Home Blog Page 45

गण्डकी प्रदेशको प्रख्यात सुन्तला बाँसखर्क लोकल उन्मोचित

0

 

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले गण्डकी प्रदेशमा बाँसखर्कको सुन्तला भनेर ब्राण्ड बनिसकेको सुन्तलाको जातमा केही बर्षको अनुसन्धान गरी सिफारिस गरेपछि व्यावसायिक उत्पादनको लागि उन्मोचन भएको छ ।
अब पर्वत जिल्लाको बाँसखर्क जस्तै हावापानी भएका अन्य ठाउँमा पनि उक्त जातको सुन्तला उत्पादन गर्न सकिनेछ ।
राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम, पारिपात्ले, धनकुटाका संयोजक डा. उमेशकुमार आचार्यका अनुसार पर्वतको बाँसखर्कबाट ल्याइएको यो जातलाई उक्त कार्यालयले अन्य २० जातका सुन्तलासँग तुलनात्मक अध्ययन गरी उत्कृष्ट ठहरिएपछि सिफारिस गरिएको हो ।
उनले वि.सं. २०६३ सालदेखि अनुसन्धान गरी गण्डकी प्रदेशका १००० देखि १६०० मीटरसम्मको उचाइका पाखो जग्गाको लागि सिफारिस गरिएको यो जात उन्मोचित भएपछि यो जातले व्यापकता पाउने आशा गरिएको बताए । डा. आचार्यले यो जातलाई धनकुटा, स्यांग्जा र पर्वतमा अनुसनधान गरिएकोमा यसअघि सिफारिस भएको खोकु स्थानीयभन्दा बढी उत्पादन दिने र करिब १५ दिन छिटो पाक्ने मध्यमौसमी जात भएको पनि जानकारी दिए ।

कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक बासु रेग्मीले गण्डकी प्रदेश सुन्तला उत्पादनको केन्द्र भएको र त्यसमा पनि बाँस खर्कको सुन्तलामा रहेको गुणस्तर अरु प्रचलित जातमा पाउन मुश्किल भएकोले यो जात उन्मोचन हुनु गण्डकी प्रदेशका लागि गौरवको कुरा भएको बताए । उनले यो जात बजारमा ढिलो गरि आउने हुनाले उचित मूल्य पाउने गरेको र गण्डकी प्रदेशका रुखा र बाँजा जग्गा उपयोगका लागि महत्वपूर्ण हुने बताए ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले यो जात स्वादिलो, ठूला दानाका कारण पोखरा आसपासका बजारहरुमा महँगोमा बिक्रि हुने गरेको बताए । उनका अनुसार यो जातको लोकप्रियताको कारण कृषि अनुसन्धान निर्देशनालय, लुम्लेले तिसौ बर्षदेखि र केही नर्सरीहरुले समेत यसै जातको कलमी बिरुवा उत्पादन गरि विक्रीवितरण गरिरहेकोमा अब औपचारिक उन्मोचन भएपछि बेर्ना उत्पादनमा पनि सजिलो हुने बताए ।

यो जातको सुन्तलाको दानाको तौल करिब १०० ग्राम र कूल घुलनशील पदार्थ (गुलियोपना) १२ प्रतिशतसम्म पाइन्छ जुन अन्य जातको तुलनामा बढी हो । यो जातमा क्यांकर र डाँठमा प्वाल पार्ने कीराको प्रकोप कम हुने बताइएको छ ।

चुरियामाई बस दुर्घटनाका ७ जना मृतकको सनाखत, ६ जना भारतीय नागरिक

0

७ भदौ, काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ ।

काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा मृत्यु हुनेमा ६ जना भारतीय नगरिकहरू र एक जना नेपाली रहेका छन् ।

भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ७० वर्षीय राजेन्द्र चतुरबेदी, ६५ वर्षीया श्रीकान्त चतुरबेदी, ६७ वर्षीया बैजन्ती देवी, ६५ वर्षीया मिरा देवी र एक जना महोत्तरीको लोहारपटी-५ का ४१ वर्षीय विजय लाल पण्डित रहेका छन् ।

दुर्घटनामा घाइते भएका अन्य १७ जनाको हेटौंडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अवस्था सामान्य भएका केहीको भने उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको ५ ।

