Home Blog Page 36

बारा प्रहरी द्वारा सय बोतल कस्तुरीनष्ट

0

रंजित पाण्डे//बारा,कार्तिक १२ बारा प्रहरीले आज  आईतवार  सय बोतल रक्सी नस्ट गरेको छ |

तस्करहरुले नेपाल उत्पादित करिब सय बोतल कस्तुरी ब्रान्डको रक्सी प्लास्टिक बोरामा राखी भारत लैजाने क्रममा बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ४ स्थित सीमावार्ती गाउँ बलिरामपुरबाट प्रहरीले पक्राउ गरेकोहो | ईलाका प्रहरी कार्यालय प्रसौनीका बरिष्ठ प्रहरी हवल्दार सोनालाल पटेलको कमाण्डमा रहेको प्रहरीको नियमित गस्ती टोलीलाई हेरे पछि तस्करहरु बोरा भारी रक्सी फालेर भागेको र सो रक्सी नियन्त्रणमा लिई नस्ट गरेको ईलाका प्रहरी कार्यालय प्रसौनी का ईन्चार्ज प्रहरी निरिक्षक बोहराले जानकारी दिनु भयो |

चण्डीमाई मठको भण्डारामा सन्तहरुको व्यापक सहभगिता

0

रन्जित पाण्डेय, बारा, कार्तिक १२
बाराको प्रर्सौनी मठका महन्त जयलाल गिरी बाबाको १६औं दिनको भण्डारामा नेपाल र भारतका करिब २०० भन्दा बढी सन्त महात्माहरुको उपस्थिती रहेको छ ।
बाराको प्रर्सौनी गाउँपालिका वडा नं. ४ स्थित चण्डीमाइ मठका महन्त जयलाल गिरी बाबा ब्रम्हलिन भएको १६ औं दिनको अवसरमा शनिवार मठको प्राँगणमा भएको भण्डारामा छिमेकी भुलुक भारत सहित नेपालका विभिन्न मठ मन्दिरका करिब २०० भन्दा बढि सन्तहरुको सहभागिता रहेको भण्डारा आयोजक समितीका अगुवा बालक गिरी नागा बाबाले बताएका छन् ।


भण्डारा कार्यक्रममा सम्पुर्ण सन्तहरुको सहभागितामा ३ दिनसम्म पूजापाठ एवम पकडी प्रकृया पूरा गरी नयाँ महन्त घोषणा गर्ने कार्यक्रम रहेको भण्डारा व्यवस्थापन सकितीका अध्यक्ष प्रेमलाल गुप्ताले बताएका छन् ।

सवारी दुर्घटना बाट रौतहटमा एक जनाको मृत्यु

0

रौतहट सन्वाददाता// रौतहट कार्तिक १०

सवारी दुर्घटना बाट रौतहटमा आज शुक्रबार  एक वृद्धको ज्यान गएको छ । काठमाडौबाट मधेश प्रदेशको रौतहटको माधवनारायण नपा वडा न. ६ माधोपुर हुदै पिप्रा आउने रात्री बस बडिगार्डले माधवनारायण नगरपालिका ७ स्थित फुलबरिया गाउँमा आज बिहान करिब ५ बजेको समयमा घुर बालेर बसि रहेको समयमा अचानक बडिगार्ड नामक बसले ठाेक्कर दिदा स्थानीय ६५ वर्षिय ब्रहमदेव दासको घटनास्थल मै ज्यान गएको छ ।

सोही गाडी घरमा पस्दा सुतिरहेको अबस्थामा ५५ वर्षिय फेकु दास र ५० वर्षियय सुमित्रा देवी घाइते भएकी छिन ।
ठाेकर दिने गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको तथा घट्नाको विशेष अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

