Home Blog Page 5

वीरगञ्जका विद्यालयहरु १ हप्ता अझै नखुल्ने

0

संजय गुप्ता// वीरगञ्ज, असार ०१//

अत्यधिक गर्मिका कारण प्रभावित भएकोमा विदा गरिएका वीरगञ्ज महानगरका विद्यालयहरुमा पुन: ६ दिन विदा थप गरिएको छ ।

गर्मीले विद्यार्थीहरुको स्वास्थ्यमा विभिन्न किसिमका समस्याहरु देखिन थालेपछि महानगरले विद्यालयमा विदा दिने निर्णय गरेको थियो । बन्द विद्यालयहरु आज देखि खुल्ने भनिएपनी गर्मी अझैपनी कम नभएकोले असार ६ गतेसम्म विदा लम्ब्याउने निर्णय महानगरले गरेको छ ।

मौसममा समान्य परिवर्तन देखिए पनि पानी नपर्दा गर्मी उतिकै रहेको देखिएको छ । पानी नपरेसम्म गर्मी कम हुने सम्भावना कम रहेको छ भने गर्मीमा कमि नआए विदा अझै लम्बिन सक्ने प्रबल सम्भावना रहेको देखिन्छ ।

खानेपानी योजना रुकेपछी रौतहटको टिकुया मावी विवादमा

0
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

मनोज गुप्ता // वीरगञ्ज, जेठ २२//

 शुद्ध खानेपानीको योजना रुकेपछी रौतहटको गौर-४, स्थित नेरामावि टिकुलिया विवादको सिकार हुन पुगेको छ ।

विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गरी सुरु हुन लागेको शुद्ध खानेपानी आपूर्ति योजनामा असहज परिस्थिती सिर्जना भएको देखिएको छ। नेपाली कांग्रेसका नगर सभापति तथा मेयर पदका प्रत्यासी मोहन कुमार यादवको पहलमा अगाडि बढाइएको उक्त योजना गौर नगरपालिकाका वर्तमान मेयर शम्भु साहको हस्तक्षेपका कारण रोकिएको आरोप लगाइएको छ।

विगत केही समयदेखि श्री संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरधाम मधेश प्रदेश नेपालमा पटक-पटक पहल गरी योजना स्वीकृत गराइएका यादवका अनुसार, सम्पूर्ण प्रशासनिक प्रक्रिया पूरा भई निर्माण कम्पनी स्थलमा मेशिनरीसहित पाइप जडान गर्न पुगेको थियो। तर, नगरप्रमुख शम्भु साहले “मेरो समन्वयबिना कुनै पनि कार्य अघि बढ्न सक्दैन” भन्दै योजना रोक्न निर्देशन दिएको नेता यादवले आरोप लगाएका छन ।

“शुद्ध खानेपानीको अत्यावश्यकताका बीच विद्यालय, अभिभावक र स्थानीयवासीको निरन्तर अनुरोधलाई सम्बोधन गर्दै मैले व्यक्तिगत पहलमा योजना पार गराएको तर जनहितको विषयमा पनि नगर प्रमुखको व्यक्तिगत अहंकारले विकास रोक्नु अत्यन्त दुःखद र दुर्भाग्यपूर्ण रहेको समेत यादवको आरोप छ ।

स्थानीय स्रोतहरूका अनुसार गौर नगरपालिकाभित्र अधिकांश सर्वसाधारणको घरमा ५०–८० फिट गहिराइका हैण्डपम्प मात्र छन्, जसबाट आवश्यक मात्रामा शुद्ध पानी पाउन कठिन छ। सार्वजनिक विद्यालयमा शुद्ध र सुरक्षित पानीको पहुँच अझै पनि चुनौतीपूर्ण रहेको अवस्थामा यस्तो योजना तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता रहेको स्थानीय शिक्षकमाझ धारणा छ।

यस घटनाले विकास योजनामा राजनीतिक दखल, समन्वय अभाव र नेतृत्वदायी तहमा विद्यमान व्यक्तिगत निर्णय प्रणालीबारे गम्भीर प्रश्न उठाएको छ।

गौर नगरपालिकामा सार्वजनिक हितका विषयमा समेत राजनीतिका कारण अवरोध आउनु निन्दनीय भएको भन्दै स्थानीय नागरिक समाज, अभिभावक र शिक्षा क्षेत्रका व्यक्तिहरूले निराशा व्यक्त गरेका छन्।

आईपिएल ट्रफी पहिलोपटक बैंग्लुरुको कब्जामा

0

मनोज गुप्ता// वीरगञ्ज, जेठ २१//

विगत १८ वर्ष देखि शुरु भएको ईन्डियन प्रीमियर लिग (आईपिएल)को ईतिहासमा पहिलोपटक बैङ्ग्लुरुले फाईनल उपाधी जित्न सफल भएको छ ।

यस अघि पनि सन २००९, २०११ र २०१६ मा फाईनल खेलेर पनि उपाधी चुम्न नसकेको बैंग्लुरु चौथो पटकमा सफल्ता हात पारेको छ ।

