Home Blog Page 42

कलैयाका सुन व्यापारी शिवकुमार पक्राउ, ३ दर्जन व्यापारी प्रहरीको निगरानीमा

0

अवैध सुन प्रकरणमा लामोसयम देखि संलग्न रहदै आएका बाराका व्यवसायी शिवकुमार सरार्फ पक्राउ परेका छन् । ६० किलो सुन प्रकरणमा सरार्फ पक्राउ परेको प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतले जानकारी दिए ।

शिव कुमार सरार्फ बारा जिल्ला सुनचाँदी व्यवसायी संघका अध्यक्ष हुन् । त्रिभुवन विमानस्थलबाट बरामद सुन तस्करीमा उनको पनि संलग्नता भेटिएको पाइएपछि बिहीबार बेलुका पक्राउ गरिएको डिआइजी कडायतले जानकारी दिए ।

पक्राउ परेका सफरलाई सिआइबीको नियन्त्रणमा राखिएको र आजै म्याद थपका लागि अदालत उपस्थित गराइने उनले बताए । योसँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ । प्रहरीले वीरगञ्ज देखि इटहरी सम्मका करिव ३ दर्जन कारोवारीलाई निगरानीमा राखेको छ ।

कलैयाका व्यापारी शिवकुमार सरार्फ पक्राउ परेपछि वीरगञ्जमा सुनचाँदीको अवैध कारोवारमा संलग्नहरुमा खैला वैला मच्चिएको छ । वीरगञ्ज, कलैया, गौर, मंलगवा, जलेश्वर, जनकपुर, लाहान, विराटनगर र इटहरीमा रहेका करिव तीन दर्जन सुनचादीको कारोवारमा संलग्न तश्करहरु भागाभाग भएको छ ।

यसअघि यही प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई पक्राउ गरिएको थियो। त्यस्तै पूर्वउपराष्ट्रपतिका नन्दबहादुर पुनका छोरा दिपेश पुनसँग पनि सोधपुछ गरिएको छ।

गत साउन २ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । साभार : रेस खबर

पर्सागढी–३ मा निर्मित राधाकृष्ण मन्दिरको सांसद चौरसिया द्धारा उदघाटन

0

वीरगंज २० भदौ ।
पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नं. ३ रामटोल स्थित नव निर्मित राधाकृष्ण मन्दिरको पर्सा क्षेत्र नं २ का सांसद अजय चौरसियाले उदघाटन गरेका छन ।
पर्सा क्षेत्र नं २ (१) का प्रदेश सभा सदस्य श्याम पटेलको संसदीय बिकास कोषबाट १५ लाख र अन्य चन्दादाताहरुको सहयोगमा निर्मित मन्दिरको बुधवार कृष्ण अष्ट्मीको उपलक्ष्यमा प्राण प्रातिषठा गरिएको श्री राधाकृष्ण मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष शम्भु कुवरले बताए ।
सो मन्दिरलाई उदघाट्न गर्दै प्रमुख अतिथी सांसद चौरसियाले भगवान कृष्णको जन्म भएको दिनको अवसरमा मन्दिरको उदघाट्न गर्ने मलाई शौभाग्य प्राप्त भएकोमा खुशी व्यक्त गरे ।
सो कार्यक्रममा बिशिष्ट अथिति प्रदेश सांसद श्याम पटेल, नगर प्रमुख गोकर्ण पाठक, बहुदरमाई नगरपालिकाका पुर्व नगर प्रमुख नितेन्द्र साह, पर्सागढी नगरपालिकाका पुर्व नगर प्रमुख लोकनरायण यादव, ने.का. पर्सा सह–सचिव मदन यादव, क्षेत्रीय नं.२ का सभापति मो.साहबुद्दिन, बैकुण्ठ श्रीवास्तव लगायतको सहभागीता रहेको जनाईएको छ ।

यादव नेतृत्वको अनुगमन टोलीले अवैध रुपमा सञ्चालित थप दुई वटा कलेजमा गर्यो सिलबन्दी

0

 

वीरगन्ज१९ भदौं

वीरगन्ज महानगरपालिकाको नियमन समितिको अनुगमनले मंगलबार पनि अनुमति बिना सञ्चालित दुई वटा कलेजमा सिलबन्दी गरेको छ ।
महानगरद्वारा गठित नियमन समितिले गत बुधबार देखि वीरगञ्जमा अनुमति बिना सञ्चालित कलेजहरुमा पुगेर सिलबन्दी गर्न थालेको छ ।
आज मंगलबार पनि दुई वटा कलेजमा सिलबन्दी गरेको हो ।

