Home Blog Page 34

लागू औषध गाजा सहित ३जना बाराको मटिअर्वा बाट पक्राउ

0

राजु चौरसिया// बारा कार्तिक २२

१५ किलोग्राम लागू औषध गाजा सहित तिन जना बुधबार बाराको मटिअर्वा बाट पक्राउ परेका छन् ।

बुधबार बेलुकी ७:४० बजेको समयमा बाराको कलैया उपमहानगरपालिका वडा नं.१० मटिअर्वा स्थित नहर चोकमा खटिएको प्रहरी चेकिङ टोलिले कलैयाबाट मटिअर्वा तर्फ जादै गरेको प्र-२-०३-००१ ह ९१० नं.को अटोलाई रोकी चेकजाँच गर्ने क्रममा अटो भित्र लुकाई छिपाई राखेको लागु औषध गाँजा अं.१५ के.जि. बरामत गरि मानिस समेत नियन्त्रणमा लिएको बारा प्रहरिले जनाएको छ ।

पक्राउ पर्नेमा अटो चालक बाराको कलैया-१२ निबासि २८ वर्षिय ताहिर अंसारी, अटोमा सवार भारत विहार पुर्वी चम्पारण जिल्ला मोतिहारी, आधापुर वडा न.४ निबासि २१वर्षीय इस्राफी हवारी र अटोमा सवार सोही ठाउँ बस्ने ३५वर्षीय  जफिर मिया रहेका छन् ।

पक्राउ गरिएको  अटो सहित गाजा र मानिसहरुलाइ नियन्त्रणमा राखी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सप्रनानि अधिकारीका कारण बेश क्याम्प तेलकुवा बदनाम

0

राजु चौरसिया // कलैया, २२ कात्तिक

 

सशस्त्र प्रहरी नायब निरीक्षक कृष्ण अधिकारीका कारण बेश क्याम्प तेलकुवा बद्नाम भएको छ । अधिकारीको तेलकुवा बेशबाट सरुवा हुन झण्डै डेढ महिना मात्र बाँकि रहेकोले सँगठनको नितिनियम बिपरित ब्यक्तिगत लाभमा क्याम्प लाइ कमाईखाने भाँडो नै बनाएका छन्।

अधिकारीको प्रत्यक्ष संलग्नता तलकुवा बेश क्याम्पको क्षेत्रबाट खुल्लेआम तस्करीको मालसमान बरियारपुर, गँज भवानिपुर हुदै निजगढ तथा अन्य स्थानमा सजिलै पुग्ने गरेको प्रष्ट देखिएको छ। सशस्त्र प्रहरी नायब निरीक्षक अधिकारीको निर्देशनमा डिउटीमा खटिएका सशस्त्र प्रहरीहरु नै तस्करीलाई तिब्रता दिएका छन्।

उक्त बेश क्याम्पको क्षेत्रबाट अजय , प्रेम , सुरेन्द्र , अरबिन्द , सत्रुधन कुशवाहा, खेना र मिश्रिलालले किराना समान , कस्टेमेटिक समान , हार्डवेयर समान र कपडाको तस्करीको मालसमान तस्करी गर्ने गरेको प्रस्ट भएको छ। उक्त तस्करीबाट तेलकुवा बेश क्याम्पका ईन्चार्ज सशस्त्र प्रहरी नायब निरीक्षक अधिकारीले मास्केबारी वा हप्ता लिने गरेको सशस्त्र प्रहरी स्रोतले जानकारी दिएका छन्।

मास्केवारी तथा हप्ता सशस्त्र प्रहरी नायब निरीक्षक अधिकारीले लिएपछि तस्करहरु निर्वाध रुपमा बिहान ३ बजे देखि ५ बजे सम्म र बेलुका ५ बजे देखि ७ बजेसम्म तस्करीको मालसमान तस्करी हुने गरेको पाईन्छ। तर उक्त तस्करीमा सशस्त्र प्रहरी नै सहयोग गर्ने गरेको फोटोबाट नै प्रष्ट छ।

तेलकुवा क्षेत्रवाट तस्करीको मालसमान तस्करीको मालसमान ओसारपसार सशस्त्र प्रहरीसँगै तेलकुवा चौकि र बरियारपुर चौकि पनि सहयोग गरीरहेको हुनाले तस्करीको समान निबार्धरुपमा बरियारपुर बजार र गँज भवानिपुरपुर सम्म पुग्ने गरेको श्रोतको दाबि रहेको छ।

