Home Blog Page 33

लोकतन्त्र बचाउन देशमा एमाले आवश्यक : अध्यक्ष ओलि

0

वीरगञ्ज, मंसिर ५

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपि शर्मा ओलिले लोकतन्त्र बचाउन देशमा नेकपा एमाले को अपरिहार्यता रहेको ठोकुवा गर्नुभयो ।

पर्साको पोखरियामा आज आयोजित वृहत् सभा तथा पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्ने क्रममा नेता ओलिले एमाले सरकारले गरेको विकास मुलुकमा जताततै देख्न सकिने र यसैको नमूनाको रूपमा हुलाकी सडक र आइसिपी लाई लिन सकिने बताउनु भयो ।

कार्यक्रममा पर्सा क्षेत्र न.३ का पूर्व सान्सद हरिनारायण रौनियार को नेतृत्वमा सयौं जनाले विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रबेश गरेका छन् ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेकपा एमालेका सान्सद राजकुमार गुप्ता, पोखरिया नगरपालिका का प्रमुख प्रदुम्न चौहान, सखुवा प्रसौनी गाउपालिका अध्यक्ष यसवन्त यादव, छिपहरमाइ गाउपालिका अध्यक्ष मनोज गुप्ता, पूर्व सान्सद विचारी यादव, नेताहरु बश्रुदिन अन्सारी, जालिम मिया लगायतका नेता तथा कार्यकर्ता हरुले आ आफ्नो मन्तव्य रख्नुभयो ।

पर्साको धोरे र इनर्वामा विशाल कुश्ती प्रतियोगिता

0

वीरगन्ज, मंसिर ४

पर्साको  धोरे र इनर्वामा आज सोमबार कुश्ति प्रतियोगिता एवम मेला आयोजना गरिएको छ ।

करिब ५० औ बर्ष देखि कार्तिक शुक्ल सप्तमी अर्थात छठ पर्वको परनाको दिन आयोजना हुँदै आएको प्रतियोगिता लाई निरन्तरता दिने क्रममा आज आयोजित प्रतियोगितामा भारत तथा नेपालका प्रख्यात पहलवान हरुले भाग लिएका थिए ।

त्यस्तै मधेसको एकमात्र महानगर वीरगन्ज को वडा नम्बर १६ज इनर्वा आयोजित कुश्ती प्रतियोगिताको उदघाटन जसपा नेता एवम पर्सा क्षेत्र नम्बर १ का सान्सद प्रदिप यादवले उदघाटन गर्नुभयो ।

मेलामा विशिष्ट अतिथिको रूपमा बिरगंज नगर प्रमुख राजेशब मान सिंह, बहुदरमाइ गाउपालिका अध्यक्ष सिन्हासन साह, जिल्ला समन्वय समिती पर्साका सभापति अजयइ सरराफ लगायतका नेता तथा कार्यकर्ताहर्को सहभागिता रहेको थियो ।

प्रत्येक वर्ष छठ पर्वको परनाको अवसरमा हुदै आएको परम्परा स्वरुप आज भएको कुस्ती प्रतियोगितामा छिमेकी मुलुक  भारतको यूपी, बिहार, लुधियाना, पञ्जाब, दिल्लीु लगायतका ठाउँबाट पहलवान हरु कुश्तिका लागि आएका छन् । दुई दिन सम्म लाग्ने यो मेला र प्रतियोगिता भोलि मङ्गलवार   सम्म चल्ने आयोजक समितिले जानाएको छ

लोक अस्थाको महान पर्व छठ उदियमान सूर्यलाइ अर्घ दिई समापन गरिदै

0

 

वीरगन्ज, मंसिर ४

लोक आस्थाको महान पर्व छठ आज सोमबार विहान उदियमान सूर्य लाई अर्घ दिई समापन गरिदै छ ।

 

चार दिन सम्म मनाइने छठ पर्व शुक्रबार नुहाएर खाइ सुरु भएको तथा शनिबार रसियाव रोटि र हिजो  आइतबार साझको घाटको दिन श्रद्धालु हरु आ आफ्नो पायक पर्ने जलाशय वा तलाव नीर बनाइएको प्रतिमा लाई बिधिवत रूपमा पूजा आराधना गरि अस्ताउदो सूर्यलाइ अर्घ दिइएको थियो भने आज सोमबार बिहान उदियमान सूर्यलाइ अर्घ दिई पूजा गरि व्रत समापन भएको छ । आजको दिनलाई पारन समेत भन्ने गरिन्छ ।