उपाधिका लागि हिजो मङ्गलवार राती भएको फाइनल खेलमा पञ्जाब किड्सलाई ६ रनले हराउदै बैंग्लुरुले उपाधी हात पारेको हो ।

म्याचमा पहिलो ब्याटिङ गरेको बैंग्लुरुले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १९० रन सफल भएको थियो । १९१ रनको विजय लक्ष्य लिएर जवाफी ब्याटिङमा ओर्लेको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन मात्रै बनाउन सकेको थियो ।

बैंग्लुरुका तर्फबाट विराट कोहलीले सर्वाधिक ४३ रन बनाएका थिए । भने कप्तान रजत पाटिदारले २६ रन, लियाम लिभिङस्टोनले २५ रन  तथा मयंक अग्रवाल र जितेश शर्माले  २४/२४ रन बनाएका थिए ।

 पञ्जाबका लागि अर्शदीप सिंहले ४ ओभरमा ४० रन दिएर ३ विकेट, काइल जेमिसनले ४ ओभरमा ४८ रन दिएर ३ विकेट तथा अजमतुल्लाह ओमरजाइ, विजयकुमार वाइशाक र युजभेन्द्र चहलले १-१ विकेट लिएका थिए ।

कृकेट विश्वकप लिग २ मा स्कटल्याण्डमाथी नेपालको कीर्तिमानी जित

0

संजय गुप्ता// वीरगौन्ज, जेठ २०//

आई सि सि कृकेट विश्वकप लिग २ को पहिलो खेलमा नेपालले स्कट्ल्याण्डमाथी शानदार जित हासिल गरेको छ ।

नेपालको तर्फबाट नवौं नमबरका ब्याट्सम्यान करण केसिले आफ्नो ओडिआई क्यारियरकै पहिलो अर्द्धशतक प्रहार गर्दै अविजित ६५ रन बनाए पछि नेपालले यस कीर्तिमानि जितको यात्रा तय गरेको हो ।

एक दिवसिय अन्तर्राष्ट्रिय कृकेटको सबै भन्दा ठूलो लक्ष्य २९७ रनको लक्ष्य पाएको नेपालले अन्तिम बल बाकी छ्दै ९ विकेटको क्षतिमा पूरा गरि नयाँ कीर्तिमान कायम गरेको छ ।

यस प्रतियोगितामा नवौ नम्बरका ब्याट्सम्यान करण केसिले ४१ बलमा ३ चौका र ४ छक्काको मदतले अविजित ६५ रन बनाउदै खेलको म्यान अफ दि म्याच घोषित भएका छन् ।

मन्सुनजन्य विपदको तयारीमा स्वास्थ्य मन्त्रालय

0
संजय गुप्ता// वीरगञ्ज, जेठ १३//
मनसुनजन्य विपदको सामनाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्वसतर्कता अपनाएको छ ।
वर्षा सुरुहुने समय नजिक आउँदै गरेको तथा यसवर्षको वर्षायाममा आउनसक्ने सम्भावित जोखिम बारे मौसम पूर्वानुमान महाशाखाले समय समयमा र्सार्वजनिक  गर्दै आएको सूचनाको आधारमा आवश्यक पूर्वतयारीको थालनी समेत मन्त्रालयले गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले विपद सामुन्ने आईसकेपछी मात्र तात्ने प्रवृतिको अन्त्य गर्नुपर्ने भन्दै मन्त्री पौडेलले समयमै पूर्वतयारीलाई प्रभावकारी ढंगले अघि बढाउन पहल गरेका छन् ।
वर्षाको समयमा हुनसक्ने
विभिन्न संक्रमण, महामारी तथा रोगहरु लाग्नसक्ने सम्भावना रहने हुनाले समयमै सम्भावित समस्या पहिचान गरि तयारीमा लाग्नुपर्नेमा जोड दिएका छन् ।
रोग एवम महामारीको रोकथाम र नियन्त्रणका लागि उपयुक्त स्थान पहिचान गरि शुद्ध खानेपानी लगायत आवश्यक व्यवस्थापनका लागि

 

स्थानीय तहसम्ममै प्रभावकारी कार्यहरू अघि बढाउने तयारी मन्त्रालयले गरेको छ ।

 

चाहिएको जति गति लिन सकेन बुढिगण्डकी जलविद्युत आयोजना

0

मनोज गुप्ता// वीरगञ्ज, जेठ १३//

नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुढिगण्डकि जलविद्युत आयोजनाले चाहिएको जति गति लिन नसकेको भनी असन्तुष्टि जनाउनु भएको छ ।

परियोजनाले गति लिन नसकेकोमा स्थानीय जनतालाई पीडा भएको कुरा आफूले बुझेको समेत उनले बताएका छन् ।