दुर्घटनापछि बसका चालक फरार छन् ।

 घाइतेहरूको विवरण र अवस्था

चुरेहिल अस्पताल हेटौडा

१. ४८ वर्षीय भारतीय नागरिक घनश्याम चतुरबेदीको खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको, अवस्था मध्यम

सरकारी अस्पताल हेटौंडा

२. धनुषाको मौवा गाउँपालिका- १८ का ४१ वर्षीय घुरन मण्डलको बाया घुडा,कम्मरमा चोट (डिश्चार्ज)

३. महोत्तरी लोहारपट्टी नगरपालिका- ५ का २६ वर्षीय जसबेन्दर पासवानको ढाड/दाहिने हातमा चोट – डिश्चार्ज

४. ५३ वर्षीय भारतीय नागरिक माया देबीको दाहिने कुममा चोट – मध्यम अवस्था

५. ३५ वर्षीय भारतीय नागरिक अनिल कुमारको टाउकोमा चोट- मध्यम अवस्था

६. ५० वर्षीय भारतीय नागरिक तारावती चतुरबेदीको निधार/कम्मरमा चोट- मध्यम अवस्था

७. ९ वर्षीया भारतीले बालिका क्रितिका चतुरबेदीको अवस्था सामान्य

८. ४८ वर्षीय भारतीय नागरिक श्यामलाल मालीको बाया खुट्टा/छातिमा चोट-मध्यम

९. ४७ वर्षीय भारतीय नागरिकको हरवारी मालीको टाउकोमा/ढाडमा चोट-मध्यम

१०. ७० वर्षीया भारतीय नागरिक चौथी देबीको दाहिने खुट्टा/छातिमा चोट -मध्यम

११. ७२ वर्षीय भारतीय नागरिक सुरेस चन्द्र चक्रवतीको दाहिने खुट्टा/बाया कुममा चोट-मध्यम

१२. ६३ वर्षीय भारतीय नागरिक धरम सिंहको निधार/छाति/बाया खुट्टा फ्याक्चर-मध्यम

१३. ६० वर्षीया भारतीय नागरिक इन्दु धाकद निधार/छातिमा चोट-मध्यम

१४. १६ वर्षीया भारतीय बालिका गर्बिदा चतुरबेदीको ढाड/छातिमा चोट-मध्यम

१५. ५४ वर्षीय भारतीय नागरिक रामकुमार चतुरबेदीको बाया घुडा/छातिमा चोट-मध्यम

सन्चो अस्पताल हेटौडा

१६. महोत्तरीको जलेश्वरका ३८ वर्षीय बिहारी मुखीयाको मुखमा चोट बाया खुट्टा भाचिएको-मध्यम

पुरानो मेडिकल कलेज भरतपुर

१७. ७३ वर्षीय भारतीय नागरिक रामप्रसाद पिको छाति/पेटमा चोट- अवस्था गम्भीर । साभार : अनलाइन खबर

प्रसौनी गा.पा.मा महावीरी झण्डा मेला धुमधामका साथ सम्पन्न

0

बारा ५ भाद्र ।
बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नं. ३ नौतनमा प्रतेक बर्ष झै यस वर्ष पनि श्री महावीरी झण्डा मेला धुमधामका साथ सम्पन्न भएको छ ।
मेला अध्यक्ष छोटेलाल साह कानुको अध्यक्षतामा भएको सो मेलाको उदघाटन प्रमुख अतिथि प्रसौनी गाउँपालिका अध्यक्ष बिनोद जैसवालले गरेका थिए । मेलाको उदघाटन गर्दै अध्यक्ष जैसवालले मेलालाई भव्य एवं सभ्य रुपमा सम्पन्न गराउन सम्पूर्ण पालिकावासीहरुमा आग्रह गरेका थिए ।
सो मेला उदघाटन शत्रको विशिष्ट अतिथि पालिका उपाध्यक्ष किरण साह, क्षेत्रिय सभापति सुनिल गुप्ता कलवार, वडा अध्यक्षहरु याकुब अन्सारी, हृदय नारायण साह, विश्वनाथ साह, राजहण साह, सदस्यहरु राजेश गुप्ता, सर्युग दास, सन्तोष गुप्ता, पुजा यादव, पन्नालाल यादव, लक्ष्मि ठाकुर, सञ्चारकर्मी आसमहम्मद मिया लगायतको उल्लेखनिय सहभागीता रहेको थियो ।
जयप्रकाश गुप्ताले सहजीकरण गर्नु भएको उदघाटन कार्यक्रम पछि कुस्ती सुरु भएको थियो । कुस्ती प्रतियोगितामा नेपाल तथा भारतका पहलमानहरुले आ–आफ्ना कला कौशलता प्रस्तुत गरेका थिए । मेलामा विभिन्न किसिमका झुलाले झनै मनोरञ्जनात्मक बनाएको थियो ।