आज छठको अन्तिम दिन हरेक गाउँ टोल वरिपरिका जलाशय तथा ताल पोखरिहरुमा भक्तजन हरुको व्यापक भिड देखिएको छ ।

बिश्रामपुर का युवा नेता मदन यादव द्वारा छठको शुभकामना

0

वीरगन्ज, मंसिर २

बाराको बिश्रामपुर गाउपालिका अन्तर्गतका वडाहरुमा युवा नेता मदन यादबले छठको शुभकामना आदान प्रदान गर्नु भएको छ ।

तराई को प्रमुख चाडको रूपमा मनाइने छठ पर्वको अवसरमा नेता यादवले गाउपालिकाको वडा नम्बर १देखि ५ सम्मका सम्पूर्ण छठ घाट हरुमा पुगि शुभकामना आदान प्रदान गर्नुका साथै गरिब असहाय श्रदालु हरुलाइ आर्थिक सहयोग समेत गर्नु भएको छ ।

छठ पर्वको दोश्रो दिन आज शनिबार रसियाव रोटि

0

 

वीरगन्ज, मंसिर २

हिन्दु हरुको महान लोक आस्था बोकेको सुर्योपास्नाको व्रत छठ् पर्वको दोश्रो दिन आज शनिबार खरना मनाइदै छ । आज बिहानै देखि निराहार बसेका श्रद्धालु हरु बेलुकी गाइको गोबर र माटोले घर आङगन तथा पूजा घर लिपपोत गरि चोखो बनाइ चामल, दूध, सक्खर आदिको प्रयोग गरि बनाइएको खिर र रोटि खाने गर्द्छन जसलाइ रसियाव रोटि  पनि भन्ने गरिन्छ ।

शुक्रबार नुहाएर खाइ सुरु गरिएको चठ पर्व अन्तर्गत भोलि आइतबार सानो घाट अर्थात साझको घाट अस्ताउदो सुर्यलाइ अर्घ दिई पुजा पाठ गरिने छ  र पर्सि सोमबार बिहान उदाउँदो सुर्यलाइ अर्घ अर्पण गरि व्रत समापन हुने छ ।

तराईको प्रमुख चाड छठ महापर्व आज देखि सुरु

0

 

वीरगञ्ज, मंसिर १
तराईको प्रमुख चाड छठ सुर्योपासनाको महापर्व आज शुक्रवार देखि सुरु भएको छ । चार दिन सम्म मनाईने छठ पर्वको आज पहिलो दिन नुहाएर खाने दिनको रुपमा मनाईन्छ । सबै श्रद्धालुहरुले अज विहानै गाईको गोबर तथा माटोले घरआँगनलाई लिपपोत गरी चोखो बनाई नुहाएर शुद्ध खाना खाने प्रचलन रहेको छ । आज खासगरी खानामा भात सँगै रहरको दाल, तोरीको साग र कुभिण्ढो(लौकी) को तरकारी खाने चलनचल्ती रहेको छ । यसरी चोेखो भई नुहाएर खाना खाइने ठाउँमा नै छठ व्रत गर्नुपर्ने पौराणिक मान्यता समेत रहेको छ ।

भोली शनिवार छठ पर्वको दोस्रो दिन दिनभर भोकै रही बेलुकी गाईको गोबर र माटोले घर लिपपोत गरी चोखो पारी खीर र रोटी खाने गरिन्छ जसलाई तराईतिर रसियाव रोटी भन्ने गरिन्छ । त्यस्तै आईवार अस्ताउँदै गरेके सुर्यलाई अर्घ दिई पुजागर्ने प्रचलन रहेको छ, जसलाई सँझियाँ घाँट वा सानो घाट भन्ने गरिन्छ भने सोमबार विहान उदाउँदै गरेके सुर्यलाई अर्घ दिई पुजा आराधना गरी व्रत समापन हुने छ जसलाई पार्ना भन्ने गरिन्छ । यसपालि आर्थिक मन्दीका कारण छठ खल्लो हुनसक्ने अनुमान गरिएपनि यसले छठपुजाको रौनकलाई खासै असर गर्न नसकेको देखिएको छ ।
छठ पुजाको लागि नेपालमै प्रसिद्ध वीरगञ्जको घडीअर्वा पोखरी परिसर यसपालिपनि दुलही जस्तै सजाईएको छ । त्यस्तै वीरगञ्जकै रानीघाट, रामगडवा, लक्ष्मणवा, पिपरा, नगवा, विन्दवासनी, महुवन, एकडेर्वा, बाराको कलैया, सिम्रौनगढ, मटिअर्वाँ, बलिरामपुर लगायतका ठाउँहरुमा धुमधाम सँग छठ पुजा भईरहेको देखिएको छ ।

