Home Blog Page 7

पाकिस्तानको हवाई प्रतिरक्षा प्रणाली ध्वस्त पारेको भारतको दाबी

0

संजय गुप्ता// वीरगञ्ज, वैशाख २५//

भारतले पाकिस्तानको हवाई प्रतिरक्षा प्रणाली ध्वस्त पारेको दाबी गरेको छ ।

पहलगाममा भएको आतंकवादी आक्रमणको जवाफमा हिजो बुधबारदेखि ‘अपरेसन सिन्दूर’ सुरू गरेको भारतले पाकिस्तानको लाहोरस्थित हवाई प्रतिरक्षा प्रणाली ध्वस्त गरेको बताएको छ ।

भारतिय सेनाले पाकिस्तानका शेरै ठाउँमा राडार लाई लक्षित गरि आक्रमण गरेको भारतिय रक्षामन्त्रालयले जनाएको छ ।

हिजो बुधबार बिहान देखि  ‘अपरेसन सिन्दूर’ नामक आक्रमण सुरू गरेको भारतले बुधबार रातिमा पनि पाकिस्तानमाथि आक्रमण जारी राखेको थियो । यता पाकिस्तानले पनि बुधबार रातिदेखि २५ वटा भारतीय ड्रोन खसालेको दाबी गरेको छ । भने उक्त अवधिमा पाकिस्तानले पनि केही क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको भारतिय सञ्चार माध्यमहरुले जनाएका छन्  ।

हेटौंडामा भासिएको गाडी पत्ता लगाउन आएको टोलि रितो हात फर्कियो

0

मनोज गुप्ता// वीरगञ्ज २५//

हेटौंडामा भासिएर बेपत्ता भएको गाडी पत्ता लगाउन आएको भूगर्भ्विद्को टोलि रितो हात फर्केको छ ।

गाडी जमिनमूनी बेपत्ता भएको घट्नाको अनुसन्धानका लागि नारायण अधिकारी नेतृत्वको ४ सदस्यीय टोलि मङ्गलवार घट्नास्थल पुगेको थियो । मङ्गलवार र बुधबार दुई दिनको अनुसन्धान पाश्चात हिजो बुधबार बेलुकी टोलि फर्केको हो ।

अनुसन्धान टोलिले घट्नास्थलको भौगोलिक बनोट, चुम्बकीय क्षेत्र र भूमिगत जलाश्रोत लगायतका विषयमा अनुसन्धान गरेको छ ।

घट्नाको बारेमा कुनै यकिन विवरण प्राप्त नभए पनि जमिन मुनि ठूलो र शक्तिशाली चुम्बकीय बस्तु रहेको टोलिले जनाएको छ । तर उक्त बस्तु कतिको गहिराईमा रहेको भन्ने कुरा पत्ता लगाउन सकिएको छैन । सुरक्षाको कारण देखाउदै टोलि हिजो काठमाडौ फर्केको जनाएको छ ।

घट्नास्थलको माटोको सतह र घट्नाको कारण बारे तथ्यांकिय अध्ययन गर्नुपर्ने भूगर्भविद नारायण अधिकारीले बताएका छन् । फर्किने क्रममा भूगर्भविद अधिकारीले सुरक्षाको दृष्टिकोणले तत्काल यस अनुसन्धानलाई रोक्नैपर्ने बताउँदै यसको रिजल्ट पश्चात् अर्को चरणको अनुसन्धान सुरुहुनसक्ने बताएका छन् ।

हेटौंडा वडा नम्बर १६ र १७ को सिमा नजिक स्थित गौरी गाउँमा गत शुक्रबार जमिन भासिएर गाडी बेपत्ताको भएको घट्नाले सबैलाई आश्चर्य चकित बनाए पश्चात् अनुसन्धान सुरु भएको थियो ।

अब सबै उधोगलाई सामाजिक सुरक्षा कोष अनिवार्य, निजिक्षेत्र तरंगित

0

संजय गुप्ता // वीरगञ्ज, वैशाख २४//

नेपाल  सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा सबै उद्योग प्रतिष्ठानलाई सामाजिक सुरक्षा कोषमा सूचीकरण अनिवार्य गर्ने घोषणा गरे सङ्गै निजि क्षेत्र तरंगित भएको छ ।

 अब कुनै पनि प्रकृतिका वा जुनसुकै सेवा सर्तमा रोजगारीमा संलग्नलाई अनिवार्य रूपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत हुनुपर्ने अनिवार्य व्यवस्था गर्ने घोषणा सरकारले गरेको छ ।

