Home Blog Page 35

बिपिसीका छात्र द्धारा आत्महत्याको प्रयास

0

वीरगञ्ज, कार्तिक १५
वीरगञ्ज पानीटंकी स्थित वीरगञ्ज पब्लिक काँलेज(बिपिसी) मा अध्ययनरत कक्षा १२ का एक जना छात्र क्याम्पसकै छतबाट हामफालेर आत्महत्याको प्रयास गरेका छन् ।
काँलेजमा अध्ययनरत बारा विश्रामपुर गाउँपालिका – ५ नकटुवा निवासी १८ वर्षीय छात्र राजीव महतो बुधवार विहान करिब ७ बजे काँलेजकै तेस्रो तल्लाको छतबाट हामफालेर आत्महत्या गर्ने प्रयास गरेका हुन् ।
छतबाट हामफालेका महतोलाई क्याम्पस छेउको खाली जग्गामा लडेको अवस्थामा देखेर छिमेककी एकजना महिलाले कालेज प्रशासनलाई खबर गरेपछि विद्यार्थी तथा प्रशासनिक कर्मचारीले महतोलाई नजिकैको प्रभु अस्पतालमा भर्ना गरेका थिए । घाईते महतोको खुट्टा तथा हातमा गम्भीर चोट लागेकोले उनलाई प्रभु अस्पतालबाट बयोधा अस्पतालमा थप उपचारको लागि भर्ना गरिएको तर घाईते महतो भने खतरामुक्त रहेको पर्सा प्रहरीले जनाएको छ ।
छात्र महतोले के कति कारणले आत्महत्याको प्रयास गरेको भन्ने कुराको बारेमा अहिले सम्म प्रष्ट नभएको जनाईएको छ ।

पर्साको ठूलो ईटियाहीमा २७ जना द्धारा रक्तदान

0

मुन्ना ठाकुर// वीरगञ्ज, कार्तिक १५
पर्साको ठूलो ईटियाही स्थित नेपाल स्काउट निमाविको आयोजनामा आज बुधवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष मुकेश कुमार चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नेपाली काँग्रेस विन्दवासनीका सभापति बिवेक चौरसिया, मुनिलाल दास, उपनेश कुमार चौरसिया लगायत २७ जनाले रक्तदान गरेका छन् । विन्दवासनी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष जयप्रकाश चौरसियाको व्यवस्थापकिय सहयोगमा सम्पन्न कार्यक्रममा स्थानिय स्तरका शिक्षक, बुद्धिजिवी, पत्रकार, राजनितीकर्मी, युवा, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

चाडको मुखमा प्याजको भाउँ आकासियो, सर्वसाधारणलाई मर्का

0

वीरगञ्ज, कार्तिक १५

चाडपर्वको मुखमा आएर ह्वातै बढेको प्याजको भाउका कारण उपभोक्ताहरु मर्कामा परेका छन् । लगभग हरेका भन्साका लागि अनिवार्य मसलाको जस्तै रहेको प्याजको भाउमा एकाएक भएको वृद्धिकाकारण भन्साको बजेटमा एक्लै प्याजले ठूलो हिस्सा ओगट्ने गरेकोले प्याजको प्र्रयोगमा कटौती गर्नपर्ने अवस्था सिर्जना हुनथालेको आम उपभोक्ताहरु बताउँछन् ।
दशैं आउनलाग्दा वीरगञ्जको बजारमा लगभग अढाई सय रुपैयाँ प्रति पाँच किलोको दरले विक्रीभएको प्याज दशैंको अन्त्यतिर आएर एकाएक चार सय पचास रुपैयाँ प्रति पाँचकिलोमा विक्री हुनथालेको र हालसम्म दिनहुँजसो भाउँमा वृद्धि हुँदै गएको देखेर उपभोक्ताहरु चिन्तित भएको बताएका छन् ।
यता प्याजको भाउँ बढाउनु आफुहरुको रहर नभई बाध्यता रहेको वीरगञ्ज घण्टाघरका तरकारी व्यवसायीहरु बताउँछन् । यसपालिको नयाँ उत्पादन बजारमा नआएसम्म प्याजको भाउमा गिरावट आउने सम्भावना नरहेको व्यवसायीहरुको भनाई रहेको छ ।