आज यमपञ्चकको दोस्रो दिन घर घरमा लक्ष्मिपूजा गरिंदै

0

 

वीरगञ्ज, कार्तिक २६
यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज आईतवार साँझ धनधान्य, ऐश्वर्य र सम्पन्नताकी देवी को रुपमा माता लक्ष्मीको श्रद्धा भक्तिपूर्वक पूजाआराधना गरिंदै छ । हिन्द्यु धर्मावलम्बीहरुको दोस्रो प्रमुख चाडको रुपमा मनाईने तिहारमा माता लक्ष्मीको आगमन हुने र फोहोर घर आँगन तथा ठाउँमा माता लक्ष्मीको बास नहुने धार्मिक मान्यता रहेकोले कार्तिक मसान्तको आगमन देखि नै आजकै दिनलाई लक्षित गरी हरेक घरलाई लिपपोत गरी सफासुँघर र पवित्र बनाई आजको दिन माता लक्ष्मीको पूजा गर्ने परम्परा रहेको छ ।
आज साँझ घर आँगन सफा सुँघर र पवित्र बनाई दिपावली पनि गर्ने गरिन्छ । आजको दिन गाउँ शहरका हरेक घरमा दिया बालेर झिलिमिलि पारी दिपावली गरेर माता लक्ष्मिको स्वागत गरिने धार्मिक मान्यता रहेको छ । चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन तिहार पर्व मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको घर बिदा लिएर बस्ने यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ ।दिपावलीमा बालिने घ्यूको बतीले पर्यावरणको सफाईमा धेरै ठूलो सहयोग हुने बैज्ञानिक कारण पनि रहेको छ ।


कार्तिक कृष्ण औंसी आजको रातीलाई सुख रात्री पनि भन्ने गरिन्छ । आज माता लक्ष्मीको पूजा गर्नका लागि घरको मुलगेट, झयाल, ढोका समेतको सरसफाई गरी पूजा घरमा लक्ष्मी र गणेशको प्रतिमा स्थापना गरी बेलुकी विधि पुर्वक पूजा गर्ने चलन रहेको छ । आज पूजा कोठालाई गाईको गोबरले लिपपोत गरी चोखो बनाई माता लक्ष्मीको आगमन हुने बेलामा बाटो देखाउने उदेश्यले घरको मूलगेट देखि पुजाघर सम्म अविर र पिठोको प्रयोग गरी माता लक्ष्मीको पाईला बनाई बाटो देखाउने चलन समेत रहेको छ ।

आजको साँझ युवतीहरुले सामुहिक रुपमा भैलो खेल्ने परम्परा समेत रहेको छ । तिनैलोकका राजा बलिले आजको दिन भगवानको आगमन हुने दिनमा भलो गीत गाउँने परम्परा बनाए अनुरुप भलो गीत लाई नै वर्तमान सँस्कृतिमा भैलो गीतको रुपमा गाउने चलन रहेको छ । भैलो खेल्ने आउने युवतीहरुलाई सेल रोटी तथा पैसा पनि दानस्वरुप दिने गरिन्छ । आजको दानलाई कार्तिक भनिन्छ । कार्तिक दानले पुण्य प्राप्ति हुने जनविश्वास रहेको छ ।

बाराको पचरौतामा काँग्रेसको शुभकामना आदान प्रदान सम्पन्न

0

 