नियमन समितिका संयोजक ईश्वरचन्द्र यादवको नेतृत्वममा छ मंगलबार खटिएको टोलीले वीरगन्ज– ८ स्थित युनिभर्सल प्लस टु कलेज र प्रिसटोन मोडेल एकेडेमीमा सिलबन्दी गरेको हो ।

यसअघि सोमबार पनि उक्त टोलीले वीरगन्ज १६ गहवास्थित माईस्थान बाल विद्या मन्दिर इन्दु लाखे आधारभूत विद्यालयमा अवैध रूपमा सञ्चालित अन्नपूर्ण कलेज र वडा नम्बर ११ स्थित युनिभर्सल एकेडेमी कलेजमा सिलबन्दी गरेको थियो ।भदौ १३ गते पनि वीरगन्ज महानगरकै अनुगमन टोलीले आवश्यक अनुमति नलिएको भन्दै वीरगन्ज स्कूल अफ ल, इम्पेरियल कलेज र बिजी बी किड्समापनि सिलबन्दी गरेको थियो ।

कलेज सञ्चालनका लागि आवश्यक अनुमति नलिएका मध्ये मंगलबारसम्म ७ वटा कलेजमा सिलबन्दी गरिएको समितिका संयोजक यादवले बताए ।

हुण्डीमा संलग्न राज साह छानबिन समितिलाई प्रभावमा पार्न प्रयासरत्त रहेको खुलासा, सोमबार पक्राउ परेका भरिया रायलाई छोडाउन तछाडमछाड

