Home Blog Page 6

रुसको पच्छिलो हमलाबाट १३ युक्रेनी नागरिकको मृत्यु

0

मनोज गुप्ता// वीरगञ्ज, जेठ ११//

रुसले गरेको पच्चिल्लो हमलाबाट कम्तिमा१३ जनाको मृत्यु भएको छ भने ५६ जना घाईते भएक छन् ।

रुसले १४ वटा ब्यालेस्टिक मिसाईल तथा २५० वटा ड्रोन प्रहार गर्दा युक्रेनको राजधानी शहर किभमा आगलागि भएको छ ।

युक्रेनले रुसको २४५ ड्रोन र ६ मिसाईल खसालेको छ । युक्रेनि राष्ट्रपति भ्लादिमिर जेलेन्स्किले यस हमलाबाट रुसले नै युद्ध लम्ब्याएको कुरा दुनियाँसामू प्रष्ट भएको बताएका छन् ।

सवारी दुर्घटनाबाट वीरगञ्जमा १ जनाको मृत्यु

0

मनोज गुप्ता // वीरगञ्ज, जेठ १०//

सवारी दुर्घटनामा परि वीरगन्जमा आज शनिबार  एकजनाको मृत्यु भएको छ भने एक जना सख्त घाईते भएका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नं. १७, अलौमा आज दिउँसो वीरगञ्जबाट अलौतर्फ गइरहेको लु. ५ च. ८१५९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना. ७ ख. ९४२९ नम्बरको टिपरले ठक्कर दिदा भएको दुर्घटनामा मोटरसाइकल चालक वीरगञ्ज –१६, नगवा निवासी  छोटु साह सोनार गम्भीर घाइते भई नीलकण्ठ अस्पताल वीरगञ्जमा उपचारको लागि पठाईएको र उपचारकै क्रममा दिउँसो ४ः२० बजे उनको मृत्यु भएको छ।

साथै मोटरसाइकलको पछाडि सवार वीरगञ्ज–२९, रतनपुरका शुकुरुला अंसारी घाइते भएका छन्। उनको कम्मर र खुट्टामा चोट लागेको छ । उनको नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भैरहेको छ ।

यता दुर्घटना भए लगतै प्रहरीले मोटरसाइकल, टिपर र टिपर चालक बारा, कलैया–१६ निवासी कृष्ण प्रसाद पटेललाई आफ्नो नियन्त्रणमा लिएको छ । घट्नाको अनुसन्धान भईरहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रेस काउन्सिल द्वारा ८ भाषामा पत्रकार आचारसंहिता लागू

0

संजय गुप्ता// वीरगञ्ज, जेठ १०//

प्रेस काउन्सिल नेपालले ८ वटा भाषामा पत्रकार आचारसंहिता लागू गरेको छ ।

मैथिली, थारु र नेपाल भाषा गरि ३ वटा भाषामा पहिले देखि नै आचारसंहिता लागू गरेको काउन्सिलले हिजो शुक्रबार भोजपुरी, राई वान्तावा, तामाङ, डोटेली, लिम्बू भाषा गरी  थप ५ भाषामा आचारसंहिता अनुवाद गरि सार्वजनिक गरेको छ ।

काउन्सिलले हिजो शुक्रबार आयोजना गरेको एक समारोहमा काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, राससका अध्यक्ष धर्मेन्द्र झा र भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले संयुक्त रुपमा नव अनुवादित आचारसंहिता सार्वजनिक गरेका छन् ।

मातृभाषामा समेत लागू भएपछि आचारसंहिताको पालना गर्न सजिलो हुनुका साथै यसप्रति सरोकारवालाहरुको आकर्षण समेत बढ्ने विश्वास लिइएको छ ।

एक वर्ष नबित्दै मधेस सरकारमा फेरबदल, २ मन्त्री बर्खास्त

0

जनमत पार्टिका नेता सतिश सिंहको नेतृत्वमा गठन भएको मधेस प्रदेश सरकार गठन भएको १ वर्ष नबित्दै पुनः मन्त्रालयगत जिम्मेवारिमा फेरबदल गरेको छ ।

एक वर्ष पूरा गर्न १७ सिन अगावै हिजो जेठ ८ गते मुख्यमन्त्री सिंहले २ जना मान्त्रीलाई बर्खास्त गर्दै जिम्मेवारी हेरफेर गरेका हुन ।