बैंक सञ्चालकहरुको दलालीले अर्थसँकट बढदै : मानव बचाउँ महाअभियान

0

वीरगञ्ज, कार्तिक १०
बैंक, लघुवित तथा सहकारी संस्थाका सँचालकहरुको दलालीका कारण देश आर्थिक सँकटमा फसेको एक कार्यक्रमका वक्ताहरुले आरोप लगाएका छन् । बैंक सञ्चालकहरु देशकै ठूलो दलाल भएको र सरकार अझै पनि यस विषयमा गम्भीर नभए कडा आन्दोलन गर्ने चेतावनी समेत उनीहरुले दिएका छन् ।
साथै सो समूहले बैंक, लघुवित तथा सहकारी संस्थाहरुको विरोधमा चेतावनी स्वरुप आज शुक्रवार विरगञ्जमा विरोध जुलुस प्रदर्शन समेत गरेकोे छ । राष्ट्र, राष्ट्रियता धर्म, सँस्कृति र मानव बचाउँ महाअभियान बारा नेपालको आयोजनामा निस्केको विरोध जुलुसले नगर परिक्रमा गरी घण्टाघरमा कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्ने क्रममा अधिकाँश बक्ताहरुले ठूलठूला नेता एवम् वर्तमान तथा पूर्व उच्च पदस्थ कर्मचारीहरु द्धारा नै सबै बैंक तथा वितीय सँस्थाहरु सञ्चालन भई जनताको ढाड सेक्नेगरी आफूखुशी ब्याज असुली गरेको कारण आज देशको अर्थतन्त्र धारासायी भएको आरोप लगाएका छन् । मिटरव्याजको नाममा सरकारले सामाजिक सौहार्दता विगाडी बैंक सञ्चालकहरुको स्वार्थ पुर्ति गर्ने खेल खेलिरहेकोले अब सर्वसाधारण जनता यसको विरोधमा लाग्नुपर्ने आवश्यक्ता रहेको समेत उनीहरुको ठम्याई छ ।

सई तुराहालाई ७ दिनभित्र कारवाही नगरे कडा सँघर्ष गर्ने पर्सा काँग्रेसको चेतावनी

0

वीरगञ्ज, कार्तिक १०
वीरगञ्ज महानगरपालिका वडा नं.७ का वडाध्यक्ष लाई कुटपिट गरि आँखा फुटाई दिएका प्रहरी नायब निरीक्षक तुराहालाई ७ दिनभित्र कारवाही नगरे कडा आन्दोलन गर्ने नेपाली काँग्रेस पर्साले चेतावनी दिएको छ ।
वडाध्यक्षलाई कुटपिट गरेको प्रहरीलाई कारवाहीको माँगगर्दै नेपाली काँग्रेस पर्साले आज विरगञ्जमा विरोध प्रदर्शन समेत गरेको छ । काँग्रेस पर्साका कार्यवाहक अध्यक्ष रामनारायण कुर्मीको नेतृत्वमा घण्टाघरबाट निस्केको नाराबाजी सहितको विरोध र्याली जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो भने कार्यवाहक अध्यक्ष कुर्मीले पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाउँदै घट्नाका दोषी नगवा ईलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक (सई) रवीन्द्र साह तुरहालाई ७ दिनभित्र कारवाही गर्न आग्रह गर्दै त्यसो नगरिए कडा सँघर्ष गर्ने चेतावनी समेत दिएको नेपाली काँग्रेस पर्साले जनाएको छ ।

गत कार्तिक ५ गते बडादशैं अन्तर्गत अष्टमीको रातीमा रेल्वेरोडस्थित हनुमान मन्दिरमा भईरहेको धार्मिक भजनकिर्तनमा प्रहरीले हस्तक्षेप गर्नखोज्दा वडाध्यक्षको नाताले त्यसो नगर्न आग्रह गरेपछि नेपाली काँग्रेसबाट निर्वाचित विरगञ्ज वडा नं.७ का वडाध्यक्ष हिराकाजी महर्जनलाई पुरानो रिसिवीका कारण सई तुरहाले कुटपिट गरी रातभरी थुनामा समेत राखेका थिए । प्रहरीको कुटाईबाट वडाध्यक्ष महर्जनको आँखामा गम्भीर चोट लागेको र हाल उनको उपचार भईरहेको पारिवारीक स्रोतले बताएको छ ।
विरोध र्यालीमा प्रदेश सभा सदस्य श्याम पटेल, नेपाली काँग्रेस पर्साका उप सभापति अशोक गुप्ता, सचिव द्धय दिनेश चौधरी र ईम्तियाज आलम, पर्सा प्रबक्ता रमेश पाण्डे, क्षेत्रिय सभापति महम्मद सहाबुदिन लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