0

वीरगंज । हुण्डी माफियाको नामले परिचित राज साह तेली र एसएसपी बेलबहादुर पाण्डे बीचको अडियो रेकर्ड सञ्चारमाध्यमहरुमा सार्वजनिक भए पछि प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागका डिआईजी सुरेन्द्र मैनालीको नेतृत्वमा छानबिन समिति गठन गरेको सर्वविदितै नै छ ।
नेपालको अर्थतन्त्र तहसनहस पार्ने धमिराको रुपमा रहेका राज साह तेलीले मैनाली नेतृत्वको छानबिन समितिलाई प्रभावमा पार्ने प्रयासरत्त रहेको स्रोतले जनाएको छ । भारतको रक्सौल निवासी अमरिस, सन्नी महतो, बब्लु राज, सोनु सर्राफ, गान्धी गुप्ता कलवार, अनुराग लगायतको हुण्डी साहुको अबैध रकम लिएर आउने भरियाहरुलाई बेला–बेलामा चौक–चौकबाट प्रहरीले समातेर जिल्ला प्रहरी कार्यालय पर्सा वा बारामा बुझाउंदा राजले प्रहरी कार्यालयमा पुग्ने गर्ने गरेका छन् ।
प्रहरी कार्यालयका जिम्मेवार व्यक्तिहरुलाई पहिला देखि नै महिनवारी निश्चित रहेको हुनाले ती जिम्मेवार व्यक्ति र राज साह बीच छलफल हुन्छ र सो छलफल पश्चात एउटा नजिर निकालेर हुण्डी भरियाहरुलाई छोडाउने काम हुन्छ ।
हुण्डी भरियाहरुलाई छोडाउने अभियानमा राजले वीरगंजका केही बैंकका म्यानेजर, मनी चेन्जर, आईएमईहरुलाई सेटिङ्गमा मिलाई राखेको हुनाले भरियाहरु पक्राउ परे पश्चात प्रहरीकै सल्लाहमा कहिले बैंकबाट रकम निकालेको स्टेटमेन्ट पेश गर्दछन् कहिले मनी चेन्जर त कहिले आईएमईबाट ल्याएको प्रमाण पेश गरेर भरियाहरुलाई छोडाउने गरेको स्रोतको भनाई रहेको छ ।
यदि कुनै बेला प्रहरीबाट भरियाहरुलाई उन्मुक्ति हुने अप्ठ्यारो भएको अवस्थामा सेटिङ्गमै जिल्ला सरकारी वकिलको कार्यालयबाट भरियाहरुलाई उन्मुक्ति दिने कार्य हुने गरेको स्रोतको कथन रहेको छ । सरकारी वकिलको कार्यालयबाट पनि अप्ठ्यारो भएको अवस्थामा सेटिङ्गमा नै सम्मानित अदालतबाट पनि धरौटीमा छोडाउने कार्य राजले नै गर्ने गरेको बताईन्छ ।
प्रहरी प्रशासनले हुण्डी कारोबारीहरुको भरियाहरुलाई समातने वा अन्य कुनै प्रशासनिक समस्या भएमा मध्यस्थकर्ताको भुमिका निभाई छोडाई दिने भन्दै मासिक २२ लाख लिने गरेको समाचार स्रोतले बताउदंछ । सर्लाही निवासी राजले वीरगंजको रानीघाटमा न्यु राज होजियारी फर्म खोली देखावटी रुपमा काम गर्दै आए पनि उनको मुख्य कारोबार हुण्डी संग नै जोडिएको स्रोतको कथन रहेको छ ।
बारा जिल्लाको प्रसौनी निवासी सुभाष साह तेलीले भारतीय हुण्डी कारोबारीहरु संग कुरो मिलाई राजको जिम्मा दिने गरेको बताईन्छ । सुभाष साहको आफ्नै वैष्णो आईएमई रहेको छ । जुन उनको बुवाको नाममा रहेको बताईएको छ । जसको खुल्ला रुपमा कही कतै कार्यालय देखिएको छैन् ।
उनी हुण्डीकै लागि घरभित्रैबाट भुमिगत तरिकाले आईएमई सञ्चालन गर्ने गरेको बताईन्छ । पेशाले सुभाष शिक्षक भए पनि उनको मुख्य कारोबार हुण्डी नै हो । उनका भाई रंजित साह भन्ने रामेश्वर साह हुण्डीकै कारोबारमा संलग्न रहेको बताईन्छ ।
हुण्डी कारोबारीको नामले चर्चा पाईसकेका राज साहले बरिष्ठ प्रहरी उपरिक्षक बेल बहादुर पाण्डे बीचको अडियो रेकर्ड केही सञ्चारमाध्यममा सार्वजनिक भएको थियो । सो समाचारलाई बरिष्ठ प्रहरी उपरिक्षक पाण्डेले व्यक्तिगत कारोबारको हिसाबलाई हुण्डी संग जोडेर भ्रमपूर्ण समाचार सम्प्रेण गरिएको भन्दै आपत्ति जनाएका थिए ।