साहुकारले कुटेपछि न्याय दिलाउनुको सट्टा उल्टै प्रहरीले थुनेको एकल महिलाको आरोप

0

वीरगन्ज,४ भदौं : पर्सामा साहुकारबाट कुटिएकी एकल महिलालाई प्रहरीले न्याय दिनुको सट्टा उल्टै थुनामा राखेको घटना सार्वजनिक भएको छ ।पर्साको छिपहरमाई गाउंपालिका वडा नम्बर २ टिहुकी ५० वर्षिया तारा देवीले छोरासहित आफुलाई आइतबार दिउँसो प्रहरीले पोखरियास्थित इलाका प्रहरी कार्यालयमा थुनेर राति ११ बजेतिर छाडेको आरोप लगाएकी हुन् ।

सोमबार वीरगन्जमा पत्रकार सम्मेलन नै गरेर पिडित तारा देवीले भनिन्,‘ आइतबार बिहानै साहुकार र उनका मान्छेहरुले घरमै आएर हामी दुई आमा छोरालाई मर्नेगरि कुटेर घाइते बनाए ।प्रहरीले हामीलाई न्याय दिनुको सट्टा उल्टै थुनेर राति ११ बजे छाड्यो ।

तारादेवीका अनुसार , झलमहीयाका साहुकार वीरेन्द्र साह तेलीसंग ४ लाख रुपेयाँ ऋण लिएकी थिइन् । उक्त ऋणको सावाँ र ब्याज गरि ५ लाख ६८ हजार रुपैयाँ तिर्नुपर्ने थियो । त्यसैका लागि तारादेवीले गाँउकै भोला साह कानुसंग गत असार १७ गते १२ लाख रुपैयाँ लिएकी थिइन् ।

कानुले १२ लाख रुपैयाँ दिए बापत तारादेवीको ६ कठ्ठा घडेरी मालपोतत कार्यालयमा गएर आफनो नाममा रजिष्ट्रेसन पास गरिदिन दबाब दिएका थिए । तर आफुले करोडौं मुल्यको जग्गा १२ लाखमै दिन नमानेपछि आइतबार घरमै आएर आमा छोरा दुवैलाई निर्घात रुपमा कुटपिट गरि घाइते बनाएको र उल्टै प्रहरीमा लगेर थुन्नपनि लगाएको तारादेवीले बताइन् ।

पत्रकार सम्मेलनमा तारादेवीले भनिन्,‘ गाँउमा घडेरीको भाउ कठ्ठाको २० लाख छ । तर कानुनले १२ लाखमै रोडसंग टाँसिएको ६ कठ्ठा घडेरी पास गरिदिन दबाब दिए ।तर मैले मानिन । त्यसैकारण घरमै हुल बाँधेर आएका उनिहरुले हामी आमा छोरालाई मर्ने गरी कुटे ।घाइतेपनि बनाए । अनि उल्टै प्रहरीकोमा लगेर थुन्नपनि लगाए ।

इलाका प्रहरी कार्यालयमा पुग्दा प्रहरीले आफुहरुको पिडा सुन्नुको सट्टा उल्टै थुनामा राखेको कुटपिटबाट घाइते भएका तारादेवीका छोरा गोखुल महत्तो कंकरले गुनासो पत्रकार सम्मेलनमा सुनाए ।आफुहरुलाई साहुकार कानुसंगै उनि निकटका प्रदीप साह कानु, सन्दीप साह कानु , भगत साह कानु , पागल साह कानु , बृजेश यादव कानु सहितकाले कुटपिट गरी घाइते बनाएको कंकरले बताए ।

कंकरका अनुसार , साहुकार कानुबाट गत असार १७ गते १२ लाख लिएपछि त्यसबापत ६ कठ्ठा घडेरी पास गरिदिन दबाब र धम्की दिएपछि जिउ ज्यानको सुरक्षाको माग गर्दै पिडित तारादेवीले यसअघि असार २२ गतेपनि जिल्ला प्रहरी कार्यालय पर्साममा निवेदन दिएका थिए ।