नेशनल पानी उद्योगलाई बन्द गर्नुपर्ने आम उपभोक्ताको माँग

0

राजु चौरसिया// बारा कार्तिक -१४
दुई लाख तिरेर खुल्ला भएको केही दिन नबित्दै नेशनलको सिलप्याक पानीबोतलमा ठूलो कमिला भेटिएपछि यस्तो उद्योगलाई बन्द नै गर्नुपर्ने उपभोक्ताहरुले माँग गरेका छन् । बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ३ स्थित नेशनल पानी उद्योगले आफुहरुको स्वास्थ्यसँग ठूलो खेलवाड गरिरहेको आम उपभोक्ताको बुझाई छ ।
गत असोज १६ गते यसै उद्योग द्धारा उत्पादित पानीको बोतलमा माकुरा भेटेपछि बाराका सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको अनुगमन टोलीले उद्योगमा सिलबन्दी गरेपछि रु.२ लाख जरिवाना तिरेर पुनः यस्तो लापारवाही नदोहोरयाउने सर्तमा सिल खोलिएको उद्योगबाट पुनः यस्तो प्रकारको गतिविधी हुनुलाई सर्वसाधारणले लापारवाहीको पारकाष्ठाको रुपमा लिएका छन् । अतः यस्तो उद्योग मानव समाजको लागि अभिसाप भएको भन्दै तुरुन्त बन्दै गर्नुपर्ने आम उपभोक्ताको माँग रहेकोे छ ।

प्रेम प्रसँगले लियो सर्राफको ज्यान, हत्याको आशंकामा ७ जना पक्राउ

0

 

राजु // चौरसिया बारा कार्तिक – १४
बाल एकता मावि कलैयाका सञ्चालक रुपेश सर्राफको हत्यामा उनकै प्रेमिकाको संलग्नता रहेको देखिएको छ ।
घट्नालगतै जिल्ला प्रहरी कार्यालय बाराको गहन अनुसन्धानबाट यो रहस्योद्घाटन भएको हो । घट्नामा सँलग्न रहेको आशंकामा प्रहरीले सर्राफको प्रेमिका सहित ७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक सुरेश काफ्लेले बताउनुभयो ।
विवाहित सर्राफको एक छोरा र एक छोरी रहेपनि विगत लामो समयदेखि ति महिला सँग सम्बन्धमा रहेका थिए । सर्राफको प्रेमिका भनिएकि ति महिलाको अर्कोपनि एक जना पुरुष सँग सम्बन्ध रहेको र ति पुरुषले पटकपटक सर्राफलाई ति महिला सँगको सम्बन्धलाई तोड्ने चेतावनी दिँदै आएको भएपनि सर्राफले यसबारे घरपरिवारमा पनि कसै सँग केही नबताएको र महिला सँगको सम्बन्ध तोड्न नमानेपछि यो घट्नाको योजना बनाएको अनुमान गरिएको छ ।
यस अघिपनि स्थानिय एक होटलमा सर्राफमाथि हत्याको प्रयास गरिएको भएपनि सर्राफ उम्किन सफल भएका थिए र । सर्राफ सो घट्नाको बारेमा पनि घरपरिवारमा नबताएको र दोस्रो पटकको प्रयासमा सर्राफको हत्या गर्न अभियुक्तहरु सफल भएको बताईएको छ ।

अनुसन्धान प्रमुखको भ्रष्टाचारका कारण वीरगन्ज भन्सारलाई मर्का

0

 

 

 

राजु चौरसिया// बारा, कार्तिक १४

राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख केम प्रसाद देवकोटाको भ्रष्टाचारका कारण वीरगन्ज भन्सार कार्यालय (आइसिपी) मर्कामा परेको तथ्यांकले देखाएको छ ।

