छ ।

 

अनिवार्य अवकास हुन केहि महिना मात्र बाँकि रहेकोे रौतहट निवासी प्रहरी निरीक्षक यादव माथिल्लो  निकायमा पावर लगाई बारा र रौतहटको सिमामा पर्ने ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा सरुवा गराएर दुबै जिल्लाका तस्कर हरु सङ्ग साठ गाठ गरेर तस्करीको  लाईन खुलाएका छन्। यतिमात्रै नभै मदिरा सेवन गर्न नेपाली सिमाभित्र छिर्ने भारतिय नागरिक हरुलाइ समेत आफ्नो नियन्त्रणमा लिइ होहल्ला गरेको भनी बार्गेनिङ गर्ने गरेको श्रोतको दाबि रहेको छ।

प्रहरी निरीक्षक यादव आफ्नो क्षेत्र भित्र अपराध नियन्त्रण कार्यलाई प्राथमिकता नदिइ तस्कर र तस्करी लाई बढी प्राथमिकता दिई रहेको कुरा केहि दिन पहिला नै यादवले तस्करीको लाईन दिएका तस्करले तस्करी गरी ल्याएका कपडा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाराको टोलिलाई जिम्मा लगाएको  घटनामा नै यादवको संगलन्ता रहेको समेत पुष्टी भईसकेकोले स्पष्ट हुन्छ ।