Home Blog Page 44

अहमदिया संघलाई गृहमन्त्री द्वारा सम्मानित

0

 

वीरगञ्ज ११ भदौ /
हिजो बिहान १० बजे जिल्ला प्रशासन कार्यलय‌को नवनिर्मित भवनको समुदघाटन कार्यक्रम सम्पन्न भयो । जिल्ला प्रशासन कार्यालयको प्रमुख हिरालाल रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उप-प्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठ प्रमुख अतिथि रहेका थिए।

सो कार्यक्रममा गृहमन्त्रीले अहमदिया संघ नेपाललाई समाज सेवा गरेकोमा सम्मानित गर्दै प्रशंसा पत्र दिनु भयो । विगत बीसौं वर्ष देखि सो संस्था समाज कल्याणको निमित विभिन्न कार्यहरू मुलुकको विभिन्न क्षेत्रहरूमा गर्दै आएको छ । त्यस्तै यो नवनिर्मित भवनमा फर्निचरको ब्यवस्था मिलाउनमा योगदान दिएको छ ।

सबैलाई प्रेम गर कसैलाई घृणा नगर नाराको साथ सो संस्थाले मुलुकमा भुकम्प आएको बेलामा बेलायतबाट स्वास्थ्यकर्मीको टीम ल्यायर नि:शुल्क सेवा प्रदान गरेको थियो, कोभिडको बेला थुप्रै राहत वितरण गरेको थियोे । कोसी ब्यारेज घटनाको बेलामा पनि मुलुकलाई अधिक अनुदान दिएको थियो। पर्सा जिल्लामा नि:शुल्क विद्यालय संचालन गर्दै आइरहेको छ ।साथै निशुल्क होमियो डिस्पेन्सरी पकी संचालन भई रहेको छ ।

श्री दिव्या लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको उदघाटन समारोह सम्पन्न

0

बारा, ११ भाद्र
श्री दिव्या लक्ष्मी बहुउदेश्यीय सहकारी संस्था लि. सोमबार जनमत पार्टीका बारा जिल्ला इन्चार्ज शिवनाथ प्रसाद पटेलको प्रमुख अतिथ्य तथा सहकारीको अध्यक्ष दिपक साहको अध्यक्षतामा उदघाटन समारोह सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि पटेलले सहकारीले बचत भर्ने र ऋण लगानी गर्ने काम मात्रै गर्नुभन्दा पनि समाज रुपान्तरणका क्षेत्रमा काम गरेको बताउनु भएको छ । सहकारी मार्फत ठुल ठुला आर्थिक क्रान्तीहरु भएकाले विभिन्न उदेश्य राखेर स्थापना भएका सहकारीले आफ्नो उदेश्य अनुसार काम गरेमा समाजको गरिबि हटेर जाने विश्वश ब्यक्त गर्नुभयो भने महिलाहरु आर्थिक रुपमा सम्पन्न नभए सम्म उनीहरु अन्य सामाजिक कार्यमा पनि अगाडी आउन नसक्ने भएकाले यसलाई मध्यनजर गर्दै सहकारी संस्थाले काम गर्न सुझाव दिनुभएको छ ।
उक्त कार्यक्रममा जनमत पार्टीका नेता सन्तोष पटेल, जनमत युवा संघ बारा जिल्ला संयोजक युवा नेता बिकास कु सिंह, लगायत संस्थाका संचालक समिति, ऋण समिति, लेखा समिति लगायत सम्पूर्ण सदस्यहरुको उपस्तिथि रहेको थियो । दिव्या लक्ष्मी बहुउदेश्यीय सहकारी संस्थाको उदघाटन समारोह सम्पन्न
बारा, ११ भाद्र
श्री दिव्या लक्ष्मी बहुउदेश्यीय सहकारी संस्था लि. सोमबार जनमत पार्टीका बारा जिल्ला इन्चार्ज शिवनाथ प्रसाद पटेलको प्रमुख अतिथ्य तथा सहकारीको अध्यक्ष दिपक साहको अध्यक्षतामा उदघाटन समारोह सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि पटेलले सहकारीले बचत भर्ने र ऋण लगानी गर्ने काम मात्रै गर्नुभन्दा पनि समाज रुपान्तरणका क्षेत्रमा काम गरेको बताउनु भएको छ । सहकारी मार्फत ठुल ठुला आर्थिक क्रान्तीहरु भएकाले विभिन्न उदेश्य राखेर स्थापना भएका सहकारीले आफ्नो उदेश्य अनुसार काम गरेमा समाजको गरिबि हटेर जाने विश्वश ब्यक्त गर्नुभयो भने महिलाहरु आर्थिक रुपमा सम्पन्न नभए सम्म उनीहरु अन्य सामाजिक कार्यमा पनि अगाडी आउन नसक्ने भएकाले यसलाई मध्यनजर गर्दै सहकारी संस्थाले काम गर्न सुझाव दिनुभएको छ ।
उक्त कार्यक्रममा जनमत पार्टीका नेता सन्तोष पटेल, जनमत युवा संघ बारा जिल्ला संयोजक युवा नेता बिकास कु सिंह, लगायत संस्थाका संचालक समिति, ऋण समिति, लेखा समिति लगायत सम्पूर्ण सदस्यहरुको उपस्तिथि रहेको थियो ।