गोरखाको भिमसेन थापा गाउँपालिकाको खाञ्चोकमा नवनिर्मित प्रमुख प्रशासकीय भवनको आज मङ्गलवार एक समारोहका बिच उदघाट्न गर्दै अध्यक्ष प्रचण्डले परियोजनाप्रती सरोकारवालाहरु संबेदनसिल नभएर ढिलासुस्तीले काम अघिबढिरहेको आरोप लगाएका छन् ।

उदघाट्न सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुँदा सरोकारवाला सङ्ग पटकपटक छलफल गर्दा पनि परियोजनाको कार्य चाहेजस्तो गति लिन नसकेको बताएका छन् ।

 

पर्साका विभिन्न स्थानबाट पौने ११ लाख भन्दा बढीको अबैध सामग्री बरामद

0

संजय गुप्ता // वीरगञ्ज, जेठ १२//

सशस्त्र प्रहरीले पर्साका विभिन्न ठाउँमा गरि करिब १० लाख ८४ हजार ८४ हजार बराबरको अवैध मालसामान बरामद गरेको छ ।

विशेष अभियान अन्तर्गत सशस्त्र प्रहरीले अवैध रुपमा भन्सारछली गरेर निकासी तथा पैठारी गर्न लागिएका किराना समान, मदिरा, मोबाईल पार्ट्स, मोटर पार्ट्स, फलफूल तथा २ थान मोटरसाइकल लगायतका सामग्रीहरु गरि सो परिमाण बराबरको अवैध सामग्री वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएको छ ।

पछिल्ला दिनहरुमा सशस्त्र प्रहरी पर्साले अवैध रूपमा भारतबाट भित्रीने गरेका मालसामान पक्राउ गर्न सकृयता बढाएको जस्तो देखिएपनी ग्रामीण नाकाहरुको माध्यम बाट तस्करी भैरहेको सर्वसाधारणको आरोप रहेको छ । आफ्नो घरायसी प्रायोजनका लागि ल्याईने अत्यावश्यकिय बस्तु खोसेर प्रहरीले सर्वसाधारणलाई अनावश्यक दु:ख दिइरहेको तथा तस्करहरुलाई रकमी चलखेलका आधारमा रोकटोक नगरेको ग्रामीण भेगका सर्वसाधारणहरुको गुनासो रहेको छ ।

सवारी दुर्घटनाबाट मकवानपुरमा २ जनाको मृत्यु

0

मनोज गुप्ता// वीरगञ्ज, जेठ १२//

सवारी दुर्घटनामा परि मकवानपुरमा १ जनाको मृत्यु भएको छ ।

सोमबार साझ ७ बजे त्रिभुवन राजपथ अन्तर्गत गोपाली गाउँ बाट थाना बजार तर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको बसले मकवानपुरको थाहा नगरपालिका -३ मा सोमबार साझ ७ बजे पैदलयात्रीलाई ठक्कर दिदै उपमेयर भरत गोपालीको घरमा प्रवेश गरेको थियो ।

दुर्घटनामा परि ठेगाना खुल्न नसकेको कृष्ण बलामी र लोकेन्द्र ठाकुरको मृत्यु भएको छ । घट्ना लगतै दुवैजनालाई उपचारका लागी प्राथमिक स्वास्थ्य केन्द्र पालुङ्गमा लगिएको थियो भने त्याहा पुग्नासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतक दुवैको शवलाई पोष्टमार्टमको तयारी गरिदै छ भने घट्नाको विशेष अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

महिला कृकेट विश्वकप एसिया छनोटमा नेपाल ७८ रनले पराजित

0

अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने पार्टीको निर्णय

0

संजय गुप्ता// वीरगञ्ज, जेठ ११// 

नेपाल कम्युनिस्ट पार्टी एमालेले आफ्नो भ्रातृसंगठनको रूपमा रहेको अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लागू गर्ने निर्णय गरेको छ ।

पार्टीको केन्द्रिय कार्यालय काठमाडौको च्यासलमा आज आईतवार बसेको पार्टी सचिवालयको बैठकले ३२ वर्षको उमेरहद लगाउने निर्णय गरेको हो ।

आजको निर्णय अनुसार उमेर हद लागू भएमा अनेरास्ववियु बाट नेतृत्वदायी पदका अधिकान्स पदाधिकारीहरु बाहिरिने छन् । वर्तमान अवस्थामा सङ्गगठनको नेतृत्वका लागि अध्यक्ष पदका दावेदार रहेका वर्तमान महासचिव नरेश रोकाया तथा उपाध्यक्षहरु गोविन्द गिरि, मर्यादा बिष्ट, नारायण घर्ती, धर्म गिरि लगायतकाहरु उमेर हदका कारण पार्टीबाट बाहिरिने निश्चित भएको छ ।

उमेर हदको व्यवस्था लागुभएमा सङ्गठनका नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने धेरै पदाधिकारीहरु बाहिर जाने तथा कनिष्ठहरुले नेतृत्वको भूमिकामा आउनसक्ने सम्भावना बढेको छ ।