सरकारले घोषणा गरेको कार्यक्रमले स्वरोजगार बनेका कम्पनीलाई कोषमा आबद्ध गराउन खोज्नुले व्यवसायी वातावरणमा समस्या ल्याउने अवस्था सृजना हुने निजिक्षेत्रको अनुमान रहेको छ ।

सुरक्षा कोषमा कम्पनीहरूलाई सरकारले बाध्यकारी रूपमा अनिवार्य गर्ने नियम व्यवहारिक नभएको निजिक्षेत्रको ठहर छ ।

दर्ता भएका सबै कम्पनीहरु कोषमा तत्काल आवद्ध हुनसक्ने अवस्था नरहेको बताउँदै रोजगारदाताहरूले मुलुकको अर्थतन्त्र शिथिल भएको र उद्योगहरू पलायन भइरहेको यस्तो संबेदनसिल अवस्थामा कम्पनी दर्ता र नवीकरण गर्दा सामाजिक सुरक्षा कोषमा अनिवार्य दर्ता हुनुपर्ने व्यवस्था लागु गर्दा अझै जटिल समस्या निम्त्याउने  गुनासो गरेका छन् ।

यदि यसो गर्ने हो भने नयाँ नयाँ व्यवसायीहरुको मनोबल कमजोर हुने तथा पूराना उद्योगहरु समेत पलायन हुने व्यसायीहरुले बताएका छन् ।

सरकारले बाध्यकारी नियम बनाउने भन्दा पनि  सामाजिक सुरक्षा कोषको दायरालाई विस्तार गरिनुका साथै यसले दिने सेवा सुबिधालाई प्रभावकारी र थप व्यवस्थित बनाई आफै कोषमा जाने वातावरण सरकारले बनाउनुपर्नेमा निजिक्षेत्रको जोड रहेकोे छ ।

नेपाल उद्योग वाणिज्य महासंघ रोजगारदाता परिषद्का उपसभापति बाबुकाजी कार्कीले यो प्रक्रिया उचित नभएको बताउदै सरकारले व्यवसायीहरूलाई बाध्यकारी नियममा बाध्नुभन्दा  पनि सहुलियत र सहज बनाउनुपर्नेमा जोड दिएका छन् ।

वीरगञ्ज मेनरोड २५/२५ मिटर नतोडिने: मन्त्री गुप्ता

0

मनोज गुप्ता //बीरगञ्ज, बैशाख २३//

वीरगञ्ज मेनरोड सडकलाई जनभावना अनुरुप विस्तार गरिने आश्वासन सङ्घिय मामिला तथा समन्य प्रशासन मन्त्री राजकुमार गुप्ताले दिएका छ्न ।

गण्डक देखि घण्टाघर–मितेरी पुल सडक विस्तारको विषयलाई लिएर उत्पन्न भएको विवादमा मन्त्री गुप्ताले घना आवादी क्षेत्रलाई जोगाउने प्रतिबद्धता व्यक्त गरेकाछन। उनले वीरगञ्ज मेनरोडको चौडाइ २५/२५ मिटर नभई जनताको इच्छा र भावना अनुसार विस्तार गरिने कुरा प्रष्ट गरेका छन् ।

सडक डिभिजन कार्यालय हेटौंडाको प्रस्ताव अनुसार साढे ६ किलोमिटर लम्बाइको सो सडक विस्तार गर्दा हजारौँ घर भत्किने र धेरै नागरिक विस्थापित हुने खतरा देखिएको थियो।  भने स्थानीय घरधनि र व्यापारीहरु सडकपीडित संघर्ष समिति’ गठन गरी आन्दोलन समेत गरेका थिए ।

संघर्ष समितिका संयोजक कुन्दन रौनियार, वीरगञ्जका पूर्वमेयर विजय सरावगी र नेकपा एमाले नेता प्रल्हाद गिरीसहितको टोलीको रोहवरमा मन्त्री गुप्ताले हिजो सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग भेटवार्ता समेत गरेका थिए ।

भूमी सम्बन्धि ऐन संसोधन विधेयक सदनमा दर्ता

0

संजय गुप्ता// वीरगञ्ज, बैशाख २३//

भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ आज मङ्गलवार प्रतिनिधिसभामा दर्ता भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले यो विधेयक दर्ता गरेका हुन् ।

नेपाल सरकारले यसअघि पनि भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश गत २ माघमा ल्याएर गत माघ ४ गतेको राजपत्रमा प्रकाशित समेत भएको थियो । तर, संसद्‍बाट अगाडि बढ्न सकेको थिएन ।