धार्मिक सहिष्णुता कायम राख्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

0
जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ। तस्बिर : विजयकुमार महतो/रासस

 

वीरगञ्ज, १० भदौ / उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जातीय तथा धार्मिक सहिष्णुता कायम राख्न सबैसँग आग्रह गर्नुभएको छ ।
प्रेस सेन्टर नेपाल पर्साले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृति विशेषतायुक्त नेपालको पहिचान भएकाले विधितासहितको एकतालाई कायम राख्न सबैसँग आग्रह गर्नुभयो ।
धर्म, संस्कृति र परम्परा एकअर्काको आस्था, भावना तथा परम्पराप्रति सहिष्णुतासहित सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा उभिन सबैसँग आग्रह गर्दै गृहमन्त्री श्रेष्ठले सामाजिक सद्भाव बिगार्ने र एकता भत्काउनेमाथि सरकारले सविंधान तथा कानुन बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिनुभयो ।
भ्रष्टाचारको अन्त्य गरी मुलुकमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले सुन तस्करी र ललिता निवास जग्गा प्रकरणलाई अन्तिम निष्कर्षमा पु¥याइ दोषीलाई कानुनी कठघरामा उभियाउने दृढतासमेत व्यक्त गर्नुभयो ।
“सुन तस्करी सन्दर्भमा सुरुमा राजस्व अनुसन्धान विभागले अनुसन्धान ग¥यो, अहिले सिआईबीले अनुसन्धान गरिरहेको छ”, गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “सिआईबीको अनुसन्धान सकेपछि त्यसबारे कानुनी र संरचनागत अन्य छानबिन गरी उपयुक्त निष्कर्ष निकालेर उच्चस्तरीय छानबिन प्रक्रियामा पनि हामी जानेछौ ।”
ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने कार्यको सिआईबीले अनुसन्धान गरी सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाइसकेको र सरकारी वकिल कार्यालयले समेत छिट्टै प्रक्रिया अघि बढाउन लागेको उहाँले बताउनुभयो ।
सरकारले सुशासन, सम्वृद्धि र सामाजिक न्यायलाई केन्द्रीत गरी काम अघि बढाएको उल्लेख गर्दै उहाँले राजनीतिक परिवर्तनलाई साधन र माध्यम बनाएर जनताको जीवनस्तरमा नयाँ खालको परिवर्तनको अनुभूति गराउन सरकारको ध्यान केन्द्रीत रहेको बताउनुभयो ।
गौर हत्याकाण्डका विषयमा पत्रकारहरुले गरेको प्रश्नको जवाफमा गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “अनुसन्धान रोकिएको होइन्, अनुसन्धानका क्रममा थप केही कुरा बुझ्नुपर्ने हुन्छ, त्यसैले थप अनुसन्धान भइरहेको छ, यस बारेमा उचित निर्णय लिएर अघि बढ्छौँं ।”
यसैगरी गृहमन्त्री श्रेष्ठले आजै जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्ने कार्यक्रम छ । त्यस्तै उहाँले आज दिउँसो वीरगञ्जस्थित टाउन हलमा नेकपा (माओवादी केन्द्र)को प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । साभार : रासस