अनुसन्धान प्रमुख देवकोटाले वीरगन्ज पथलैया औद्योगिक करिडोरका उधोगहरुमा दादागिरीका साथ रकम लिने गरेको तथा रकम नदिने उधोगलाई सिल गरिदिने धम्कि समेत दिने गरेको जानकारी प्राप्त भएको छ ।

अनुसन्धान प्रमुख देवकोटाले कार्यालयका शाखा अधिकृत मान सिङ्ह धामि मार्फत उधोगी हरु सङ्ग रकम असुली गर्नुका साथै अहोरात्र खटेर विभिन्न सिमानाका हरुबाट प्रहरी द्वारा समातेर ल्याइएका तस्करीका समानहरु पनि ठूलो नजराना लिइ छोड्नुले प्रहरिको इज्जत पनि धुमिल भैरहेको देखिएको छ ।

अपडेट : अज्ञात समूहको गोली बाट घाइते स्वर्णकार मृत घोषित

0

 

राजु चौरसिया // बारा कार्तिक १३
अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते बाराका रुपेश स्वर्णकार मृत घोषित भएका छन् । बाराको कलैया ६ निवासी स्वर्णकार लाई आफुले सञ्चालन गरेको बाल एकता बोर्डिङ्ग स्कुलबाट नजिकैको मदर्सा टोलमा सोमबार दिउँसो मोटरसाईकलमा आएका अज्ञात व्यक्तिहरु दुई राउण्ड गोली प्रहार गरी फरार भएका थिए ।

गोली लागेर सख्त घाईते स्वर्णकार लाई एल एस न्यूरोबाट थप उपचारका लागि वीरगञ्ज स्थित बयोधा मेडिसिटीमा लगेको तथा उपचारकै क्रममा दिउँसो करिब पौने तिन बजे स्वर्णकारलाई मृत घोषणा गरिएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कोमल शाहले बताउनुभयो ।

बारामा गोली चल्यो, विद्यालय सञ्चालक स्वर्णकार चिन्ताजनक अवस्थामा

0

राजु चौरसिया // बारा कार्तिक १३
अज्ञात समूहले बाराको कलैयामा एक प्रधानाध्यापकमाथि गोली प्रहार गरेको छ । कलैया स्थित बालएकता बोर्डिंग स्कूलका सञ्चालक कलैया–६ निवासी रुपेश स्वर्णकारमाथि आज सोमबार दिउँसो २ राउण्ड गोली प्रहार भएको बारा प्रहरीले जनाएको छ ।

बाल एकता बोर्डिङ स्कुल नजिकैको मदर्सा टोलमा अज्ञात समूहले स्वर्णकारमाथि दुई राउण्ड गोली प्रहार गरेको छ ।गोली प्रहार भएपछि घाईते स्वर्णकारलाई उपचारका लागि एलएस न्यूरो अस्पताल नौतन बहुअरीमा लगिएको प्रहरीले जनाएको छ । स्वर्णकारको टाउँको र छातीमा गोली प्रहार गरिएको तथा हाल उनको अवस्था चिन्ताजनक रहेको छ अस्पताल स्रोतले जनाएको छ । घट्ना पश्चात घट्ना स्थलमा प्रहरी परिचालन गरिएको तथा घट्नाको अनुसन्धान र घट्नामा सँलग्न व्यक्तिहरुको खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
गोली चलेपछि मदर्साटोलको जनजीवन त्रसित भएको सर्वसाधारणहरुले बताएका छन् ।

कावा मेयर खातूनको कारण पालिका अस्त व्यस्त

0

भोला यादव// रौतहट // कार्तिक १२ गते,

रौतहटको फतुवा बिजयपुर नगरपालिकाका कार्यवाहक मेयर अम्बेया खातूनको जिद्धको कारण पालिका अस्त व्यस्त बनेका छ । कार्यवाहक मेयर खातुनले आफ्नो अनुकूलका हाकीम सुरेन्द्र प्रधानलाई नै प्रमुख प्रसाशकीय अधिकृतको रुपमा हाजिर गराउन खोज्दा नगरपालिका अस्त व्यस्त बनेका हो ।