तर त्यसबेलापनि प्रहरीले आफुहरुको कुरै नसुनेको कंकरले दुखेसो पोखे । उनले भने,‘ आइतबार त घरमै पसेर कुटे , लछार पछार गर्दै बाहिर निकालेर प्रहरीकोमा लगेर थुन्न लगाए ।

पत्रकार सम्मेलनमा साहुकार कानुसंग लिएको १२ लाख रुपैयाँ फिर्ता गर्न आफु तयार रहेको बताइन् । उनले भनिन्,‘ मैले लिएको १२ लाख फिर्ता गर्न तयार छु तर हामी आमा छोरालाई कुटेर घाइते बनाउनेलाई प्रहरीले पक्रेर कारबाही गर्नुपरयो ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहनबिक्रम केसीले भने पिडित भनिएकी तारादेवी र उनका छोरालाई प्रहरी थुनामा नराखेको दाबी गरे । लेनदेनको विवादमा उजुरी परेपछि प्रहरी कार्यालयमा आइतबार दुवै पक्षलाई बोलाएको तर प्रहरी थुनामा कसैलाईपनि नराखेको उनले बताए ।

केसीले भने,‘ छलफलमा तारादेवी र उनका छोरा माथि हातपात हुन सक्ने जोखीम थियो । त्यहि भएर सुरक्षाको दृष्टिकोणले भित्रको कोठामा राखिएको थियो । प्रहरी थुनामा एक सेकेण्डपनि राखिएको छैन ।प्रहरी निरीक्षक केसीले बेलुकी अबेरसम्म चलेको छलफलमा समस्या नसुल्झिएपछि बुधबार फेरि प्रहरी कार्यालयमा हाजीर हुने शर्तमा तारादेवी र उनका छोरालाई गाँउपालिका अध्यक्ष मनोज गुप्ताको जिम्ममा घर पठाइएको बताए ।कुटपिटमा संलग्नलाई कारबाहीको विषयमा भने पिडितहरुलाई अस्पतालबाट उपचार गराई प्रहरी केसको रिपोर्टसहितको जाहेरी लिएर आउन भनिएकोपनि उनले बताए । मधेस खबर 

दुर्गा प्रसाईको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति प्रति सांसद चौरसियाको आपत्ति

0

वीरगंज २ भाद्र/
मेडीकल व्यवसायी दुर्गा प्रसाईले मारवाडी समुदायले नेपालको अर्थतन्त्र तहस नहस तुल्याएको भन्ने जस्ता गैरजिम्मेवारपूर्ण सार्वजनिक अभिव्यक्ति प्रति पर्सा क्षेत्र नं. २ का सांसद अजय चौरसियाले आपत्ति जनाउदै खेद व्यक्त गर्नु भएको छ ।
औद्योगिकिकरण र व्यवसायीक लगानी मार्फत मुलुकमा रोजगारी सृजना गरी अर्थतन्त्र चलाएमान बनाउन मारवाडी समुदायको ठुलो योगदान रहेको बताउदै सांसद चौरसियाले मारवाडी समुदायले सामाजिक उत्तरदायीत्व अन्तर्गत पर्ने अन्य क्षेत्रहरुमा पनि उत्साहजनक सहभागिता जनाउदै आएको बताए ।
व्यवसायी प्रसाईले कसैको व्यक्तिगत विषयलाई लिएर सम्पुर्ण समुदायलाई नै आघात पुग्ने गरी अभिव्यक्ति दिनु निन्दनीय रहेको चौरसियाको भनाई रहेको छ । तसर्थ सामाजिक सद्भाव, मेलमिलाप र भाईचारा कायम राख्न सम्बन्धित सबैमा अनुरोध समेत गर्नु भएको छ ।

पर्सा सशस्त्र प्रहरी उपरीक्षक थपलियाको निधन

0

पर्सा ।  पर्साका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको निधन भएको छ । ४३ वर्षीय थपलियाले शनिबार बिहान करिब साढे १० बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणमा सहकर्मीहरूलाई आफूलाई असजिलो महसुस भएको बताएका थिए ।