भोलिदेखि मुद्दाको पेशी तारिख स्वचालित प्रणालीबाट ः प्रधानन्यायाधीश

0

 

काठमाडौँ, १० भदौ ः प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायका उपभोक्तालाई छिटो र सहजरुपमा न्याय दिने उद्देश्य सोमबारदेखि पेशी तारिखका लागि स्वचालित (अटोमेसन) प्रणाली लागू गर्ने बताउनुभएको छ ।
संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठलाई बधाई तथा शुभकामना दिन आज आयोजित कार्यक्रममा उहाँले भोलिदेखि उक्त प्रणाली लागू गर्न लागिएको जानकारी दिनुभयो ।
“पहिला सर्वोच्च अदालतमा परीक्षणका रुपमा मुद्दाको पेशी तारिख अटोमेसन प्रणालीबाट सुरु गरिन्छ, परीक्षण सफल भए काठमाडौँ जिल्ला अदालत र धेरै मुद्दा भएका अदालतमा प्रयोगमा ल्याइनेछ”, प्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो । यो प्रविधि सर्वोच्च अदालतको सूचना प्रविधि शाखाले बनाएको भन्दै उहाँले यसको प्रयोग सफल भए न्यायसम्पादनमा सबैलाई फाइदा पुग्ने बताउनुभयो ।
उहाँले न्यायाधीश नियुक्ति प्रक्रिया जतिसक्दो छिटो गर्नका लागि आफू लागिरहेको र सक्षम न्यायाधीश नियुक्ति गरेर न्यायलयप्रति जनआस्थावृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढिसकेको छ, न्यायाधीशको सङ्ख्या कम हुँदा न्याय सम्पादनमा कठिनाइ भइरहेको छ”, प्रधानन्यायाधीश श्रेष्ठले थप्नुभयो, “सक्षम न्यायाधीश नियुक्ति हुनेमा विश्वास दिलाउँछु ।”
नेपालको ३१ औँ प्रधानन्यायाधीशका रुपमा श्रेष्ठ यही भदौ ४ गते नियुक्त हुनुभएको थियो । उहाँले भदौ ५ गते पद तथा गोपनियताको शपथ लिएर पदबहाली गरी कार्यभार सुरु गर्नुभएको हो । मञ्चले लामो समयदेखि न्यायालय र कानुनको क्षेत्रमा कलम चलाउने पत्रकारबीच पुलको भूमिका निर्वाह गर्दै आएको छ । रासस

आममानिसमा वित्तीय साक्षरता फैलाउन जरुरी छ : गभर्नर

0
काठमाडौँ,१० भदौ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आइतबार काठमाडौँमा आयोजित वित्तीय साक्षरता टेलिभिजन कार्यक्रम उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै । तस्बिर नविन पौडेल, रासस

 