रौतहटको उतरी भेगमा रहेको फतुवा बिजयपुर नगरपालिकामा सुरेन्द्र प्रधान यस अघि पनि कार्यभार सम्भालि सकेको र आफ्नो कार्यकालमा चरम भ्रष्टाचार गरेका कारण प्रधान हाकिमको रुपमा हाजिर हुदा पालिकामा पुनः ब्रह्मलूट मचाउने भन्दै वडा नं १ देखी वडा नं ११ सम्मका वडाअध्यक्ष लगायत कार्यपालिका सदस्यहरुले प्रधानलाई हाजिर नगराउन भन्दै बिरोध गरेका छन ।
हिन्दुहरुको महान पर्व दीपावली तथा लोक आस्थाको पर्व छठ पर्वको शुभ अवसरमा वडाअध्यक्ष लगायत कार्यपालिका सदस्यहरु एका तर्फ र कार्यवाहक मेयर खातुन एकलै अर्को तर्फ रहेर विवादित बनाएका पालिकामा कार्यरत कर्मचारिहरुले तलब भत्ता न पाउदा केहि दिन अगाडी पालिकामा ताल्चा समेत लगाएका थिए ।

जन निर्वाचित मेयर निलंबन भएको मौकाको फाईदा उठाउन कार्यवाहक मेयर आफ्नो अनुकूलको हाकीम हाजिर गराई मनोमानी गर्न खोजिरहेको कार्यपालिका सदस्यहरुले आरोप लगाएका छन । कार्यवाहक मेयरका कारण लथालिङग बनेका पालिकाका कर्मचारीको तलव, वृद्ध वृद्धाका भता, पोषण भता समेत वितरण हुन सकेको छैन । साथै आम नागरिकको दैनिक सेवा समेत प्रभावित भएको तर कार्यवाहक मेयर यस प्रति गैर जिम्मेवार देखिएको वडा अध्यक्षहरुको आरोप रहेको छ ।

नेपाल सरकारको नियम अनुसार अषाढ १० गते निति तथा बजेट कार्यक्रम ल्याउने व्यवस्था रहे पनि अहिले सम्म पालिकाले नगर सभा गरी बजेट समेत प्रस्तुत गर्न सकेको छैनन । प्रत्येक महिना कार्यपालिकाको बैठक बस्ने नियम हुदाहुदै पनि लगभग २ र ३ महिना देखि एउटा पनि बैठक नबसेको र निमित्त प्रमुख प्रशासकीय अधिकृतले सूचना गर्दा आफु अर्को सूचना गरेर स्थगित गर्ने गरेको कार्यपालिका सदस्यहरुले आरोप लगाएका छन ।
उता कार्यवाहक मेयर खातुन कुनै हालतमा प्रधान बाहेकको अर्को हाकिमलाई हाजिर नगराउने अडान राखेकि छन् ।

विश्वकपमा भारतको लगातार छैठौ जित, इंगल्याण्ड १०० रनले पराजित

0

 

विरगञ्ज, कार्तिक १२

एकदिवसीय विश्वकप क्रीकेट प्रतियोगितामा भारतले लगातार छैठौं म्याच जितेको छ ।

इङ्ग्ल्याण्डले टस जितेर भारतलाइ ब्याटिङको नि्म्तो दिएपछि  पहिले ब्याटिङ गरेको भारतिय टिमले पुरै ५० ओभर खेल्दै  ९ विकेटको क्षतिमा जम्मा २२९ रन बनाएको थियो । शुरुमै नराम्रो प्रदर्शन गरेको भारतिय टिमका लागि क्याप्टेन रोहित शर्माले शानदार ८७ रन र सुर्य कुमार यादवले ४९ रन बनाउदै सम्मान जनक स्कोर खडा गरेको थियो ।२३० रनको विजयी लक्ष्य सहित मैदानमा ओर्लेको इङ्ग्ल्याण्ड्ले ३४.५ ओभर मै सबै विकेट गुमाउँदै जम्मा १२९ रन मात्रै बनाउन सकेपछी भारतले सो म्याच १०० रनको फराकिलो अन्तरले जित्दै प्वाइन्ट टेबलको शीर्ष स्थानमा पुगेको छ ।