साइक्लिङ गरेर करिब १० बजे कार्यालय फर्केका थपलियाले सहर्मीहरूलाई ‘छातीमा असजिलो महसुस भएको’ भनेका थिए । लगत्तै बेहोस भएका उनलाई उपचारका लागि मेडिसिटी अस्पताल वीरगन्जमा भर्ना गरिएको थियो । चिकित्सकले करिब १ घण्टा उपचार गरे पनि उनलाई बचाउन नसकेको बताएका छन् ।

चिकित्सकले थपलियालाई हृदयाघात भएको जानकारी दिएको उनका एक सहकर्मी अधिकृतले बताए । नुवाकोट पुर्ख्यौली घर भएका उनी सशस्त्र प्रहरीको तेस्रो ब्याचका प्रहरी निरीक्षक थिए ।

नेपाली काङ्ग्रेसको प्रथम क्षेत्रीय सम्मेलन सम्पन्न

0

 

बिरगंज ३२ श्रावण /
पर्साको क्षेत्र न.२ मा नेपाली काङ्ग्रेसले १४ औं महाधिवेशन पश्चातको ऎतिहासिक प्रथम क्षेत्रीय सम्मेलन सम्पन्न गरेको छ ।
टाउन हल पार्टी प्यालेस बिरगंजको सभा हलमा आयोजित सम्मेलनको प्रमुख अतिथि नेपाली काङ्ग्रेसको सह-महामन्त्री महेन्द्र यादवले बि.पि. कोइरालाको फोटोमा फुलमाला अर्पण तथा पानसमा दीप प्रजवलन गरि कार्यक्रमको उदघाटन गरेका थिए ।
कार्यक्रम लाई सम्बोधन गर्दै विभिन्न वक्ताहरुले पार्टी भित्र रहेका गुटबन्धी,मनमुटाव लाई सबै नेता तथा कार्यकर्ताहरु मिलि अन्त्य गर्नु पर्छ । किनकि जबसम्म हामीले एक ढिक्का भएर अगाडि बडदैनौ तबसम्म नेपाली काङ्ग्रेस बलियो र प्रभावकारी हुदैन ।बिगतका दिनहरूमा भएका तिथामिठाहरुलाई बिर्सेर यदि सबै काङ्ग्रेसीहरु एकजुट भई ईमानदारी पुर्बक अगाडि बढ्यो भने आउने चुनावहरुमा जित सुनिश्चित हुनुका साथै पार्टी बलियो हुनेछ भन्नेमा विशेष जोड दिएका थिए ।

क्षेत्रीय कार्य समितिका अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षतामा भएको क्षेत्रीय सम्मेलनमा नेपाली काङ्ग्रेसको केन्द्रिय प्रचार प्रसार बिभागको केन्द्रिय सदस्य रम्भा मिश्राले स्वागत मन्तव्य दिएकी थिइन् ।
उक्त सम्मेलनमा बिशिस्ट अतिथि पर्सा क्षेत्र न.२ को संघिय सांसद एवं नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य अजय कुमार चौरसिया अतिथिहरु पर्सा जिल्ला सभापति एवं प्रदेश सांसद जनार्दन सिंह क्षेत्री,प्रदेश सांसद श्याम पटेल,पुर्व मन्त्री ओमप्रकाश शर्मा,क्षेत्रीय प्रतिनिधि रामनारायण कुर्मी,प्रदेश सदस्य नितेन्द्र साह,अर्चना चौधरी,रामाकान्त चौरसिया,बिरगंज महानगरको उप-मेयर ईम्तियाज आलम,अशोक गुप्ता,किरण सरकार,शिवनारायण राम,जि.पि. फाउन्डेसनको जिल्ला संयोजक धिरज गुप्ता,कोपिला चौरसिया,दिना गुप्ता तथा नेताकार्यकर्ता,बुद्धिजीवी लगाएत पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण नेपाली काङ्ग्रेस क्षेत्र न.२ का क्षेत्रीय सचीव रंजित पटेलले गरेका थिए ।