साथै सशस्त्र प्रहरी तेलकुवालाई छिन्नमस्ता बाहिनीले पनि सहयोग गरीरहेको तथ्य प्रमाणित भएको छ। तेलकुवा क्षेत्रवाट हुने गरेको तस्करी र सशस्त्र प्रहरीले सहयोग गरीरहेको फोटो छिन्नमस्ता बाहिनीको प्रमुख डिआईजीलाई ह्वाट्सएपमा पठाउदा पनि कुने किसिमको कार्वाही नभएकोले प्रमाणित भएको छ।

नयाँ कदम नेपालको नयाँ कार्यसमिती गठन

0


वीरगञ्ज, कार्तिक २२
नयाँ कदम नेपालको ९ सदसीय नयाँ कार्यसमिती रन्जित पाण्डेयको अध्यक्षतामा आज बुधवार गठन भएको छ । बाराको विश्रामपुर स्थित समृद्ध समाजका लागि युवा सशक्तिकरण नामक सामाजिक सँस्थाको भवनमा पर्सौनी गाउँपालिकाका अध्यक्ष विनोद जैसवालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाले तदर्थ समितीलाई खारेज गरी ९ सदसीय नयाँ कार्यसमिती चयन गरेको हो ।


नव गठित समितीको उपाध्यक्षमा मनिषा दुवे, सचिव अनुराधा अधिकारी, कोषाध्यक्ष मोहन दास तत्मा, सदस्यहरुमा कृृष्णा कुमारी अधिकारी, लक्ष्मी उप्रेति लगायतका रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथी प्रसौनी गाउँपालिका प्रमुख विनोद जैसवाल, ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक विनोद बोहरा, प्रसौनी ४ का वडाध्यक्ष याकुब अन्सारी लगायतकाहरुले आ आफनो मन्तब्य राख्नुका साथै दिपावली र छठ पर्वको अवसरमा शुभकामना समेत व्यक्त गर्नुभयो ।

0

 

भोला यादव रौतहट// कार्तिक – २२

बिरामिको मृत्यु पछि रौतहटको गरुडामा सन्चालित एक निजि अस्पताल  बन्द गरी सञ्चालक र चिकित्सक फरार भएका छ्न । रौतहटको गरुडा-८, बिर्तामा संचालित इमर्जेन्सी जनसेवा हस्पिटलमा पाठेघर (बच्चादानी) को शल्यक्रिया गराउन गएकी रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर ७ बनबौहरी निवासी इब्राहिम सिद्धिकीका ३० वर्षिय श्रीमती नुरजहा खातुनको उपचारकै क्रममा मृत्युु भएको हो । हस्पिटलका चरम लापरवाही गरेकाे कारण बिरामी खातुनको मृत्यु भएका मृत्कको आफन्तहरुले आरोप लगाएकाे छ ।

एक्कासी पाठेघरमा समस्या आएपछि अप्रेशन गराउन सोमवार दिउँसो महिला खातुनले साे हस्पिटल पुर्याएका थिए । मृतक महिलाका श्रीमान इब्राहिम सिद्धिकीका अनुसार खातुनलाई सोमवार राति ८ बजेको समयमा चिकित्सकले अप्रेशन गर्न लागेको थियो । तर अप्रेशनमा चिकित्सकले चरम लापरवाही गरेकाे कारण आफना श्रीमति खातुनको सोमवार राति २ बजेको समयमा मृत्यु भएको उनले आरोप लगाए ।

खातुनको राति २ बजे नै मृत्यु भइसकेको भएपनि चिकित्सकले बिरामीलाई यहाँ ठिक हुँदैन आइसीयूमा राख्नुपर्छ भनी करिव ३ बजेको समयमा विरगंजको मेडिसिटि हस्पिटलको लागि रेफर गरेको उनले बताए । आफना श्रीमतीको जन सेवा हस्पिटलमा नै मृत्यु भइसकेको कुरा हस्पिटलका चिकित्सकलाई राम्ररी थाहा भएको बताउँदै मृतकका श्रीमान सिद्धिकीले खातुनको मृत्यु भएको कुरा लुकाउन उनिहरुले अन्यत्र रेफरको बाहाना गरेको उनले बताए