सरकारमा भएको फेरबदल सङ्गै जनमत पार्टीकै उद्योग, वाणिाज्य तथा पर्यटन मन्त्री सकिल अलि र वन तथा वातावरण मन्त्री त्रिभुवन साहलाई बर्खास्त गरिएको छ । भने बर्खास्त मन्त्रालयहरु पुनर्गठन गर्दै वसन्त कुश्वाहालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र संजय कुमार यादवलाई वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिइएको छ ।

मुख्यमन्त्री सिंहले बिहीबार गरेको पुनर्गठनमा बर्खास्त भएका दुई मन्त्रीहरुको मन्त्रालयको जिम्मा दिइएको बाहेकका मन्त्रालयहरुमा उहीँ मन्त्रीहरुलाई यथावत राखिएको छ ।

गैरकानुनी रूपमा विदेश पठाए कारवाही गर्ने विभागको चेतवनी

0
नागरिकको बढ्दो गुनासो पश्चात् अख्तियारको टोलिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छापा हान्दै अनुसन्धान गर्नथालेको देखेर बेथिति रोक्न विभागले यस्तो चेतावनी दिएको छ ।

बारामा वडाध्यक्ष माथी हातपातको प्रयास

0

राजु चौरसिया// वीरगञ्ज, जेठ ०४//

बाराको देवताल गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष अरुण सिंह माथि आज आईतवार हातपातको प्रयास भएको छ।

पोल सम्बन्धि बिबादको समाधानका लागि आज विहान ८ बजे बसेको बैठकमा सिंहले अपशब्द प्रयोग गरेको भन्दै आपत्ति जनाएका थिए । सिंहको अपशब्दले बिबाद सिर्जना भै हातपात्को अवस्थामा पुगेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

केही दिन अगाडि खानेपानीको व्यवस्थापनका क्रममा वडाध्यक्ष सिंहले जबर्जस्ति बिजुलीको पोल स्थानीयहरुको खेतमा गाडेकोले पिडितहरुले जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदन माथी छलफल गर्ने क्रममा आक्रोशित गाउले द्वारा अध्यक्ष सिंह माथी हातपातको प्रयास भएको हो ।

वादविवाद उग्र हुने संभावना अत्यधिक भएपछि वडाध्यक्ष सिंहका भाइ लगायतकाले उनलाई त्यहाँ बाट घर लगेकाथिए ।

चालू आर्थिक वर्षको १० महिनामा सरकारी वित्तमा करिब २ खर्ब घाटा

0

मनोज गुप्ता //वीरगञ्ज,  बैशाख ३१//

चालू आर्थिक वर्षको बैशाख ३० गते सम्म सरकारी वित्त करिब २ खर्ब घाटामा रहेको महालेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

देशको अर्थतन्त्रको शिथिलताको प्रभाव सरकारी वित्तमा देखिएको छ । लक्ष्यअनुसार राजश्व संकलन हुन नसक्दा सरकारी वित्तमा यस्तो प्रभाव परेको हो ।

आर्थिक गतिविधि सुस्त हुँदा सरकारले लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकेको जनाईएको छ । त्यस्तै वैदेशिक सहायता तथा अनुदान घटेका कारणले समेत सरकारी आम्दानीको स्रोत घटेको छ ।

सरकारले प्राप्त गर्ने राजश्वका स्रोतहरु घटेको तथा कर्मचारीहरुको तलब, भत्ता, पेन्सन, सामाजिक सुरक्षा भत्ता लगायतका अनिवार्य दायित्वहरु दिनप्रतिदिन बढ्दै गएकोले पनि सरकारी वित्तमा घाटा बढ्दै गएको हो ।

हुन त सरकार सम्बद्ध दलहरुले देशको आर्थिक अवस्थामा यथोचित सुधार हुने दाबी बेला बेलामा नगरेका होइनन् तर हालसम्म व्यवहारमा त्यस्तो सुधार देखिएको छैन ।