कार्तिक ११ गते शनिवार खण्डग्रास चन्द्रग्रहण लाग्दै

0

वीरगञ्ज, कार्तिक १०
भोली कार्तिक ११ गते शनिवार खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ः१९ बजेदेखि नै सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितीले जनाएको छ ।

अमेरिकी सेनाद्धारा सिरियाको सैन्य अखाडामा आक्रमण

0

वीरगञ्ज, कार्तिक १०
अमेरिकी सेनाले पूर्वी सिरियाको दुई सैन्य अखाडामा आक्रमण गरेको छ । अमेरिकी रक्षामन्त्री लोयर्ड अस्टनले यो हवाई आक्रमण ईराक र सिरियामा रहेका अमेरिकी सेनाको आत्मरक्षाका लागि गरेको बताएका छन् ।साथै अमेरिकी सेनामाथिको ईरान समर्थित आक्रमण कदापी स्वीकार्य नहुने र यसलार्ई तत्काल रोकिने समेत रक्षामन्त्री लोयर्डले बताएका छन् ।
गाजामा तनाव बढेपश्चात सिरियामा ४ पटक र ईराकमा १२ पटक अमेरिकी सैनिक क्याम्प माथि आक्रमण भएको र सो आक्रमणमा परी २१ अमेरिकी सैनिक घाईते भएको जानकारी प्राप्त भएको छ । हाल सिरियामा ९०० र ईराकमा २ हजार ५ सय अमेरिकी सैनिक तैनाथ रहेका छन् ।

प्रहरीकै संरक्षणमा बारामा तस्करी भैरहेको पोल खुल्दै

0

राजु चौरसिया, बारा, ०८ कात्तिक // बारा जिल्लाका बिभिन्न नाकाहरुबाट तस्करी धन्दा मौलाउनुको मुख्य कारण प्रहरी नै रहेको पुष्टि हुँदैछ । इलाका प्रहरी कार्यालय सिम्रौणगढका प्रमुख प्रहरी निरीक्षक रबिभुषण यादव र प्रहरी सहायक निरीक्षक अमृत यादवको मिलोमतोमा तस्करी धन्दा मौलाउदै गएको बारे एक घटनाले पुष्टि गरेको हो ।
प्रहरी निरीक्षक रबिभुषण यादव इलाका प्रहरी कार्यालय सिम्रौणगढको जिम्मा पाए दिनदेखी नै तस्करका नाइकेहरु संग समन्वय गर्दै तस्करी धन्दा चलाउदै आएको रहस्य बाहिरिएको छ । संगठनमै आफ्नो राम्रो पहुँच रहेको कारण जिल्लाका प्रमुखले केही गर्न नसक्ने घुर्कि लगाउदै तस्करी धन्दा चलाउदै आएको भनी मंगलवारको घटना बाट सर्वसाधारण सशन्कित भएका छन  ।
मंगलवार राति करिब ८ बजेको समयमा भारतबाट अवैध तरिकाले नेपाल भित्रिदै गरेको लाखौ बराबरको कपडा स्थानीयले पक्राउ गरी स्थानीय प्रहरी चौकी कचोर्वामा खबर गरेका थिए । प्रहरी चौकी कचोर्वाका प्रमुख प्रहरी सहायक निरीक्षक अमृत यादवले खबर पाउनासाथ इलाका प्रहरी कार्यालय सिम्रौणगढका प्रमुख प्रहरी निरीक्षक रबिभुषण यादवलाई खबर त गरे  तर प्रहरी निरीक्षक यादवकै आदेशमा प्रहरी सहायक निरीक्षक अमृत यादवले मोवाइल नै स्विच अफ गरेको बारे रहस्य बाहिरिएपछि प्रहरी निरीक्षकको समेत संलगन्ता भएको पुष्टि हुन्छ ।
स्थानीयले पक्राउ गरेको कपडा बारे जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेलाई जानकारी हुनसाथ स्थानीय प्रहरी चौकीका प्रमुखलाई बारम्बार सम्पर्कमा आउन आदेश गरेपनि सम्पर्कमा नआएको प्रहरी श्रोत बताउछन । घटना स्थलमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोली पुगेपनि स्थानीय प्रहरी चौकीबाट कुनै किसिमको टोली घटना स्थलमा पुग्न नसकेको कारण प्रहरी सहायक निरीक्षक अमृत यादवलाई जिल्ला प्रहरी कार्यालय बारामा झिकाईएपनि इलाका प्रहरी कार्यालय सिम्रौणगढका प्रमुखलाई झिकाइएको थिएन ।
यस बिषयमा सत्य तथ्य बुझन बुधवार बिहान हाम्रा सहकर्मी घटना स्थलमै पुगेका थिए । घटना स्थलमा अनुगमन गर्न पुगेका पत्रकारहरु समक्ष स्थानीयहरुले दिनभर सुनशान देखिने कचोर्वा र सिम्रौणगढको नाकाबाट रातभरी तस्करी कार्य सुचारु रहेको दुखेसो पोखे । प्रहरी मात्र रकममा सिमित हुने गरेको, स्थानीयले दुखेसो पोखे । तस्करी धन्दाले मुलुकको राजस्वमा त कमि हुने नै गरेको तर रातभरी सुत्न समेत कठिनाई हुने गरेको दुखेसो पोखे । स्थानीय प्रहरी चौकीदेखी प्रदेश प्रहरी कार्यालय लगायत नेपाल प्रहरी संगठन नै तस्करहरुले चलाउने गरेको आरोप स्थानीयहरुको रहेको छ ।
तस्करी धन्दा सुचारु राख्न अहम भुमिका निर्वाह गरेका प्रहरी निरीक्षक रबिभुषण यादवले राजनीति दलका एक नेता र प्रदेश प्रहरीका प्रमुख डिआईजी जनक भट्टराईको आर्शिवादले कानुनी कारवाहीबाट बच्न खोजिएको प्रहरी श्रोत बताउछन । यस बिषयमा नेपाल प्रहरी संगठनका प्रमुख आईजीपि बसन्त कुवरले चासो देखाउने हुन की तस्करकै इशारामा काम गर्ने हुन, हेर्न बाकी रहेको छ ।