खातुनलाई विरगंजको मेडिसिटि हस्पिटल लग्ने बित्तिकै चिकित्सकले मृत घोष्णा गरेका थिए। अप्रेशन गर्न योग्य नै नरहेको चिकित्सकले बलजबरजस्ती अप्रेशन गर्न खोज्दा खातुनको मृत्यु भएको उनको आरोप छ । उपचारमा संलग्न चिकित्सकको सर्टिफिकेट, एनएमसी नम्बर इत्यादि कागजात चेकजाँच गर्नुपर्ने र अप्रेशन गर्न अनुमति प्राप्त नगरेको ठहर भए हदैसम्मको कार्यवाही गर्नुपर्ने पीडित पक्षको माग छन

उपचारमा चिकित्सकले सावधानी नअपनाएको र गम्भीर लापरवाही गर्दा बिरामीको मृत्यु भएको भन्दै मृत्कका आफन्तले मंगलवार विहान जन सेवा हस्पिटल घेराउ गरी विरोध प्रदर्शन गरेका छ्न । दोषी चिकित्सक र हस्पिटल सञ्चालकलाई पक्राउ गरी उनिहरुमाथी ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा दर्ता गर्नुपर्ने, उचित क्षतिपुर्ति दिनुपर्ने लगाएतका माग राखी आन्दोलनमा उत्रेका मृतकका आफन्त हरु  प्रहरीले दोषी हस्पिटल सञ्चालक र चिकित्सकलाई कानुनी कार्यवाही गर्ने सहमति जनाएपछि पीडित शव उठाएर अन्तिम सन्स्कारका लागि लगेका छन्  ।

यता बिरामी खातुनको मृत्यु भएपछि ईमरजेन्सी जन सेवा हस्पिटलका सञ्चालक जिंगडिया निवासी राजेन्द्र महतो र चिकित्सकहरुले मंगलवार विहानदेखी हस्पिटल बन्द गरेर फरार भएका छन् । फरार भएका सञ्चालक महतो र चिकित्सकको खोजीकार्य भइरहेको तथा घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) ओम प्रकाश खनालले बताउनुभयो ।

व्यवस्थापकीय सुधारमा कोल्टो फेर्दै जिल्ला अदालत पर्सा

0

वीरगञ्ज, कार्तिक २०
पर्सा जिल्ला अदालतले व्यवस्थापकीय सुधारमा कोल्टो फेर्दैछ । अदालतमा काम भएका एकजना सेवाग्राही सँगै ५÷५ जना विचौलियाहरु आउँदा हुने गरेको भिडभाड, तनाव, सेवाग्राही बीच किचलो र खिचातानीका कारण अदालको कार्य समेत प्रभावित बनेको कुरालाई मध्यनजर गर्दै श्रेस्तेदार (उपसचिव) घनेन्द्र अधिकारीको नेतृत्वमा कार्यालयको व्यवस्थापकिय कार्यमा परिमार्जन गरिएको छ ।
पर्सा जिल्ला अदालतमा हुने गरेको अनियन्त्रित भिडभाड लाई व्यवस्थापन गर्न कार्यालय परिसरको प्रमुखद्धारमा तारेख पर्चाको आधारमा सेवाग्राही कार्ड दिने र कार्डधारीलाई मात्र सेवाग्राही मानी अदालत परिसर भित्र छिर्नदिने व्यवस्था गरिएको छ । सेवाग्राही कार्डको व्यवस्था भएदेखि अदालत भित्र हुने गरेको अनाधिकृत भिडमा धेरै कमी आएको र कामकाजमा समेत प्रभावकारिता बढेको देखिएको छ ।
सेवाग्राही सँगै आउने विचौलियाहरुले अदालतका कर्मचारीहरुलाई समेत प्रभावमा पार्ने प्रयास गरी अदालती कामकाजलाई प्रभाव पार्ने पहिला पहिला देखिने गरेको विकृतिलाई निर्मूल पार्ने आफ्नो अभियानमा कार्यालयका अन्य कर्मचारीहरुबाट समेत राम्रो साथ र समर्थन पाएको स्रेस्तेदार अधिकारीले बताउनुभयो ।
सेवाग्राहीले सुरु सुरुमा अप्ठ्यारो मानेको तर विस्तारै बानी पर्दै गएकोले अब पछिल्ला दिनहरुमा भिड व्यवस्थापन गर्न आफुहरुलाई पनि सहज भएका अदालतको प्रमुख प्रवेशद्धारमा डियुटी गर्ने प्रहरीहरुले बताएका छन् ।