नयाँ लुगाको प्रलोभनमा नाबालिक सङ्ग यौनधन्दा गराउने आलिया प्रहरीको नियन्त्रणमा

0

संजय गुप्ता// वीरगञ्ज, बैशाख २९//

नयाँ लुगाको प्रलोभनमा पारी नाबालिक सङ्ग यौनधन्दा गर्नलगाउने आलियालाइ पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

नयाँ नयाँ  लुगा किन्दिन्छु भन्ने प्रलोभन देखाई सिमावर्ती भारतिय बजारमा रक्सौलमा लगेर एकजना नाबालिक सङ्ग यौनजन्य गतिविधि गर्नलगाउने वीरगञ्ज महानगरपालिका – १६ नगवाकी २४ वर्षीय आलिया खातुन लाई प्रहरीले पक्राउ गरेको हो ।

आलियाले स्थानीय एक १४ वर्षीय नाबालिगकालाई नयाँ लुगा किन्दिने प्रलोभन दिएर गत वैशाख २१ गते सीमावर्ती रक्सौल बजारमा लगेको बताइएको छ । रक्सौलमा आलियाले ति नाबालिगकालाई विभिन्न लजमा ७ दिनसम्म राखेर यौन धन्दामा लगाएकी थिइन् ।

बालिकाको अभिभावकले छोरी सम्पर्क विहिन भएपछि खोजतलासका लागि प्रहरी कार्यालयमा निवेदन दिएका थिए । खोजतलासमा खटिएको प्रहरीले आलिया र नाबालिगका दुवै जना आलियाको घरमा रहेको भनी पाएको गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय नगवाबाट गएको प्रहरी टोलिले बालिकाको उद्धार गरि आलियालाई घरबाटै पक्राउ गरेको छ ।

पक्राउ परेकी आलियालाई जिल्ला अदालत पर्साबाट ५ दिनको म्याद थमाई मानव ओसारपसार तथा बेचबिखन नियन्त्रण ऐन २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान भैरहेको पर्सा प्रहरीले जनाएको छ ।

भारत र पाकिस्तान बिच आज पनि वार्ता हुँदै

0

मनोज गुप्ता // वीरगञ्ज, वैशाख २९//

भारत र पाकिस्तान बीच चार दिनसम्म चलेको विकराल सैन्य संघर्ष र हवाई आक्रमण पश्चात् आज दिउँसो १२:०० बजे देखि दुवै देशबिच बार्ता हुने भएको भएको छ ।

संघर्षविराम लागू हुँदा समेत पाकिस्तानि सेनाले गोलाबारी लगायतका गतिविधि गरेको भनिएको छ । दुई देशवीचको तनाव पूर्णरूपमा अन्त्य गर्ने प्रयास स्वरुप दुई देशका प्रतिनिधिहरु वीच आजको वार्ता हुन लागेको बुझिएको छ ।

गत अप्रिल २२ मा कश्मिरको पाहलगाममा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जना मारिएको घट्ना पश्चात् दुई देशबिच दूरी बढ्दै गएको थियो ।

बढ्दो असन्तुष्टि र तनावका कारण दुवै देशद्वारा सीमा क्षेत्रमा हवाई आक्रमण र गोलीबारी सहितको सैन्य आक्रमण भएको थियो । सैन्य कारवाहीका कारण दुवै देशमा ठूलो धन जनको क्षति भएको छ ।

दुबै देशका सेनाका प्रतिनिधिहरुको संवादपछि गत शनिबारदेखि साँझ ५ बजेबाट संघर्षविराम लागू गरिएको थियो । तर संघर्षविराम लागू भएपश्चात पनि पाकिस्तानले सैन्य गतिविधि गरेको आरोप लगाइएको छ ।

भारत स्थित नेपालीलाई सुरक्षा निर्देशन पालन गर्न दूतावासको आग्रह

0

भारतको पहलगाममा भएको आतंकवादी हमलापछि स्थिति उग्र रुप लिएको र पच्छिल्ला २ दिन देखि अवस्था अझै भयावह हुँदै गएको देखिएकोले हाल भारतमा रहेका नेपालीहरुले सुरक्षित आपतकालीन सेवा प्राप्त हुनसक्ने  नजिकको स्थान पहिचान गरि बस्न तथा कुनै आपतकालीन अवस्था आए सहजीकरण र समन्वयको लागि दूतावासको आधिकारिक नम्बर समेत सार्वजनिक गरेको छ ।