पाठकवृन्द, यहांहरु आफै सोंच्नोस । राज साह तेली र बरिष्ठ प्रहरी उपरिक्षक बीच कस्तो व्यक्तिगत सम्बन्ध हुन सक्छ ? पटक–पटक भएको कुराकानी अडियो रेकर्ड सार्वजनिक भईसकेको छ । राज साह तेलीले सञ्चालन गरेको न्यु राज होजियारीमा टाई, बेल्ट, आईकार्ड, होलोग्राम, टिसर्ट, स्विटर लगायतका युनिफर्महरु बन्ने गरेको छ ।
के बरिष्ठ प्रहरी उपरिक्षक पाण्डेले लाखौं लाखको राज होजियारी संग युनिफर्महरु खरिद गरेका छन् त ? पर्सामा एसएसपी पाण्डे एसपी हुंदा हुण्डी र सुन कारोबारीहरु निकै सल्बलाएका थिए । हुण्डी कारोबार संग जोडिएका राज साह तेलीको पार्टनरको रुपमा रहेका अजित साह र सुभाष साहले करोडौं करोड कमाएका छन् र अझ पनि कमाउने गरेको स्रोतको कथन रहेको छ ।
अझ पनि पर्सा र बारा प्रहरी संग सुमधुर सम्बन्ध बनाएर बसेका राज, अजित र सुभाष साह माथि नियमनकारी निकायले छानबिन गरी यथाशिघ्र कारवाही प्रक्रिया अगाडि नबढाउंदा सचेत नागरिकहरु आश्चर्यमा रहेका छन् ।
यसैबिच सोमबार बिहान करिब ११ बजेको समयमा रक्सौलबाट वीरगंज तर्फ आईरहेका जिल्ला पूर्वी चम्पारण रक्सौल नगरपंचायत वडा नं. २० डुमरियाटोला निवासी वर्ष २७ को हुण्डी भरिया बब्लु रायलाई भन्सार गेट अगाडिबाट सशस्त्र प्रहरी भन्सारले ३ लाख ५० हजार नेपाली र भारु ७० हजार सहित पक्राउ गरेको छ ।
उनको झोला चेकजांच गर्दा एभरेष्ट बैंक लिमिटेडको दुई वटा चेक एउटा १ लाख र अर्को ७० हजारको चेक फेला परेको छ । अर्को चेक सिद्धार्थ बैंक लि.को ४ लाख ५० हजारको रहेको स्रोतले जनाएको छ । रायले रक्सौलबाट BR05 U 3978 नम्बरको मोटरसाईकल चढी वीरगंज तर्फ आउदै गर्दा पक्राउ परेको स्रोतको कथन रहेको छ ।
सशस्त्र प्रहरी भन्सारले नगद रुपैया, चेक, मोटरसाईकल, तारेख पर्चा र राय सहितलाई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाउन खोज्दा जिल्लाले कुनै कारणवस बुझन नमानेपछि रायलाई वडा प्रहरी कार्यालय बिर्तामा बुझाई राखिएको स्रोतले जनाएको छ ।
यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता दिपक गिरी संग बुझ्दा आफुलाई केही थाहा नभएको प्रतिक्रिया दिए । पक्राउ परेका भरिया बब्लु राय रक्सौलका हुण्डी साहु अमरिसको रकम लिएर आईरहेको स्रोतको दाबी रहेको छ ।
बब्लुलाई छोडाउन राज साहले तछाडमछाड गरिराखेको स्रोतको भनाई रहेको छ । पक्राउ परेका राय यसभन्दा अगाडि पनि हुण्डी कारोबारमा नै पक्राउ परी सम्मानित जिल्ला अदालत पर्साबाट धरौटीमा छुटेका व्यक्ति हुन् । उनको पुरानो तारेख अझै पनि जारी रहेको स्रोतको भनाई रहेको छ ।
राज होजियारीले राजस्व छल्दै
वीरगंजको रानीघाट जिल्ला प्रशासन कार्यालय नजिक रहेका न्यु राज होजियारीले वीरगंजका करिब ७५ प्रतिशत विद्यालय र कलेजहरुको टाई, बेल्ट, आईकार्ड, होलोग्राम, टिसर्ट, स्विटर, कोर्ट लगायतका युनिफर्महरु बनाउने गरेको छ ।
विद्यालय र कलेजहरुलाई मोटो रकम कमिशन दिएर आफ्ना फर्ममा काम लिदै गरिरहेको स्रोतको भनाई रहेको छ । उनी कारोबार गर्दा नेपाल सरकारको करोडौं करोड राजस्व छल्ने गरेको बताईन्छ ।
उनको राजस्व छली कार्य “दिन दु गुना रात चौगुना” भईरहे पनि आन्तरिक राजस्व कार्यालय पर्सा, राजस्व अनुसन्धान कार्यालय पथलैया लगायतका नियमनकारी निकायले छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउदां राज होजियारी जस्तै खुलेका अन्य फर्महरु दांतले औला टोक्न बाध्य भएका छन् । साभार : पर्दाफास डेली