सरकारले संसद् अधिवेशन नरहेका बेला अध्यादेश ल्याउन सक्ने तथा अधिवेशन सुरु भएको पहिलो बैठकमा अध्यादेश प्रस्तुत गर्नुपर्ने व्यवस्था अनुसार हिउँदे अधिवेशनको पहिलो दिन १८ माघ २०८१ मा यो अध्यादेश दुवै सभामा प्रस्तुत भएको थियो ।

 विगतका अध्यादेशमा भएका परिवर्तन र नयाँ व्यवस्थालाई नै समेटेर विधेयक अगाडि बढाइएको पनि मन्त्रालयले जनाएको छ ।

भूमि सम्बन्धी विधेयकलाई प्राथमिकताका साथ अगाडि बढाउने तयारी रहेको मन्त्रालयका अधिकारीहरूले दाबी गरेका छन । साथै यो विधेयकबाट देशको भूमी सम्बन्धित समस्या बाट धेरै हदसम्म राहतको अनुभुती हुने विश्वास लिइएको छ ।

औषधि बिक्रि प्रतिनिधिहरु द्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा विभिन्न कार्यक्रम

0

श्याम सुन्दर चौरसिया// वीरगञ्ज, बैशाख १८//

१३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल औषधि तथा विक्री प्रतिनिधि संघ, वीरगंज इकाईद्वारा भव्यताका साथ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ ।

सङ्घले आज सो दिवसका अवसरमा मोटरसाइकल र्याली, फलफूल वितरण तथा केक काटने लगायतका विभिन्न कार्यक्रम समेत सम्पन्न गरेको छ ।

कार्यक्रमअन्तर्गत वीरगंज नगर परिक्रमा गर्दै मोटरसाइकल र्याली निकालिएको थियो। “श्रमको सम्मान गरौँ, श्रमिकको हक अधिकार सुनिश्चित गरौँ” भन्ने नारासहित र्याली सम्पन्न भएको हो।

र्यालीपश्चात नारायणी अस्पतालमा फलफूल वितरण गरिएको थियो भने त्यसपछि केक काटेर श्रमिक दिवस मनाइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष श्रीराम गोसाईंले विभिन्न बहानामा श्रमिक शोषण गर्दै आएका पुँजीपतिहरूको विरुद्ध संस्था सधैं सशक्त रूपमा लडिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो। “मजदुरलाई मजबुर नठान्नुहोस्, श्रमिक कसैको दास होइन,” भन्दै संस्थाका सचिव श्री दीपेन्द्र कलवारले श्रमिकमाथिको शोषण र अत्याचारविरुद्ध संस्था दृढतापूर्वक लडिरहने बताउनुभयो।

अध्यक्ष गोसाइँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगंज इकाईका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बिश्रामपुर -४ मा वडा कार्यालयको शिलान्यास

0

मनोज गुप्ता// वीरगञ्ज, बैशाख १५//

बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ४ को ४ कोठ्ठे वडा भवनको आज सोमबार शिलान्यास भएको छ ।

पूर्व मंत्री जितेन्द्र सोनलको पहलमा मधेश प्रदेश सरकार बाट बिनयोजित रु. २५ लाखको लागतमा निर्माण हुनलागेको वडा कार्यालयको उक्त ४ कोठे भवनको आज एक कार्यक्रमका विच पालिका अध्यक्ष जुल्फकार अलि भूटो र पूर्व मन्त्री सोनलले शिलान्यास गरेका छ्न।

 बिश्रामपुर वडा नम्बर ४ कि कार्यवाहक वडाध्यक्ष  लालझरी देवी को अध्यक्षता मा भएको कार्यक्रम मा गाउँपालिका अध्यक्षका उम्मेदवार तथा एमाले नेता मदन प्रसाद यादव, उमेश प्रसाद चौहान, वडा सदस्य कान्ति देवी,राज कुमार सिंह,पत्रकार, युवा तथा सर्वसाधारणहरुको उपस्थिती रहेको थियो ।

सरकारको दमनले अक्रोसित शिक्षकहरू, घाईते शिक्षकहरु घाउ र पट्टि सहित आन्दोलनमा, सरकारको चौतर्फी आलोचना

0

संजय गुप्ता // वीरगञ्ज, बैशाख १५//

शिक्षक आन्दोलनमा हिजो आईतवार नेपाल सरकार द्वारा गरिएको पानीको फोर्स तथा लठी चार्जबाट शिक्षकहरुमा आक्रोश बढेको छ ।

आक्रोसित शिक्षकहरु आज अझै ससक्त रूपमा प्रदर्शन गरेका छन । प्रहरीको लाठीचार्ज बाट घाईते भई अस्पताल भर्ना भएका शिक्षकहरु आज सोमबार घाउ र पट्टि सहित प्रदर्शन गरेका छन् ।

नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मिकिसोर सुबेदिले आफूहरुको आन्दोलन भाड्ने षड्यन्त्र स्वरुप हिजो प्रहरी द्वारा शोषण गर्न लगाईएको आरोप ल्गाउदै आन्दोलनलाई निर्णायक बनाउन ६० जना त के ६० हजार शिक्षक हरु घाईते हुन तयार रहेको दाबी गरेका छन् ।

त्यस्तै आज शिक्षकहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन गएका नेकपा एस का नेता माधव कुमार नेपाल र झलनाथ खनाल लगयतका नेताहरुको टोलिलाई आक्रोशित शिक्षकहरुले आन्दोलन स्थलबाट लखेटेका छन् । कुनै नेताहरुले साच्चिकै शिक्षक आन्दोलनमा समर्थन जनाउन मनसाय भए बाहिर बोलेको जस्तो देखावा नगरिकन सान्सद भवनमा बोलेर साथ दिनका लागि शिक्षकहरुले आग्रह गरेका छन् ।

यता करिब महिना दिन पुग्न लागेको शिक्षकहरुको राजधानी केन्द्रित आन्दोलनले सिङ्गो मुलुककै शिक्षा प्रणाली ध्वस्त हुनसक्ने खतरा बढिरहेको यस्तो संबेदनसिल अवस्थालाई नजर अन्दाज गरेर सरकारले आफूलाई निकम्मा सावित गरेको आलोचना चौतर्फी भैरहेको छ ।

कुनै पनि देश विकासको मेरुदण्डको रूपमा रहेको शिक्षा क्षेत्रको यस्तो अवस्थाले देश असफलता तिर धकेलिने प्रतिपक्षी नेताहरुको भनाई रहेको छ ।

शिक्षकहरुको आन्दोलन प्रती सरकार यस्तै गैर जिम्मेवार रहिरहे यो एउटा ठूलो जन आन्दोलनमा परिणत हुनसक्ने र सरकारको काबूभन्दा बाहिरको अवस्था सृजना हुनसक्ने संकेत समेत देखिदै छ ।

सवारी दुर्घटनामा परि सप्तरिमा ३ जनाको ज्यान गयो

0

मनोज गुप्ता // वीरगञ्ज, बैशाख १५//

सवारी दुर्घटनामा परि सप्तरीमा हिजो ३ जनाको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १० मा भएको बस दुर्घटनामा परि सप्तकोशी नगरपालिका–१ का ७५ वर्षीय रत्नबहादुर मगराती, उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरकी २२ वर्षीया कविता चौधरी र झापाको गौरादह–२ का ३९ वर्षीय अनिल राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


उदयपुरबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ३४२० नम्बरको यात्रु बस अनियन्त्रित भइ सडकमा पल्टिएर दुर्घटना भएको हो ।
दुर्घटनामा परि २९ जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको स्थानीय  धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटना पश्चात्फ बस चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

काङ्ग्रेस महामन्त्रीहरु द्वारा शिक्षक अगुवा सङ्ग छलफल

0
संजय गुप्ता // वीरगञ्ज, बैशाख १३//

आन्दोलनमा रहेका शिक्षकहरुको समस्या बारे नेपाली काङ्ग्रेसका महामन्त्रीद्व्य गगन थापा र विश्वप्रकाश शर्माले आज शनिबार छलफल गरेका छन् ।

सरकार सङ्ग वार्ता गरिसके पछि शिक्षक महासङ्घका अगुवा हरुसङ्ग नेताद्व्यले छ्लफल गरेका हुन । छलफलमा शिक्षकहरुको आन्दोलनमा उठेका मागहरु र त्यसलाई सम्बोधन गर्न सरकारले निर्वाह गर्नुपर्ने भूमिका लगायतका बारेमा कुराकानी भएको बुझिएको छ ।

काङ्ग्रेस सभापति शेरबहादुर देउवाले पनि थापा र शर्मालाई नै शिक्षकहरूसँग समन्वय गर्ने जिम्मेवारी दिएपश्चात यसअघि पनि उनीहरूले शिक्षक महासंघका नेताहरूसँग छलफल गरेका थिए ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भनी मुख्य  माग राखि गत चैत २० गतेदेखि राजधानी केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरू सङ्ग सरकारका प्रतिनिधिहरु सङ्ग पटक पटक वार्ता भएपनी सफल हुन सकेको छैन । तर सर्वोच्च अदालतले दिएको समय सिमा र शिक्षामन्त्री फेरिए सङ्गै सरकार अलि बढी जिम्मेवार देखिएको छ ।