कालीकामाईका प्रमुख प्रशाकिय अधिकृत यादवद्धारा भ्रष्टाचारको ग्रयाण्ड डिजाईनिङ्ग

0

वीरगञ्ज, कार्तिक २०
पर्साको कालीकामाई गाउँपालिकाका प्रमुख प्रशाकिय अधिकृत नमोनाथ यादवले सामुहिक भ्रष्टाचारको ग्रयाण्ड डिजाईनिङ्ग गरेका छन् ।
कालीकामाई गाउँपालिका अन्तर्गत रहेका विद्यालय, अस्पताल, वडा समितीको कार्यालय लगायतका निकायहरुमा करार कर्मचारीहरुको दरबन्दी सुचि तयार गरी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रशासकीय अधिकृतको आपसी भागबण्डाको आधारमा नियुक्ति गर्ने सहमति पहिले नै गरी भर्ना खुल्ला गर्ने र रकमी मोलतोलको आधारमा नियुक्ति गर्ने सहमती भएको कुरा बाहिरिएको छ ।
महिनौं देखि भ्रष्टाचारको चपेटामा परेको कालीकामाई गाउँपालिकाका सम्पूर्ण विकास निर्माणका कार्यहरुका लागि खुल्ला टेण्डर आव्हान नगरी गुपचुप कोटेशनका भरमा बढी कमिसन दिने सँग सम्झौता गरी कार्यादेश दिने गरेका कारण वर्तमान कार्यसमितको कार्यकालमा भएका कुनैपनि विकास निर्माणको कार्य सँतोषजनक र गुणस्तरीय नरहेको सेवाग्राहीहरु बताउँछन् ।

गाउँपालिकाका सर्व साधारण सेवाग्राही र सामाजिक सुरक्षा भत्ताका लागि दिनहुँ पालिकामा दौडिरहेका ज्येष्ठ नागरिक, अपाँग, अर्बुद्ध रोगी लगायतका लक्षित वर्गका व्यक्तिहरु त पिडित छँदैछन् हिन्दुहरुको महान पर्व वडा दशैंमा त्याहाँका कर्मचारीहरुलाई तलब खान समेत धेरै पापड बेल्नुपरेको छ । पालिका अध्यक्ष तथा गाउँ कार्यपालिकाका सदस्यहरुलाई कुनै वास्ता नगर्ने र मै हुँ भन्ने मानसिकताले ग्रसित प्रशासकिय अधिकृत नमोनाथ यादव कहिलेपनि कार्यालयमा नआउने र पालिकासँग पनि वास्ता राख्न छोडेपछि सिँगो गाउँपालिकाकै अवस्था लथालिङ्ग भएको र दशैंमा समेत तलब खान नपाएपछि बाध्यभई गाउँपालिका अध्यक्ष र सबै कर्मचारी वडादशैं अन्तर्गत फुलापातिको पूर्वसन्ध्यामा कार्यालयको अति आवश्यकिय कार्य १ जना दर्ता चलानीका कर्मचारी जय गुरुदेवको भरमा छोडी अधिकृत यादव समक्ष घुँडा टेक्न विरगञ्जको होटलमा आई सहमती गरेपछि मात्र तलब खाने अवस्था आएको देखियो ।
यसरी लोकतान्त्रिक मुलुकमा सिँगो पालिका कुनै एकजना अधिकृत वा कार्यपालिका प्रमुखको दास बन्ने बाध्यात्मक अवस्था सिर्जना हुनु भनेको लोकतन्त्रको उपहाँस मात्र नभई पालिकाबासीको लागि दुर्भाग्य समेत रहेको पिडितहरुको गुनासो रहेको छ ।

भन्सार छलिको १३९ बोरा गहुँको बीउ सहित पिकअप रौतहट प्रहरीको नियन्त्रणमा

0

भोला यादव //रौतहट//कात्तिक १७

भन्सार छलीको १ सय ३९ बोरा गहुँको बिउसहित एक पिकअप गाडी र चालकलाई रौतहट प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ।

भारतबाट लोड गरी नेपालतर्फ ल्याउँदै गरेको सूचना प्राप्त भएलगत्तै जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको प्रहरी टोलिले शुक्रबार करिब साढे १० बजेतिर गौर नगरपालिका वडा नं–७ बाट प्रदेश २–०३–००१ च। २१३८ नम्बरको पिकअप गाडी रोकी चेकजाँच गर्ने क्रममा उक्त बिउ फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका हो ।