एसिया कपमा भारतविरुद्धकाे खेलमा पराजित भएपनि नेपाललको सम्मानजनक प्रदर्शन

0

वीरगन्ज । एसिया कप क्रिकेटमा साेमबार भारतविरुद्ध भएकाे खेलमा पराजित भएपनि नेपालले सम्मानजनक प्रदर्शन गरेकाे छ।

श्रीलंकाकाे क्यान्डीस्थित स्टेडियममा समूह ‘ए’ को अन्तिम खेलमा नेपाल भारतसंग १० विकेटले पराजित भएकाे छ ।

वर्षाले पटक-पटक अवरोध गरेपछि डीएलएस विधिअनुसार भारतले २३ ओभरमा १४५ रनको लक्ष्य पाएको थियाे ।उक्त लक्ष्य भारतले २०.१ ओभरमा विना कुनै विकेटकाे क्षतिमा पुरा गरेकाे हाे ।भारतका लागि कप्तान राेहीत शर्माले अविजित ७४ र शुभम गिललेअविजित ६७ रनकाे याेगदान दिए।

त्यसअघि टस हारेर पहिले व्याटीङ गरेकाे नेपालले ४८ ओभर २ बलमा आउट हुदै दिएको २३० रन बनाएको थियाे । त्यसपछि २३१ लक्ष्य पछ्याउने क्रममा भारतले २.१ ओभरमा १७ रन बनाएको थियो । त्यसपछि खेल वर्षाले रोकिएको थियो ।

नेपालले व्याटीङ गर्ने क्रममा कुशल भुर्तेल र आसिफ शेखले १० ओभरभित्र ६५ रन जोडी नेपाललाई दिलाएको राम्रो सुरुवात मध्यक्रमका ब्याटरले इनिङ्स तानेका थिए । कुशलसहित भीम सार्की, कप्तान रोहित पौडेल र कुशल मल्ल छोटो समयमा आउट भए पनि आसिफ शेखले संयमतापूर्वक खेल्दै अर्धशक पूरा गरेका थिए ।

आसिफले ८८ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । उनले ९७ बल खेली ८ चौका प्रहार गर्दै कुल ५८ रन बनाए ।कुशल भुर्तेलले २५ बलमा ३८ रन बनाए ।उनले ३ चौका र २ छक्का प्रहार गरे । कुशलले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो १ हजार रन पूरा पनि गरे।रोहित र आसिफपछि एकदिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गर्ने उनी तेस्रो खेलाडी हुन् ।

भीम सार्कीले १७ बल खेली ७ रन बनाए । रवीन्द्र जडेजाको बल ड्राइभ गर्न खोज्दा उनी स्टम्पआउट भए । कप्तान रोहित पौडेलले ५ रनमात्र बनाउन सके । जडेजाको बलमा उनले स्लिपमा भारतीय कप्तान रोहित शर्मालाई क्याच दिन पुगे ।

गुल्शन झाले ३५ रन बनाउँदै आसिफलाई राम्रो साथ दिए । उनले ३ चौका प्रहार गरेका थिए । दीपेन्द्र ऐरीले पनि उपयोगी २९ रन बनाए । उनले २५ बल खेल्दै ३ चौका प्रहार गरे ।

सोमपाल कामीको ४८ रनमा नेपालले २ सय रनको स्कोरलाई पार गरेको थियो । उनले ५६ बल खेली १ चौका तथा पाण्ड्या र सिराजलाई १–१ छक्का प्रहार गरेका थिए ।सन्दीप लामिछाने ९ रनमा रनआउट भए । करण केसी २ रनमा अविजित रहे भने ललित राजवंशी शून्यमा आउट भए ।बलिङ तर्फ भारतका रविन्द्र जडेजा र महम्मद सिराजले ३–३ विकेट लिएका थिए ।

जितसंगै भारत समुह ए बाट सुपर फाेरमा प्रवेश गरेकाे छ भने पराजय व्यहाेरेकाे नेपाल समुह चरणबाटै बाहिरिनु परेकाे छ ।

जडेजाले १० ओभरमा ४० र सिराजले ९.२ ओभरमा ६१ रन खर्चे । मोहम्मद शामी, पाण्ड्या र शार्दुल ठाकुरको नाममा १–१ विकेट रहयो ।साभार : रातो पाना

इश्वरचन्द्र यादव नेतृत्वको अनुगमन टोलीले गरे अन्नपूर्णा र युनिभर्सल कलेजमा सिलबन्दी

0

वीरगञ्ज १८ भदौ /
वीरगञ्ज महानगरद्वारा गठित नियमन समितिका संयोजक इश्वरचन्द्र यादब नेतृत्वको टोलीले वीरगञ्जको श्री माईस्थान बाल विद्या मन्दिर इन्दुलाखे आधारभूत विद्यालय गहवामा रहेको अन्नपूर्णा कलेज र श्रीपुर फुलवारी टोलमा रहेको युनिभर्सल कलेज अवैध रूपमा कलेज संचालनमा रहेको सुचना पाए पछि वीरगञ्ज महानगरपालिकाको अनुगमन टोलीले कलेजमा सिलबन्दी गरेको छ ।

महानगरबाट अनुगमन गर्न पुगेका टोलीले कलेज सञ्चालनका लागि आवश्यक कागजात तथा अनुमतिपत्र नलिएको भेटे पाछि कलेजमा सिलबन्दी गरेको हो ।