काठमाडौँ, १० भदौ ः नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीले प्रविधिको विकाससँगै आम मानिसमा वित्तीय साक्षरता बढाउन जरुरी रहेको बताउनुभएको छ ।
नेपाल टेलिभिजनबाट हरेक शुक्रबार साँझ ७ः२५ बजे सञ्चालन हुने वित्तीय साक्षरता टेलिभिजन कार्यक्रम सुरुआत गर्दै गभर्नर अधिकारीले कम्युटर र मोबाइलमार्फत हुने भुक्तानी बढ्दै गएको अवस्थामा आम जनमानसमा पनि वित्तीय साक्षरता बढाउन आवश्यक रहेको धारणा राख्नुभयो ।
“प्रविधिको विकाससँगै बैंक तथा वित्तीय क्षेत्रले नयाँ सेवा सुरुआत गरेका छन्, ती सेवा र विशेषताबारे आम जनमानसबीच जानकारी गराउनका लागि वित्तीय साक्षरता कार्यक्रमले सहयोग पुग्ने विश्वास नेपाल राष्ट्र बैँकले लिएको छ”, उहाँले भन्नुभयो ।
बैँक र व्यवसायीबीचको असमझदारी कम गर्न पनि यस्ता कार्यक्रम सहयोगी बन्ने उहाँको भनाइ छ । राष्ट्र बैँकले वित्तीय साक्षरतासम्बन्धी नयाँ मार्गनिर्देशन तयार गरेर अगाडि बढेको जानकारी दिनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले वित्तीय साक्षरताको ज्ञान अभावका कारण बैँक तथा वित्तीय क्षेत्रलाई आम जनमानसले हेर्ने दृष्टिकोण नकारात्मक भएको बताउनुभयो । उहाँले वित्तीय क्षेत्रको बारेमा आम जनमानसलाई ज्ञान दिनसके देशको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष ढकालले पछिल्लो समय रेमिट्यान्स बढ्नु, नेपालमा विदेशी पर्यटकको आगमन बढ्नु, बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउँदै लैजानु अर्थतन्त्रका लागि सकारात्मक विषय भएको बताउनुभयो ।
नेपाल बैँकर्स सङ्घका अध्यक्ष सुनिल केसीले देशभर वित्तीय साक्षरता पु¥याउन सके बैंक र उद्योग क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । आम जनमानसलाई वित्तीय साक्षरता बारेमा जानकारी दिनु जरुरी रहेको उहाँको भनाइ थियो ।
अध्यक्ष केसीले बैंक तथा वित्तीय क्षेत्रले वार्षिक रु ४० अर्ब राजश्व बुझाउने गरेको र झण्डै एक लाख जनतालाई रोजगार प्रदान गरेको जानकारी दिनुभयो । साभार : रासस

जनतालाई दुःख दिने र ढिलासुस्ती सह्य हुँदैन ः उपप्रधानमन्त्री श्रेष्ठ

0

 

वीरगन्ज, १० भदौ ः उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सेवा प्रवाहमा जनतालाई अनावश्यक दुःख दिने र ढिलासुस्ती गर्ने कार्य सरकारलाई सह्य नहुने स्पष्ट पार्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नियमित प्रक्रियाबाट हुनुपर्ने कामका लागि अहिले पनि जनताले ‘सोर्सफोर्स’ लगाउनुपर्ने, चाकरी गर्नुपर्ने र घुस दिनुपर्ने अवस्था रहेकाले अब यस्तो कार्य सह्य नहुने बताउनुभयो ।
मुलुकमा राजनीतिक परिवर्तन भए पनि सोको अनुभुति जनताले गर्न नपाएको उल्लेख गर्दै उहाँले जनतालाई परिवर्तनको अनुभूति हुने गरी काम गर्न कर्मचारीलाई निर्देशनसमेत दिनुभयो । संविधान र कानुनअनुसार नियमित प्रक्रियाबाट हुनुपर्ने काम सहज र सरलरुपमा जनतालाई उपलब्ध गराउन निर्देशन दिँदै उहाँले सार्वजनिक जग्गा गैरकानुनी रुपमा कब्जामा लिनेलाई सरकारले नछाड्ने स्पष्ट पार्नुभयो ।
भ्रष्टाचारका ठूल्ठूला काण्डको छानबिन सुरु गरी सरकारले थालेको सुशासनको अभियानमा सहयोग गर्न सबै पक्षसँग अपिल गर्दै उपप्रधानमन्त्री श्रेष्ठले विभिन्न बाधा, अवरोधका बाबजुद सरकारले भ्रष्टाचारका फाइलको छानबिन गरी निष्कर्षमा पु¥याएर दोषीलाई कानुनी दायरामा ल्याई छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सरकार सुशासन, समृद्धि र सामाजिक न्यायलाई मूलमन्त्र बनाएर अघि बढेको उल्लेख गर्दै उहाँले सामाजिक, आर्थिक रुपान्तरण गरी मुलुकलाई समृद्ध बनाउने र शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पु¥याउनु सरकारको कार्यभार रहेको बताउनुभयो । मिटरब्याज पीडितलाई न्याय दिलाउने अभियान सुरु गरिएको चर्चा गर्दै उपप्रधानमन्त्री श्रेष्ठले कुनै कमिकमजोरी नगरी सबै पक्षको साथ लिएर मिटरव्याज पीडितलाई न्याय दिलाउन निर्देशनसमेत दिनुभयो ।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वर्षाैंदेखि अतिक्रमण भएको सार्वजनिक जग्गा खोज्ने र अतिक्रमण मुक्त बनाउने अभियान सुरु गरिएको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवन कुल रु छ करोड ५३ लाखको लागतमा निर्माण गरिएको हो । नवनिर्मित तीनतले भवनबाट गत वैशाखदेखि जिल्ला प्रशासन कार्यालयको कामकाज सञ्चालन हुँदै आएको छ । रासस