सरकार सुशासनमा केन्द्रीत छ ः सञ्चारमन्त्री शर्मा

0

देउखुरी (दाङ), ३१ साउन (रासस) ः सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सुशासनमा केन्द्रीत रहेको बताउनुभएको छ । प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सरकारले सुशासन कायम गर्दै न्याय र समृद्धिका पक्षमा काम गरिरहेको बताउनुभयो ।
भ्रष्टचार, अनियमितताका विरुद्धमा लड्न सरकारलाई सबैको साथ र सहयोग आवश्यक पर्नेमा मन्त्री शर्माले जोड दिनुभयो । “सरकारले सुन तस्करी, भुटानी शरणनार्थीलगायत अन्य भ्रष्टचारका घटनामा अनुसन्धानलाई जसरी अगाडि बढाएको छ, यसमा सबैको साथ र सहयोग आवश्यक छ”, उहाँले भन्नुभयो ।
सरकारका प्रवक्ता मन्त्री शर्माले यस्ता गम्भीर विषय सञ्चारमाध्यमले उजागर गरेकाले सरकारलाई थप अनुसन्धान गर्न सहयोग पुगेको भन्दै सम्पूर्ण सञ्चारमाध्यमको प्रशंसा गर्नुभयो । “भ्रष्टाचारको विषयमा सरकार गम्भिरतापूर्वक लागेको छ”, उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले घरभित्रको मान्छे भए पनि नछोड्ने भन्नुभएको छ । अनुसन्धान निष्कर्षमा पु¥याउने छौँ ।”
मन्त्री शर्माले अर्थतन्त्रमा आएको गिरावटका कारण दाङमा पूर्वाधार विकासका क्षेत्रमा पर्याप्त बजेटको व्यवस्था गर्न नसिकएको बताउनुभयो । सामाजिक सञ्जाल नियमनका लागि कानूबमोजिम निर्देशिका तयार गरिरहेको जनाउँदै उहाँले जिल्लाका पत्रकार तथा सरोकारवाला निकायलाई आवश्यक सल्लाह दिन आग्रह गर्नुभयो ।
जिल्लाको विकट क्षेत्रका रूपमा रहेको राजपुरको मुसिनाकामा टेलिकम सेवा विस्तारको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । घोराही–तुलसीपुर चार लेनको सडकको ठेक्का सहमतिमा रद्द गरिएको जनाउँदै उहाँले काम नगर्ने ठेकेदारसँग सहमति गरी उक्त ठेक्का रद्द गरिएको बताउनुभयो ।
मन्त्री शर्माका अनुसार उक्त सडक मर्मतको लागि काम अगाडि बढेको छ । नयाँ प्रक्रियाबाट सडक निर्माण अगाडि बढ्ने उहाँको भनाइ थियो । प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव जनक नेपालीले गर्नुभएको थियो ।

सङ्घीय निजामती विधेयक एकसाताभित्रै सदनमा दर्ता हुन्छ ः उपप्रधामन्त्री खड्का

0
k|lzIf0f sfo{qmddf pkk|wfgdGqL v8sf sf7df8f}F, #! ;fpgM g]kfn lghfdtL sd{rf/L o'lgogåf/f sf7df8f}Fdf a'waf/ cfof]lht k|lzIf0f sfo{qmdnfO{ ;Daf]wg ub}{ pkk|wfgdGqL tyf /IffdGqL k"0f{axfb'/ v8sf . tl:a/M gf/fo0f Gof}kfg]÷/f;;