सो अनुगमनमा जिल्ला समन्वय समिति पर्साका सभापति निरञ्जन साह सोनार, वडा नम्बर १६ का वडा अध्यक्ष प्रशुराम चौरसिया, शिक्षा महाशाखाका अधिकृत सृर्जना बुढाथोकी, महानगर प्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी ईन्चार्ज हरि भुषाल, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि ब्रह्मदेब प्रसाद यादब लगायत सञ्चारकर्मी एवम् जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

कृषि मन्त्री भुसाल र रसियन राजदूत बीच शिष्टचार भेटघाट

0

काठमाडौं।
कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र रसियाका राजदूत एलेक्सी नोभिकभ बीच शिष्टचार भेटघाट भएको छ ।

सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मन्त्री भुसाल र राजदूत नोभिकभ बीच शिष्टचार भेटघाट भएको हो ।

भेटमा मन्त्री भुसालले दुई देश बीचको सहकार्यलाई प्रबर्द्धन गर्दै व्यापार, लगानी, ऊर्जा र पर्यटनको क्षेत्रमा महत्वपूर्ण भूमिका रहने बताए । साथै दुबै देश बीचको सहकार्यले पूर्वाधार र परिवहन क्षेत्रमा अधिक महत्वपूर्ण भूमिका रहने औल्याए ।

रुसको लगानी कृषि तथा कृषिजन्य क्षेत्रमा हुने आशावादी रहेको बताउँदै मन्त्री भुसालले कोभिड–१९ महामारीका कठिन समय र २०७२ सालको भूकम्पमा रुस र रुसी जनताले गरेको सहयोग प्रति मन्त्री भुसालले आभार व्यक्त गरे।

राजदूत नोभिकभले नेपालको चिया, कफी, कृषिजन्य जडिबुटीलाई रसियामा राम्रो माग रहेको भन्दै निर्यात गर्न सकिने बताए ।
रसियाले कृषि क्षेत्रमा निकै ठूलो प्रगति गरेको उल्लेख गर्दै पछिल्लो ५ बर्षमा खाद्यान्न र कृषि औजार निर्यात गर्न सक्ने अवस्थामा पुगेको अनुभव सुनाए । नेपालले औपचारिक माग गरेको अवस्थामा रसिया जुनसुकै सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाए ।
दुई देश बीचको आपसी हितमा काम गर्नका लागि वर्किङ गु्रप गराउने तयारी भएको समेत बताए । यसले दुई देश बीचको व्यापार, कृषि र प्रविधिको क्षेत्रमा के कस्तो काम गर्न सकिन्छ सुझाव आदानप्रदानमा सघाउ पुग्ने बताए ।

केही रसियन उद्योगीहरुले नेपालमा आफ्नो लगानी गर्न चाहेकाले यसका लागि आवश्यक सहजिकरण गरिदिन पनि मन्त्री समक्ष उनले आग्रह गरेका छन् ।

लोकतान्त्रिक मुस्लिम संघ पर्सामा नयाँ नेतृत्व चयन

0

 

वीरगञ्ज १८ भदौ

लोकतान्त्रिक मुस्लिम संघ पर्सामा नयाँ नेतृत्व चयन
भएको छ । वीरगन्जको सुगैलीमा आयोजित एक कार्यक्रममा आज मुसाफिर अन्सारीको नेतृत्वमा ११ सदस्य समिती चयन भएको नगर अध्यक्ष शेख फिरोजले बताए ।

पर्साको सुगैली वडा नम्बर २६ मा आयोजना गरिएको कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष पुर्सोतम लाल झा को प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कमिटी गठन गरिएको छ ।
उत्त कार्यक्रमा पार्टीका उपाध्यक्ष सन्तोश तिवारी , केन्द्रिय सद्स्य नेजामुदिन समानी , मैलाना साबिर , राम चन्द्र पन्डित,लाल बाबू प्रसाद कुर्मी र अनिरुध कलवारको विशेष उपस्थि रहेको थियो ।

कार्यक्रम लाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष पुर्सोतम लाल झाले आगामी दिनमामा संगठनलाई सबैको सहयोगमा चुस्त दुरुस्त आजै देखि लागि पर्ने नव अध्यक्ष लाई निर्देश दिनु भयो ।
कार्यक्रममा पर्सा जिल्ला बाट करिव ३००जनाको सहभागीता रहेको नगर अध्यक्ष शेख फिरोजले बताए।