गौ हत्याको विरोध गर्दा वीरगन्जबाट पक्राउ परेका हिन्दुवादी युवाहरु रिहा

0

 

वीरगन्ज,१० भदौं / वीरगन्जमा आइतबार सरकार र गृहमन्त्री नारायणकाजी श्रेष्ठ विरुद्ध प्रदर्शन गरेको आरोपमा पक्राउ परेका हिन्दुवादी पाँच जना युवाहरु रिहा भएका छन् ।
धरानमा गौ हत्या गर्नेहरुलाई कारबाही गर्न ढिलाई गरेको भन्दै वीरगन्जका युवाहरुले जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवनको उद्घाटन गर्न आइतबार बिहान आएका गृहमन्त्री नारायणकाजी श्रेष्ठकै अगाडि प्रदर्शन गर्ने क्रममा पाँच जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।
गौ हत्या गर्नेहरुलाई फाँसी दे , गृहमन्त्री मुर्दावाद , गृहमन्त्री राजीनामा दे लगायतका नारा लगाएका वीरगन्ज १० का मुन्ना कुमार साह , वीरगन्ज १ का विशाल कुमार , वीरगन्ज ८ का राज गुप्ता र वीरगन्ज ५ का प्रज्वल डंगोललाई प्रहरीले कार्यक्रमस्थलबाटै पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा लगेको थियो ।
उनिहरु पाँचै जनालाई प्रहरीले आइतबार नै अपरान्ह साढे ३ बजे बिना सर्त रिहा गरेको हो ।

राम्रा रणनीति र कार्ययोजना मन्त्री फेरिएपछि पनि कार्यान्वयन गरिनु पर्छ ः मन्त्री बस्नेत

0
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत आइतबार ललितपुरमा आयोजित मेरो पोषण साथी मोवाइल एपको शुभारम्भ कार्यक्रममा मन्तव्य राख्नुहुँदै । तस्बिर : माधवप्रसाद घिमिरे/रासस

 