काठमाडौँ, ३१ साउन ः उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीय निजामती विधेयक एकसाताभित्रै सदनमा दर्ता हुने जानकारी दिनुभएको छ । नेपाल निजामती कर्मचारी युनियन केन्द्रिय कार्यसमितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले निजामती विधेयक चालु अधिवेशनमै सदनमा दर्ता भई छलफल अघि बढ्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “विधेयक छिट्टै सदनमा दर्ता हुन्छ, पहिलेको तुलनामा धेरै उन्नत, समृद्ध र वैज्ञानिक बनाउन कोसिस गरिएको छ ।” सविधान जारी भएको आठ वर्ष पूरा भइसक्दासमेत सङ्घीय निजामती विधेयक जारी नभएपछि सरकारको काम गर्ने तरिका र प्राथमिकताका विषयमा आलोचना हुँदैआएको छ ।
सुशासन प्रदान गर्ने सन्दर्भमा देखिएको निर्णय प्रक्रियामा हुने ढिलासुस्ती हटाउन सुधारको कार्य योजना अघि बढाइएको उल्लेख गर्दै उहाँले पैसाको अभावले मात्र नभई झन्झटिलो निर्णय प्रक्रियाका कारण लक्ष्य अनुरुप पुँजीगत खर्च नहुँदा विकास र समृद्धिका मुद्दा ओझेलमा पर्दैआएकामा सुधारको खाँचो औँल्याउनुभयो ।
उप्रधानमनन्त्री खड्काले भन्नुभयो, “निर्णय प्रक्रियालाई छिटोछरितो गराउन केही आधारभूत सुधारको खाँचो छ, सुशासन र सेवाप्रवाह तथा सविधानले सुनिश्चित गरेको अधिकार कार्यान्वनको विषयलाई सरकारले जोड दिएको छ ।” राष्ट्रसेवक कर्मचारीबाट आमसेवाग्राहीप्रति गरिएको हार्दिकतासहितको बोली, व्यवहार र कामको समाजमा सर्वत्र छलफल र चर्चाको विषय बन्न आवश्यक रहेको बताउँदै उहाँले नागरिकमैत्री सेवाप्रवाहले नेतृत्व बलियो हुने मात्र नभई सङ्गठन सुदृढ हुने पक्षमा हेक्का राख्न सुझाव दिनुभयो ।
नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले निजामती सेवाभित्रका उच्च प्रशासनकले आफूलाई केन्द्रमा राखेका कारण निजामती विधेयक जारी हुन ढिलाइ गरिएको बताउनुभयो । युनियनका वरिष्ठ उपाध्यक्ष उत्तम कटुवालले सङ्गठन सुदृढीकरण, नेतृत्व विकास र सकारात्मक सोच जागृत तुल्याउने उद्देश्यकासाथ आयोजना गरिएको प्रशिक्षणबाट सङ्गठनको ओज बढाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
युनियनले आगामी भदौ १ गते हुने राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा केन्द्रिय कार्यसमितिका पदाधिकारी र सदस्य एवं सल्लाहकार, सङ्गठन र प्रशिक्षण विभागका सदस्यका लागि एक दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।