पिकअप चालक गौर नगरपालिका वडा नं–७ बस्ने वर्ष ४४ को वीरेन्द्र राय यादव रहेको प्रहरीले जनाए। फेला परेको गहुँको बिउ १ सय ३९ बोरा रहेको र १ बोरामा २० किलोको दरले जम्मा २,७८० किलो बिउ र पिकअप गाडीसहित चौबिस लाख सत्तर हजार बराबरको मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको रौतहटका प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो  ।

आगलागीबाट रौतहटमा करिब ६ लाखको क्षति

0

 

भोला यादव// रौतहट// कात्तिक १७
आगलागीबाट रौतहट जिल्लाको कटहरिया नगरपालिका वार्ड न ५ बलिराम्पुरमा करिब  ६ लाखको छती भएको छ। स्थानीय  गनिलाल विहिवार राती करिब १२ बजेको समयमा भएको आगलागीबाट ३ वटा भैंसी, मोटरसाइकल, दमकल, मोटर तथा घरभित्रै रहेकोे राइसमिल समेत जलेर सो परिमाणको क्षती भएको हो ।

गोठभित्र लामखुट्टे धपाउन बालिएको आगो सल्केर आगलागी भएको अनुमान गरिएको तथा घट्नाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

नेपाल र नेपाली जनताको लागि नेकपा एस उत्तम विकल्प : अध्यक्ष नेपाल

0

भोला यादव // रौतहट // कार्तिक  १६

नेकपा एस का केन्द्रिय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेपाल र नेपाली जनताको लागी नेकपा एस नै उत्तम विकल्प हुनसक्ने दाबी गर्नु भएको छ ।

पार्टी द्वारा आज विहिबार रौतहटको गौरमा आयोजित पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतोथिको रूपमा सम्बोधन गर्ने क्रममा नेता नेपालले यस्तो दाबी गर्नुभएको हो । पार्टीका रौतहट जिल्ला अध्यक्ष कमल राय यादवको अध्यक्ष्तामा आयोजित कार्यक्रममा तिहार र छ्ठको शुभकामना आदानप्रदान गर्नुका साथै सयौं को सन्ख्यामा विभिन्न पार्टी परित्याग गरि नेकपा एस मा प्रवेश गरेका छन् ।

कार्यक्रममा नव प्रवेशी हरुलाइ नेता नेपालले फूल माला लगाइ स्वागत गर्नुभयो ।

विद्यालय सञ्चालक स्वर्णकारको हत्यामा सँलग्नहरु बारा प्रहरीद्धारा सार्वजनिक

0

राजु चौरसिया // कलैया, कार्तिक १५
बाराका निजि विद्यालय सञ्चालक रुपेश स्वर्णकारको हत्यामा सँलग्नहरुलाई बारा प्रहरीले आज बुधवार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले गरेको पत्रकार सम्मेलनमा बालएकता स्कुलका सञ्चालक स्वर्णकारको हत्यामा सँलग्न रहेको आरोपमा पक्राउ परेका १० जनामध्ये ५ जनालाई मात्र प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ परेकाहरुमा हत्यामा प्रत्यक्ष सँलग्न रहेका राधा गुप्ता, चन्दन यादव, अभिनफ कुमार सिँह, जमिल अख्तर र रियाज अन्सारी गरि ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ परेकामध्येका राधा गुप्ताकी प्रेमी रहेका मनोज गुप्ताले आफ्नो प्रेमिका सँग अनैतिक सम्बन्ध राख्दा मनोज गुप्ताकै सँलग्नतामा सर्राफको हत्या गरिएको बाराका प्रहरी उपरिक्षक सुरेश काफ्लेले बताउनुभयो ।
राधा गुप्ता विगत ३ वर्षदेखि छिमेकी देश भारत विहारको छौडादानो निवासी मनोज गुप्ता सँग प्रेम सम्बन्धमा रहेकी र अहिले सर्राफसँग पनि उनको अनैतिक सम्बन्ध राखेको थाहा पाएपछि गुप्ता र मृतक सर्राफ बिच पटक पटक झगडा समेत भएको बताइएको छ । सर्राफ र राधाको यस्तो रवैया हेरी राधाका प्रेमी मनोजले सात महिना अघि राधालाई सर्राफको बोर्डिङ्ग छोड्न लगाएको र विद्यालय छोडीसकेको भएपनि दुवैजनाविचको अनैतिक सम्बन्ध कायमै रहेको देखेकोले बाध्य भएर मनोजले रुपेशलाई मार्ने प्रयास गरेको प्रहरी उपरिक्षक काफ्लेले बताउनुभयो ।