पाटन, १० भदौ ः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले राम्रा रणनीति र कार्ययोजना मन्त्री फेरिएपछि पनि कार्यान्वयन गरिनुपर्ने बताउनुभएको छ ।
यहाँ आज ‘मेरो पोषण साथी मोबाइल एप’का साथै डिजिटल पुस्तकालय र स्रोत केन्द्रको शुभारम्भ गर्नुहुँदै उहाँले राम्रा रणनीति र कार्ययोजना त्यसै थन्क्याउने र अलपत्र पार्ने परिपाटी बन्द गर्नुपर्ने बताउनुभयो । यस्तो गर्दा सरकारको ठूलो लगानी खेर जाने र नागरिकले प्रतिफल पनि नपाउने हुँदा समस्या निम्तिने मन्त्री बस्नजेतको भनाइ थियो ।
“आधारभूत स्वास्थ्य सेवा गाउँमा पु¥याउनुपर्ने कुरामा पक्षपातपूर्ण व्यवहार गरिएको थियो । हामीले यो तीन महिनामा उल्लेख्य काम गरेका छौँ । शक्तिको भरमा विभिन्न बाहानामा राजधानीमा मात्रै थुप्रिएर बसेका आठ सयभन्दा बढी काजका कर्मचारीलाई सम्बन्धित ठाउँमा पठाएका छौँं । अझै तीन महिनाभित्र धेरै प्रगति हुन्छ । हामीले राम्रा काम आफैबाट सुरु गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
स्वास्थ्य, शिक्षा र खाद्यान्न जनताको नैसर्गिक अधिकार हो भनेर संविधानमा नै व्यवस्था गरिएको तर्फ जोड दिनुहुँदै मन्त्री बस्नेतले हरेक नागरिक रोगबाट पीडित नहुने गरी प्रभावकारी ढङ्गबाट सातै प्रदेशमा अभियानको रुपमा स्वास्थ्य सचेतनाका कार्य राष्ट्रव्यापी रुपमा लैजानुपर्छ भन्ने धारणा राख्नुभयो । रोग लागेर उपचार गर्नुभन्दा उपचार गर्नुपर्ने अवस्था सिर्जना हुन नदिनका लागि सचेतना जगाउन एप र स्रोत केन्द्र प्रभावकारी हुने मन्त्री बस्नेतले बताउनुभयो ।
मन्त्रालयका सचिव देवकुमारी गुरागार्इंले स्वस्थ नागरिकका लागि स्वस्थ आमा र स्वस्थ बालकका लागि उपयोगी हुने मोबाइल एप तथा डिजिटल स्रोतकेन्द्र उपयोगी र महत्वपूर्ण हुने बताउनुभयो । उहाँले समग्र स्वास्थ प्रणालीलाई सुधार ल्याउन नागरिकको स्वास्थ्यसम्बन्धी अधिकारलाई कार्यान्वयन गर्न यो प्रयास महत्वपूर्ण हुने धारणा राख्नुभयो ।
मन्त्रालयका अतिरिक्त सचिव सङ्गीता कौशलले एपले गर्भवती तथा सुत्केरीलाई घरमा भएको खानाको उपयोगबारे जान्न तथा महिलाले सम्पूर्ण जानकारी आफै लिनसक्ने आधार तय भएको बताउनुभयो । उहाँले यो एप स्तनपान सुधारमासमेत उपयोगी हुने र सरकारले सञ्चालन गरेको सुनौलो हजार दिन कार्यक्रममा समेत सहयोगी हुने बताउनुभयो ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्ररमण सिंहले एपको शुभारम्भले स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थप्ने वताउनुभयो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले आम नागरिकका साथसाथै स्वास्थ्यकर्मी र अनुसन्धानकर्ता समेतलाई लक्षित गरेर डिजिटल पुस्तकालय तथा स्रोत केन्द्र तयार गरिएको जानकारी गराउनुभयो । साभार : रासस

कांग्रेस प्रदेश तथा स्थानीय निकाय विभागको सदस्यमा युवा नेता चौरसिया मनोनित

0

 

वीरगंज ९ भदौ ।
नेपाली कांग्रेसको “मधेश प्रदेश तथा स्थानीय निकाय विभाग” को सदस्यमा पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिकाका सभापति समेत रहेका युवा नेता विवेक चौरसिया मनोनित भएका छन् ।
कांग्रेसको विधान २०१७ को धारा ११ को (ख) बमोजिम पार्टी प्रदेश सदस्य जीवनाथ चौधरी प्रमुख रहनुभएको मधेश प्रदेश तथा स्थानीय निकाय विभागको सदस्यमा युवा नेता चौरसिया सहित २२ जनालाई मनोनित गरेका छन् ।
पार्टी मधेश प्रदेश समितिका सचिव सन्तु प्रसाद यादवद्धारा जारी प्रेस विज्ञप्ति चौरसिया सहित पर्सा जिल्लाबाट विजय कुमार सर्राफ, नेहा मिश्र लगायत रहेका छन् ।
पार्टीले मनोनित गरेकोमा चौरसियाले खुसी व्यक्त गर्दै आफुलाई पाएको जिम्मेवारीलाई इमान्दारीता पूर्वक निर्वाह गर्ने बताए । पार्टीले आफ्नो योगदानको उच्च मुल्यांकन गरेकोमा पार्टी प्रति आभार प्रकट गर्दै नेता चौरसियाले पार्टीको विधान, नियमावली र निर्देशनलाई इमानदारीतापूर्वक पालना गर्ने बताए ।