राजु चौरसिया // बारा , कार्तिक २५

नेपाली काँग्रेस पचरौता बाराले आज दिपावली तथा छठको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेके छ । नेपाली काँग्रेस पचरौताका अध्यक्ष मुक्ति राय यादवको अध्यक्षता तथा नेपाली काँग्रेस बाराका सचिव राजेश रौनियारको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथी रौनियारले काँग्रेस ऐतिहासिक पार्टी भएकोले यसलाई कुनै पनि शक्तिले चाहेर पनि परास्त गर्न वा धारासायी गर्न नसक्ने दृढता व्यक्त गर्नुभयो । नेपाली काँग्रेस देशकै ठूलो पार्टीको रुपमा रहेको तर पार्टीभित्रका केही नेताहरु अन्तरघात गर्ने बानी बसालेको ले त्यस्ता नेताहरुलाई समयमै सचिन समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथी काँग्रस बाराका सह सचिव प्रमोद यादव, नेताहरु चन्द्रिका गुप्ता, गोबारी राय यादव, हरिशँकर साह, अरुण कुमार सिँह, दिपेन्द्र केसरी, लक्ष्मण जैसवाल, पप्पु कुश्वाहा, हरिनाथ यादव लगायतका नेता तथा कार्यकर्ताहरुको सहभगिता रहेको थियो ।

श्रीलंकन क्रिकेट बोर्ड आईसीसीद्धारा निलम्बित

0

वीरगञ्ज, कार्तिक २५
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले श्रीलंकन क्रिकेट बोर्ड लाई निलम्बन गरेको छ ।

सरकारी हस्तक्षेप बढेको भन्दै श्रीलंका क्रिकेटलाई तत्काल निलम्बन गर्ने निर्णय आईसीसीको बैठकले गरेको हो । सामी सिल्भाको नेतृत्वमा रहेको श्रीलंका क्रिकेट बोर्डलाई भ्रष्टाचारमा संलग्न भएको भन्दै श्रीलंकाका खेलमन्त्री रोशन रणसिंघले निलम्बन गरी नयाँ अन्तरिम कमिटी गठन गरेको केही समय पछि आईसिसीले यस्तो निर्णय गरेको हो । श्रीलंकाली खेलमन्त्री रणसिंघले सिल्भा नेतृत्वको बोर्डले गरेका सम्पूर्ण आर्थिक तथा अन्य कारोवारहरु बारेमा छानबिन गर्ने घोषणा समेत गरेका थिए ।

रणसिंघले अन्तरिम कमिटीको प्रमुखमा पूर्व क्रिकेटर अर्जुन रणतुंगालाई नियुक्त गरेका छन् । यो सँगै भारतमा जारी विश्वकपमा समूह चरणका आफ्ना सबै खेल खेलेर ९ औं स्थानमा रहेको श्रीलंका खेलबाट बाहिरिने पक्का भईसकेको अवस्थामा छ भने अगामी सन् २०२५ मा हुने आईसीसी ट्रफीमा समेत छनोट नहुने लगभग पक्का भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यम पञ्चकको पहिलो दिन आज काग तिहार

0

वीरगञ्ज, कार्तिक २५
नेपालीहरुको प्रमुख पर्वहरुमध्येको एक तिहार अर्थात यमपञ्चक आज शनिवार देखि शुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशी देखि शुरु हुने यमपञ्चक आज देखि शुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितीले जानकारी दिएको छ ।
कात्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइने तथा सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने शास्त्रीय व्यवस्था रहेकोले आज शनिबारदेखि नै यमपञ्चक सुरु हुने समितिले जनाएको हो । ‘



यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता रहेको तथा परिवारको सँख्याको आधारमा यमदिप दान गर्ने शास्त्रीय मान्यता रहेको छ । कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक शुक्ल द्धितिया अर्थात भाईटिकको दिन सम्म यमदिप दान गर्ने प्रचलन रहेको छ । साथै त्रयोदशी आज शनिवार परेका कारण धन त्रयोदशी पनि आज नै मनाईने समितीले जनाएको छ । धनत्रयोदशी शनिवार मनाईने समितीले निर्णय गरेपनि मध्यतराईको पर्सा, बारा, रौतहट लगायतका जिल्लाहरु लगायत विभिन्न ठाउँमा हिजो शुक्रवार नै धन त्रयोदशी मनाइएको छ ।
तराईका सिमावर्ती जिल्लाहरुमा भारतीय रहन सहन र सँस्कृतिको प्रत्यक्ष प्रभाव रहने गरेको तथा सिमावर्ती भारतीय जिल्लाहरुमा पनि हिजो शुक्रवार नै धनत्रयोदशी मनाइएका कारण तराईका अधिकाँश जिल्लाहरुमा शुक्रवार नै धनत्रयोदशी मनाइएको जानकारहरुको भनाई रहेको छ ।