बर्षको एकदिन मात्र खुल्ला गरिने तलेजुभवानी मन्दिर खुल्ला, भक्तजनको व्यापक भिड

0

वीरगञ्ज, कार्तिक ६
आज सोमवार बडादशैंको नवमी तिथी शक्तिपिठहरुमा माता सिद्धिदात्रीको पूजा पाठ एवम् अनुष्ठान हुँदै छ । महानवमीका दिन दशैंघर र कोत लगायत देवी मन्दिर र शक्तिपिठहरुमा बोका,हाँस, राँगा तथा कुखुरा कोबलि दिई देवीको पूजा अनुष्ठान गर्ने र स्तोत्र वाचन गर्ने परम्परा रहेको छ ।
साथै वर्षमा एक दिन मात्र खुल्ला गरिने तलेजु भवानीको मन्दिर आज नवमीको दिन खुल्ला गरिएकोे छ । मन्दिर खुल्ला गरिएसगै भवानीको दर्शनका लागि आज विहानैदेखि हनुमानढोका दरबारमा श्रद्धालुहरुको लाईन लागेको छ । नेवार समुदायले ईष्ट देवताको रुपमा पुज्ने गरेको तलजेजु भवानीलाई फुलापातीको दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याई ५४ बोका र ५४ राँगाके बलिदिइएको तथा भोली विजयादशमीको दिन विहान मूलगेटमा फर्काइनेछ ।

विराटको शानदार प्रदर्शन सँर्ग विश्वकपम भारतको लगातार पाँचौ जित

0

 

वीरगञ्ज, कार्तिक ६
एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत आईतवार भारतले न्यूजिल्याण्डलाई ४ विकेटले पराजित गरेको छ । यो जित सँगै भारतले विश्वकप २०२३ मा लगातार पाँचौ जित दर्ज गरेको छ । टस जितेर पहिले फिल्डिङ्ग गर्ने निर्णय लिएको भारतलाई न्यूजिल्याण्डले व्याटिँग गर्दै २७४ रनको विजय लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ्गमा ओर्लेको भारतको सुरुवात राम्रो भएपनि रोहित शर्मा र सुभमन गिल आउट भएसँगै मध्यसमयमा भारतीय टिम निकै दबाबमा देखियो तर विराट कोहलीको शानदार प्रदर्शन सँगै भारतीय टिम जित पक्का गरेको थियो ।