नेपालका लागी नेपाली पार्टीको रक्तदान कार्यक्रममा ७० जना सहभागी

0

बीरगंज १६भाद्र
नेपालका लागी नेपाली पार्टी पर्सा जिल्ला समिति द्वारा आज बीरगंज घन्टाघर चौकमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरेका थिए। पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मीको अगुवाईमा भएको कार्यक्रममा रक्तदान गर्नेहरुमा संतोषानन्द महाराज, राकेश साह, अग्नी प्रसाद भुसाल, राजाबाबू चौरसिया, प्रणय सिन्हा, अनिल कुर्मी, आनन्द सिंह, पारस दुबेदी, रोहित पटेल, संदीप पटेल, धीरेन्द्र यादव, सुबास पटेल, रामाबाबू अधिकारी, महमद रियाज, सागिर अंसारी, संतोष कुशवाहा, विकास पटेल, अरविंद चौधरी, उमेश साह, विनय साह, संजीव कांत झा, कृष्ण कांत झा, अंकित शाक्य, रबी मिश्रा, पुस्कर तिवारी, रितेश गुप्ता, दीपु गिरी, चन्द्रकांत पासवान, जितेन्द्र चौधरी सहित ७० जनाले रक्त एलदान गरेका थिए।
घन्टाघरमा भएको कार्यक्रममा नेपालका लागी नेपाली पार्टीका केन्द्रीय अध्यक्ष संतोषा नन्द महाराज, सचिव तुलसी पौडेल, प्रवक्ता अग्नी प्रसाद भुसाल, केन्द्रीय सदस्यहरु बिनोद कुर्मी, पिया सिंह, मधेस प्रदेश उपाध्यक्ष मुना गुप्ता, सह-सचिव रामप्रसाद कुर्मी, कोषाध्यक्ष पारस दुबेदी, प्रबक्ता डा.विकास पटेल, मधेस प्रदेश सदस्य विभा साह, पर्सा जिल्ला उपाध्यक्ष पवन गुप्ता, सचिव नवीन मिश्रा, सह सचिव आनन्द सिंह, कोषाध्यक्ष प्रणय सिन्हा, जिल्ला कार्य समिति सदस्यहरु संतोष कुशवाहा, जयलाल कुर्मी, ओमप्रकाश पटेल, बीरगंज नगर उपाध्यक्ष धीरज साह सहित विभिन्न संघ-संस्था र राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

नार्कले माटोको सुरक्षाका लागि परियोजना सञ्चालन गर्दै

0

 

काठमाडौं ।
नेपाल कृषि अनुसन्धान परिषद (नार्क)ले ‘नेपालमा साना किसानहरूको जीविकोपार्जन र खाद्य सुरक्षा सुधार गर्न माटोबाट हुने रोगहरू न्यूनीकरण’ बारे सञ्चालन हुने परियोजनाका बारेमा पहिलो चरणको बैठक सम्पन्न गरेको छ ।

नार्क अन्तरगतको राष्ट्रिय बाली रोग अनुसन्धान केन्द्र र फिड दी फ्यूचर इनोभेसन ल्याबले संयुक्त रुपमा सो परियोजना सञ्चालन गर्दैछ । माटोमा लागेको विभिन्न रोगका कारण खाद्य सुरक्षामा चुनौती देखिएको भन्दै नार्कले माटोको सुरक्षाका लागि परियोजना सञ्चालन गर्न लागेको हो ।

नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले माटोजन्य रोगको समस्या बढ्दै गइरहेको अवस्थामा यस परियोजनाको प्रतिफलले किसानलाई ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

भट्टराईले माटोजन्य रोगले उत्पादनमा निकै समस्या भईरहेकाले यसको निराकरणका लागि विशेष अध्ययन नै गर्नुपर्ने देखिएकाले यो परियोजना सञ्चालन गरिएको बताए । माटोजन्य रोगका कारण साना किसान निकै मर्कामा पर्ने गरेका छन्, माटोजन्य रोगका बारेमा धेरै कुरा थाहा पनि हुँदैन र त्यसले बालीमा गरेको क्षति ठुलो हुने गरेको भट्टराईले बताए ।

परियोजनाको नेतृत्व गरिरहेका कृषि वैज्ञानिक डा. रामबहादुर खड्काले हालसम्म माटोमा विभिन्न १२ किसिमको रोग फेला परेको बताउँदै त्यसलाई नियन्त्रणका लागि योजनाबद्ध तरिकाले लाग्नुपर्ने बताए ।