सामाजिक सुरक्षा योजनालाई एकीकृत र सघनरूपमा सञ्चालन गरिनेछ ः प्रधानमन्त्री

0
sf7df8f}F, #! ;fpg M ;fdflhs ;'/Iff of]hgf z'ef/De ;df/f]x k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú g]kfn ;/sf/sf] ;fdflhs ;'/Iff sf]ifåf/f a'waf/ cfof]lht cgf}krfl/s If]qsf >lds tyf :j/f]huf/df /x]sf JolQmsf] ;fdflhs ;'/Iff of]hgf z'ef/De ;df/f]xnfO{ ;Daf]wg ug{'x'Fb} . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौँ, ३१ साउन ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रको विकासमा अपेक्षित प्रतिफल प्राप्त गर्न सामाजिक सुरक्षा योजनालाई एकीकृत अवधारणाअन्तर्गत समाहित गर्दै सघन अभियानका रूपमा सञ्चालन गरिने बताउनुभएको छ ।
सामाजिक सुरक्षा कोषद्वारा आज यहाँ आयोजित अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उक्त योजनाको दिगोपनाका लागि विभिन्न सामाजिक सुरक्षा भत्ता कार्यक्रमलाई पनि योगदानमा आधारित बनाई यसमा देखिने दोहोरोपना हटाउन एकीकृत सामाजिक सुरक्षा संरचना तयार गरी गाभिँदै लगिने बताउनुभएको हो ।
कोषलाई राज्यको सामाजिक सुरक्षा योजना सञ्चालन गर्ने एकीकृत संरचनामार्फत अघि बढाउने गरी व्यवस्थित गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्री दाहालले भन्नुभयो, “कोष समाजका उपेक्षित, उत्पीडित र अन्यायमा परेका श्रमिकलगायतका वर्गको संरक्षणका लागि महत्त्वपूर्ण संयन्त्र हो । यो संयन्त्रमा आन्तरिक उत्पादन चक्रलाई नै सक्रिय बनाई समग्र उत्पादकत्व अभिवृद्धि गराउन सक्ने क्षमता हुन्छ भने अर्काेतिर यस्तो कोषमा श्रमिकको भरोसाका आधार लुकेका हुन्छन् । अनौपचारिक क्षेत्रका श्रमिकले हात–पाखुरा चल्दासम्म श्रम गर्ने र नसक्ने भएपछि रित्तो हात घर फर्किनुपर्ने नियतिमा यो अभियानले सहयोग पुग्नेछ ।”
उहाँले समतामूलक न्यायपूर्ण समाजको स्थापनाका लागि भएका ऐतिहासिक सङ्घर्षका जगमा निर्मित नेपालको संविधानले श्रमिक वर्गको सामाजिक सुरक्षाको हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेकाले अन्यायमा परेका श्रमिकको अधिकार स्थापना गर्दै उनीहरूको सामाजिक सुरक्षाको हक सुनिश्चित गर्न नसकेसम्म संविधानको कार्यान्वयन हुन नसक्ने स्पष्ट गर्नुभयो ।
श्रमिकहरू इतिहासका निर्माता र मुलुकको समृद्धिका संवाहक हुन् भन्ने तथ्यको मनन् गरेर नै सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियानअन्तर्गत वैदेशिक रोजगारीमा रहेका श्रमिकको सामाजिक सुरक्षा योजनालाई आफूले शुभारम्भ गरेको स्मरण गर्दै नयाँ शुभारम्भबाट अब नेपालमा सामाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर नहुने बताउनभुयो ।
यो योजनाअन्तर्गत अनौपचारिक क्षेत्रमा ४० लाखभन्दा बढी रहेका सबै श्रमिक मजदुरलाई सामाजिक सुरक्षा कार्यक्रममा क्रमशः सहभागी बनाइने सरकारको तयारी छ ।
नेपालको संविधानले परिकल्पना गरेको समतामूलक समाज तथा समाजवादोन्मुख राजनीतिक तथा आर्थिक प्रणाली स्थापनाका लागि श्रमिकको सामाजिक सुरक्षासहितको अधिकारको प्रत्याभूति अनिवार्य शर्त रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सामाजिक सुरक्षा सामान्य अवधारणामात्रै नभएर यसले नागरिकले बिनाभेदभाव शिक्षा, स्वास्थ्य, रोजगारी, अवसर, सहुलियत र सम्मान प्राप्त गर्ने वातावरण निर्माण गर्ने बताउनुभयो ।
सामाजिक सुरक्षालाई दिगो र व्यवस्थित बनाउन ‘योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४’ को प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउँदै उहाँले कोषमा आबद्ध हुने रोजगारदाता र श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षाको लाभबाट बञ्चित नहोउन् भन्ने कुरा सुनिश्चित गर्न ऐनको कार्यान्वयनका लागि नियमनकारी निकाय परिचालन गरिने जानकारी दिनुभयो ।
औपचारिक क्षेत्रका सबै श्रमिकलाई अनिवार्यरूपमा कोषमा आबद्ध गराउने उद्देश्यले प्रतिष्ठानको दर्ता, नवीकरण, कर प्रणाली, खरिद प्रक्रियामा सहभागितालगायतका विषयमा नीतिगत समन्वयका लागि पहल गरिने उहाँको भनाइ छ ।
प्रधानमन्त्री दाहालले कोषको क्षमता अभिवृद्धि गरी यसको विश्वसनीयता र अपनत्व कायम गर्न सरकारी करार र ज्यालादारीमा रहेका श्रमिकलाई चरणबद्धरूपमा कोषमा आबद्ध गराउने कार्य सुरु गरिने र अनौपचारिक क्षेत्रका श्रमिकका हकमा समेत राज्यको सह–योगदानलाई कार्यान्वयनमा ल्याउने विषयमा सरकार गम्भीर रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले गरिबी निवारणलाई टेवा दिन र स्वदेशका श्रमबजारमा श्रमशक्तिको आकर्षण वृद्धिका लागि उक्त योजना प्रभावकारी रहेकाले यसलाई थप परिमार्जन र विस्तारसहित कार्यान्वयन गर्न सरकार तत्पर रहेको बताउनुभयो ।
नेपाल सरकारका मुख्यसचिव डा वैकुण्ठ अर्यालले सुरक्षा योजनामा आबद्ध हुने श्रमिकको क्षेत्र र सङ्ख्या बढेसँगै त्यसको अभिलेख र तथ्याङ्कीय व्यवस्थापनका लागि कोषले तयारी गर्नुपर्ने बताउनुभयो ।
संयुक्त श्रमिक समन्वय समिति (जेटियुसिसी)का अध्यक्ष विनोद श्रेष्ठले संविधान, कानुन र नीतिमा भएका श्रमिक अधिकारका विषयहरू व्यवहारतः लागू भएको अनुभूति हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा रोजगारदाता संस्था र अन्तर्राष्ट्रिय श्रम सङ्गठनका प्रतिनिधिको पनि सहभागिता रहेको थियो ।