सिर्सिया सुक्खा बन्दरगाहमा ३ वर्षदेखि थन्किएको मल कुहियो

0

 

पर्सा — सिर्सिया सुक्खा बन्दरगाह परिसरमा ३ वर्षदेखि थन्किएको डीएपी मल कुहिएको छ । सो मलको समयमै व्यवस्थापन हुन नसक्दा त्यसले वरपरका बोटबिरुवा नै मारेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले ल्याउँदा नै भिजेको मल आएपछि बन्दरगाहस्थित भन्सार कार्यालयले जाँचपास गरेको थिएन ।

३ वर्षअघि बन्दरगाह यार्डको पूर्वी–दक्षिणी भेगमा रेल्वे लिकको पूर्वतर्फ १ हजार २ सय २५ टन डीएपी मल पालले ढाकेर अव्यवस्थित रुपले भण्डारण गरिएको थियो । उक्त मल अहिले पूर्ण रुपमा कुहिएर नष्ट भइसकेको छ । लामो समयदेखि ठूलो परिमाणको मल भण्डारण गरी राखिएका कारण वरपरका रुखबिरुवा मरेका छन् । बन्दरगाह निर्माणको समयमा २ दशक अघि वृक्षारोपण गरेर हुर्काइएका रुखमुनि बिग्रिएको मल थुपार्दा मरेका हुन् ।

गत वर्षको पुस २ गते अर्थमन्त्रीस्तरीय निर्णयबाट उक्त मल कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई हस्तान्तरण गर्ने तय भएको थियो । अर्थले पुस ११ गते उक्त निर्णय बारे कृषिलाई औपचारिक रुपमा जानकारी समेत गराएको थियो । त्यसपछि साल्ट ट्रेडिङ्ग र कृषि मन्त्रालयका अधिकारीहरुको संयूक्त टोलीले उक्त मलको निरीक्षण गरेर फर्के पनि मल हटाउने सम्बन्धमा केही कामै गरेनन् ।

बन्दरगाह भन्सार कार्यालयले भने सो मल भिजेर उपयोगविहीन अवस्थामै आएको भन्दै जफत गरेर नष्ट गर्ने निर्णय गरिसकेको थियो । बन्दरगाहस्थित भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीका अनुसार अर्थ मन्त्रालयले उक्त मल कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयलाई दिने निर्णय गरेकाले आफूले त्यसमा हात हाल्न सक्ने अवस्था थिएन । ‘एकातिर कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयलाई मल दिने निर्णय भयो,’ उनले भने, ‘अर्को तिर मन्त्रालयले मल लैजानेबारे चासो देखाएन ।’ आफूहरुले व्यवस्थापन गरेपछि कृषिले मागेमा समस्या आउन सक्ने अवस्था रहेकाले हात नहालेको उनले बताए ।

साल्टले त्यति बेला कुल २५ हजार टन डीएपी मल आयात गरेकोमा त्यसमध्ये पछिल्लो लटको २ वटा रेल्वे र्‍याकमा आएको २ हजार ५ सय टनमध्ये आधा मल भिजेर गुणस्तरहीन भएको थियो । स्विस सिंगापुर ओभरसिज सप्लायर रहेको तथा जोर्डनबाट खरिद गरी ल्याइएको डीएपी मल सुरुमा भारतको कोलकाता बन्दरगाह आएको थियो । समुद्री मार्गमै रहँदा २०२० को अगस्ट दोस्रो साता बंगालको खाडीमा आएको ‘अफान’ नामक समुन्द्री आँधीको चपेटमा उक्त मल बोकेको पानी जहाज परेको थियो । जहाजमै रहँदा उक्त मलमा पानी पसेर भिजेको थियो । भिजेको मल सप्लायरले कोलकत्ताबाट वीरगन्जसम्म ल्याएपछि त्यतिबेलै सुक्खा बन्दरगाह भन्सार कार्यालयले बिग्रेको भन्दै जाँचपास गर्न मानेको थिएन । साभार : इ कान्तिपुर