‘कतिपय रोग निकै खतरनाक हुन्छन्, त्यो रोग लाग्यो भने बिघाका बिघा बाली नष्ट गर्दिन्छन् तर किसानलाई थाहा पनि हुँदैन’ कृषि बैज्ञानिक खडकाले भने, ‘बालीमा माटोका कारण रोग लागेको हुन्छ तर किसानले बालीको उपचार गरिरहेका हुन्छन्, जसले उपचार गर्दा गर्दै बाली सखाप भइसकेका हुन्छन् ।’

अहिले केरामा देखिएको पानामा रोग माटोजन्य रोग हो तर किसानले थाहा पाएन भने उसले केराको उपचार गर्नतिर लाग्छ तर आफूहरूले समयमा रोग पता लगाएका कारण त्यसलाई नियन्त्रण गर्नतिर लागेको बताए । माटोबाट हुने बिरुवाका रोगजन्य जीवाणु जस्तै ढुसी, निमाटोड र ब्याक्टेरियाल जरा र बिरुवाका अन्य भागहरूमा रोग लगाएर बिरुवालाई सङ्क्रमित गर्ने गरेको खडकाले बताए ।

माटोजन्य रोगले सबैभन्दा बढी प्रभाव तरकारीमा पार्ने गरेको हुनाले तरकारी खेती हुने ठाउँमा विशेष निगरानी गर्ने बताउँदै उनले माटोबाट हुने रोगहरू विशेष गरी चुनौतीपूर्ण हुन्छन् किनभने रोगजन्य यी जीवाणु माटोमा लामो समयसम्म बिरुवा सङ्क्रमित हुने गरेको जानकारी दिए ।

यो चालु आर्थिक वर्षदेखि सुरु हुने यो परियोजना २०८३ मा सम्पन्न हुने उनले बताए । यस परियोजनाको बजेट करिब पाँच लाख पाँच हजार अमेरिकी डलर रहेको छ । परियोजनाले तरकारि बालीमा माटो बाट सर्ने रोग र त्यसको दिगाो व्यवस्थापनका लागि प्रविधिको विकास र प्रसारको काम गर्ने ५, परियोजना मार्फत करिव ६ सय कृषक, ६० भन्दा बढि कृषि प्रसार कार्यकर्ता र ५० अनुसन्धानकर्ताको अल्पकालिन र दिर्घकालिन क्षमता अभिबृदिका कार्यक्रमहरु सञ्चालन हुनेछ ।

जलवायुमैत्री स्थानीय स्रोतसाधनमा आधारित माटोजन्य रोग व्यवस्थापनका प्रविधिहरूको विकास एवं अवलम्बनबाट कृषकहरूमा खाद्य तथा पोषण सुरक्षा गर्नका लागि अमेरिकी सहयोग नियोग फिड दी फ्याचुर कार्यक्रम अन्तर्गत हर्टिकल्चर इनोभेसन ल्याबको आर्थिक सहयोगमा सञ्चालन हुने परियोजना अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट नार्कले प्राप्त गरेको हो ।

यस परियोजनाको उद्देश्य दीर्घकालीन खाद्य र पोषण सुरक्षालाई सहयोग पुर्याउनका लागि तरकारी उत्पादनमा नेपालका सीमान्तकृत किसानका लागि लाभदायक हुन सक्ने वातावरणमैत्री र कम लागतको प्रविधिको विकास गर्ने लक्ष्य रहेको छ ।

कृषि तथा वन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. कल्याण मिश्रको प्रमुख आथित्यमा भएको कार्यक्रममा फीड द फ्युचर हर्टिकल्चर इनोभेसन ल्याब दक्षिण एसिया हवका हब म्यानेजर कृष्ण सापकोटाले परियोजनाको बारेमा बिस्तृत जानकारी गराए ।

तिन वर्ष सम्म सचालन हुने पाँच लाख पाँचहजार अमेरिकि डलर बरबारको यो परियोजना नार्कका वैज्ञानिक डा. रामबहादुर खड्का र डा. रन्जना रावलले अन्तराष्ट्रिय प्रतिस्पर्धाबाट प्राप्त गरेका हुन् । कार्यक्रमका राष्ट्रिय बालि रोग अनुसन्धान केन्द्रका प्रमुख सुरज बैद्य सहित बिभिन्न क्षेत्रका व्यक्तिहरुको विशेष सहभागिता रहेको थियो ।